विश्वस्तरीय चुनावी माहौल सन् २०२४  र विश्व भू–राजनीतिक प्रभाव

विश्वस्तरीय चुनावी माहौल सन् २०२४  र  विश्व भू–राजनीतिक प्रभाव

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  माघ २४, २०८०

सन् २०२४ विश्व राजनीतिक तवरले एउटा महत्त्व वर्ष हुने भएको छ । विश्वमा पहिलो चोटि करिब ६४ भन्दा बढी राष्ट्रपति तथा संसद्को चुनाव हुन गइरहेको छ र करिब पचास प्रतिशत भन्दा जनसङ्ख्या र विश्वका जनसङ्ख्याको हिसाबले प्रमुख राष्ट्रहरू भारत, बङ्गलादेश, इन्डोनेसिया, मेक्सिको, पाकिस्तान, रसिया, तथा अमेरिकामा पनि यसै वर्ष चुनाव हुन गइरहेको छ । हाल विश्वको राजनीति युक्रेन तथा रसिया युद्ध, इजरायल तथा गाजाको तनावको अलावा विश्व स्तरीय आर्थिक मन्दीको प्रभावलाई विचार गर्दा यो वर्षको चुनावले विश्वको भू–राजनीतिमा ठुलो प्रभाव पर्ने देखिन्छ ।

हालै जनवरी ७ मा बङ्गलादेशमा भएको आम चुनावमा सेख हसिनाले नेतृत्व गरेको अबामी लिग विजय हासिल गरेको छ । हुन त प्रमुख प्रतिपक्ष बङ्गलादेश नेशनल पार्टीले चुनाव बहिस्कार गरेको थियो र पश्चिमी राष्ट्रहरूको विरोधका बाबजुद विजय हुनुले दक्षिण एसियाली राजनीतिमा दूरगामी प्रभाव पर्ने देखिन्छ । यस्तै प्रकारले जनवरी १३ भएको ताइवानको  चुनावमा लाई चिङन्तेको डेमोक्रेटिक प्रोग्रेसिप  पार्टीको तर्फबाट  राष्ट्रपति पदमा विजय हासिल गर्नुभयो । यो जितले केही हदसम्म पश्चिमी राष्ट्रहरूको सम्बन्धमा थप सुधार भने ल्याउने छ ।

अगामी फेब्रुअरी ८,पाकिस्तानमा संसदीय चुनाव हुन गइरहेको छ । करिब  २५ करोड जनसङ्ख्या भएको पाकिस्तान राजनीतिक तवरले अस्थिर राष्ट्र हो र धेरै जसो सत्ता सैनिकको हातमा नै रहने गरेको छ । हालका चुनावमा पनि पाकिस्तान तेहरिक इन्साफ पार्टीका प्रमुख पूर्व प्रधानमन्त्री नवाब सरिफ पाकिस्तान लिग बाट चुनावी माहौलबाट आउनुले पनि पाकिस्तानको राजनीतिक अवस्था राम्रो नभएको सङ्केत गरिरहेको छ । यो चुनावको परिणामले पनि दक्षिण एसियाका राष्ट्रहरूमा ठुलो प्रभाव पर्ने देखि रहेको छ । 
फेब्रुअरी १४ मा इन्डोनेसियामा पनि राष्ट्रपति तथा संसद्को चुनाव हुन गइरहेको छ । करिब २८ करोड जनसङ्ख्या भएको राष्ट्र तथा सत्र हजार टापुहरूको देश इन्डोनेसिया प्रबुद्ध राष्ट्र हो । यस चुनावले पनि अन्तर्राष्ट्रिय जगतमा प्रभाव पर्ने निश्चित छ । 

अगामी मार्चमा प्रमुख  चुनाव हुन गइरहेको राष्ट्र हो–रसिया । १५–१७ मार्चमा, रसियामा राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । र, सम्भवतः राष्ट्रपति पुटिन पुनः विजयी हुने सम्भावना छ । हाल रसिया–युक्रेन युद्धमा पुटिनको पुनः विजयले विश्व भू–राजनीति झनै प्रभावित हुने निश्चित प्राय छ । 

मुख्यतः भविष्यका शक्ति राष्ट्रहरू अमेरिका, रसिया र भातको चुनावले विश्व भू–राजनीतिक माहौल परिवर्तन गर्ने निश्चित छ ।  सम्भवतः रसिया तथा भारतको चुनावको माहौल आङ्कलन गर्न सके ता पनि अमेरिकाको चुनाउबारे भविष्य वाणी गर्न गाह्रो छ । जे भने पनि सन् २०२४ को चुनावको परिणामले विश्व भू–राजनीतिक प्रभाव पार्ने निश्चित छ । 

विश्व राजनीतिमा सबैभन्दा बढी चासो र चर्चाको चुनाव अगामी अप्रिल–मे २०२४, भारतमा हुन गइरहेको लोकसभाको चुनाव भएको छ । करिब १ अरब ४२ करोड जनसङ्ख्या भएको देशमा चुनाव हुनु नै एउटा महत्त्वपूर्ण घटना हो र दश वर्ष पूर्ण बहुमतका साथ नरेन्द्र मोदीको नेतृत्वको भारतीय जनता पार्टीले सफलताका साथ सरका चलाउनु नै भारत जस्तो बहु जातीय र भाषिक देशमा चुनौती पूर्ण कार्य हो । 

हालै सम्पन्न भएको मध्य प्रदेश, राज स्थान र छत्तिसगढ राज्यहरूमा भएको चुनावमा भाजपाले बहुमत हासिल गर्नु र हालै प्रण प्रतिष्ठासहित भव्य राम मन्दिरको उद्घाटनको घट्नले पनि भाजपाले पुनः विजय हासिल गर्न सक्ने अनुमान गर्न थालिएको छ । हालको वर्षमा भरतको विश्व स्तरीय कूटनीति क्षेत्रमा ठुलो प्रभाव छोडेको छ । रुस–युक्रेन युद्धको समयमा पनि आफ्नो छुट्टै प्रभावसहित विश्व स्तरमा छाप छोड्न सफल भयो । हाल भइरहेको इजरायल तथा गाजाको युद्धमा  पनि दुबै देशसँग कूटनीतिक तवरले निकटतम सम्बन्ध राख्न सफल भएको छ ।  मध्यपूर्वका देशहरू साउदी अरब, युएई, बहराइन,इरान,इराक जस्ता राष्ट्रहरूसँग भारतको सम्बन्ध राम्रो छ । विश्व स्तरीय आर्थिक मन्दीका समयमा पनि करिब सात प्रतिशतको आर्थिक बुद्धि दर हासिल गर्नु तथा घरेलु आन्तरिक सुरक्षामा पनि सुधार गर्नुले पनि नरेन्द्र मोदीको सम्भावित विजयलाई विश्व समुदायले चनाखो रुपमा हेरिरहेको छ । 

नोभेम्बर ५ तारिखमा हुन गइरहेको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनाव भू–राजनीतिक तवरले अति महत्त्वपूर्ण मानिएको छ । अहिलेको  चुनावी माहौललाई हेर्दा रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्प तथा डेमोक्र्याटिकबाट जो  बाइडेन बिच हुन गइरहेको छ । यस चुनावी परिणामले रसिया, चीन तथा भारत प्रतिको अमेरिकी नीतिमा परिवर्तन हुने अनुमान गर्न थालिएको छ । घरेलु राजनीतिमा पनि आर्थिक सुधार सम्बन्धी नीतिमा समेत पुर्नविचर हुने अनुमान गरिएको छ । 
यस्तै प्रकारले जुन ६–९ मा हुन गइरहेको युरोपियन संसद्को चुनाव तथा सम्भवतः नोभेम्बर तथा डिसेम्बर,२०२४ को हुन गइरहेको बेलायतको चुनावले पनि युरोपको भविष्य तय गर्ने छ । हुन त जुन ६ मा बेलायतमा पनि चुनाव हुँदै छ र फिनल्यान्डमा पनि ११ फेब्रुअरी राष्ट्रपतिको दोस्रो चरणको चुनाव भइरहेको छ । 

यस प्रकारले एसिया, युरोप, अफ्रिका तथा अमेरिका महादेशहरूमा चुनाव भइरहेको छन् । मुख्यतः भविष्यका शक्ति राष्ट्रहरू अमेरिका, रसिया र भातको चुनावले विश्व भू–राजनीतिक माहौल परिवर्तन गर्ने निश्चित छ ।  सम्भवतः रसिया तथा भारतको चुनावको माहौल आङ्कलन गर्न सके ता पनि अमेरिकाको चुनाउबारे भविष्य वाणी गर्न गाह्रो छ । जे भने पनि सन् २०२४ को चुनावको परिणामले विश्व भू–राजनीतिक प्रभाव पार्ने निश्चित छ । 

नेपालको सन्दर्भ सन् २०२४ मा कुनै चुनावी  माहौल नभए पनि विश्व स्तरीय चुनावको परिणामले राष्ट्रको नीतिमा समेत प्रभाव पर्ने गरेको छ । नेपालको लागि महत्त्वपूर्ण राष्ट्रहरू भारत, अमेरिका, बेलायत, युरोपियन युनियन, रसिया जस्ता राष्ट्रहरू चुनावी परिणामले कूटनीतिक माहौलमा अवश्य नि फरक पर्दछ । मुख्य त भारत तथा अमेरिकी चुनाव परिणामले नेपालको परराष्ट्र नीतिमा सापेक्षित प्रभाव पर्नेछ ।

अतः सम्भावित चुनावी नतिजा र नेतृत्वमा रहन सक्ने व्यक्ति तथा पार्टीको चरित्र बुझेर, त्यस अनुसार कूटनीतिक नीतिमा सुधार गर्नु अति जरुरी छ । गलत सोच आकलनबाट ग्रसित भई हालको कूटनीतिक नीति नै कार्यान्वयन गरी राख्ने भएमा ठुलो सम्भावित दुर्घटना हुन सक्ने छ । अतः विश्व बहु ध्रुवीय प्रणालीमा गइसकेको अवस्थामा सापेक्ष वाद टथष्टताको नीति लिनु राष्ट्रको कल्याण देखिन्छ ।