देशको नीति दल अनुसार होइन नेतापिच्चै फरक फरक किन ?

देशको नीति दल अनुसार होइन  नेतापिच्चै  फरक फरक किन ?

पूर्ण ओली  |  दृष्टिकोण  |  कार्तिक १४, २०८०

पञ्चायती ब्यबस्था भइञ्जेल देशको परराष्ट्र नीति विवादस्पद थिएन । छिमेकी देश लगायत सबै देशसँग नेपालको असल सम्बन्ध कायम थियो । राजा महेन्द्रको पालामा क्षमतावान बिज्ञ ब्यक्तित्व खोजेर उनीहरुलाई सहि ठाउँमा उपयोग गरिएको थियो ।

राजा वीरेन्द्रले पनि राजा महेन्द्रका पालाका बिज्ञ व्यक्तित्वहरुलाई परिचालन गर्ने प्रयास भएकोले छिमेकी लगायत सबै देशसँग सुमधुर सम्बन्ध र सहयोग प्राप्त भइरहेको थियो ।  सूर्यबहादुर थापालाई भारत इतर ब्यक्ति भनेर चिनिन्थ्यो भने कीर्तिनिधि बिष्टलाई चीन इतर ब्यक्ति भनेर चिनिएका थिए । सोहि अनुसार कोबाट कसरी काम लिन सकिन्छ त्यहि अनुसार यी दुबैलाई प्रधानमन्त्रीमा नियुक्त गरिन्थ्यो । राजा महेन्द्र प्रत्यक्ष आफैले निर्देशन दिएर सरकार चलाएको बुझिन्थ्यो भने राजा वीरेन्द्र आफ्ना अन्तरगतका प्रधानमन्त्री, मन्त्री तथा सचिवलाई  बढि बिश्वास गर्नु हुन्थ्यो । 

नेपालमा बहुदलीय ब्यबस्था आएपछि नेताहरु प्राय भारत मुखी भएर चल्न थाले । नेपाली काँग्रेसको बिचार सिद्दान्त कम्युनिष्ट बिरोधी भएकाले यिनीहरुले भारतसँग घनिष्ट सम्बन्ध राख्न चाहन्थे भने चीनलाई बेवास्ता गर्न थाले । गिरिजाप्रसादले चीनका सहयोगका सबै उद्योग लिलाम गरि निजी ब्यापारीलाई जिम्मा लगाए जुन अहिले हराइ सकेका छन् ।

कम्युनिष्टको पहिलो अर्थात एमालेको नौ महिने सरकारमा प्रधानमन्त्री मनमोहन अधिकारी परिपक्व र इमान्दार नेता भएकाले भारत, चीन लगायत सबै संग सुमधुर सम्बन्ध कायम गरेका थिए । जनहितमा पनि राम्रो कार्य गरेका थिए । त्यसपछि आएका काँग्रेस एमाले तथा माओवादी सरकार सबै भारततर्फ ढल्किँदै गएका देखिन्छन् ।

माओवादीको पहिलो सरकारले सुरुमा चीनसँग घनिष्ट सम्बन्ध राख्दै पहिला चीन भ्रमण गरे । तर केहि समयपछि प्रचण्डले  भारतको दवावलाई थेग्न सकेनन् । भारतलाई नरिझाइ सत्ता चलाउन नसकिने बुझेर  केहि समयपछि नै भारततर्फ  बढि घनिष्ट हुन बाध्य भए । काँग्रेस कम्युनिष्टले राष्ट्रिय नीतिलाई त्यति ध्यान नदिने मात्र होइन सिर्फ दल र नेताको स्वार्थमा सरकार चलाउन थाले । 

बालुवाटार छिरि सकेपछि जुनसुकै दलका प्रधानमन्त्री पनि सानो गुट बनाएर शासन गर्न थाले । त्यसले दल भित्र पनि उपगुट खडा गरियो । बालुवाटारमा दिग्गज, बिज्ञ, बैज्ञानिक तथा इमान्दार कार्यकर्ता तथा नागरिकलाई बोलाएर सल्लाह लिन छोडियो । प्रधानमन्त्रीका एक दुइ जना सल्लाहकारको भरमा देशको नीति बदलिन थाल्यो ।

कसैलाई समस्या परेर कथम् कदाचित् बालुवाटार छिरि हालेमा उसलाई तिनै सल्लाहकार या पिए हरुले फर्काउन थाले । कुनै कुनै सल्लाहकारले प्रधानमन्त्रीको राय समेत नलि आफै बाहिर बोलेर राष्ट्रलाई अप्ठयारो पारेको देखिएको छ । आफ्नै दलका अर्को गुटका नेतालाई होच्याएर बोल्न उनीहरुलाई प्रधानमन्त्री संग मिल्न नदिने सल्लाहकार पनि देखिए । यस्तै कारणले गर्दा नेकपा पार्टी फुट्नमा मद्दत पुगेको थियो । उनै प्रमुख सल्लाहकारले सचिवहरुलाई प्रत्यक्ष निर्देशन समेत दिने गरेर बिभागीय मन्त्रीहरुलाई अप्ठयारो पार्न पनि थालियो ।

पैसा कमाउन दलाल तस्कर तथा स्वार्थी तत्वलाई बालुवाटारमा स्वागत गरिन्छ ।  इमान्दार ब्यक्तिलाई प्रधानमन्त्री संग भेट्न दिइँदैन या प्रधानमन्त्रीले पनि भेट्न चाहान्न ।  अहिले बालुवाटारमा भएको प्रधानमन्त्री निवासमा सिर्फ चाकडी बाज आसेपासे, दलाल र केहि नजिकका आफन्तको भिडमात्र भेटिन्छ । अनि नीजि र पार्टीका भेला तथा भोज त्यहीँ क्वाटरमा सरकारी खर्चमा गरिन्छ । मन्त्रालयका प्राय सबै काम पनि सचिवले फायल बोकेर त्यहीँ पुर्‍याउँछन् ।

देशका प्रधानमन्त्री बिदेशी जासुसी संस्थाका प्रमुखसँग आफ्नो निवासमा घण्टौंसम्म छलफल गर्न थाले । उनै बिदेशी जासुसले सोहि दलका अन्य गुटका नेतासँग पनि गोप्य छलफल गरेपछि पार्टी फुट्ने बातावरण बन्दै गएर कालान्तरमा पार्टी फुट्यो । जनताको बिरोध हुंदा हुंदै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले टिभीमा बोल्दै एमसीसी जसरी भएपनि पास गरिन्छ भनेर बोलेपछि उक्त दल भित्र दल विभाजनको बीजारोपण भएको थियो । यसको मतलब सल्लाहकारको नाममा प्रधानमन्त्रीहरुले नियुक्त गरेका ब्यक्ति स्वार्थी असक्षम  मात्र होइन कुनै देशका एजेण्ट जस्ता मात्र देखिए । 

जुन किसिमले राजाहरुले देशभरि बाट सक्षम र इमान्दार ब्यक्ति छनौट गरि सहि ठाउँमा राखिन्थ्यो । उनीहरुका सल्लाहमा देश ब्यबस्थित र सहि तरिकाबाट चलेको थियो । यसले देशको हितमा काम गरेको थियो । बिदेशमा समेत नेपालको इज्जत थियो । देशमा भएका उद्योगहरुमा धेरै युवाहरुले रोजगारी पाएका थिए । भएका सरकारी अस्पतालमा बिज्ञ डाक्टरले इमान्दारिता पूर्वक आफ्नो कर्तब्य पुरा गरेका थिए ।

जनतालाई सकेसम्म राम्रो स्वास्थ्य सेवा दिएका थिए । भएका शिक्षण संस्थाहरुमा शिक्षकहरुले इमान्दारी पूर्वक समर्पित भएर बिद्यार्थीलाई पढाएका थिए । त्यहि भएर सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थी छात्रवृत्तिमा स्वदेश र बिदेशमा पढेर डक्टर इन्जिनियर भएका थिए । लोकतन्त्रमा अहिलेका बिद्यार्थी सरकारीमा पढ्नेहरू डक्टर इन्जिनियर हुने संभावना छैन । त्यतिखेर सहि मानिस सहि ठाउँमा नियुक्त हुन्थे जसले गर्दा शिक्षा नीति सहि हुन्थ्यो । अहिलेको शिक्षा नीति विदेशीको इच्छा अनुसार चलेका छन् ।

यो सबै क्षमतावान मानिसहरु पन्छाएर आफ्ना दल अथवा गुटका समर्थक मानिसहरुलाई जागिर खुवाउने र पैसा कमाउने सोच राखेर नीति र कार्यक्रम बनाइन्छ । त्यहि भएर परराष्ट्र नीति देखि अर्थ नीति, गृह, शिक्षा, स्वास्थ्य, कृषि, औधोगिक सबै नीति सबैतिर अस्तव्यस्त पारिएको छ । सलाई सम्हालेर देश र समय सुहाउँदा नीति बनाएर कार्यन्वयन गर्नेतर्फ कुनैपनि दलका बरिष्ट अनिष्ट नेताहरुको ध्यान गएको छैन । सबैको ध्यान जसरी हुन्छ सत्तामा बसेर हालीमुहाली गर्ने मात्र सोच देखिन्छ । 

कुनैपनि दलको नेता प्रधानमन्त्री भएर बालुवाटार छिरेपछि उनले दश चलाउन सबै क्षेत्रका लागि योग्य क्षमतावान मानिस छनौट गरि देशलाई सुशासनसहित बिकास गर्ने कार्यक्रम अगाडि बढाइँदैन । सिर्फ आफ्ना आसेपासे गुटका चाकडी बाजलाई पैसा कमाउने अवसर दिने मात्र बिभिन्न निकायमा नियुक्त गरिन्छ ।

पैसा कमाउन दलाल तस्कर तथा स्वार्थी तत्वलाई बालुवाटारमा स्वागत गरिन्छ ।  इमान्दार ब्यक्तिलाई प्रधानमन्त्री संग भेट्न दिइँदैन या प्रधानमन्त्रीले पनि भेट्न चाहान्न ।  अहिले बालुवाटारमा भएको प्रधानमन्त्री निवासमा सिर्फ चाकडी बाज आसेपासे, दलाल र केहि नजिकका आफन्तको भिडमात्र भेटिन्छ । अनि नीजि र पार्टीका भेला तथा भोज त्यहीँ क्वाटरमा सरकारी खर्चमा गरिन्छ । मन्त्रालयका प्राय सबै काम पनि सचिवले फायल बोकेर त्यहीँ पुर्‍याउँछन् ।

बालुवाटार नै अहिलेका प्रधानमन्त्रीहरूको लागि सिंहदरवार भएको छ । त्यसैले सर्वसाधरण जनता कुनै जरुरी काम परेर प्रधानमन्त्रीलाई भेट्न खोजेमा बालुवाटार छिर्न अत्यन्त कठिनाइ हुने गर्दछ । यस्तो चलन लोकतन्त्रको नाममा भाड तन्त्र आएपछि देश झनै अधोगतितर्फ बढेर गएको छ ।  अनि कसरी देशले सुशासन र बिकासको सहि गति लिन सक्छ र बिदेश जाने युवा स्वदेशमा रोकिन्छन् ?


हाल-अष्ट्रेलिया
२०८० कार्तिक १३