बालुवाटार नै लैनचौर सरेको छ !

बालुवाटार नै लैनचौर सरेको छ !

ऋतु आशिक  |  साहित्य  |  आश्विन २३, २०८०

देशभक्त नेपालीहरू हो !
देशभक्तिकै गाथा गाउँछु
आज मन पोलेको छ । 
तीतो सत्य ओकल्छु । 
तिमीलाई थाहा हुन सक्छ । 
तिमीलाई थाहा नहुन सक्छ । 
मन भक्कानिएर आएको छ । 
भित्रभित्रै हिक्का आइरहेको छ । 
धैर्यका साथ सुन !
यसबेला वालुवाटार लैनचौरमा सरेको छ । 
वालुवाटार शमसानघाटमा फेरिएको छ । 
मुलुकको शासन प्रणाली धुजा–धुजा भएको छ । 

नागरिकता प्रकरण
भारतीहरूलाई धमाधम नेपाली बनाइँदैछ । 
न्याय नै यसबेला लैनचोर सरेको छ । 
नेपाली काँग्रेस, 
नेकपा एमाले,
नेकपा माओवादी । 
विभिन्न ब्राण्डका
दक्षिणी परिचालित पार्टीहरू 
यसबेला ती सबै
लैनचौरका गुलाममा परिवर्तित भएका छन् । 
देशभरि युद्धस्तरमा
भारतीहरूलाई नागरिकता बाँडिँदा
माइलौ–माइल लाएर बाँडिँदा पनि 
कुनै पनि संसदको मन दुख्दैन 
सदनमा कुनै पार्टीका संसद चुइक्क बोल्दैनन् 
मैले त भन्ने गरेको छु 
नेपालका सबै पार्टीहरू 
लैनचौरका रिक्रुट हुन् । 
उनीहरू मगन्ते ओढेर, 
घुर्की, स्यावासी पारितोषिक थाप्ने गर्छन् । 

घन्टी पार्टी !
भारतीयलाई नागरिकता बाँडिँदा 
एम.सी.सी.को जात्रा माथि जात्रा छरिँदा 
चुइक्क – बोल्दै बोल्दैन । 
मोदीका आफन्तसँग सौदाबाजी साटछ । 
देशप्रति घात–प्रतिघातमा मौनता साँधेर 
देशभक्तको स्वाग गर्छ 
कसै कसैको जमानी बस्छ 
स्याल होइन भनेर छाती ठोक्छ  
देशद्रोहीलाई देशद्रोही होइन भनेर 
वकालत गर्छ । 
देश यसबेला –
संसारमा कतै नभएको शासन प्रणाली 
नेपालमै देखिएको छ । 
माओवादी वैरियतमा तेस्रो पार्टी 
देशको शासन चलाइ रहेको छ, 
न त लाज छ, न त घिन छ ? 
न त पार्टीको आफ्नै नैतिकता छ 
दासहरूको आत्मा हुँदैन 
दासहरूको इमान हुँदैन । 

माओवादी कलेवर ओढेका ढोगी पार्टी 
अन्तर्राष्ट्रिय घृणा छर्न 
माओवादको बिरुद्धमा दुष्परिणाम छर्दै 
आफैँ स्खलन भइरहेको छ । 
माओवादको भाङ्ग्रो ओढेर 
माओवाद माथि घृणित आक्षेप लगाइरहेको छ ।
आफ्नो विष्टा आफैँ खाइरहेको छ । 

मलाई यसबेला लाग्छ 
देशभक्त नेपाली अझै नचेत्ने हो भने –
लेण्डुपेले सिक्किम बुझाए झैँ 
प्रचण्डले देश बुझाउने हरकत गरिरहेको छ । 
मेरो देशको प्रधानमन्त्रीको 
आवरण ओढेर 
लैनचौरको खटन–पटनमा तथ्य गरिरहेको छ । 

देशभक्त जनता हो !
उठ अब ढिलाइ गर्नु हुँदैन । 
एमाले, काँग्रेस, माओवादी, राप्रपा
जो–जो जे–जे ब्राण्ड भए पनि 
यी सबै लैनचौरका 
ब्राण्डेड पार्टीहरू हुन् । 
देश यसबेला बालुवाटार हुँदै । 
लैनचौरमा सरेको छ । 
देशलाई यसबेला लैनचौरले हाँकी रहेछ । 
अरबौं राजस्वको थमौती 
प्रचण्डको हुक्के शासनले गर्ने गरेको छ ।
देशभरिका १६ मारवाडी जत्थाले 
देश माथि आर्थिक घात प्रतिघात गरिरहेको छ । 
देश यसबेला – 
देशभक्त नायक खोजी रहेको छ । 
देश बचाउन
आफ्ना–आफ्ना ठाउँबाट उठौँ 
देश द्रोहीहरूको विरुद्ध हातेमालो गर्दै उठौँ । 
 

आपगाछी, तरहरा, इटहरी 
२०८० असोज २० शनिबार

–