हलेसी तुवाचुङ र ब्रसेल्स वरपरका नगरपालिका बिच भगिनी सम्बन्धका बारेमा छलफल

हलेसी तुवाचुङ र ब्रसेल्स वरपरका नगरपालिका बिच भगिनी सम्बन्धका बारेमा छलफल

केजिन राई  |  समाचार  |  पुष ३, २०८०

ब्रसेल्स ।खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) तथा युरोपियन युनियनका लागि राजदुत महामहिम गेहेन्द्र राजभण्डारीसंग  महत्वपुर्ण भेटघाट सम्पन्न भएको छ ।

यसै हप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा  राजदुतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको थियो ।

मेयर बिमला राईले ब्रसेल्स र बेनेलक्स तथा सिंगो युरोपमा नेपालीहरुको बसोबासको अबस्था  उनीहरूका समस्या र समाधानका उपाय साथै  बिबिध पक्षका बारेमा राजदुत राजभण्डारीसँग जिज्ञासा राख्नु भएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका  र ब्रसेल्स वरपरका नगरपालिकासँग भगिनी सम्बन्धका बारेमा समेत कुरा राख्नु भएको थियो  ।

डेनिस सोसियल डेमोक्रेटिक पार्टीको औपचारिक निमन्त्रणामा डेनमार्क आउनु भएको मेयर राई डेनमार्क ज्ञान निर्माण तथा प्रविधि नवप्रवर्तनमा धेरै अगाडी रहेको त्यहाँको काउन्सिल सदस्य इभासँग पनि यस अघि बार्ता गर्नु भएको थियो  ।

यहि सन्दर्भमा डेनमार्कको प्राविधिक इकोसिस्टम बुझ्न र नेपालमा सम्भावित गितिबिधि आदान प्रदानको  सम्भाव्यता बुझ्न डेनमार्क प्रबिधि  डेनिस प्राविधिक संस्थान  (DTI) का  इनोभेसन निर्देशक एनी मारिया ह्यान्सनसँग समेत छलफल र अन्तरक्रिया पश्चात गर्नु भएको थियो । 

सप्ताहव्यापी भ्रमणको क्रममा  डोनिस सोशल डेमोक्रेटिक पार्टी को निमन्त्रणामा डेनमार्क आएका मेयर राईले  उक्त पार्टीका महामन्त्री  लासे रिबर्गासँग उक्त पार्टीकै संसदीय दलको कार्यालय, संसद हाउस कोपेनहेगनमा महत्वपुर्ण भेटघाट गर्नु भएको  थियो । उहाँलाई  पार्टीको सिद्धान्त, विचार, व्यवस्था तथा नीति निर्माण प्रकृयाका वारेमा जानकारी  समेत  गराउनु भएको थियो ।

युरोप भ्रमणको क्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई ,नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य विकल राई स आदिबासी जनजाति प्रजातान्त्रिक संघ अध्यक्ष ओम घर्ती मगर लगायत  नेपालको  प्रतिनिधि मण्डलले डेनमार्क , नेदरल्याण्ड , युरोपको राजधानीको रुपमा परिचित  ब्रसेल्स बेल्जियम ,जर्मनी र फ्रान्सको विभिन्न शहरहरूको भ्रमण र अबलोकन गर्नु भएको थियो  ।

कोपनहेगनमा भएको अन्तरक्रियाका क्रममा नेपालको पृष्ठभूमि र सन्दर्भसँगै जोडेर नयाँ युगका जल्दो बल्दाे समस्याहरु,जलबायु परिवर्तन तथा populism सँग कसरी तपाईको पार्टीले ट्याकल गर्दैछ भन्ने बारे  नेविसंघ केन्द्रीय सदस्य विकल राईले रोचक  छलफल समेत गर्नु  भएको थियो।