कम्युनिस्ट बर्को भित्रका केपी ओलीदेखि प्रचण्डसम्म: मुलुकको अस्तित्व 'मटियामेट' पार्ने जिम्मेवारी !

कम्युनिस्ट बर्को भित्रका केपी ओलीदेखि प्रचण्डसम्म: मुलुकको अस्तित्व 'मटियामेट' पार्ने जिम्मेवारी !

ऋतु आशिक  |  दृष्टिकोण  |  पुष ६, २०८०

   आजभन्दा ८६ वर्ष अघि ७ सेप्टेम्बर १९३७ मा कम्युनिष्ट सम्बन्धी आलेख लेख्दै कमरेड माओत्सेतुङले भन्नुभएको थियो ।  'कम्युनिष्टहरुको हृदय विशाल हुनुपर्छ, उ इमान्दार र सक्रिय हुनुपर्छ । क्रन्तिको हितलाई उसले आफ्नो ज्यान भन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्छ । पार्टीको सामुहिक जीवनलाई मजबुत तुल्याउन र पार्टी र जनताका सम्बन्धहरूलाई अझ बलियो पार्न उसले सधैँ र जहाँ पनि सही सिद्धान्तमा अडि रहनुपर्छ र सबै गलत विचार र कामहरुको विरोधमा अथक सङ्घर्ष चलाउनुपर्छ । कुनै व्यक्तिको भन्दा बढ्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नो भन्दा बढ्ता अरुहरुको वास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिष्ट मान्न सकिन्छ ।'

 नेपाली कम्युनिष्ट आन्दोलनका भीष्म पितामहको रुपमा आदरणीय मनमोहन अधिकारीले आफूलाई आफ्नो जीवनको सम्पूर्ण अंश नेपाली कम्युनिष्ट आन्दोलनलाई अग्रगतिमा लान सधैँ दत्तचित्त भएर लाग्नु भयो । नेपाल र भारत बीच भएको १९५० को असमान सन्धिलाई पुनरावलोकन गर्ने र नेपालको हित अनुकूल सन्धिलाई सच्याउन तत्कालीन भारतीय प्रधानमन्त्री नरसिंह रावलाई कन्भिन्स गराउन सफल हुनुभएको थियो । तत्कालीन हाम्रो मुलुकको स्थायी शान्तिको निरन्तरताका लागि भारतसँग ग्यारेन्टी खोज्न र देशको हितलाई नै सर्वोपरिको  सोचलाई दृढतापूर्वक मनमोहन अधिकारी उभिनु भएको थियो । 

नेपाली कम्युनिष्ट आन्दोलनले नेपाली जनजीवनको आधारशिलामा आफूलाई वेगवान्  रुपमा प्रस्तुत गरिरहनु भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका मदन भण्डारीले आफ्ना व्यवहार तथा कम्युनिष्ट आन्दोलन प्रतिको आस्था र सो पार्टीका वरिपरि गोलबन्द हुनु भएको ती पार्टीका कार्यकर्ता तथा पार्टी र देशभक्ति रुपमा मदन भण्डारीको नेतृत्वले देशप्रति एउटा जिम्मेवार नेता पाएको थियो । कमरेड मदन भण्डारीका गतिविधि तथा सोच राष्ट्र समृद्धिका र एउटा सशक्त र अबल राष्ट्र बनाउन तथा राष्ट्रिय आर्थिक तन्त्रलाई मजबुत बनाउन उनका अभिव्यक्ति सार्वजनिक हुँदै, राष्ट्र निर्माणको अहम् वलीदेवीमा त्यसलाई निरन्तरता दिने, देशमा राजतन्त्रले गरेका योगदानको चरितार्थ गर्दै कतै देखिएका कमी कमजोरीलाई हटाउँदै देशलाई आत्मनिर्भर तर्फ अघि बढाउन, उनका भावनाहरू परिलक्षित तर्फ अग्रसित थिए भन्न सकिन्छ । 

नेपाल कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी आवागमन 
'एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकर शाही, पूँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन ।'
                                                                                                                                                                                                                          – मदन भण्डारी


 साइकलसँगै आफ्ना स्नेही कमरेडहरूसँग भलाकुसारी गर्दै मदन भण्डारी

 मदन भण्डारीको जीवन सादगी पूर्ण रह्यो । उनीमा तडक भडक थिएन । उनको बोलीमा जादु थियो । उनका शब्द–शब्दहरु आफैँमा जाज्वल्य मान थिए । ती शब्दहरूमा नेपाली जनताको उन्नति र समृद्धिका सुवास पल्लवित हुन्थे । विराटनगरका अग्रज लव प्रधान मित्रको मदन भण्डारी र उहाँको सामिप्यता उहाँकै मुखार विन्दका केही कुरा यस्ता छन्–
२०४७ सालतिरको कुरा हो । आफ्नै घरमा म र मदन भण्डारी खाना खाएर एउटै खाटमा बसेका थियौँ । मदन भण्डारीले मलाई भन्नुभयो कि प्रधान जी २०४८ मा चुनाव हुँदैछ सबै जनताले चिन्ह सजिलो हुने सबैभन्दा उपयुक्त चुनाव चिन्ह के राख्दा उपयुक्त होला भन्नु भएपछि मैले तुरुन्त जवाफ दिए घाम सबैभन्दा उपयुक्त हुन्छ किनकि घाम अथवा सूर्य नदेख्ने संसारमा को होला ? चराचुरुङ्गी रुख बिरुवा, जीवजन्तु सबैले घाम झुल्केको महसुस गर्छन् । यतिसम्म कि आँखा नदेख्ने अन्धोलाई समेत घाम झुल्केको महसुस हुन्छ । यो चुनाव चिन्ह दिएपछि एमालेको चुनाव चिन्ह ‘सूर्य’ अरे भनेर देशभरिका सबै जनताले सजिलै जान्न सक्छन्, बरु कम्युनिष्ट पार्टीको हसिया हथौडाको झण्डा देशका कुना काप्चामा रहेका अशिक्षित जनताले नदेखेका होलान् उनीहरुलाई चै बरु एमालेको झण्डा यस्तो छ भनेर चिनाउन उचित होला ? 

मैले वर्षौंसम्म पनि यो कुरा जन जनसाधारणलाई मात्र होइन । पार्टीका मसँग सम्पर्क भएका कसैलाई पनि यो कुरा भनिरहन आवश्यक ठानिन तर त्यही झण्डालाई भजाएर पार्टी भित्रका कैयौँ टाठाबाठाहरु लखपति, करोडपति भएको देख्दा र सुन्दा बोल्नेको पीठो बिक्ने नबोल्नेको चामल नबिक्ने भन्ने उखान याद आयो । २०८० सालको मदन स्मृति कार्यक्रम मोरङको पार्टी कार्यालय पाञ्चाली अफिसमा यो सत्य उद्‍घाटित गरिदिन मैले आवश्यक ठाने र केही कार्यक्रममा भएको सत्य कुरा मैले सार्वजनिक गरिदिए । कतिपय नेताको माथिल्लो कमिटीमा रहेको धाक धमास देखेर पनि मैले यो सत्य कुरा राखि दिएको हुँ । 

यसबेला देशका दक्षिणी सिमानाहरू भकाभक मिचिँदैछ त्यसलाई मेट्ने कार्य पनि युद्ध स्तरको रुपमा भैरहेको छ । देशप्रति यस किसिमको घात प्रतिघात गरिँदा पनि संसदमा मौनता नै साधी रहेका छन् । प्रचण्ड सरकारलाई देशप्रति, जनताप्रति जिम्मेवार नै हुँदैनन् । भारतीय शासनको जुठो पुरो तथा देशप्रति घातको, देश हराउनुको कडी झन्–झन् तीव्र रुपमा बढिरहेको छ । यसको अहम् कारण प्रचण्ड हुन् भनेर भन्न सकिन्छ । अझ बढेर भन्न सकिन्छ ।

सूर्य चिन्हको प्रस्ताव सुनेपछि मदन भण्डारीजी ज्यादै खुशी हुनुभयो र भन्नुभयो 'म एक महिना भित्र केन्द्रीय कमिटीको बैठक बोलाएर तपाईंले भनेको सूर्य चिन्ह पास गराउँछु भन्नुभयो । साँच्चै नै उहाँले भने जस्तै गरेर केन्द्रीय कमिटीबाट सूर्य चिन्ह पास गराएको कुरा अलिक पछि मात्र थाहा पाए ।' 

कम्युनिष्ट बर्को भित्रका के.पी. ओली 

पूर्व प्र.म. के.पी. कमरेडले लगाएको ज्याकेट यु.एस.डी. ४३२३२ डलर याने कि नेरु ४,३१,८२४ रुपैया ४८ पैसा रहेको छ । 


 कर्णबहादुर अधिकारीद्वारा प्रेषित सर्वहारा जीवनशैली

नेपाली कम्युनिष्ट आन्दोलनमा लागि पर्ने, त्यसको स्थापनाका लागि आफूलाई जीवन उत्सर्ग गरिने नामहरुमा मदन भण्डारीको वाक क्षमता, कम्युनिष्ट आन्दोलन प्रति असीम आस्थालाई मुक्तकण्ठले प्रशंसा गरिनु पर्छ ।

 कुनै बेला भारतीय पत्रकारलाई आच्छु–आच्छु पारेर, ओलीको देश प्रतिको अध्ययन तथा उनीमा रहेको चिन्तन चौतारीको अथाहतालाई मुक्तकण्ठले प्रशंसा गर्ने गर्छ

महाकाली सन्धी गरेर भारतीय सरकारलाई सुपुर्दगी गर्न उनमा देखिएको हतारो सँग प्रत्येक सालाना नेपाललाई १ खरब २० अरब राजस्व आउँछ भन्न भ्याएका थिए । आफूले त्यसरी किटानीको रकम राष्ट्रले पाउनु पर्छ आदि बारे मौनता किन ? के.पी. ओलीको महाकाली नदी भारतीय सरकारलाई सुपुर्दगी गरेर भारत सरकारको तथास्तु खोजेका स्पष्ट हुन्छ । उनको कर बल, छलीका कारण महाकाली नदी पास भएको थियो । हुँदा–हुँदा के.पी. ओली एम.सी.सी. पास गर्ने दिशामा उनको पहल र संलग्नता रह्यो । देशका विभिन्न मुद्दाहरूलाई उठाउनु पर्ने एनसेलले मच्चाएका उपद्रहहरूलाई  मौनता, तत्कालीन प्रधानमन्त्री भएको बेला एनसेलको घरमा ज्वाइँ भएर रातहरू बिताएको सार्वजनिक भइ सकेको छ  । उनी जुनसुकै संलग्नता तथा विवादमा पर्ने गएका छन् । पशुपति जलहरी काण्डदेखि, गिरी बन्धु टी स्टेटसम्म झ्वाम्म पार्ने घृणित कार्यमा उनको संलग्नता देखिएको छ । 

नेपाल कम्युनिष्ट आन्दोलनका प्रचण्डको देशद्रोही करतुत


 जंगलदेखि जंगल रिसोर्टसम्मको पथ

भू.पू. प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले आफ्नो मृत्यु हुनु भन्दा केही महिना अगाडि नेपाल भारत बीच २०११ सालमा भएको कोशी सम्झौतामा राष्ट्रघात भएको कुरा स्वीकारेका छन् । मबाट भएको राष्ट्रघाटको पीडालाई आफूसँगै लिएर जाँदैछु अभिव्यक्ति आएको छ । 

४५ वर्षको उमेरमा गृहमन्त्री, ४९ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री र ७५ वर्षको उमेरमा पाँचौं पटक प्रधानमन्त्री भएर पनि देशको लागि केही गर्न नसक्ने शेरबहादुर देउवालाई यो महाधिवेशनमा फेरि भोट दिनेहरु कि त गुलामीबाट परिवार पाल्न बाध्य छन् कि त मानसिक अवस्था ठिक नभएकाहरु हुन् । 

पटक/पटक मन्त्री भएका विजय गच्छदार  नेपाली काँग्रेस

छिमेकी भारतीय सरकारको संरक्षण र विभिन्न युद्धका सामग्रीद्वारा लैस गराएर वर्षौंसम्म नेपाली राजतन्त्रलाई मटियाभेट गर्न र नेपालको भूमि माथि शनै–शनै कब्जा गर्दै लैजाने अनुकूलता बनाउँदै लगेको कुरा घाम जस्तै प्रष्ट भएको छ । माओवादी जनयुद्धलाई 'पुट' र त्यसको कलेवरमा नेकपा माओवादीको निर्माण भएको कुरा घाम जस्तै छर्लङ्ग छ । राजपरिवारको समूल नष्टका लागि छिमेकी भारतीय सरकार एवं अमेरिकी सरकारको भूमिकालाई नजरअन्दाज गर्न सकिदैन । तत्कालीन नेपाली सेना प्रमुख यसबेला अमेरिकामा रिटार्यड जीवन त्यो पनि राजतन्त्र समूल नष्टको लागि उ कति जिम्मेवार छ भन्ने पोल खुल्दै जाने नै छ । 

राजतन्त्रको सफायाका लागि भारतीय र अमेरिकाको के कस्तो भूमिका रह्यो ती कुराहरु क्रमशः खुल्दै गइरहेका छन् । भारतीय सरकारले प्रचण्डलाई जुवा इ जस्तो पालेर राखेको तथा नेपाली भूमि माथि लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको वर्चस्व हुँदै सालै पिच्छे लाखौँको तादातमा भारतीयहरूलाई नेपाली नागरिकता बाँडेर, भोटको माध्यमबाट नेपाललाई आफ्नो अधिनस्थ बनाउने अभिष्ट आफू भित्र पालेको कुरा स्पष्ट हुँदैछ । 

हाल सालैको भारत भ्रमण हुनु अगाडि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अस्वीकृत नागरिकता विधेयकमा संसदलाई छलेर, संसदले नचिनेको नागरिकता विधेयक चोर बाटो भएर प्रयोग भयो । यो ज्यादै घृणित देशद्रोही कार्य हो । त्यसै घृणित कार्यबाट जसरी युद्धस्तरमा भारतीय नेपाली नागरिकता २/२ माइलको लाइन लगाएर बाँडियो यो कार्य नै देशद्रोही कार्य हो । संसदमा यो विषय प्रदेश पाउन नसक्नु, देशप्रति घातका घाउहरू नदेखाउनु, संसदहरूको मौनताले प्रष्ट गरेको छ । देश सिक्किमी बाटोमा लम्किरहेको छ । 

यसबेला देशका दक्षिणी सिमानाहरू भकाभक मिचिँदैछ त्यसलाई मेट्ने कार्य पनि युद्ध स्तरको रुपमा भैरहेको छ । देशप्रति यस किसिमको घात प्रतिघात गरिँदा पनि संसदमा मौनता नै साधी रहेका छन् । प्रचण्ड सरकारलाई देशप्रति, जनताप्रति जिम्मेवार नै हुँदैनन् । भारतीय शासनको जुठो पुरो तथा देशप्रति घातको, देश हराउनुको कडी झन्–झन् तीव्र रुपमा बढिरहेको छ । यसको अहम् कारण प्रचण्ड हुन् भनेर भन्न सकिन्छ । अझ बढेर भन्न सकिन्छ । प्रचण्ड देशद्रोही हुन् । 

अन्तमा–

संसारका कतै नभएको विकृत राजनीति नेपाल भित्र आयतित गरिएको छ । जनमतको कुरा गर्ने हो भने पनि नेपाली काँग्रेसले पहिलो जनादेश दोस्रो जनादेशमा नेकपा एमाले, तेस्रो जनादेशमा माओवादी छ । प्रचण्ड यो देशको कार्यकारी प्रधानमन्त्री भएका छन् । नैतिकताले उनलाई प्रधानमन्त्री हुन दिन्छ  ? स्पष्ट छ नेपाल माथि भारतीय शासन व्यवस्था र अमेरिकी शासन व्यवस्थाको गठ जोडमा प्रचण्ड प्रधानमन्त्री बनाइएका छन् । नेपाली जनता विदेशी शासन व्यवस्थाको गठबन्धनबाट नेपाललाई असफल राष्ट्र र यो मुलुकको अस्तित्व नै मटिया मेट गर्न लागि परेका स्पष्ट ऐना देखिन्छ । मुलुक यसबेला 'कोल्याप्स' हुने बाटोका लागि रहेको स्पष्ट देखिन्छ । मुलुकमा देखिएका सबै पार्टीहरु कतै न कतै यिनीहरुको तार यसबेला भारत र अमेरिकासँग जोडिएको कुरालाई नकार्न सकिन्न ।