प्रधानमन्त्री प्रचण्डका देशद्रोही हरकत प्रति सञ्चारकर्मीको मौनता समेत आशङ्काको घेरामा

प्रधानमन्त्री प्रचण्डका देशद्रोही हरकत प्रति सञ्चारकर्मीको मौनता समेत आशङ्काको घेरामा

ऋतु आशिक  |  दृष्टिकोण  |  माघ ९, २०८०

 हिजो १९ पौषका दिन नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्री बिच भएको नेपाल सरकारको अनुमति बिना भारतीय दूताबासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रति पोजेक्ट २० करोड लगानी गर्ने, सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको छ । अब भारतीय दूताबासले एकै पटक ७५३ पालिका र ७ प्रदेशहरूलाई बाड्न सक्ने छ । त्यसैगरी सडक परियोजना, खानेपानी परियोजना र अन्य कुनै पनि परियोजनामा पनि बाड्न सक्नेछ । यस्तो भएपछि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता तथा आजसम्म कायम रहेको नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको भएन र ? यो निर्णयका विरुद्ध देश र प्रदेशमा रहेका सम्पूर्ण नेपाली जनता र नेपाली संघीयताका तीनै तहका सभाहरूले विरोध र भर्त्सना गर्नुपर्दछ । 

बामदेव गौतम
राष्ट्रियसभा सदस्य तथा अध्यक्ष
नेकपा एकता राष्ट्रिय अभियान
२० पौष २०८०

२०८० पौष २१ शनिबारको फेसबुकबाट 

स्वीस ब्याङ्कले सार्वजनिक गरेको विवरण अनुसार नेपाली धनी र ठूलीहरूको स्वीस ब्याङ्कमा २००१ मा ३ अरब ५८ करोड रुपैया थियो । २०१० सम्म आइपुग्दा यो रकम बढेर १२ अरब ५५ करोड पुग्यो । २०२० सम्म यो रकम ४६ अरब ६४ करोड पुग्यो । यसलाई भन्छन् होला  अग्रगामी प्रगति ! 

स्वीस ब्याङ्कमा देश लुटेराहरूको अग्रगामी छलाङ

संसारको कुन देश यस्तो होला तत्कालीन प्रधानमन्त्री प्रचण्ड माओवादीद्वारा पाँच हजारको हत्याको जिम्मेवारी लिनेछु । यसो भनिरहँदा तत्कालीन न्याय प्रशासन तथा गृह मन्त्रालयको निरिहतालाई बुझ्न सकिन्छ । संसारको कुनै पनि देशमा यसो भनिरहँदा उनीलाई कानुनभन्दा उच्च दिइनु, कति घृणित र हत्याराको मनोबललाई पुट दिइरहेको प्रस्ट हुँदैन ? 

भारतीय सरकारको अभावगतमा तत्कालीन नेपालका जिम्मेवार व्यक्तित्वहरू नै दिल्ली गमन गरेर दिल्लीमा नै सम्झौताका तानाबाना खडा हुनुका पछाडि देशलाई गलाउन गरिएका प्रयास हुन् । ती सम्झौताका पृष्ठभूमि नेपाल आफैँमा गरिने देशप्रति जिम्मेवारीको भूमिका नखेल्नका पछाडि भारतीद्वारा लेण्डुपे नेपालीलाई आफ्नो पकडमा लिएर तिनीहरूलाई कठपुतली बनाइएको हो । ती कठपुतलीकै प्रारुपमा आफूलाई धन्य भन्ने तथा देशप्रति आघात गर्न समेत नचुक्नु तथा देशप्रति स्वाभिमान नराख्ने, देशद्रोहीहरू कै भित्रबाट देशद्रोही जघन्य अपराध गरेर दिल्लीबाट फर्कनुलाई देश सिक्किमीकरणका अभ्यासको ताथैयामा श्रीगणेश थियो  ।

नेपालका कतिपय राजनैतिक कलेवरमा अकुत सम्पत्ति कुम्लाएको ती सम्पत्ति फिर्ताका लागि सदनमा किन कुरा उठाइँदैन ? कुनै पार्टीको जस्तो सुकै ठूलो कलेवरमा आफूलाई राखिए तापनि सरकारको तर्फबाट ती सम्पत्तिलाई मुलुकमै फर्काउनुका लागि संसदमै उठाउन कसलाई कसले रोकेको छ । संसदमा भारी बहुमतद्वारा ती देशका धरोहर सम्पत्तिलाई नेपाल फर्काउन संसदबाट माग गर्न किन सकिँदैन ? संसद नै आफ्नो मुठ्ठीमा लिएको व्यक्ति देशप्रति घात गरिरहदा संसद नै मौनताले देश कसरी उठ्छ ? देशद्रोही जुनसुकै कलेवरमा होस् ती पर्दाफास हुनुपर्छ ती सम्पत्ति बेरोकटोक नेपाल सरकारलाई स्वीस ब्याङ्कले हस्तान्तरण गरिनुपर्छ । 

देशप्रति पार्टीहरू नै गद्दारी गर्दैछन् 

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (प्रचण्ड समूह) यी सबै पार्टीहरू भारतीय सरकार र अमेरिकी सरकारद्वारा यी पार्टीहरूलाई गठबन्धनको सूत्रमा बाँधेका कुरा प्रस्ट छन् । मुलुक भित्र विभिन्न काण्डपछि काण्डहरू उद्‍घाटित हुँदै आएका छन्, ती काण्डहरू जति सुकै उचालिएर पनि अन्तत ती सबै दासमा फेरिएका छन् । प्रशासनदेखि प्रधानमन्त्रीसम्म सबै गठबन्धनको आयाम भित्र छिरेर आफूलाई सुरक्षित कवचद्वारा लैस भएको प्रारुपमा उभ्याइन खोजिँदै छ । देशप्रति कसरी गद्दारी गरिदै छ । राष्ट्रिय सभाका सदस्य तथा पूर्व गृहमन्त्री वामदेव गौतमबाट छरपस्ट पारेकै  छन् । 

राजा वीरेन्द्र वंशको समूल नष्ट (अर्थात) गरिनु तथा नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नलिनु तथा पदबाट राजीनामा नदिनुका पछाडि दक्षिणी छिमेकीद्वारा पुलपुल्याहट तथा इण्डो अमेरिकी ग्राण्ड डिजाइनको सूत्र धारको स्पष्ट चित्र झनै–झनै प्रष्टिदैँछ । 

मुलुकमा यसबेला गठबन्धनको सरकार छ । यो गठबन्धनमा भारतीय शासन सत्ता नेपालका राजनीति गतिविधिदेखि सिमाना सुरक्षा तथा विभिन्न महत्वपूर्ण मन्त्रालयदेखि संवेदनशील क्षेत्रमा भारतीय लेण्डुपे छवि भएका तथाकथित नेपालीद्वारा देशप्रति घात प्रतिघात गरिनु अर्थ देशप्रति गद्दारी गरिनु हो । 

भारतीय छिमेकी प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सार्वभौम राष्ट्र माथि औपचारिक तथा सहमतिका आधारमा नभएर डकैती शैलीमा नेपाल भित्रिएर उनले गरेका हरकतहरू शोभनीय छैन । ती यस्तो हरकतलाई नेपाल सरकारको तर्फबाट विरोधसम्म नगर्नुको अर्थ भारतीय सरकारको हरकतप्रति सामान्य ‘नोट’ समेत नपठाउनुको अर्थ देश भारतीय सरकारको थिचोमिचोबाट प्रताडित छ । आफ्नै मुलुकका जिम्मेवार व्यक्तिहरूद्वारा देशप्रति घात माथि घात गरिरहदा आफ्नो राष्ट्रको सार्वभौम सत्ता प्रतिको विराग उत्पन्न गराइनु हो । 

भारतीय सरकारद्वारा षडयन्त्रको तानाबाना 

चुनाव हारेका व्यक्तिहरूलाई, विशेषत भारतीय सरकारलाई चम्चा गिरी तथा दलाली गर्दै भारतीय सरकारको पक्ष पोषणमा हुर्किएका हरू विभिन्न पार्टीका व्यक्तिहरूलाई ४ वर्षे कार्यकालमै फर्काउने किसिमका नौटङ्की चलिरहेको छ । यस किसिमबाट बिस्तारै–बिस्तारै नेपाललाई भारतीय सरकार आफ्नो चंगुलमा भित्र राख्दै आफ्नो दलालहरूको पक्ष पोषणका लागि झन्–झन् खुलेर आइरहेको छ । मुलुक भित्र रहेका पार्टीहरूलाई विशेषत एमाले, नेपाली काँग्रेस, माओवादी पार्टीका आफ्ना झोले व्यक्तिहरूलाई नेपालका कुनै पनि आयोजनामा २० करोडको ललिपप बाँड्ने तयारी गरिरहेको कुरा वामदेव गौतमद्वारा जारी वक्तव्यद्वारा स्पष्ट हुन्छ । 

मुलुक भित्रका जिम्मेवार पदमा अलि–अलि गर्दै भारतीय शासन व्यवस्थाका तर्फबाट तिनीहरूलाई मिहिन तरिकाले संरक्षण सम्बर्द्धन तथा देश प्रति घात प्रतिघात मनसाय मनोवल उठाउने शृङ्खलाका फोटो देखिन थालेको छ । यी शृङ्खलाका पछि नेपाल स्थित भारतीय राजदूतावास मिहिन तरिकाले आफ्नो नेपाल प्रतिको पकडलाई दिलाउनका त कुरा छोडौं त्यसलाई जकडिने र आफ्नो पासोमा चिताङ्ग भएर स्तुति गाउने तथा त्यसलाई भारतीय भाङ्गडाका तालमेललाई गोडमेल गर्ने काम भएको छ । यसरी भारतीय सरकारका घृणित तथा छिमेकी प्रति दोहनका प्रवृत्ति कतै सिक्किमलाई भारतमा विलय गराउनका पछाडि गरिएका हरकतहरूको पुनरावृत्तिको झझल्को दिइएको छ । ती झझल्को झन्–झन् मुलुकलाई माखो साङ्लोले बेरेर मुलुकको विघटनको अन्तिम तयारीमा जुटेको कुरा नकार्न सकिन्न ? 

यसको मतलब नेपाल पत्रकार महासंघ प्रति शंका उप शंका उब्जिरहेको छ । राष्ट्रियतालाई एक ढिको बनाउन आम नेपाली जनतालाई राष्ट्रिय धारमा एकीकृत भएर बग्न, राष्ट्रियता अखण्डताका लागि आफ्ना प्रयासहरू निरन्तरता, निरन्तरता, निरन्तरता लागि परिरहनु नैतिक जिम्मेवारी हो । राष्ट्र संरक्षणका लागि हामी पत्रकारहरूले राष्ट्रको निरन्तरता, राष्ट्रको स्वाधीनताका पक्षमा हामीले आफूलाई सधैँ उभ्याइ रहन सकिरहेका छैनौँ  ।

सोभियत रुस हुँदै कम्युनिष्टहरूको अग्रगामी छलाङसँगै ती कम्युनिष्ट आदर्श थियो तिनीहरूले देशप्रति र आम जनताप्रति देखाएको अगाधतालाई लिएर के भन्न सकिन्थ्यो भने संसारभरि एक दिन कम्युनिष्टहरू एक हुनेछन् । संसारभरि नै सत्य न्यायको बीजारोपणलाई एकत्रित गरिने छ । मानव जातिको सृष्टिको लागि, कोही धनी तथा गरिब बिचको रेखाङ्कन बाक्लिनु हुँदैन । आपसी परस्पर तथा मानव जातिको विकासलाई अग्रगामी छलाङ लिन सकोस् । यो आसय त्यसबेला घनीभूत भएर उर्लेको थियो । ती उर्लाइमा मानव जातिले सोभियत संघ कम्युनिष्टको देश, आधारशिलाको मजबुत कम्युनिष्ट संस्कृतिको यात्राले निरन्तरता पाइरहेको थियो । 

संसारभरि कम्युनिष्ट अन्र्तराष्ट्रिय गीतले गुञ्जायमान गराउँदै, कम्युनिष्ट संसारको निर्माणका लागि सोभियत संघले अगुवाई गरिरहेको थियो । यसो भन्दा कम्युनिष्ट प्रति सन्मान र राष्ट्रियता प्रतिका उनीहरूको ओजस्विताले झन्–झन् उचाइ छुँदै गएको अवस्था थियो । 

सोभियत संघको यो उत्प्रेरणासँगै विश्वका प्रत्येक कुनामा देशभक्तहरू संगठित भएर, माक्र्सवाद प्रति, देशवासी प्रति जिम्मेवार हुँदै, तत्कालीन माक्र्सवाद का कर्मठ, जनता प्रति जो जो जहाँ जहाँ छन् । ती अग्रजहरूका माक्र्सवाद प्रतिका समर्पण विश्वका विभिन्न देशबाट ऊर्जा बोकेर निस्किदै छन् । विश्वभरिका माक्र्सवाद प्रति आस्था राख्नेको लागि यो अहम् तथा उत्प्रेरक हो । माक्र्सवाद ले आफ्नो जीवनका विभिन्न चरण पार गर्दै आफूलाई सच्याउँदै तथा खार्दै अर्थात प्रशिक्षित हुँदै अघि बढिरहेको हुन्छ । यो नै यथार्थता यसलाई नकार्न तथा दुत्कार्न सकिन्न । 

घृणित पत्रकारहरूको देशद्रोही हर्कत

जुनसुकै देशका जुनसुकै विचार तथा पत्रकारिता प्रति उनीहरूको ध्येयता देश प्रतिको जिम्मेवारीलाई आफ्नो नैतिक धरातल तथा देश प्रतिको जिम्मेवार निर्वाह गरिनुपर्छ । देश प्रति घात, छिमेकीद्वारा गरिएका देश घाती कलमका विरुद्ध हाम्रा कलमलाई पनि कलममा मसी भरेर राष्ट्रियताको बलि वेदीमा आफूलाई समर्पण गर्ने बेला आएको छ । पत्रकारिताको आडमा देशलाई बदनाम गर्न, देशप्रति घातकी अक्षरको खेती गर्न, जुनसुकै कलेवरमा होस् त्यो सधैँको लागि बन्द गर्नु जरुरी छ  ।

के कुरा चै स्पष्ट भएको छ । देशको शीर्षस्थ अखबारहरूका जिम्मेवार व्यक्तिहरूले देशप्रति घात गर्दै छिमेकी पोस्ने हरकतहरू अब बन्द गरिनुपर्छ । 

नेपाली पत्रकारिताको कलेवरमा कान्तिपुरद्वारा चलाइएको नेपाल विरोधी हरकतलाई देशभक्त नेपाली पत्रकारहरूले यसको विरोध गरिनु मात्र होइन यस किसिमका देशद्रोही हर्कत पत्रकारिताको भेषमा गर्न पाइँदैन भन्ने सन्देशको प्रवाह नेपाल पत्रकार महासंघले गरोस् । त्यति मात्र होइन देशप्रति घात प्रतिघात गरिरहेका गठबन्धन सरकारका हरकत, देश द्रोहीका दृश्यहरूलाई अब देश चल्न नदिन त्यस्ता कारबाहीहरू अगाडि बढाइनु जरुरी छ । 

नेपालका दक्षिणी भेगका जिल्लाहरूमा भारतीय नागरिकको दोहोरो चरित्रको आवरणमा मुलुकलाई सिक्किममा परिवर्तन गर्नका लागि माइलौँ लामो लाइन, तिनीहरूको स्थिति आदि वितरण नगरिकन तिनीहरूलाई नेपाली नागरिकता थमाइन, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रोकिएको नागरिकता, प्रचण्डको एकलौटी देशद्रोही आचरण देखाएर आफूलाई स्पष्ट परिचय गराइसकेका छन् । उनी नेपाली लेण्डुपेका पुनर्वहाली पात्र भएकोमा कुनै आशंका छैन ।  यसमा कुनै देशभक्त नेपालीलाई संकोच नभएको प्रस्ट छ । उनी यो देशको लागि होइन । भारतीय सरकारको विशेषत मोदीका ग्राण्ड डिजाइनका हरकत गरिरहेका छन् । देशभक्त नेपालीले यसलाई युद्धस्तरमा बहिष्कारको निमित्त सडक हुँदै सदन घेर्न विलम्ब भइसकेको छ ।  
    प्रचण्डका यस्ता घृणित देशद्रोही कार्य पद्धतिको नेपाल पत्रकार महासंघले यसलाई देशभरि नै विरोध कार्यक्रमम तथा प्रचण्डलाई यस किसिमको देशद्रोही कार्य सम्पादनको शैली, प्रचण्डको देशद्रोही हरकतद्वारा गरिएका नेपाली नागरिकता वितरण कार्यको खारेजीको लागि उचित पाइला चाल्न किन ढिलो गरिरहेको छ । कतै भारतीय राजदूताबास नेपाल स्थित छ कतै उसैको जुठो पुरोमा संरक्षित भएर यस किसिमको देशद्रोही कार्यको विरोध नेपाल  भरि नै आफ्ना शाखाहरूमा देशप्रति अगाधता तथा प्रचण्डका देशद्रोही हर्कत विरुद्ध आज नेपाली पत्रकारहरूलाई एक्यवद्धता गर्न किन कन्जुस्याइँ गरिरहेको छौँ ? ।

यसको मतलब नेपाल पत्रकार महासंघ प्रति शंका उप शंका उब्जिरहेको छ । राष्ट्रियतालाई एक ढिको बनाउन आम नेपाली जनतालाई राष्ट्रिय धारमा एकीकृत भएर बग्न, राष्ट्रियता अखण्डताका लागि आफ्ना प्रयासहरू निरन्तरता, निरन्तरता, निरन्तरता लागि परिरहनु नैतिक जिम्मेवारी हो । राष्ट्र संरक्षणका लागि हामी पत्रकारहरूले राष्ट्रको निरन्तरता, राष्ट्रको स्वाधीनताका पक्षमा हामीले आफूलाई सधैँ उभ्याइ रहन सकिरहेका छैनौँ  । कुनै नेता तथा कुनै पार्टीको स्वार्थको लागि हामी पत्रकारहरूले आफ्नो कलमको धारलाई सधैँ उजिल्याउँदै देशभक्त जनताको पंक्तिमा आफूलाई उभ्याउनु नैतिक दायित्व र जिम्मेवारी सम्झेको छु । 

तरहरा, आँपगाछी 
२०८० माघ ७ आइतबार
ritu52464@gmail.com