लोकसंवादको समाचार पुष्टि: प्रज्ञा–प्रतिष्ठानमा परीक्षाको नाटक गर्दै  कर्मचारी भर्ती !

लोकसंवादको समाचार पुष्टि: प्रज्ञा–प्रतिष्ठानमा परीक्षाको नाटक गर्दै  कर्मचारी भर्ती !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १८, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मन्त्रीका मान्छे नियुक्ति गर्नका निम्ति पूर्व निर्णयकै मान्छे नियुक्त गर्न परीक्षाको नाटक गरेको पुष्टि भएको छ ।  यस सम्बन्धमा लोकसंवाद डटकमले  मन्त्रीका मान्छे नियुक्तिको निर्णय कार्यान्वयन गर्न कर्मचारी युनियनलाई कोटा दिँदै विज्ञापनको नाटक मञ्चन !   शिर्षकमा माघ ८, २०८० मा  समाचार प्रकाशन गरेकाे थियो । 

अन्तत: समाचारमा खुलासा गरे झैँ  नेपाल प्रज्ञा–प्रतिष्ठानलाई संस्कृति मन्त्री किराँतीले राजनीतिक भर्ती केन्द्रको मैदान बनाउने नाटक मञ्चन सफलता पूर्वक सम्पन्न भएको छ । 

उनले मन्त्रालय सम्बद्ध कार्यालयमा व्यक्ति तोकेरै कर्मचारी भर्ती गर्न निर्देशन गरेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई कार्यक्रम गर्ने शीर्षकमा कुनै पैसा नदिएका किरातीले कर्मचारी भर्ती गर्न भने दबाब बढाएका छन् । प्रज्ञा–प्रतिष्ठान पनि मन्त्री किराँतीको अगाडि लाचार बनेर कर्मचारी नियुक्त गरेको छ ।

निर्णय गरी कार्यान्वयनमा गएको १२ घन्टामै आधिकारिक ट्रेड युनियनमा भएको अन्तर्विरोध र कर्मचारीको विरोध पछि उल्ट्याएको थियो । तर मन्त्री किरातीको दबाब थेग्न नसकी प्रतिष्ठानले नियम कानुनमा कतै नभएको पाँच दिने पदपूर्तिको सूचना माघ ३ गते आफ्नो सूचना पाटीमा मात्र जारी गरेको थियो ।

लाचारीको पछिल्लो उदाहरण प्रतिष्ठानले २०८० पुस १२ गते बैठक नै गरेर सात जना कर्मचारी भर्ती गर्ने निर्णय गरेको थियो । कर्मचारीहरूबाट विरोध भएपछि त्यो निर्णय सच्याउँदै प्रतिष्ठानले अहिले विज्ञापनको नाटक गरेको छ । प्रतिष्ठानको निर्णयअनुसार अजय नेपाली, विष्णुमाया श्रेष्ठ र वर्षा राईलाई सरसफाई सहयोगीमा नियुक्त गरेको थियो भने मीरा खड्का, अस्मिता राईलाई कम्प्युटर अपरेटर मुखिया पदमा नियुक्त गरेको थियो यसै गरी रीता राईलाई कार्यालय सहयोगीमा र मोहन राईलाई चौकीदार पदमा नियुक्त गरेको थियो ।

त्यो निर्णय गरी कार्यान्वयनमा गएको १२ घन्टामै आधिकारिक ट्रेड युनियनमा भएको अन्तर्विरोध र कर्मचारीको विरोध पछि उल्ट्याएको थियो । तर मन्त्री किरातीको दबाब थेग्न नसकी प्रतिष्ठानले नियम कानुनमा कतै नभएको पाँच दिने पदपूर्तिको सूचना माघ ३ गते आफ्नो सूचना पाटीमा मात्र जारी गरेको थियो ।

पहिले समाचार उल्लेख भए अनुसार नै अस्मिता राईलाई कम्युटर अपरेटरमा नियुक्त दिइएको छ भने मोहन राईलाई चौकीदार पदमा नियुक्त गरेको छ । यस्तै रीता राईलाई कार्यालय सहयोगी र अजय नेपाली, विष्णुमाया श्रेष्ठ, वर्षा राईलाई समेत सरसफाई सहयोगमा नियुक्त गरिएको छ । पहिले नै नियुक्तिकाे निर्णय गरेकका  उही मान्छे नियुक्त गर्न किन विज्ञापनको नाटक मञ्चन गरियो ? गम्भीर प्रश्न उठेको छ । 

कर्मचारी संगठनको महासचिवबाट राजीनामा दिएका रञ्जन घिमिरेले पनि चौकीदार तथा कार्यालय सहयोगी पदमा आफन्तलाई भर्ती गर्न सचिव, कुलपति र मन्त्रालयमा दौडधुप गरेको तर उनका आफन्तको ३५ वर्ष उमेर नाघेका कारण सम्भव नभएको बताइएको छ ।

यसै गरी शाखा अधिकृत बद्री कार्कीको मान्छे भनिएकी मिरा खड्कालाई फेल गराई माओवादी संगठनका धनबहादुर कार्की र कांग्रेसकी सन्ध्या पहाडीको दबाबमा रामेछापकी विनिता अधिकारी र सिन्धुपाल्चोककी कविता अधिकारीलाई नियुक्त गरिएको छ ।

चौकीदारसमेत रहेका पूर्व लडाकु जीवन श्रेष्ठकी भान्जी रेखा श्रेष्ठलाई समेत परीक्षाको नाटक गरी नियुक्ति गरिएको छ । स्रोतका अनुसार वैकल्पिकमा रहेका सबै माओवादी कार्यकर्ता रहेको र उनीहरुलाई प्रतिष्ठानमा पछि हुने रिक्त दरबन्दीमा नियुक्त गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।