राम मन्दिरको पुनर्स्थापना र भू-राजनीति परिदृश्य

राम मन्दिरको पुनर्स्थापना र भू-राजनीति परिदृश्य

सरोज ज्ञवाली  |  समाचार  |  माघ १५, २०८०

हालै जनवरी २२, २०२४ मा भारतीय प्रधानमन्त्रीद्वारा प्रण प्रतिष्ठासहित अयोध्यामा भव्य राम मन्दिरको उद्घाटनले भारतदेखि विश्वमा रहेका सनातनी धर्मावलम्बीलाई नयाँ उत्सव प्रदान गरेको छ ।

उद्घाटनपछि ५ लाख भन्दा बढी व्यक्तिहरूले राम मन्दिरको दर्शन गरिसकेका छन् भने यो बढ्दो क्रम जारी छ । करिब ५ सय वर्ष अगाडि ध्वस्त भएको  मन्दिर विभिन्न सङ्घर्ष तथा कठिनाइ साथ अदालतको निर्णय अनुरूप राम मन्दिरको पुनर्स्थापनाले सम्पूर्ण सनातनी धर्मावलम्बीलाई विश्व स्तरमा नयाँ परिचय दिन सकेको छ ।

तर यस समारोहमा भारतीय विपक्षीहरूको उदासीनताले केही खल्लो बनाएता पनि समग्रमा राम मन्दिरको पुर्नस्थपनाले भारतीय जनता पार्टीलाई राजनीतिक लाभ हुन सक्ने अनुमान गरिएको छ। भारतीय जनता पार्टी, भाजपाले  सन् २०१४ मा भएको ५४३ लोकसभाको सिट मध्य २८२ सिटमा विजयी भएको थियो । यस्तै प्रकारले सन् २०१९ मा भएको चुनावमा भाजपाले ३०३ सिटमा विजयी भएर पूर्ण बहुमतको सरकार बनाउन सफल भएको थियो । यस्तो प्रकारले सन् २०२४ मा हुन गइरहेको चुनावमा राम मन्दिरको  पुनर्स्थापनाको घटनाले भाजपालाई चुनावी लाभ लिन सक्ने आङ्कलन गरिएको छ ।

राम मन्दिरको  पुनः स्थापनाले भारतमा मात्र नरही विश्व धरातलमा हिन्दुहरूको जनसङ्ख्या भारत (१,०९३, ७८०,०००), नेपाल (२८,६००,०००), बङ्गलादेश (१३,७९०,०००), इण्डोनेशिया (४,२९०,०००), पाकिस्तान(३,९९,००००), श्रीलङ्का(३,०९०,०००), अमेरिका(२,५१०,०००), मलेसिया(१,९४०,०००), बेलायत (१,०३०,०००)र युएई (६६०,०००) हिन्दुहरूको रहेको छ । 

जनसङ्ख्याको प्रतिशतका  आधारमा भन्ने हो भने नेपालमा (८०.८ प्रतिशत), भारत  (७८.९ प्रतिशत) मिर सस (४८.४) प्रतिशत) फिँजी ९२७.९ प्रतिशत) गुआना (२३.३ प्रतिशत) भुटान (२२.५ प्रतिशत), सुरिनाम (८०.८ प्रतिशत) ट्रिनिडा (२२.३ प्रतिशत) बहराइन (१०.२ प्रतिशत) कतार (१५.९ प्रतिशत) तथा कुवेतमा (९.९०  प्रतिशत) रहेका छन्। मुख्यतः भारत,नेपाल, बङ्गलादेश भुटान तथा पाकिस्तान जस्ता दक्षिण एसियाका राष्ट्रहरूमै हिन्दुहरूको बाहुल्यता रहेको छ । 

राम मन्दिरको  उद्घाटन समारोहमा भारतको केन्द्र सरकारले आधा बिदा घोषणा गरेको थियो । फीजीले पनि अर्ध विदाडी घोषणा गरेको थियो ।धेरै जसो विश्व स्तरका सञ्चार प्रणालीले प्रत्यक्ष प्रसारण गरेका थिए । सोसियल मिडिया विश्व जगतमा प्रत्यक्ष प्रसारण भएको थियो । न्यूयोर्कको टाइम स्क्वायर तथा दुबईको  वुर्ज  खलिफामा पनि राम चित्र र भूमिका प्रस्तुत गरिएको थियो । नेपालमा पनि जानकी मन्दिरमा भएको क्रियाकलापलाई भारतीय सञ्चार प्रणालीले यथेष्ट स्थान दिएका थिए । तर नेपालका राजनीतिक परिदृश्यले गर्दा नेपाल सरकार खुलेर खासै प्रतिक्रिया आएको पाइँदैन । 

तर मुस्लिम राष्ट्रहरूको सङ्गठन (ओइसी)ले राम मन्दिरको पुनर्स्थापनालाई विरोध जनाएको छ । तर भारतको हाल मुस्लिम राष्ट्रहरू साउदी अरब, युएई, ओमन तथा इरानसँग राम्रो सम्बन्ध रहेकोले खास ठुलो विरोधको स्वरूप लिन सकेन । हुन त भारतको सम्बन्ध कारण टर्की तथा पाकिस्तान जस्ता मुस्लिम राष्ट्रहरू चिसो पन भएता पनि खासै विरोधको सामना गर्नु परेन । यस्तै प्रकारले केही पश्चिमा सञ्चार माध्यमबाट नरेन्द्र मोदीलाई हिन्दु धर्म फैलाएको र अल्प सङ्ख्या माथि असहिष्णु ता देखाएको आरोप लगायता पनि पश्चिमा राष्ट्रहरूले कुनै खासै प्रतिक्रिया दिएका पाइँदैन ।  जसले गर्दा राम मन्दिरको  पुनर्स्थापनाको घट्नालाई भाजपाले अन्तर्राष्ट्रियकरण गर्न सफल भएको पाइन्छ । 

यस्तै प्रकारले एसिया प्यासिफिक राष्ट्रहरू थाइल्यान्ड, मलेसिया, सिंगापुर, कम्बोडिया, भियतनाम जस्ता देशहरूमा मन्दिरहरूको पुनर्स्थापनाको लहर चलेको छ । अफ्रिकी राष्ट्रहरू मोरिशस, घाना, दक्षिण अफ्रिका,केन्या जस्ता देशहरूमा सनातन धर्मको प्रभाव सुरु गरेको पाइन्छ ।

भारतले विगत १० वर्षमा (२०१४ देखि २४) आर्थिक रूपले सकारात्मक प्रगति गरेको पाइन्छ । सन् २०१४ जिडपीको आधारमा १०औँ स्थानमा रहेको भारत सा २०२४ मा आइपुग्दा ५ औँ स्थानमा उक्लन सफल भइसकेको छ । सन् २०३० सम्ममा तेस्रो स्थानमा उक्लने लक्ष्य लिएको छ । हाल विश्व आर्थिक मन्दीको चपेटामा रहेको अवस्थामा करिब ४ ट्रिलियन डलरको आर्थिक अवस्थामा करिब ७० प्रतिशत आर्थिक वृद्धिदर रहनु लाई सकारात्मक परिणामका रुपमा लिइएको छ । 

हाल विश्व भू-राजनीतिमा भातको राम्रो प्रभाव र उपस्थिति देखिन्छ । कोविडको समयमा पनि ठुलो जनसङ्ख्या भएको भारतले भ्याक्सिनलाई विश्वभरका अल्पविकसित देशमा वितरण गर्नु सकारात्मक प्रगति मानिएको छ । यस्तै  प्रकारले रसिया-युक्रेन युद्धमा भरतको भूमिकालाई सबैबाट सह्राना गरेको पाइन्छ ।  हालको इजरायल-हमास युद्धमा पनि आफ्नो सफल कूटनीतिक छाप छोड्न सफल भयो । दक्षिण अफ्रिकामा सम्पन्न व्रिक्स सम्मेलन (२०नम्बर-३ डिसेम्बर २०२४) मा भारतको प्रभावकी भूमिका थियो । सन् २०२३ सेप्टेम्बर ९-१० मा जी-२० के सफलता पूर्वक सम्पन्न गर्न सक्नु तथा अफ्रिकन राष्ट्रहरूको सहभागी गराउन सक्नु एक अर्को कूटनीतिक सफलताको रुपमा लिइएको छ । हालै सम्पन्न भएको रामा मन्दिरको पुनर्स्थापना घट्नाले पनि भू-राजनीतिमा असर पर्ने देखिन्छ । 

युएई अवुधावीमा १४ फरबरी २०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट स्वामी नारायणको मन्दिरको उद्घाटन हुन गइरहेको छ । पहिले मध्यपूर्वका देशहरूमा हिन्दु तथा गैर मुस्लिम धर्मालम्बीहरुले धार्मिक क्रियाकलाप गर्न सहज थिएन । तर हाल आएर साउदी अरब जस्ता देशहरूमा सनातनी धर्मालम्बीहरुलाई सहज भइरहेको छ । 

यस्तै प्रकारले एसिया प्यासिफिक राष्ट्रहरू थाइल्यान्ड,मलेसिया,सिंगापुर,कम्बोडिया, भियतनाम जस्ता देशहरूमा मन्दिरहरूको पुनर्स्थापनाको लहर चलेको छ । अफ्रिकी राष्ट्रहरू मोरिशस, घाना, दक्षिण अफ्रिका,केन्या जस्ता देशहरूमा सनातन धर्मको प्रभाव सुरु गरेको पाइन्छ ।

हाल भारतले गरेको आर्थिक प्रगति विश्व स्तरमा भारतको उपस्थिति तथा राम मन्दिरको पुनर्स्थापनाको घट्नाले सनातन धर्मको सकारात्मक प्रभाव देखिएको छ । तर नेपाल जस्तो बहुसङ्ख्यक सनातनी धर्मावलम्बी, अझ भन्ने हे भने हिन्दु र बौद्ध बिच समन्वयी भूमिका रहको देशले हालको परिवर्तित भू-राजनीतिक लाभ लिन सकिराखेको पाइन्न । हुन त राजनीति परिदृश्य जस्तो भए पनि आफ्नो वस्तुस्थिति बुझेर भू-राजनीतिक लिन जरुरी छ ।विश्वभर सनातनी धर्मको लहर चलेको वेला पनि एउटा सनातनी राष्ट्र पछि पर्नु चिन्ताको विषय हो । विगतका घट्नालाई बिर्सेर राजनीतिक द्वेष त्यागे हालको माहौललाई विचार गरी नेपालले एउटा प्रमुख सनातनी राष्ट्रको भूमिका निर्वाह गर्नु अति जरुरी छ ।