बसन्त कुमार उपाध्याय | दृष्टिकोण | मंसिर २८, २०८०
कौटिल्यले भनेका छन् –‘ज्ञान, सैन्य र सौर्य प्राप्त सामथ्र्य नै शक्ति हो ।’
त्यसो भए यतिबेला नेपालमा राष्ट्रिय शक्तिका विषयमा समय सान्दर्भिक चर्चा हुन जरुरी छ । नतिजा बदल्ने क्षमताका रुपमा शक्तिलाई लिइनु पर्छ भन्ने कुरा रवर्ट डाहलले लेखेका छन् । राष्ट्रिय शक्तिका विषयमा लेख्नु पर्ने कारणका रुपमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा देखिएका विरोधका स्वरहरु उठ्न थालेको पृष्ठभूमि छ ।
राष्ट्रिय शक्तिका विषयमा थप अघि बढ्नु भन्दा पहिल्यै शक्तिका तत्वहरूका विषयमा स्पष्ट हुन जरुरी छ । त्यसैगरी शक्तिका अंगहरु, शक्तिका कारकहरू अथवा शक्तिका गुणहरू बारे खुलस्त हुनै पर्छ । यसरी भन्नुपर्दा राष्ट्रिय शक्तिका निर्धारक कारकहरू नै राष्ट्रिय राज्यका सक्षमताको जगका रुपमा रहने गर्छन् । बुझनै पर्ने त अझ के हो भने राष्ट्रिय शक्ति कुनै एक तत्वमा मात्रै निर्भर हुन सक्दैन् । त्यसका लागी त्यति बेलाको परिस्थिति पनि जिम्मेवार वा कारक हुन्छन् । ती विषय भनेका अस्थायी वा स्थायी,स्थिर र अस्थिर,वस्तुगत तथा विषयगत हुने गर्दछन् ।
‘यो तिम्रो मार्ग हो,र तिम्रो एक्लो हो,अन्य मानिसहरु तिमीसँग सँगै हिँड्न त सक्छन तर तिम्रा लागी नहिँड्न सक्छन् ।’ जलालुद्दिन रुमीले भनेका कुरा सम्झाउन चाहन्छु । नेपालका लागी त्यसको गतिलो उदाहरण नेपालमा बहिर्गमित राजतन्त्र हुन सक्छ । जो यतिबेला राजतन्त्रको कुनै न कुनै स्वरूपका लागि आवाज उठाइरहेका छन् । तर के विदा भएको राजतन्त्र आफैँ स्वयं के भन्छ त भन्ने कुरा स्पष्ट हुनुपर्छ ।
सिद्धान्ततः राष्ट्रिय शक्तिको वर्गिकरण भिन्ना भिन्नै हुनसक्छन् । ती विषयलाई मूर्त अर्थात tangible र अमूर्त अर्थात Intangible गरी दुई भागमा पनि केलाउन सकिन्छ ।
राष्ट्रिय शक्तिको वर्गिकरण मूर्त तत्वहरु अर्थात Tangible Elements मूर्त तत्वहरूका लागि त्यो देशको जनसंख्या,भूभाग,प्राकृतिक सम्पदा सँगै औद्योगिक क्षमता, कृषिको क्षमता, सैन्य शक्तिलाई केलाउन जरुरी रहन्छ । त्यसैगरी अमूर्त अर्थात Intangible Elements नेतृत्व र ब्यक्तित्व,कर्मचारीतन्त्रको संगठनात्मक क्षमता, सरकारका किसिम,सामाजिक अवस्था,प्रतिष्ठा,बैदेशिक सहयोगको निर्भरता,दुर्घटनालाई विश्लेषण गर्न आवश्यक ठानिन्छ । राष्ट्रिय शक्तिका यी दुवै खाले तत्वहरुको संश्लेषण यति बेलाको आवश्यकता हो कि भन्ने महशुस गर्न सकिन्छ । वा भनौं वहस भईरहेको विषय पनि हो ।
यी सबैलाई शक्तिका सीमाहरूले पनि निर्धारण गरिरहेका हुन्छन् । जस्तो कि अन्तराष्ट्रिय नैतिकता,विश्व जनमत, अन्तराष्ट्रिय कानुन,शक्ति सन्तुलन, अन्तराष्ट्रिय संगठन र निःशस्त्रीकरण जस्ता विषयको भूमिका महत्वपुर्ण रहन्छ । उदाहरणका लागी माओवादी जनमुक्ति सेनाको निःशस्त्रीकरण एउटा पेचिलो मुद्दा रह्यो नेपालमा । त्यसका अवयवहरू नेपालको राजनीतिक वृत्तमा अहिले पनि छन् ।
अब फेरी देश भित्रै फर्कौँ, ब्यवस्था परिवर्तन एक खालको जनमत मूर्त तत्वले गराएको विश्वास गरिन्छ । तर त्यसमा अमूर्त तत्वको एउटा अवयव बैदेशिक सहयोग र निर्भरताको भूमिकाले समेत काम गरेको हुन्छ । उदाहरणका लागी सात राजनीतिक दलहरु र माओवादी बिच भएको १२ बुँदे सम्झौतालाई लिन सकिन्छ ।
शाह वंशको कतिपय नेतृत्वकर्ताको भूमिकाले(राजा वा रानी) कै कारण सत्ता खोपीमा कैद भएका दृष्टान्त अनेकौं छन् । रणबहादुर शाह, राजेन्द्र विक्रम शाह र ज्ञानेन्द्र शाह त्यस्तै मध्येका केही उदाहरण हुन । यति भन्दै गर्दा पनि हामीबाट नेपालको राष्ट्रिय शक्तिका विषयमा 'रिभ्यू' आवश्यक हो वा होईन भन्ने मूल विषयलाई मार्न खोजिनु हुँदैन भन्ने हो । यहाँ पक्ष राजतन्त्र वा पक्ष गणतन्त्र भन्ने कदापी लेख्न खोजिएको होइन् ।
एलफ्रेड नाम गरेका एकजना विद्धानले भनेका छन की भू राजनीति पनि एउटा महत्वपुर्ण तत्व हो । जो हामी जस्तो देशका लागी मनन गर्नुपर्ने विषय हो । शक्तिका अमूर्त तत्वहरु बेलाबखत सक्रिय र निश्क्रिय भईरहेका हुन्छन् । त्यसैगरी शक्तिका सीमाहरू परिस्थिति अनुसार फेरबदल त भई नै रहन्छन् तर निमिट्यान्न भने हुँदैनन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाको शुरुवाती चरण,सक्रिय राजतन्त्रको चरण,प्रजातन्त्रको पुनर्स्थापनाको अवधि,गणतन्त्रको स्थापनाको परिवेशलाई समय सापेक्ष केलाउनै पर्छ । त्यसका आधारमा पनि राष्ट्रिय शक्तिको भाष्य बनाउनै पर्छ । सन् १९५० पछिको परिवेश अनि सन् १९५५ तत्कालिन राजा महेन्द्रको उदय,सन् १९५९को पहिलो आम निर्वाचन हुँदै सन् १९६०को शाही कदमलाई फर्केर हेनै पर्छ । पछिल्लो सन् १९९६ देखिको माओवादीको 'मुभमेन्ट' र सन् २००७ देखिको गणतन्त्रको 'रोडम्याप'लाई सन्तुलनका साथ केलाउनै पर्छ । त्यस अघि सन् २००३ को तत्कालिन राजा ज्ञानेन्द्र शाहको कदम र त्यसपछिको सन् २००५मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले लिएको निर्णयले गणतन्त्रको यात्रामा पुलको काम गरेको स्मरण गर्नै पर्छ ।
आधुनिक नेपालको सत्ताको बागडोर शाह वंशीय परम्परामा थियो । तर शाह वंशको कतिपय नेतृत्वकर्ताको भूमिकाले(राजा वा रानी) कै कारण सत्ता खोपीमा कैद भएका दृष्टान्त अनेकौं छन् । रणबहादुर शाह, राजेन्द्र विक्रम शाह र ज्ञानेन्द्र शाह त्यस्तै मध्येका केही उदाहरण हुन । यति भन्दै गर्दा पनि हामीबाट नेपालको राष्ट्रिय शक्तिका विषयमा 'रिभ्यू' आवश्यक हो वा होईन भन्ने मूल विषयलाई मार्न खोजिनु हुँदैन भन्ने हो । यहाँ पक्ष राजतन्त्र वा पक्ष गणतन्त्र भन्ने कदापी लेख्न खोजिएको होइन् ।
नेपालमा गणतन्त्रको स्थापनासँगै आएका विषयहरु हुन संघीयता र धर्म निरपेक्षता । यति बेलको अवस्था संघीयता र धर्म निरपेक्षताको कारण गणतन्त्र माथि नै प्रश्न उठाउन खोजिँदै छ । त्यसकारण राष्ट्रिय शक्तिका कुरा जायज लाग्न थालेका पनि हुन् । लोकतान्त्रिक ब्यवस्थामा आफ्ना भनाइहरु संविधानको भावनालाई ठेस नपुग्ने गरी राख्न पाईने अभ्यास हो । तर कतिपय पक्षहरु नेपालको संविधान २०७२ लाई नै बहिष्कार गर्ने खालका भएकाले राष्ट्रिय शक्तिको पहिचानमा कतै नेपाल चुकेको त होईन भन्ने आशयहरु प्रष्फुटन भईरहेका छन् । तर संविधान संशोधनीय विषय पनि हो ।
खुलस्त रुपमा लेख्दै गर्दा, के आजको अवस्थामा बहिर्गमित राजतन्त्र राष्ट्रिय शक्ति हो वा होइन ? यदि होईन भने कुरा सकियो । यदी कहीं कतै हो कि भन्ने लाग्छ भने त्यसको व्यवस्थापनका विषयमा राष्ट्र तयार हुनुपर्छ । परिवर्तनका लागी जनमत जरुरी छ । तर जनमत कतिलाई मान्ने भन्ने कुरा मुख्य वहसको पनि विषय बन्न सक्छ ।
नेपालको गणतन्त्रको आयुका विषयमा जे जति अड्कल वाजी भइरहेका छन् ति अधिकांश सतही देखिएका छन् । व्यवस्था परिवर्तन हुन जनमतको ठुलो हिस्साले भाग लिनै पर्छ । के यति बेलाको अवस्था त्यस्तो हो त ?
राजनीतिक दलहरु,संघीयताको कार्यान्वयन र विभिन्न तहका सरकारले गरेको 'डेलिभिरी' का कारण जनमत यो व्यवस्था प्रति नै निरास हो वा नेतृत्व प्रति हो भनेर छुट्याइनु पर्छ । सबै विषयलाई एउटा बास्केटमा राखेर धारणा बनाउनु न्यायोचित पक्कै होइन् ।
राष्ट्रिय शक्तिका तत्वहरु मध्येको महत्वपुर्ण तत्व जनसंख्या त हो नै त्यसका अलावा हामीले (माथि उल्लेख गरेका अन्य ) तत्वहरुको भूमिकालाई गौण रुपमा लिइनु हुँदैन् । ती मध्येको सैन्य शक्ति पनि एउटा शक्ति हो । तर आधुनिक नेपालको निर्माण पछि नेपालमा सेनाको भूमिका सत्ता वा ब्यवस्थाका प्रति अनिच्छित रहँदै आएको देखिन्छ । तर राष्ट्रिय शक्तिका अमूर्त तत्वहरु मध्येका नेतृत्व र ब्यक्तित्व, कर्मचारीतन्त्रको संगठनात्मक क्षमता, सरकारका किसिम, सामाजिक अवस्था, प्रतिष्ठा, बैदेशिक सहयोगको निर्भरता लगाएतका विषयमा पनि वहस वा छलफल अघि बढ्नुपर्ने अवस्था देखिन्छ । न केवल जनसंख्याको जनमतले मात्रै राष्ट्रिय शक्तिको ब्याख्या वा अनुमोदन गर्न सक्छ ।
राष्ट्रिय शक्तिका निर्धारक तत्वहरुको पहिचान र वर्गिकरण विषयमा संसारभरका मान्यता बेग्ला वेग्लै रहेपनि प्रत्येक राष्ट्रले आफ्नो राष्ट्रिय शक्तिको सहि पहिचान गर्नुपर्छ भन्ने हो । मैले आज पामर र पार्किन्स दुई विद्धानले अघि सारेको धारणाका आधारमा संश्लेषण गर्ने प्रयास गरेको हुँ ।
सान्दर्भिकता त के हो भने गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा चलिरहेको मन्थन कुन उद्देश्यले आएको छ भन्ने निक्र्यौल हुन जरुरी छ । साथै राष्ट्रिय शक्तिको पहिचानलाई राष्ट्रले उपयुक्त समयमा पहिचान गर्न सक्नुपर्छ ।
राणा कालीन राष्ट्रिय शक्ति, प्रजातन्त्र स्थापना शूरुवातकालखण्डको राष्ट्रिय शक्ति नेपाली कांग्रेस लगाएतका विभिन्न राजनीतिक दलहरु राजा महेन्द्रको शासन खण्ड र प्रजातान्त्रिक शक्ति सँगै वामपन्थीको शक्ति, राजा वीरेन्द्रको राज्य सञ्चालन अनि प्रजातन्त्रको दोस्रो चरण,माओवादीको विद्रोह,तराई मधेश सहित पहिचान वादीको उपस्थिति सबै कुनै न कुनै परिवेशका राष्ट्रिय शक्तिका रुपमा स्थापित थिए । तर यी सबैका अलावा वाह्य शक्तिको भूमिका हामी सबैले बुझ नै पर्छ । त्यसैले शक्तिका अंगहरु,शक्तिका कारकहरू र शक्तिका गुणहरूको अन्तर्यबाट राष्ट्रिय शक्तिको सहि पहिचान हुनसके मात्रै देश अघि बढ्न सक्छ ।
मूलतः शक्तिको स्रोत भनेका नागरिक हुन । राजनीतिक दलहरुको भाष्यमा जनता वा राजाको भाषामा प्रजा होलान् । तर परिवेश बदलिँदा राष्ट्रिय शक्तिको पहिचानलाई नजरअन्दाज गरिनु हुँदैन् ।
हाम्रो देशको राष्ट्रिय शक्तिको निर्धारकका रुपमा भूभाग अर्थात Territory पनि पर्छ । जस्तो कि भुटान,तिब्बत,सिक्किम रह्यो । हामी दुई भीमकाय मुलुक चीन र भारतको Geo-politics को चपेटामा छौं । यद्यपी राष्ट्र भने सँधै स्वतन्त्र नै रह्यो ।
यो विषयलाई विद्वान मेकाइण्डरले पनि अर्का विद्वान एल्फ्रेडले जस्तै Geo-politics भनेर विस्तार गरेका छन् । यसको अवधारणा भनेको ठूलो क्षेत्रफल भएको देशले सानो क्षेत्रफल भएको देशमाथि दबाव र प्रभाव बनाइराख्ने गर्छन् । त्यसको असरका रुपमा ति देशहरुमा राष्ट्रिय शक्तिहरूमा फेरबदल पनि भई नै रहन्छन् ।
यो अकंको अन्तमा कतै इतिहासको बोझ, बाह्य शक्तिको 'ह्यागंओभर' र सत्तारोहणको लालसाले राष्ट्रिय शक्ति पहिचानमा हामी चुकेका त होइनौँ भन्ने कोणबाट बहस गर्न खोजिएको हो मात्रै हो । जो बदलिँदो परिवेश, इतिहास र भविष्यका लागी मार्गदर्शन समेत बन्न सक्नुपर्छ ।