परिवर्तन

परिवर्तन

चिरन ‘चिदानन्द’  |  साहित्य  |  मंसिर ३०, २०८०

बादल खेल्छन् हिमालयको काखमा 
साक्षी छन् परिवर्तनहरूका लहरहरूको ।
हावाले सुस्तरी कानेखुसी गर्छ,प्रेमको वर्षा देखि     
तैपनि जीवन बोझ हुन पुग्छ, वास्तविकतामा ।।

शिखरहरू मुनि जहाँ समय स्थिर छ
नेपालीको मुटुको धड्कन अनि अटल इच्छाशक्ति हेर्न बाँकि छ ।
कलहका लहरहरू चिरी गुज्रनु छ 
राष्ट्रको कथित परीक्षणहरू मार्फत जीवनको सार बदल्न ।।

समयको मौन घण्टी, केवल समयको ताल
हिमाल, पहाड र तराईका कथाहरूको प्रतिध्वनि निस्किन्छ ।
भाग्य वादमा बाचेर  मिठो सपना देख्नेहरू
नेपाल आमालाई हँसाउनु छ, हरेक परिस्थितिमा ।।

अलिखित जीवन यात्राका असीमित उत्साहहरू बोकी  
परिवर्तनको बिगुल फुक्नु छ। 
अस्तित्वको यो लडाइँमा 
 बुझ्नु  छ, नेपाल रहे मात्र नेपाली रहने छ।। 
 नेपाल रहे मात्र नेपाली रहने छ।।