प्रज्ञा–प्रतिष्ठान:ग्यालेनमा तेल भर्न पेट्रोल पम्प,पार्टपुर्जा र मर्मतको कमिसनका लागि वर्कसप नै परिवर्तन !

प्रज्ञा–प्रतिष्ठान:ग्यालेनमा तेल भर्न पेट्रोल पम्प,पार्टपुर्जा र मर्मतको कमिसनका लागि वर्कसप नै परिवर्तन !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १७, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्व माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन(आधिकारीक ट्रेड युनियन) का अगाडि नतमस्तक मात्र होइन निर्धो सावित भएर  एकपछि अर्काे दवावमा निर्णय गर्न बाध्य हुने गरेकाे तथ्य लोकसंवादलाई प्राप्त भएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेका ९, १०  वटा सवारी साधनको  मर्मत र इन्धन भर्ने विषयमा प्रज्ञा परिषद्को निर्णयले बैठकले त्यसैलाई सावित गरि रहेकाे छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सवारी साधनको मर्मतमा प्रतिष्ठानले धान्नै नसक्ने बिलहरू पेश हुन थालेपछि सवारी साधनको आधिकारीक कम्पनीको वर्कसपमा मर्मत गरेको बिल मात्र भुक्तानी गर्ने र प्रतिष्ठानका सवारी साधनमा नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट मात्र इन्धन भर्ने अघिल्लो प्रज्ञा परिषद्ले निर्णय गरेको थियो । तर आधिकारीक ट्रेड युनियन नेपाल प्रज्ञा–प्रतिष्ठानको दबाबमा अघिल्लो प्रज्ञा परिषद्ले निर्णय गर्नु भन्दा पहिले कै अवस्थामा जुनसुकै निजी वर्कसपमा मर्मत गरेर विल भुक्तानी दिनेेेेेेेे र  कार्यालयबाट ४ किमि भन्दा बढि टाढा रहको साझा पेट्रोल पम्प ललितपुरमा  'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !' निर्णय उल्टाइएको छ । 

पार्टपुर्जा र मर्मत सम्भारमा कमिसनको चक्कर ! 

नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा परिषद्ले जुनसुकै निजी वर्कसपमा मर्मत गरेर विल भुक्तानी दिने र कार्यालयबाट ४ किमि भन्दा बढि टाढा रहको साझा पेट्रोल पम्प ललितपुरमा  'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !' निर्णय उल्टाइएको विषयलाई प्रज्ञा परिषद्का सदस्यहरुको बीचमा विवाद देखिएको छ । एक प्रज्ञा परिषद्का सदस्यले त्यस्तो  निर्णय नगरिएको दावि गरे तर नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा‍. धनप्रसाद सुवेदीले  आधिकारीक कम्पनीको वर्कसपमा मर्मत गर्न जाँदा लामो समयसम्म पालो कुर्नु परेको, सानो पार्टपुर्जा बिग्रँदा पुरै समान फेर्न लगाएर प्रज्ञा–प्रतिष्ठानलाई ठुलो धनराशी खर्च गर्नु परेकाे सवारी चालकहरूबाट गुनासो आएको हुँदा जुनसुकै निजी वर्कसपमा मर्मत-सम्भार गर्ने  गरेको जानकारी दिए । सदस्य सचिव  डा‍. सुवेदी जे सुकै जानकारी दिए पनि आधिकारीक कम्पनीको वर्कसपमा मर्मत गर्दा र पार्टपुर्जा फेर्दा कम्पनीको मूल्य भन्दा बढी लिन नमिल्ने र बढीको बिल पठाउन नपाउने हुँदा जुनसुकै निजी वर्कसपमा मर्मत गर्न पाउनु पर्ने माग सवारी चालकहरुको रहँदै आएको छ । विगतमा प्रतिष्ठानले धान्नै नसक्ने बिलहरू पेश हुन थालेपछि सवारी साधनको आधिकारीक कम्पनीको वर्कसपमा मर्मत गरेको बिल मात्र भुक्तानी गर्ने निर्णय गर्न   प्रज्ञा परिषद् बाध्य भएको थियो ।  कुनै सवारी साधनका आधिकारीक कम्पनीले सवारी चालकलाई पार्टपुर्जा फेरेको र मर्मत सम्भारको कमिशन र बढी बिल नबनाउने हुँदा सवारी चालकले आधिकारीक  वर्कसपमा  भन्दा निजी वर्कसपमा मर्मत सम्भार गर्दा पनि बिल भुक्तानी दिनुपर्ने दबाब आधिकारीक ट्रेड युनियनले दिँदै आएको थियो । 

यसका लागि माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन(आधिकारीक ट्रेड युनियन) का अध्यक्ष धनबहादुर कार्कीले वर्तमान प्रज्ञा परिषद्काट जे चाह्यो त्यही निर्णय गराउन सक्ने हैसियतमा छन्  र उनकै पहल र दबाबमा निजी वर्कसपमा मर्मत सम्भार गर्न पाउने  निर्णय भयो । कार्की अहिले आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष  छन् । सोही कुरालाई भजाएर परिषद्बाट नाजायज फाइदा लिन सफल भइरहेका छन् ।

प्रहरीको पेट्रोलपम्पबाट साझा पेट्रोल पम्प परिवर्तनको लागि दबाब दिएका हौँ। अहिले प्रज्ञा परिषद्का सदस्यका अनुसार परिषद्लाई फनफनी कार्की घुमाइरहेका छन् । प्राय निर्णयहरु उनकै सल्लाहमा हुने गरेका छन् । उनी इन्धन र गाडी मर्मतको निहुँमा सबैभन्दा फाइदा लिने पात्रमा पर्दछन् किन कि स्वयं अध्यक्ष कार्की  स्वयं सवारी चालक हुन् । पार्टपुर्जा र मर्मत सम्भारमा कमिसनदेखि बिल बढाउन निजी वर्कसपमा सजिलो हुने हुँदा नै आधिकारीक ट्रेड युनियनलाई निजी स्वार्थमा दुरुपयोग गरिरहेका कर्मचारीहरुले आरोप लगाएका छन् । प्रज्ञा परिषद्का सदस्यका दावी छ केहि महिना भित्र विगतमा जस्तै धान्नै नसक्ने बिलहरू नेपाल प्रज्ञा–प्रतिष्ठानमा आउने पक्का छ ।

प्रज्ञा–प्रतिष्ठानका एक सवारी चालकका अनुसार जे सुकै तर्क गरे पनि नेपाल प्रहरीको पेट्रोलपम्पमा ग्यालेनमा इन्धन थाप्न पाइँदै र कुपन भन्दा घटी तेल हाल्ने र बाँकी कुपनको पैसा नदिने भएका कारण नेपाल प्रहरीको पेट्रोलपम्पबाट साझा पेट्रोल पम्प परिवर्तनको लागि दबाब दिएका हौँ । 

 

इन्धन ग्यालेनमा भर्न नपाउँदा पेट्रोलपम्प नै परिवर्तन !

 

नेपाल प्रज्ञा–प्रतिष्ठान उल्टिएको निर्याण हाे- नक्सालस्थित नेपाल प्रहरीको पेट्रोलपम्पबाट साझा पेट्रोल पम्प पुलचोक ललितपुरबाट इन्धन भर्ने ! नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा‍. धनप्रसाद सुवेदीले नेपाल प्रहरीको पेट्रोलपम्पबाट इन्धन भर्दा लामाे लाइन बस्नु परेको, लाइन बसेकालाई भिआइपी लाई  प्रथामिकताका दिँदा समय लागेकाे सवारी चालकहरुको  गुनासो आएको र विगतमा पनि साझा पेट्रोल पम्प पुलचोकबाट इन्धन भरेको नजिर पनि रहेछ सोही आधारमा निर्णय लिएको जानकारी दिए । 'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !'  भनी प्रहरीको पेट्रोलपम्प (कार्यालयबाट १ किमीभन्दा नजिक) बाट इन्धन लिइ रहेकोमा अहिलेको नेतृत्व आएपछि  साझा पेट्रोल पम्प ललितपुर (कार्यालयबाट ४ किमि भन्दा बढि टाढा) इन्धन भर्ने व्यवस्था लैजाने निर्णय गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानका एक सवारी चालकका अनुसार जे सुकै तर्क गरे पनि नेपाल प्रहरीको पेट्रोलपम्पमा ग्यालेनमा इन्धन थाप्न पाइँदै र कुपन भन्दा घटी तेल हाल्ने र बाँकी कुपनको पैसा नदिने भएका कारण नेपाल प्रहरीको पेट्रोलपम्पबाट साझा पेट्रोल पम्प परिवर्तनको लागि दबाब दिएका हौँ । साझा पेट्रोल पम्पमा भने ग्यालेनमा इन्धन थाप्न पनि पाइन्छ र कुपन भन्दा थोरैको तले हाल्ने  र बाँकी कुपनको नगद फिर्ता दिने भएको हुँदा सवारी चालकका लागि साझा पेट्रोल पम्प रोजाइमा परेकाे बताए । 

आधिकारीक ट्रेड युनियनलाई निजी स्वार्थमा दुरुपयोग गर्ने कार्की काे हुन ?

दोलखा स्थित मेलुङ गाउँपालिका घ्याङसुका ठोकरका स्थायी बासिन्दा धनबहादुर कार्की २०५०/५१ म तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा बैठकेका रुपमा करारमा जागिरमा प्रवेश गरेका थिए । प्रज्ञा–प्रतिष्ठानका रंग मञ्च सहायक आफ्ना सहोदर दाइ रामचन्द्र कार्की मार्फत् प्रज्ञा–प्रतिष्ठानमा करारमा जागिरमा प्रवेश पाएका पात्र हुन ।  

तत्कालिन कुलपति  र उपकुलपति साहित्यकार रहने व्यवस्था थियो । उपकुलपति थिए, मदनमणि दीक्षित । सदस्य सचिव थिए, डा. ध्रुवचन्द्र गौतम । दाजुमार्फत जागिरमा प्रवेश गरेका उनले केही समय बैठकेको काम गरे र अन्तिममा सदस्य सचिव गौतमलाई रिझाउन सफल भए र चालकको अवसर पाए । उनी लामो समयसम्म आफु राजावादी हुँ भने तर सहोदर दाजु भने  एमाले । पछि उनी दाजुसँग एमाले नै भए । एमाले भए पनि उनले कांग्रेस निकटका सदस्य सचिव गौतमको राम्रै चाकडी मात्र गरेनन्  विश्वास जिते । उनी गौतमका चालक थिए । प्रज्ञा–प्रतिष्ठानका एक पुराना कर्मचारीका अनुसार तत्कालिन सदस्य सचिव थिए, डा. ध्रुवचन्द्र गौतमलाई नियमित  पान र सुपारी खानुपर्ने गौतमलाई असनबाट दैनिक पान र सुपारी ल्याएर सेवा गरे ।  शान्ति प्रक्रियापछि एमाले त्यागी उनी माओवादी भए । दाजु चाहिँ एमालेमै रहे । पछि उनले कर्मचारी संगठनको  पकड जमाए ।पकडमा जमाएनन्  माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन(आधिकारीक ट्रेड युनियन) को अध्यक्ष नै हुन पुगेका छन् । 

मोहन कोइराला कुलपति भएपछि उनले कोइराला कै सवारी चालक भए । कोइरालापछि उपकुलपति भएका प्रा.डा. वासुदेव त्रिपाठीका सवारी चालक जिम्मा लिए ।  त्रिपाठीका पालासम्म उनी राजावादी नै रहको कर्मचारीहरु बताउँछन् ।  । जनआन्दोलनका बेलामा त्रिपाठीको कार्यकालमा आन्दोलन बढ्दै जाँदा परिषद्का सबैले राजीनामा दिँदा त्रिपाठीले भने दिएका थिएनन् । कार्कीले त्रिपाठीलाई कतै जाँदा लैजाने, पुर्‍याउने काम गरेर राम्रै सहयोग गरेका थिए । 

२०६२/६३ को  आन्दोलनपछि गठित प्रज्ञा परिषद्मा कुलपति भएर बैरागी काइँला आए भने सदस्य सचिव थिए, सनत रेग्मी । कार्कीले चाकडी र कमिशन मन पराउने रेग्मीको बहुत सेवा गरे । सेवा गर्दा गर्दै  रेग्मीकै सवारी चालक हुन पुगे । कार्कीलाई कतिसम्म आरोप लाग्यो भने  कार्यालयको पानी जारमा भरेर रेग्मीको घरमा लगिदिन्थे । कतिपय सामानहरु पनि  रेग्मीको घरमा  पुर्‍याएको आरोप लागेको छ । 

सदस्य सचिव रेग्मीलाई खुसी पारेर उनले आफ्नी साली निरु महत, भतिजी पर्ने कल्पना बस्नेतका साथै माओवादी निकट सोम कुमारी कटवाल, नवीन चौलागाई र अन्जन थापा मगरलाई कार्यालय सहायकमा जागिरमा लगाउन सफल समेत भएका थिए  । 

धनबहादुर कार्की अहिले आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष  छन् । आधिकारिक कर्मचारी ट्रेड युनियनलाई भजाएर परिषद्बाट नाजायज फाइदा लिने गरेका मात्र नभइ  प्रज्ञा परिषद्लाई फनफनी  घुमाइरहेका छन् । प्राय निर्णयहरु उनकै सल्लाह र निर्देशनमा हुने गरेकाे आरोप लाग्ने गरेकाे छ । कार्की वर्तमान सदस्य सचिव डा.धनप्रसाद सुवेदीलाई उनको पछाडि 'पिँध नभएको लोटा' भनेर खिसीट्यरी गर्ने गरेका छन्  तर उनलाई नै थर्काएर, लोभमा पारेर फाइदा लिइरहेको प्राज्ञ परिषद्का सदस्यहरू बताउँछन् । कतिसम्म भने प्राज्ञ परिषद्को बैठकबाट सदस्य सचिव डा.धनप्रसाद सुवेदी बाहिर आएर  अध्यक्ष कार्कीलाई परामर्श गर्न बाध्य पारिएको छ । 

 कुनै समय बैंकको कालो सूचीमा परेका अध्यक्ष कार्की नेपाल प्रज्ञा–प्रतिष्ठान हर्ताकर्ता  भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीबाट बिना व्याज दुई लाख सापट पाएको कारण वर्तमान प्रशासन प्रमुख सुमन अधिकारीलाई हटाएर सन्ध्यालाई प्रशासन प्रमुख बनाउने खेलमा आधिकारिक कर्मचारी ट्रेड युनियन र नेकपा माओवादी केन्द्रको शक्ति परिचालन गर्दा पनि वर्तमान कुलपति भूपाल राई र सदस्यसचिव डा‍.धनप्रसाद सुवेदीले आफूलाई नतमस्तक मात्र होइन निर्धो सावित गरिरहेका छन् ।  आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष कारकी र आर्थिक प्रशासन प्रमुख चित्रा ठाकुरको योजना र सेटिङमा कांग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष अशोक चौरसियालाई लेखा शाखा र सम्पत अधिकारीलाई सामान खरिद गर्ने शाखामा  लगेर कमिशन माग्ने गरेको ती कर्मचारीहरु कमिशन बुझाउन बाध्य हुँदा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानको नेतृत्व मुकदर्शक बनिरहेको छ ।  

याे पनि 
भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?