क्यान्सर पीडित पत्रकार सन्जिव राईलाई किरात समाज पोल्याण्डको १ लाख रूपैयाँ सहयोग

क्यान्सर पीडित पत्रकार सन्जिव राईलाई किरात समाज पोल्याण्डको १ लाख रूपैयाँ सहयोग

शेरबहादुर परियार  |  समाचार  |  आश्विन १६, २०८०

युरोप । किरात राई समाज पोल्याण्डले नेपाल फोटो पत्रकार महासंघ सुनसरी धरानका क्यान्सर पिडित सन्जिव कुमार  (कोयी) राईलाई १ लाख बढी रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।पत्रकार राईलाई उपचारका लागि पोल्याण्डमा बसोबास गर्दे आएका नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका हुन्।

किरात राई समाज पोल्याण्डको अगुवाइमा संकलन भएको १ लाख १ हजार ३ सय सत्तरी रूपैयाँ पत्रकार राईको बैंक खातामा आज पठाएको किरात राई समाज पोल्याण्डका संयोजक सुमन कुमार राईले जानकारी दिए।

विगत २ बर्ष देखि नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार गराइरहेका फोटो पत्रकार राईको थप उपचार हाल नर्भिक अस्पतालमा भइरहेको छ।नर्भिक अस्पतालका सम्बन्धित डाक्टरको सल्लाह अनुसार राईको इम्यूनुथेरापी लगायतका उपचार भईरहेको छ। 

नेपाल पत्रकार महासंघ युरोपमार्फत पत्रकार राई क्यान्सरसँग लडिरहेको र उनले आर्थिक सहयोगको लागि अपिल गरेको जानकारी पाए अनुसार सहयोगको लागि पहल गरिएको एनआरएनए पोल्याण्डका युवा संयोजक विवशहाङ्ग राईले बताए।

पत्रकार राईको उपचारका लागि पोल्याण्डमा रहेका नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएकोमा किरात राई समाज पोल्याण्डले धन्यवाद व्यक्त गरेको छ।