प्रचण्ड सरकार दबाबमा: असंलग्न परराष्ट्र नीति र धार्मिक असहिष्णुता फैलाउन उपयोग हुन बाध्य

प्रचण्ड  सरकार दबाबमा: असंलग्न परराष्ट्र नीति र धार्मिक असहिष्णुता फैलाउन उपयोग हुन बाध्य

पूर्ण ओली  |  दृष्टिकोण  |  आश्विन १५, २०८०

 राजा महेन्द्रले पञ्चायती ब्यबस्था टिकाउनुमा प्रमुख कारण नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका थिए । आफ्ना बिशाल छिमेकी राष्ट्रदेखि संसारका ठुला, साना, धनी, गरिब सबै राष्ट्रसँग असल सम्बन्ध कायम राख्न यहि पराराष्ट्र नीति नै प्रमुख कारण थियो ।

राणा शासन पछि नेपालमा आएको प्रजातन्त्रमा भारतको सहयोग मात्र रहेन उसको प्रभाव र दवाव निकै रह्यो । शासन सत्ता पनि भारत कै नियन्त्रणमा रह्यो । यसलाई हटाउन राजा महेन्द्रले निकै प्रयत्न गर्नु पर्‍यो । उत्तरी छिमेकी चीन संग पनि सौहाद्र पूर्ण कुटनीतिक सम्बन्ध कायम राख्नमा राजा महेन्द्र निकै सफल भए । त्यहि बेला चीन अत्यन्त गरिब र कमजोर राष्ट्र रहेपनि उसबाट नेपालले धेरै महत्वपूर्ण सहयोग प्राप्त गर्‍यो ।

यी सबै नेपालका पुर्वाधार बिकासमा अत्यन्त महत्वपूर्ण भाग थिए । तर नेपाली काँग्रेसको सरकार आउन साथ चिनीया सहयोगका यी सबै उद्योग कौडिका मुल्यमा लिलाम गरियो । अहिले चीन संसारको सम्पन्न देश बनिसकेको छ ।

अमेरिकासँग प्रतिस्पर्धा गर्दै आर्थिक र सामरिक बिकासमा अग्रस्थान कायम गर्दैै अघि बढेको चीन सरकारलाई अहिलेको काँग्रेस सहितको माओवादीको सरकारले पुरै बेवास्ता गर्‍यो । जसबाट नेपालले चीनबाट प्राप्त गर्ने अत्यन्त महत्वपूर्ण सहयोगमा चुकिरहेको छ । 

अहिले नेपालमा बिद्रोह गरि सत्तामा आएको माओवादी सहितको सरकार छ । जसलाई भारत लगायत अमेरिकाले समेत आतङ्ककारी को दर्जामा राखेको थियो  । यहि आतङ्ककारीको बिल्लाको कमजोरीको फाइदा उठाउँदै प्रचण्डलाई दबाबा राखेर उसबाट बढि से बढि फाइदा लिइरहेका छन् पश्चिमा देशहरुले । नेपालमा संबिधान जारि गर्ने बेलामा अचानक धर्मनिरपेक्षता लादेर नेपालको सनातन वैदिक परम्परा को हिन्दु धर्म हटाइयो । परिणामस्वरुप पश्चिमको सहयोग र दवावमा नेपालमा इशाइकरण रफ्तारले फैलाइयो । जसको फलस्वरुप नेपालमा धार्मिक असहिष्णुता बढ्दै गइरहेको छ । 

अहिले चीनले चाहेमा नेपालको बिकासमा कायापलट गर्न सक्छन् । तर उसले अवसर पाइरहेको छैन । अमेरिकन को संकास्पद सहयोग एमसिसि को घोर बिरोध हुँदाहुँदै पनि यसलाई सदनबाट पास गरेर कार्यन्वयन गरिन्छ । जसको कारण नेपालमा अमेरिकन प्रभाव बढेर चीनलाई घेर्ने र दवाव दिने कुरा आइरहेको छ । जसबाट नेपालमा अमेरिका- चीनको तनाब बढ्ने क्रममा छ । 

प्रचण्ड सरकारले अहिले राष्ट्र हितमा कुनै काम गर्न आँट गरेको छैन । सरकार प्रमुख छिमेकी देश भारत जाँदा आफ्ना देशको समस्या बारेमा छिमेकीसँग खाश बोल्न सक्तैन । उसले जे भन्छ त्यो मात्र मान्न बाध्य हुन्छ ।  धर्म नमान्ने भनिएको प्रधानमन्त्री प्रचण्ड दक्षिण भारतमा गएर धोती लगाएर पुजा गर्छन् । उत्तरी छिमेकी चीनको भ्रमणमा चीन सरकारसँग ठोस सहयोग लिन आँट गर्दैनन् । अर्थात् चीनलाई पुरै बेवास्ता गरिन्छ ।

अहिले चीनले चाहेमा नेपालको बिकासमा कायापलट गर्न सक्छन् । तर उसले अवसर पाइरहेको छैन । अमेरिकन को संकास्पद सहयोग एमसिसि को घोर बिरोध हुँदाहुँदै पनि यसलाई सदनबाट पास गरेर कार्यन्वयन गरिन्छ । जसको कारण नेपालमा अमेरिकन प्रभाव बढेर चीनलाई घेर्ने र दवाव दिने कुरा आइरहेको छ । जसबाट नेपालमा अमेरिका- चीनको तनाब बढ्ने क्रममा छ । 

 अर्कोतर्फ चीनले सबै राष्ट्रसँग एकसाथ बिकासको नारा दिएर अघि बढाएको बिआरआइ सहयोग नेपालले सम्झौता गरेर पनि कार्यन्वयन तर्फ अघि बढाउन हिम्मत गरेन । यो सिर्फ अमेरिकन दवाव र प्रभावमा भएको प्रष्ट हुन्छ । यसबाट पनि चीनलाई नेपालको सम्बन्धमा समस्या पर्ने निश्चित छ । 

 यहि हामीले निश्पक्ष भएर असंलग्न परराष्ट्र नीति अपनाउँदै दुबै  छिमेकी देश भारत-चीनसँग असल सन्तुलित कुटनीतिक सम्बन्ध कायम राखेर नेपाललाई आबश्यक पर्ने सहयोग लिन सकेको भए नेपालले धेरै फाइदा लिन सक्ने थियो । अहिले नेपालको आर्थिक अबस्था अत्यन्त डामाडोल छ । युवाहरु सबै बिदेशीएका छन् ।

कृषि उत्पादन पुरा भारत निर्भर छ । भारतसँगको ब्यापार घाटा खरबौंको पुगिसकेको छ । यसलाई नियन्त्रण गर्न भारततर्फ बाट कुनै सहयोग गर्दैन् । अर्थात भारतले नेपालको हितमा कुनै गतिला कार्य गर्दैन । सिर्फ भारत आफ्नो स्वार्थमा नेपालका नेतालाई नचाउन पनि मात्र तल्लीन छ । तैपनि भारत संधै भरि नेपालले भारतको हितमा मात्र कार्य गरोस् भन्ने चाहन्छ ।

हाम्रा सिमाना भारतले मिच्दा नेपालले बोल्न सक्तैन । नेपाली नेतापनि भारतीय दासमात्र भइरहेका छन् । अहिलेको अप्ठ्यारो परिस्थितिमा नेपालले  सम्पन्न बिकसित छिमेकी देश चीनसँगको सहयोगको निकै ठुलो अपेक्षा गर्न सकिन्थ्यो । तर हाम्रा पश्चिमा र भारतका एजेण्ट जस्ता सत्तासिन बाट हामीले देश हितमा केहि गर्न नसक्ने भएका छौं । 

अस्थिर र भ्रष्ट सोच भएका अहिलेको गठ जोड सरकारले जनतालाई निरासा पार्ने भन्दा आसा जगाउने कुनै बिकल्प दिने प्रयास गरेकै छैन । निराशाले सबैतिर चरम सिमा नाघिरहेको छ । बिदेशीएका युवाको रेमिट्यान्समा धानेको नेपाल सरकारलाई यदि युवा बिदेशीन छोडेर स्वदेशमै बसेर स्वरोजगार बढाउन थालेमा सरकारले यसलाई यसलाई सकरात्मक भन्दा नकरात्मक रुपमा हेर्ने  छ  किनकि त्यहाँ युवाहरुमा पीडा मिसिएको आवाज हुनेछ ।

युवाहरुले बिदेशमा सिकेको सीपको उपयोग गर्दै स्वदेशमा बसेर कृषि लगायत केहि ब्यवसाय गरेर पनि स्वरोजगार  गर्ने प्रयास मात्र थाल्ने हो भने अहिलेका सत्ताधारी घण्टी बन्न थाल्ने थियो । अहिलेसम्म दलका झोले कार्यकर्ताले आफ्ना भ्रष्ट, राष्ट्रद्रोही र अनैतिक नेताको बिरोध गर्न नसके पनि बिदेशमा गएर पिल्सिएका युवाहरुको विद्रोहको आवाजले नेता तथा भ्रष्ट कर्मचारीलाई सहि बाटोमा ल्याउने केहि न केहि बल पुर्‍याउन सक्नेछ ।  


हाल- अष्ट्रेलिया
२०८० आश्विन