भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?

भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान भूपाल राईको नेतृत्वले ऐन नियमको धज्जी उडाउँदै गरेका निर्णय र आर्थिक अनियमितता लगायतका विषयमा लोकसंवाद लगायतका सञ्चार माध्यम समाचार  र राज्यका विभिन्न निकायमा उजुरीका चाङ पर्न थाले पछि सूचना दिने प्रशासनिक कर्मचारी र प्रज्ञा परिषद् तथा प्रज्ञा सभा सदस्य कोबाट सूचना गएको हाे पत्ता लगाइ कार्वाही गर्ने प्रयोजनका लागि अन्ततः  छानविन समिति बनाउने निर्णयमा पुगेकाे छ । 

यस्तो निर्णय नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रज्ञा परिषद्को २०८० भदौ २९ गते शुक्रबार बसेको  एक्काइसौं बैठकले गरेकाे हाे ।एक्काइसौं बैठकले समिति बनाउने एकल अधिकार कुलपति भूपाल राईलाई दिइएको हो । 

एक्काइसौं बैठकको प्रस्ताव नं १४ ले छानविन समिति गठन गर्ने अधिकार कुलपति भूपाल राईको छ । यसरी अधिकार पाएको  केही दिन वित्न नपाउँदै समिति नै गठन नगरी आशंकाका भरमा कर्मचारीलाई  सेवा नै परिवर्तन गरी लेखा शाखाका लेखा अधिकृतलाई प्रशासनिक पद देवकोटा संग्राहलयमा सरुवा गरेर सुरु गरेको पाइएको छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठानले भए गरेका निर्णयका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा गरिएको उजुरीका चाङ लाग्न थालेपछि  नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रज्ञ परिषद् छानविन समिति गठन गर्न र प्रतिष्ठानका कर्मचारीलाई आशंकाका भरमा कार्यबाहीमा प्रज्ञ-प्रतिष्ठान भित्र आतंक सृजना गरिएको छ । 

 नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रज्ञा परिषद्को २०८० भदौ २९ गते शुक्रबार बसेको  एक्काइसौं बैठकको प्रस्ताव नं १४ छानविन समिति गठन गर्ने सम्बन्धमा गरिएकाे  निर्णय न‌ं. १४  मा ' नेपाल प्रज्ञ-प्रतिष्ठान निर्णय तथा गतिविधिहरुलाई दुष्प्रचार गर्ने,  प्रज्ञ तथा कर्मचारीहरुको मानमर्दन गर्ने र दुःख दिने नियतले अख्तियार तथा अन्य निकायमा झुटा मुद्दा लगाउने  जस्ता गलत क्रियाकलापहरु भइरहेको विषयमा छलफल भयो । यस्ता क्रियाकलाप कहाँबाट कसरी भइरहेका छन् भन्ने विषयमा छानविन गर्न आवश्यक देखिएकोले श्रीमा कुलपतिज्यूबाट एउटा समिति गठन गरी आवश्यक छानविन गर्न लागाउने निर्णय गरियो । 

समिति नबिनि आशंकाका भरमा कारबाही !

नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले गरेका ऐन नियम र कानूनको धज्जी उडाएर गरेका  निर्णय र गतिविधिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा पटकपटक उजुरी परेर ती निकायबाट लिखित जवाफ माग भइ आएको र जवाफ दिंदा दिंदा हैरान भएपछि  प्रज्ञ परिषद् छानविन समिति गठन गर्ने निश्कर्षमा पुगेकाे हाे । यसमा नवनियुक्त पदाधिकारीले प्रतिष्ठान हातामा सुरा सुन्दरी काण्ड धुम्रपान देखि बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति ,श्रेणी बिहीन कर्मचारीका गैर कानूनी म्याद थप, ७२ वर्षको उमेरमा करारको समय थप लगायतका दर्जनौ विषयमा उजुरी परेकाे र उजुरी नेपाल प्रज्ञा-प्रतिष्‍ठानसँग लिखित जवाफ माग गरेपछि उजुरी नै नपर्न नदिन छानविन समिति बनाई कारबाही गर्ने पक्षमा उभिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा‍. धनप्रसाद सुवेदीले याे अख्तियार वा सञ्चार माध्यमको भन्दा पनि सूचना कहाँबाट गइरहेको छ भनेर आन्तरिक रुपमा छानविन समिति बनाउने निर्णय भएको जानकारी दिनु भयो । नेपाल प्रज्ञ-प्रतिष्ठान  प्रज्ञ परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार प्रज्ञ परिषद्को बैठकमा लोकसंवाद डटकमसँग कसको सम्बन्ध छ ? मोबाइल कल डिटेल लिएर भए पनि कडा कार्यबाही गर्नु पर्ने    प्रज्ञ-प्रतिष्ठान गतिविधिहरुलाई दुष्प्रचार गर्ने, प्रज्ञ तथा कर्मचारीहरुको मानमर्दन गर्नेलाई कडाइ कारबाही गर्नु पर्ने आवाज उठेपछि छानविन समिति बनाइएको हाे ।  स्मरण रहोस् loksambad.com ले यसरी भएका धेरै नियुक्ति र उजुरीका बारेमा धेरैवटा समाचार प्रकाशन गरेकाे थियो ।( हेर्नुहाेस् तलका समाचार)

नेपाल प्रज्ञा–प्रतिष्ठान: पदाधिकारीहरू नियुक्त भएको डेढ महिना नबित्दै अख्तियारमा उजुरी !

प्रज्ञा-प्रतिष्ठान : नियुक्ति २०७२ को शपथ भने अन्तरिम संविधान २०६३ अनुसार ! 

 प्रज्ञ–प्रतिष्ठानका विरुद्धमा ११ पूर्व पदाधिकारी सर्वोच्चमा: वैशाख ५ मा अन्तरिम आदेश दिने/नदिने टुङ्गिने !

अन्तरिम आदेश र अख्तियारको तनाव: प्रज्ञा प्रतिष्ठान कुलपतिसहित १३ पदाधिकारी रारा सयरमा

कुलपति भूपाल राईको कविता समावेश पाठ्यपुस्तक विक्री वितरणमा रोक !

कुलपति र उपकुलपतिको नियुक्ति बदर मागको रिट निवेदनमा कारण देखाऊ आदेश जारी

प्रज्ञा–प्रतिष्ठानका कुलपतिको नियुक्ति बदर: अन्तरिम आदेशको टुङ्गो जेष्ठ २४ मा लाग्ने

यी र यस्ता दर्जनौं समाचार प्रकाशन गरेको हुँदा लोकसंवादलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका कुनै कर्मचारीले सूचना उपलब्ध गराएको विषयमा केही प्रज्ञा परिषद्का सदस्यले चर्को ढंगले केही कर्मचारीको नामै लिएर उठाएका भरमा  नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति भूपाल राई कारबाहीमा उत्रेको आरोप लागेको छ । भदौ २९ गते  'एउटा समिति गठन गरी आवश्यक छानविन गर्न लागाउने' अधिकार लिएका राईले असोज २ गते पत्र लेखि लेखा अधिकृत जयराज जोशीलाई असोज ४ गते संग्रालय पठाइएको पत्र थमाइएको   पठाइएको छ । 

यस अघिको नेतृत्वले सवारी साधनको मर्मतसम्भार आधिकारीक स्व रुमबाट गर्ने निर्णय उल्टायर जहाँ पनि गर्न पाउने व्यबस्था गरेका छन् । आधिकारीक स्व रुमबाट गर्दा कमिशन नदिने तर अन्यत्र मर्मतसम्भार गर्दा कमिशन पाइने हुँदा यस्तो नेतृत्व लिन बाध्य पारिएको छ । स्मरणीय छ आधिकारिक ट्रेड युनियन  माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन)का अध्यक्ष स्वयं सवारी चालक हुन र हरेका  निर्णय 'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !' हुने गरेकाे छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा परिषद्का एक  सदस्यसँग प्रश्न गर्दै भन्छन - के अख्तियारमा मुद्दा हाल्नेको गल्ती हो ? अख्तियारमा मुद्दा हालेपछि आफूले सफाइका निम्ति कागजात पेस गरेर चोखिए के हुन्छ ? गलत काम गर्ने, नियम विपरीत काम गर्ने अनि छानबिन समिति बनाएर सोझासाझा कर्मचारीलाई  डन्डा चलाउने  तयारीमा उपकुलपति रहेको छन्  ।' प्रज्ञा परिषद्लाई भनी  प्रतिष्ठान विरुद्ध परेका उजुरीहरु  प्रतिष्ठानको गतिविधिलाई दुष्प्रचार गरेकाे र  उजुरीबाट प्राज्ञा र कर्मचारीको मानमर्दन गरेको छ ? कुन उजुरीले परिषद्लाई दुःख दिएको  विषयमा छानविन गर्ने तयारी गरेका छन् । 

लेखा अधिकृतलाई प्रशासनमा र प्रशासकीय अधिकृतलाई लेखामा 

नेपाल प्रज्ञा-प्रतिष्ठानको भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडी सत्ता साझेदार दल नेपाली कांग्रेसको  आडमा कर्मचारी सुरुवा बढुवा र कारबाहीमा हावी हुने गरेकी छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानका सूचना बाहिर लगेको आशंकामा यीनै प्रमुख पहाडीको तारतम्यमा लेखा समूहबाट लेखा अधिकृत पास गरी आएका जयराज जोशीलाई देवकोटा संग्रालय पठाइएको छ भने उनको ठाउँ आर्थिक प्रशासन महाशाखामा  प्रशासन समूहका अशोक चौरसियालाई ल्याइएको छ । जबरजस्ती जयराज जोशीलाई लेखा शाखामा बस्न सम्म दिइएको छैन । 

अनौठो त के छ भने देवकोटा संग्राहलयमा अधिकृतस्तरको कर्मचारी नहुँदा नायव सुब्बा विष्णु पौडेललाई कार्यबाहक दिएकोमा आर्थिक प्रशासन महाशाखा प्रमुख  चित्रा ठाकुरले ऐन नियम विपरीत, पदीय मर्यादा विपरीत नायव सुब्बा विष्णु पौडेलसँग समन्वय गरेर काम गर्न भनेर पत्र दिइएको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख चित्रा ठाकुरले ऐन नियम विपरीत, पदीय मर्यादा विपरीत आफुलाई पत्र दिएको भन्दै असहमति सहितको पत्र ११  जनै परिषद सदस्यलाई  लेखा अधिकृत जयराज जोशी  पत्र दिएका छन् र त्यसको भर्पाई गरेकाे पनि  प्रज्ञ परिषद्का सदस्यलाई लोकसंवादलाई जानकारी दिए । नेपाल प्रज्ञा-प्रतिष्ठानको भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले राजनीतिक आस्थाका आधारमा लेखा अधिकृत जयराज जोशीलाई प्रशासन र प्रशासनका अशोक चौरसियालाई लेखामा सेवा नै परिवर्तन गरेर  सरुवा गरिएकाे छ । जुन नेपाल प्रज्ञ-प्रतिष्ठान कर्मचारी नियमावलीको विरुद्ध छ । 

सन्ध्या पहाडीदेखि धनबहादुर कार्कीको दबदबा

 भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडी र नेपाल प्रज्ञा-प्रतिष्ठानको आधिकारिक ट्रेड युनियन (माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन)का अध्यक्ष धनबहादुर कार्कीको  नेपाल प्रज्ञ-प्रतिष्ठानमा चर्को दबदबा नै मच्चाइएको छ । यी दुबै जनाका अगाडि वर्तमान नतमस्तक मात्र होइन नियम कानुनको धज्जी उडाउँदै एक पछि अर्काे निर्णय गर्ने गरेका छन् । अध्यक्ष कार्कीका दादागिरी कति हदसम्म छ भने नेपाल प्रज्ञ-प्रतिष्ठानको यस भन्दा नेतृत्वले श्रेणी बिहिन तथा रा.प. अनंं. द्वितीय श्रेणी पदभन्दा मुनिका पदहरू खारेज गरी  कायम रहेका कर्मचारीहरुलाई एकमुष्ट स्वतः खरिदार पदमा बढुवा गरेको  थियो । ती सबै बैदार मुखिया जस्ता पदहरु निजामती नभएको भनी हटाए पनि उनकै दबाबमा द खडा गरी करार कर्मचारी भर्ती गर्न बाध्य पारेका छन् । अध्यक्ष कार्की कै दबाबमा सवारी चालकको सुविधाका लागि भनी प्रहरीको पेट्रोलपम्प (कार्यालयबाट १ किमि भन्दा नजिक) बाट इन्धन लिइ रहेकोमा साझा पेट्रोल पम्प ललितपुर (कार्यालयबाट ४ किमि भन्दा बढि टाढा) मा लैजाने निर्णय गरिएकाे छ । यसरी दबाब दिनुका पछि प्रहरीको पेट्रोलपम्प ग्यालेनमा इन्धन नदिने र तर साझा पेट्रोल पम्प ललितपुरले ग्यालेनमा तेल दिने हुँदा कार्यालयबाट ४ किमि भन्दा बढि टाढा  'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !' निर्णय गरिएकाे छ । त्यस्तै यस अघिको नेतृत्वले सवारी साधनको मर्मतसम्भार आधिकारीक स्व रुमबाट गर्ने निर्णय उल्टायर जहाँ पनि गर्न पाउने व्यबस्था गरेका छन् । आधिकारीक स्व रुमबाट गर्दा कमिशन नदिने तर अन्यत्र मर्मतसम्भार गर्दा कमिशन पाइने हुँदा यस्तो नेतृत्व लिन बाध्य पारिएको छ । स्मरणीय छ आधिकारिक ट्रेड युनियन  माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन)का अध्यक्ष स्वयं सवारी चालक हुन र हरेका  निर्णय 'सवारी चालकको सुविधालाई ध्यानमा राखेर !' हुने गरेकाे छ । 

 ७२ वर्षीय श्रीमानको करार थप, छोरालाई जागीर र श्रीमतीलाई सहयोग !

नेपाल प्रज्ञा-प्रतिष्ठानमा राजनीतिक पहुँच वा दबाब पुग्यो भने जे पनि हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ । ७२ बर्से श्रीकुमार राईलाई करार सेवामा काममा लगाउने काम भइरहेको छ ।  श्रेणी बिहीन (बैदार माली) पदमा कार्यरत श्रीकुमार राईलाई करार सेवा थप्न सँधै चर्को दबाब हुने गरेको छ । उमेर हदका कारण नेपाल प्रज्ञा-प्रतिष्ठान अघिल्लो नेतृत्वले अन्तिम पटक भनि म्याद थप्यो । उनको योगदान  र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले उनको छोरा जितेन्द्र राईलाई जागिर दिने सहमती अनुसार रोजगारी दिइएको छ । तर त्यो सहमति उलंघन गर्दै ७२ बर्से श्रीकुमार राईलाई करार सेवाको म्याद थपिएकाे छ । म्याद थपिएकाे छ । श्रीकुमार राईकाे पहुँच कति छ भने  नेपाल प्रज्ञ-प्रतिष्ठानको प्रज्ञ परिषद्को २०८० भदौ २९ गते शुक्रबार बसेको  एक्काइसौं बैठकको प्रस्ताव नं १३ उनकी श्रीमती २० हजार उपचार खर्च दिने निर्णयमा उल्लेख छ । 

 

यी तथ्य सार्वजनिक भए जसले प्रज्ञ परिषद् दुष्प्रचार र मानमर्दन ठहर्‍याइयो