विश्व मगर सङ्घ बेल्जियम: नेपाली समुदायले माघे सङ्क्रान्ति पर्व भव्यताका साथ मनाए

विश्व मगर सङ्घ बेल्जियम: नेपाली समुदायले माघे सङ्क्रान्ति पर्व भव्यताका साथ मनाए

केजिन राई  |  समाचार  |  माघ ५, २०८०

आन्त्वेर्पेन  बेल्जियम । विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघे सङ्क्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ ।

आन्त्वेर्पेन स्थित स्टार प्लाजामा सम्पन्न विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघे सङ्क्रान्ति भव्यताका साथ भएको हो ।

विश्व मगर सङ्घ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राज भण्डारीको प्रमुख आतित्यथामा ज्येष्ठ नागरिक प्रमुख सल्लाहकार ,राम बुढा मगर , संरक्षक लाल प्रसाद पाईजा मगर, संस्थाका संरक्षक मार्के मगर र विशेष अतिथिहरू अन्तर्राष्ट्रिय मगर महासङ्घ महासचिव तथा आदिवासी  जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष वीर मान मगर ,एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तर्राष्ट्रिय मगर महासङ्घ युरोप संयोजक नेत्र मगर ,युकेबाट मगर समाज युके कल्चरल डाइरेक्टर सरू गुरुङ राना मगर र ओसिन राना मगरको विशेष उपस्थिति रहेको थियो ।

शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा , तमु समाजका अध्यक्ष होम गुरुङ तामाङ समाज प्रतिनिधि अनिता लामा, तमु धी  अध्यक्ष संगिता तमुस्यो , किरात राई सोसाइटी बेल्जियमका महासचिव सबनम राई ,पाशा पुचका महासचिव सूर्य नारायण श्रेष्ठ , किरात याक्थुम चुम्लुङ अध्यक्ष बदन योंगहांग, थकाली सेवा समिति अध्यक्ष सरोज गौचन , युरो कलाकार सङ्घ अध्यक्ष बलराम पुन ,व्यवसायी सङ्घ अध्यक्ष चिरण खवास , प्रवासी मञ्च अध्यक्ष चन्द्र कुमारी (इसा)गुरुङ , जन सम्पर्क समिति सभापति सुवास गुरुङ ,जन प्रगतिशील मञ्च उपाध्यक्ष मनिस गुरुङ , राप्रपा अध्यक्ष अनिल थापा ,रास्वपाका प्रकाश कार्की लगायत अतिथि हुनुहुन्थ्यो ।

युरोपका  विभिन्न देशहरू लगायत र बेल्जियममा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वैचारिक, सामाजिक सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा अतिथि, विशेष अतिथिहरू, सम्पूर्ण सङ्घ संस्थाका अध्यक्ष ,प्रतिनिधिहरूलाई मगरहरूको फेटा खादा र ब्याजद्वारा  सम्मान गरिएको थियो  ।
मगरहरूको पितृ पूजा गरी शुभ आरम्भ कार्यक्रम मगरहरूको प्रचलन धनुष वाण हानी पाहुनाहरूले मनोरञ्जन लिनु भएको थियो ।

साथै  विश्व मगर सङ्घ बेल्जियमकी सचिव सुश्री सुशीला रोका मगरको सञ्चालनमा संस्थाका सल्लाहकार टोइना आलेद्वारा स्वागत मन्तव्य साथै प्रमुख अतिथि ,विशेष अतिथि,अतिथिहरूले आफ्नो शुभ कामना मन्तव्य दिनु भएको थियो  । विश्व मगर सङ्घ बेल्जियमका अध्यक्ष लोक राना मगरद्वारा औपचारिक कार्यक्रम समापनसँगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायिका पानु रोका मगर ,तारा पुन मगर र गजीन जुग्जाली मगरद्वारा  विभिन्न लोक गीत सालैजो भाकामा गीतहरूद्वारा आआफ्नो  प्रस्तुतिहरू दिनु भएको थियो । साउन्ड सिस्टममा डिजे  मिन पुन मगर फोटो, भिडियो , फेसबुक लाइभको लागि तेस्रो आँखा  का रामचन्द्र थापाले साथ दिनु भएको थियो । 
कार्यक्रम समापन पश्चात् विभिन्न लोक दोहोरी भाकामा सालैजो गीतहरूबाट नाचगान गरी भरपुर मनोरञ्जन लिएको थियो  समय अनुकूल, कार्य व्यस्तता, विभिन्न परिस्थितिको बावजुद पनि सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरू,पाहुनाहरूको बाक्लो उपस्थिति रहेको थियो ।