भ्रष्टाचार, बेथिति तथा सामाजिक कुसंस्कारमा मौलाएको दुर्गा प्रसाईँ प्रवृत्ति

भ्रष्टाचार, बेथिति तथा सामाजिक कुसंस्कारमा मौलाएको दुर्गा प्रसाईँ प्रवृत्ति

पूर्ण ओली  |  दृष्टिकोण  |  मंसिर ४, २०८०

२०४६ सालपछि राजाबाट जनताका प्रतिनिधिले शासन सत्ता हातमा लिएपछि जनतामा अब झनै बिकास हुने भो भन्ने आसा थियो । तर ठिक उल्टो भयो भ्रष्टचार अत्यधिक बढेर गयो । सबै संघ संस्थामा पार्टीका कार्यकर्ता भर्ति हुन थाले । उनीहरुको उदेश्य सिर्फ पैसा कमाउनु भयो । प्रधानमन्त्री स्वयं भ्रष्टाचारमा बदनाम हुन थालेपछि तलका कार्यकर्ता, कर्मचारी हाकिमहरु  झन भ्रष्टाचारमा तल्लीन हुन थाले ।

परिणामस्वरुप जनतामा भ्रष्टचार बिरुद्ध आवाज बुलन्द हुन थालेपछि अख्तियारलाई सकृय बनाइयो । अख्तियारले भ्रष्टचार गर्ने मानिस पत्ता लगाए पनि ठुला भ्रष्टलाई पक्राउ गरेर कारबाही गर्न सकेन । त्यसमा तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद लाउडा र धमिजा काण्डमा जोडिए । तर उनलाई कारबाही भएन । भ्रष्टचार भएको देशको सम्पति असुल गरिएन । यहीँबाट बेथिति सुरु भएको हो ।  त्यसपछि शेरबहादुरको पालामा कर्मचारीका सरुवा बढुवामा बेथिति गरि रकम असुलेको कुरा ब्यापक रुपमा बाहिर आयो ।

वाइडबढि , न्यारोबढि जहाज खरिदमा पनि भ्रष्टचार भयो । त्यसमा पनि कारबाही भएर सम्बन्धित बाट पैसा असुल्ने कारबाहि भएन । एनसेलले सरकारलाई राजस्व भुक्तान गर्नु पर्ने रकम उक्त कम्पनिले नेताहरुलाई बुझाएर सरकारको राजस्वमा घाटा पार्दा समेत अख्तियारले केहि गर्न सकेन । किनकि अख्तियारमा जाने सबै पदाधिकारीहरु ठुला दलका सेटिङमा भागबण्डामा गएका थिए । अदालतमा पनि त्यहि अनुसार सेटिङमा लगिएका न्यायाधिश भएका कारण यी दलका नेतालाई ठुला भ्रष्टचार काण्डमा मुद्दा परिहाले पनि आफु सफाइ पाउनेमा निश्चित छन् ।  यसपछि देशमा  कुशासन, बेथिती र भ्रष्टाचारले पराकाष्टा नाघ्न थाल्यो । अहिले दलका नेताहरुले बिदेशी बैँकमा रकम जम्मा गरेको कुरा ब्यापक रुपमा आइरहेको छ । तर  यसलाई छानबिन गर्नेतर्फ कसैको चासो देखिदैन । 

दलका नेताले पैसा कमाउन, शक्तिको दुरुपयोग गर्ने आ-आफ्ना तरिका छन् । शेरबहादुर देउवा साधु बिरालो जस्तो भएर श्रीमतीको माध्यमबाट बिभिन्न कमिसनको अकुत सम्पति कमाएको कुरा निजको बुढानिलकण्ठको महल बाट थाहा हुन्छ । उनले दलका कार्यकर्तालाई निर्वाचनको टिकट दिंदा पनि पैसा असुलेको कुरा बाहिर आएको थियो ।

केपी ओली अरुभन्दा आफुलाई बढि बुद्धिजीवी र बाठो  हुँ भन् ठान्छन् । उनका सल्लाहकार पनि त्यस्तै किसिमका छानिएका हुन्छन् । जसले अरुलाई खासै महत्व दिँदैनन् । त्यहि भएर सल्लाहकारको कुरामा बढि बिश्वास गर्ने हुनाले यति कम्पनि जस्ता ठुला ब्यापारीले अत्यधिकरुपमा राष्ट्रको सम्पति दोहन गर्ने अवसर पाए ।  माओवादीमा प्रचण्ड पार्टीका सार्वकालिक शक्तिशाली अध्यक्ष्य हुन् । पार्टीले  बिभिन्न तरिकाबाट चन्दा उठाएको रकमदेखि बैँक लुटेका अकुत सम्पति बिभिन्न देशका बैँक मा राखिएको कुरा संचार माध्यममा आएकै हो ।

क्यान्टोनमेन्ट अरबौं रुपिया लडाकको नाममा आएको रकम खाएको कुरा पनि संगै आएको छ । त्यसमा माओवादीका अरु प्रमुख नेताहरुले पनि बिभिन्न तरिकाबाट पैसा कमाएका समाचार  पत्रमा छताछुल्ल भइसकेको छ । यसमा सुन काण्ड , नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न माओवादी लगायतका व्यक्तिहरु पोलिएका सर्वविदितै छ ।

पूर्व प्रधानमन्त्री माधब नेपाल , बाबुराम भट्टराई समेतले ललिता निवास तथा मातातीर्थको सरकारी जग्गा भूमाफियालाई दिने मन्त्रीपरिषदको निर्णय गराएर पनि प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म उनीहरुलाई कारबाही गर्न लगाएका छैनन् ।

यसका अलावा आरजु राणा, मन्जु खांण जस्ता नेता पत्नीहरू पनि संलग्न भएका र केपि ओलीका पिए राजेश बज्राचार्यले पनि १ करोडको बक्सा बालुवाटारका बुझेको कुरा आउँदा पनि छानबीन समेत हुन सकेन । 

यी सबै घटनामा कारबाही सुरु गरेर धेरै प्रकृया अघि बढाएर केहि मन्त्री सचिब ब्यापारी कर्मचारी जेलमा परेपनि बिचमा कारबाही सेलाउँदै गएको देखिन्छ । ठुला भनाउँदा नेताका आपसी सेटिङमा तैं चुप मै चुप जस्तो गरि मिलीभगत भएको बुझिन्छ । यो सबै देखेका सुनेका जनता अब अत्यन्त आक्रोसित भएर बाहिर सडकमा निस्कने अवसर खोज्दै छन् । यहि अबसरमा केही ठग ब्यापारीले संचालन गरेका लघुवित्त, सहकारी तथा बैंकको ऋणको नाममा लुटिएका जनताको साथ लिएर दुर्गा प्रसाईंले अगुवा बनेर देशमा परिवर्तन गर्ने भनेर आन्दोलन चर्काउन अघि बढेका छन् । सरकार र नेताका काला कर्तुत , ब्यापारी र बैँकको लिलामीबाट पीडित जनताको साथ दुर्गा प्रसाईंहरुले पाइरहेका छन् । यसमा हिन्दुवादी र राजा बादीको साथले आन्दोलनलाई निकै ठुलो बल पुर्‍याएको देखिन्छ ।

यसको डरलाग्दो प्रतिकृया स्वरुप अहिले दुर्गा प्रसाई पुरा शक्तिका साथ अघि बढेका छन् । उनका एजेण्डा लोकप्रिय भएकाले धेरै जनताको साथ पाइरहेका छन् । साथै भारतले पनि प्रत्यक्षरुपमा हिन्दु धर्मको पक्षमा समर्थन जनाएको हुनसक्छ । नत्र यति हिम्मत साथ दुर्गा प्रसाईं निडरता पूर्वक अघि बढ्ने हिम्मत गर्ने थिएनन् । 

देशको आर्थिक अबस्था डामाडोल छ । देशमा काम गर्ने जोशिला युवा सबैजसो खाडी मुलुक र बिकसित देश तर्फ गइरहँदा पनि सरकारमा बस्नेहरु सिर्फ मुकदर्शक मात्र बसेको देखिन्छन् । उनीहरु सिर्फ सत्ताको लागि एकअर्कालाई गिराउने र बदनाम गराउने उदेश्यले काम गरिरहेका छन् । कमजोर अस्थिर तथा अवसरवादी प्रचण्डले देशको हितमा कुनै काम गर्न नसकेपनि विदेशीलाई रिझाउन कुनै कसर बाँकि राखेका छैनन् । उनलाई नेपाली जनताप्रति कुनै बिश्वास छैन । उनलाई सिर्फ भारत र अमेरिकाको मात्र भर छ । किनकि उनले भारतको हितमा धेरै काम गरेका छन् ।  अमेरिकालाई खुसी पार्न एमसिसि कार्यन्वयन गरिसके भने चीनले दिने सहयोगलाई पुरै बेवास्ता गरेर अमेरिका र भारतलाई खुसी पार्ने काम मात्र गरिरहेका छन् । 

त्यसैले जनताका शत्रु यी भ्रष्ट र बिदेशी दलालले जनताका आवाज बन्द गर्न अहिले टिकटक बन्द गरे । यो एप्स चीनको भएको कारणले पनि यसलाई बन्द गर्न उनीहरुलाई कुनै कठिनाइ भएन । चीन पनि यसबाट निकै बेखुस भएको देखिन्छ । तर यसको नकरात्मक परिणाम आउँदैछ । शायद न्यायालयले यसलाई खुलाउन सक्छ । 

यो सबै परिणाम बाट फाइदा लिएका छन् दुर्गा प्रसाईं हरुले । उनी  पहिला माओवादी हुंदै एमाले भएर दुबै दलको आन्द्राभुँडी बुझिसकेका मेडिकल ब्यवसायी हुन् । तर उनको मेडिकल कलेजमा अहिलेसम्म बिद्यार्थी पढाउन पाएका छैनन् । यसबाट पनि आक्रोसित भएका दुर्गा प्रसाईलाई एमाले नेता तथा युवा संघका इन्चार्ज  महेश बस्नेतले अचानक कालो पोत्ने कार्य गर्न लगाए । यसको डरलाग्दो प्रतिकृया स्वरुप अहिले दुर्गा प्रसाई पुरा शक्तिका साथ अघि बढेका छन् । उनका एजेण्डा लोकप्रिय भएकाले धेरै जनताको साथ पाइरहेका छन् । साथै भारतले पनि प्रत्यक्षरुपमा हिन्दु धर्मको पक्षमा समर्थन जनाएको हुनसक्छ । नत्र यति हिम्मत साथ दुर्गा प्रसाईं निडरता पूर्वक अघि बढ्ने हिम्मत गर्ने थिएनन् । 

अब नेपाली जनता धेरै निरास हुंदा हुंदै पनि दुर्गा प्रसाईंका कार्य सफल होस भनेर अघि बढेको देखिन्छ । त्यसका लागि केहि समय पर्ख नै पर्ने   । यदि सबै भ्रष्ट नेता र कर्मचारी लाई भाग्नै पर्ने दिन आएमा त्यो नेपालको लागि नयाँ बिहानको शुरुवात हुन सक्नेछ । यस पछिको देशको नेतृत्व इमान्दार ,क्षमतावान, राष्ट्रप्रमुख ब्यक्ति हुनुपर्छ जसले विदेशिएका युवाहरुलाई स्वदेशमा फर्काएर देशको बिकासमा लगाउन सक्छ ।  


हाल — अष्ट्रेलिया
२०८० मंसिर ४