केही नयाँ हाइकु

केही नयाँ हाइकु

सीताराम नेपाल  |  साहित्य  |  मंसिर २३, २०८०

बादलु घुम्टो
काकाकुलको आश
हाम्रो विकास

सडकभरि
लोभिपापीको झुण्ड
लुछाचुडीमा

तन्त्र र मन्त्र 
 फेर्न सिपालु हामी 
ऐना हेरेर

युवा युवती
वाषन्ति उन्मादमा
एकान्त खोज्दै

सानोमा सानो
आँखाको नानी हामी 
जिरे खुर्सानी

नेपाली टोपी 
शीरको शोभा हाम्रो 
बिर्सनु हुन्न

सूर्यको ताप  
धराको जवानीमा
दशैँ तिहार

मिलेर खाए
मेरो भागै नराखी 
भाइ माराले

मुखाले रैछ
रट्यो विकासे नारा 
कामको सट्टा

जूनको सामु
तारा जति चम्के नि
फिका नै हुने