के भनेर सम्झाउनु मेरो छोरीलाई

के भनेर सम्झाउनु मेरो छोरीलाई

ऋतु आशिक  |  साहित्य  |  माघ ६, २०८०

नौ वर्षिया
मेरी छोरी कल्पना विश्वको मान चित्रमा
औँल्याउँदै भन्छिन् 
बुबा १ नेपाल कहाँ पर्छ ?
‘छोरी नेपाल यहाँ पर्छ’
छोरी भन्छिन्, 'कति सानो देश' ?
छोरीलाई भन्छु 
'हाम्रो देश भन्दा सानो जो सिक्किम देश थियो 
अहिले भारत भएको छ छोरी' 
छोरी आश्चर्य साथ पीर मान्दै भन्छिन् 
'कतै हाम्रो देश पनि त्यस्तै भयो भने .... ' !

(आज भन्दा ४९ वर्ष अघि दैनिक सहि आवाजका तत्कालीन सम्पादक सूर्यलाल पीडितद्वारा मातृभूमिमा २०३१ मार्ग १८ मा प्रकाशित के भनेर सम्झाउनु मेरी छोरीलाई नामक कवितालाई रु। ५१।– द्वारा पुरस्कृत गर्नुभएको भएकाे थियो ।  आज पनि यो कविताको सान्दर्भिकता सकिएको छैन ।  -ऋतु आसीक)