राज्य दोहन गरेर विदेशमा अकुत सम्पत्ति जम्मा गर्ने भ्रष्ट दलाललाई सडकमा लतार्ने दिनको प्रतीक्षा !

राज्य दोहन गरेर  विदेशमा अकुत सम्पत्ति जम्मा गर्ने भ्रष्ट दलाललाई सडकमा लतार्ने  दिनको प्रतीक्षा !

पूर्ण ओली  |  दृष्टिकोण  |  मंसिर २४, २०८०

अहिले नेपालमा भ्रष्टचारको बिगबिगी छ । ठुला भ्रष्टहरू प्रायजसो सबै दलका अगुवा नेताहरु नै छन् । यिनीहरुलाई कसैले कारबाही गर्न सक्दैनन् । जसले कारबाही गर्नु पर्ने हो उ आफै कारबाहीमा पर्ने डरले कारबाही 'क' पनि उच्चारण  गर्न सक्दैनन् । तस्कर तथा कालोबजारिया त दलका नेताका व्यापार साझेदार नै छन् ।

उनीहरुले भन्सार  छलेर करोडौं सामान आयत गर्छन । खुला सिमानाबाट अरबौंको सामान आयत हुन्छ । यसमा ठुला ब्यापारीको समेत संलग्नता हुन्छ । उनै ब्यापारी दलका सदस्य या नेताका साझेदार छन् । अनि कसरी भ्रष्ट र तस्कर नियन्त्रण हुन्छन् ? यो ब्यवस्थामा अब सबैतिर भ्रष्ट र अनैतिक ब्यक्तिको मात्र रजगज भएकोले नेता बदलेर मात्र जनताको अबस्था सुधिन संभव देखिदैन । त्यहि भएर ब्यबस्था नै बदल्ने या संबिधानमा ब्यापक संसोधन गर्न आबश्यक छ । 

अहिले ब्यबस्था बदल्न माग गर्नेमा राजसंस्था बादी  मात्र होइन काँग्रेस र कम्युनिष्ट भनिएका दलका धेरै नेताहरु पनि संबिधानमा धेरै बिषय संसोधन हुन आबश्यक छ भनि बोल्न थालेका छन् । अहिलेको ब्यबस्था बाट प्रत्यक्ष फाइदा लिइरहेका केहि नेता र उच्च कर्मचारी बाहेक सबैले यसको बिरोधमा लागिरहेका छन् । त्यहि भएर लघु बित्ताले गरिब जनता लुटिरहेको कुरा , सहकारी र बैँकहरू ब्याज माथि स्याज थपेर धेरै ग्राहकहरुको सम्पति धमाधम लिलाम गरेर क्याप्चर गरिरहेका केहि सिमित मारवाडी लगायतका ब्यापारी बिरुद्ध दुर्गा प्रसाईंको आन्दोलन छिटै उचाइमा पुग्नको कारण यहि हो ।

अहिले केहि समय दुर्गा प्रसाईं उपचारमा गएपनि उनका समर्थक बुद्धिजीवी योजनाबद्ध रुपमा यो सरकार र ब्यवस्थाको बिरुद्ध  समयसीमा तोकेर अघि बढ्ने घोषणा गरिरहेका छन् ।  जसले यहि बर्ष भित्रमा केहि सकरात्मक परिणाम आउने संभावना देखिन्छ । 

अहिले शायद हिन्दु धर्मको पक्षमा राम्रो माहौल देखेर होला काँग्रेसका सभापति शेरबहादुर ले हिन्दु धर्मका पक्षमा बहस गर्न सकिने भनेर भाषण गर्न बाध्य भए । एमाले अध्यक्ष के पी ओली आफ्ना केहि नेता सहित रामनामी खास्टो र गेरु वस्त्रमा देश दौडाहा लागेका कारणबाट पनि एमाले ले पनि सनातन वैदिक धर्मलाई समर्थन गर्ने संकेत देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड पनि पुरा यु टर्न गरेर दक्षिण भारतको महाकालेश्वर मन्दिरमा धोती लगाएर पूजामा बसेपछि सबै नेताको लाइन एउटै देखिन्छ ।

काँग्रेस र कम्युनिष्टलाई खराब देखाउँदै भ्रष्टचारको बिरुद्ध नारा लगाएर छोटो समयमा जनसमर्थन प्राप्त गर्ने रबि लामिछाने को स्वतन्त्र दल  मिसन ८४ मा आफ्नो दलले बहुमत ल्याउँछ भनि अहिले गाउँ गाउँ गएर आफ्नो दलको संगठन बलियो पार्ने प्रयास गरिरहेका छन् । तर उनले यहि संबिधानमा कुनै संसोधन गर्न आबश्यक नभएको बताए । यहि संविधानलाई बिना संसोधन अगाडि बढ्ने बिषयले उनी सत्तामा पुगेपनि अब केहि पनि गर्न नसक्ने कुरा रबि लामिछाने ले बुझ्न आबश्यक छ । देशको बोझको रुपमा संघीयताको कारण देश आज टाट पल्टिन लागेको छ । धर्म निरपेक्षताको कारण समाजमा धार्मिक द्वन्द बढ्ने संभावनालाई नकार्न सकिदैन ।

बिदेशीहरुको चलखेल बढेर देशलाई अस्थिरतातर्फ धकेलिँदैछ । रबि लामिछाने भने यहि ब्यबस्था यथास्थितिमा राखेर काँग्रेस र कम्युनिष्टको अलोकपृयताको मात्र फाइदा लिन खोजिरहेको भान हुन थालेको छ ।  यसको मतलब जसरी हुन्छ सत्तामा पुगेर  विदेशीलाई खुस पार्दै हालीमुहाली मात्र गर्ने नियत हो कि भन्ने आशंकहरु उब्जन थालेका छन् ।   उनले कृषक, बिदेशीएका र बेरोजगार युवाको  पीर मर्का बुझेर त्यसको समाधान तर्फ कुनै योजना पस्कन सकेका छैनन् । 

अरुभन्दा राजेन्द्र लिङदेनको राप्रपाको  दृष्टिकोण प्रष्टरुपमा बाहिर आएको देखिन्छ । राप्रपाले संघियता र धर्मनिरपेक्षता खारेज हुनुपर्छ  भनेको छ । राजसंस्थालाई समेटेर सबैको संरक्षक बनाएर देशलाई सामाजिक धार्मिक एकतामा बाँध्नु पर्छ भन्ने माग छ । यसको अलावा सांसदको संख्या घटाएर १०० जनामात्र राख्ने । समानुपातिक बाट आएका सांसदलाई राष्ट्रिय सभामा लैजाने जसको कारण प्रतिनिधि सभामा कुनै एक दलको बहुमत पुगेर सरकारमा स्थिरता आउने छ भन्ने सोच छ । निर्वाचित सांसदलाई सिर्फ बिधि विधान तथा बिधेयक बनाउन लगाउने र मन्त्रीमण्डल सांसद बाहेकका विद्वान र विज्ञबाट बनाउने ।

जसको कारण मन्त्री भएर पैसा कमाउने बाटो बन्द भएपछि भ्रष्टचार ह्वात्तै घट्ने छ । २०४६ पछिका सबै प्रमुख नेता तथा बिशिष्ट तहका कर्मचारीको सम्पति छानबीन गरि भ्रष्टाचारमा मुछिएका लाई कडा कारबाही गरिनु पर्छ भनिएको छ । भ्रष्टचार प्रमाणित भएपछि निजहरुको सम्पति जफत गरि निजहरुलाई आजन्म कारावासमा राखिनु पर्छ । अहिलेको अबस्थामा यो नै सबभन्दा राम्रो एजेण्डा बन्न सक्छ । अहिले राप्रपा बाहेक कुनैपनि दलले यसरी ठोस रुपमा संबिधानमा संसोधन गरि यसरी अगाडि बढ्नु पर्छ भनि भन्न सकेका छैनन् ।

अहिलेको गणतन्त्रवादी दलहरु सिर्फ राजसंस्थाको बिरुद्ध र दुर्गा प्रसाईंको छवि बिगार्न मात्र लागेका छन् । देशको बिकास, युवाहरुको स्वदेशमा रोजगारी तथा कृषकका हितमा ठोस नीति तथा कारबाही बारेमा कसैले पनि जनसमक्ष ल्याउन सकेका छैनन् । अहिले शायद हिन्दु धर्मको पक्षमा राम्रो माहौल देखेर होला काँग्रेसका सभापति शेरबहादुर ले हिन्दु धर्मका पक्षमा बहस गर्न सकिने भनेर भाषण गर्न बाध्य भए । एमाले अध्यक्ष के पी ओली आफ्ना केहि नेता सहित रामनामी खास्टो र गेरु वस्त्रमा देश दौडाहा लागेका कारणबाट पनि एमाले ले पनि सनातन वैदिक धर्मलाई समर्थन गर्ने संकेत देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड पनि पुरा यु टर्न गरेर दक्षिण भारतको महाकालेश्वर मन्दिरमा धोती लगाएर पूजामा बसेपछि सबै नेताको लाइन एउटै देखिन्छ । यसमा प्रमुख कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छालाई कदर गर्न खोजेको पूर्वानुमान गर्न थालिएको छ ।

अब १२ बुँदे पक्षधर तथा हिमायती सबै धर्मनिरपेक्षताको बदला सनातन वैदिक संस्कृतिसहितको हिन्दुराष्ट्र, प्रदेश सरकारको खारेजी तथा देशलाई धार्मिक र सामाजिक एकतामा बाँध्न हिन्दु राष्ट्र र अन्तराष्ट्रिय जगतमा नेपालको छवि उठाउनुको लागि बेलायतको जस्तो राजसंस्था कायम राख्न संबिधानमा संसोधनको प्रस्ताव शिघ्र ल्याउन वातावरण निर्माण हुँदै गएको भान हुन थालेको छ ।  अन्यथा दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देन सहितको जन समुहले अहिलेका भ्रष्ट नेतालाई श्रीलङ्का जस्तै नेताका महलबाट थुतेर नेता तथा सबै भ्रष्ट दलाललाई सडकमा नलतार्लान् भन्न सकिन्न । त्यसैले अहिलेका लालबुझक्कड विदेशीका दलाल र भ्रष्टाचारका नाइके जसले राज्य दोहन गरेर  बिदेशमा अकुत सम्पति जम्मा गरेर देशका होनहार युवाहरुलाई बेरोजगार बनाएर बिदेश लखेटेका छन् उनीहरुका दिन समाप्त हुँदैछन् भन्ने बेलैमा बुझ्न जरुरी छ । 


हाल- अष्ट्रेलिया
२०८० मंसिर २३