भारतीय प्रधानमन्त्री! हस्तक्षेप बन्द गर

भारतीय प्रधानमन्त्री! हस्तक्षेप बन्द गर

ऋतु आशिक  |  साहित्य  |  कार्तिक १४, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी !
तिम्रो देशको स्वतन्त्रता संग्राममा
हामीले आफन्तहरु गुमाएका छौं 
तिम्रो देशको स्वतन्त्रताका लागि 
काँधमा काँध मिलाएर 
तिम्रो देशको स्वतन्त्रता फर्काएका थियौं । 
हामीले आफन्तहरु गुमाउँदा
हामीले आँसु भक्कानिँदै पनि रोएका थिएनौं । 
भित्र–भित्र हामी तड्पिएका थियौ । 
तिम्रो स्वतन्त्रता 
भारतीय जनताको स्वतन्त्रतामा
हामीले आफन्त गुमाएका थियौ । 
भारतीय झण्डालाई 
फिरङ्गीका सामु झुक्न दिएनौँ 
तिम्रो मुलुकको स्वतन्त्रताका निम्ति –
कारगील युद्ध होस् 
हिन्दुस्तान आजादीको अजेयताको 
शङ्ख घोषको त्यो क्षणमा 
भारतीय देशभक्त 
जनताको पक्ष पोषणमा हामी उभिएका थियौ । 
भारत पाकिस्तानी युद्धमा
भारतीय चीन युद्धको 
ती ऐतिहासिक क्रमममा
हामी भारतीयको पक्षमा गीत गाएका थियौं । 
हाम्रा आफन्तहरु 
गोली र बारुद खाँदै मृत्युवरण गरेका थियौं । 
तिम्रो देश बचाउन 
हाम्रा आफन्तहरु साहादतको शूलीमा 
चढाएका थियौं । 
हामी नेपाली !
बुद्धत्वको अभिषेक संसारभरि छर्केका छौं । 
हामीले बुद्धत्व चीन पठाएका थियौं । 
हामीले बुद्धत्व लंका, लाओस, कम्वोडिया 
जता–ततै 
शान्तिका ऋचाहरू छर्केका छौं । 
तिम्रो देशको सुरक्षामा 
तिम्रो सिमाना–सिमानामा 
ढाल भएर उभिएका छौं । 
यो निरन्तरता चलिरहेको छ । 
अझै यो निरन्तरता चलिरहेको छ । 

भारतीय प्रधानमन्त्री !
हामी तिम्रो देशको हितमा 
हाम्रा आफन्तहरु बोर्डर–बोर्डरमा
सहादत हुँदै तिम्रो देश बचाउँदै थियौं । 
तिमी प्रचण्डरुपी देशद्रोही पालेर 
मेरो देशको बिरुद्ध उसलाई तयारी गर्दै थियौं । 
माओवादी कलेवरमा 
मेरो देशमाथि घात–प्रतिघात गरिरहेका थियौं 
तिम्रो र अमेरिकी संलग्नतामा 
शान्ति क्षेत्रका प्रवर्तक 
राजा वीरेन्द्र वंशको हरणको जाल बुन्दै थियौं । 
सेनाका जर्नेलहरूलाई 
मेरो देश विरुद्ध 
शान्ति क्षेत्रका प्रवर्तक विरुद्ध 
कालरात्रि ओढाएर 
वंश विनास गरेका थियौ । 
तिम्रो षडयन्त्रको चाका चुलीमा 
हामीले शान्ति क्षेत्रका दोस्रो बुद्ध गुमाएका थियौं । 
हामीले प्रजावत्सल राजा गुमाएका थियौं । 

प्रधानमन्त्री नरेन्द्र मोदी !
मेरो देशका अभिन्न अङ्ग 
लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि 
अपहरण गरिरहेका छौं । 
चोर विरालो झैं पसेर 
छिमेकीको सदासयता 
छिमेकीको मित्रताको ऐश्वर्यता माथि 
घात प्रतिघात गरिरहेका छौं । 
हाम्रा आफन्तहरु तिम्रो सुरक्षामा 
मृत्युवरण गरिरहेका छन् । 
तिमी घात–माथि घात गरिरहेका छौं । 
मेरो देशको लुटानमा
नेपाली लेण्डुपेहरुलाई साथ लिएर 
मेरो देशमाथि
घात प्रतिघात गरिरहेका छौं । 

भारतीय प्रधानमन्त्री !
तिम्रो यो घृणित कुत्सित कार्य, 
मनैदेखि घृणा गर्छु 
मेरो देशको सार्वभौमिकता 
प्राणभन्दा प्यारो छ । 
छिमेकीप्रति घृणित व्यवहार बन्द गर !
देश लुटानको युग पुनरावृत नगरः 
मेरो देशको स्वतन्त्रता
मेरो अहमता मेरो देश हो । 
तिम्रो घृणित हस्तक्षेप बन्द गर 
लिम्पियाधुरा, लिपुलेक, कालापानी 
हाम्रो मुटु हो । 
होश सम्हाल 
हाम्रो नेपालीको अहमता हो । 
हामी नेपालीको गौरव गाथा भूमि हो । 

आपगाछी, तरहरा, इटहरी 
२०८० कार्तिक ५