दुर्गा प्रसाइँको भृकुटि मण्डप भेला र गर्जन : गृहयुद्धको खतरा

दुर्गा प्रसाइँको भृकुटि मण्डप भेला र गर्जन :  गृहयुद्धको  खतरा

पूर्ण ओली  |  दृष्टिकोण  |  फाल्गुन ३, २०८०

जनताका सेवक हुँ  भन्ने नेताले आज कसरी देश लुटिरहेका रहेछन् भन्ने अब सबै छताछुल्ल भएका छन् । दलका कार्यकर्ताहरु सिर्फ नेताका झोले मात्र भएका अब प्रष्ट भइसकेको छ । कुनै दिन भुइँ मान्छेका घरका भुटेको मकै खाएका कम्युनिष्ट नाम धारीले आज यिनै भुइँ मान्छेलाई कसरी तस्करी र ब्यापार बाट लुटाइरहेका रहेछन् भन्ने   कुरा उजागर  मात्र गरेका  छैनन्  तीनै पीडित जनताले दुर्गा प्रसाइँले तयार  गरिदिएको मञ्चबाट रुँदै भन्ने अवसर पाएका छन् ।                            

मंसिर ७ गते पछिको दुर्गा प्रसाइँको यो दोश्रो अभियान फाल्गुण १ गतेबाट लगातार अघि बढाउने घोषणा गरेका  छन् । मारबाडी लगायतका व्यापारीबाट लुटिएका जनताले आज उनीहरुलाई लुट्ने तस्कर र ब्यापारी चिन । धेरै बित् संस्थाहरुले गाउँका गरिब जनतालाई घरबार बिहीन बनाएर सडक र जेलको बास बनाइसकेका छन् । त्यस्तै सहकारी र ब्याङकहरुको मिटर ब्याज ऋणको कारण धेरैको सम्पति लिलाम गराएर मारबाडीको हातमा पुगिसकेको छ ।

तिनै मारबाडी ब्यापारीले नेताको साथ पाएर दुबई र सिंगापुरमा नेपालीको अरबौं डलर जम्मा गरिसकेको कुरा अब दुर्गा प्रसाइँले छर्लङ्ङ पारि दिएका छन् । तिनै ब्यापारी र नेतालाई साथ दिने पत्रकार पनि धेरै चिनिँदै गएका छन् । तिनीहरुको पनि भविष्य नाजुक हुंदै गएको छ । यिनीहरुलाई मद्दत पुर्‍याउने कर्मचारीहरु पनि चिनिन आबश्यक छ । त्यो शायद भविष्यमा प्रष्टरुपमा बाहिर आउने छ । 

कमसेकम दुर्गा प्रसाइँको यो आवाजले सत्ताधारी को चेत पनि खुल्दै जान अपेक्षा छ । तर अहिलेका नेता र कर्मचारी सुध्रिन सक्ने कुनै लक्षण भने  देखिएको छैन । यदि यो सरकारले दुर्गा प्रसाइँसँग टक्कर लिने प्रयास गर्‍यो भने देशमा गृहयुद्ध हुने खतरा निकै ठुलो देखिन्छ । त्यो अबस्थामा ठुला भनाउँदा जनता मारा नेतालाई अहिलेका सुरक्षा निकायले पनि साथ छोड्न सक्छन । त्यस्तो अबस्थामा ठुला महलमा बस्ने यी नेता र दलाल ब्यापारी असुरक्षित हुने मात्र होइन भाग्ने अवसर नपाउन पनि सक्छ । भ्रष्टाचारमा नमुछिएका ठुला नेता कोहि छैनन् । यिनीहरुले आफ्नो गल्ती महसुस गरेपनि भ्रष्टचार गरेको सम्पति यिनीहरुलाई कारबाही नगरि बाहिर आउँदैन । अख्तियारका लठैत पनि उनीहरुले नै नियुक्त गरेका भरौटे मात्र भएकाले यो संस्था पनि निकम्मा भएको छ । 

कमसेकम प्रदेश सरकारलाई अबिलम्ब हटाउनै पर्छ । त्यस्तै गरेर धर्म निरपेक्षता र गणतन्त्र हटेपछि मात्र देशको आर्थिक र सामाजिक अबस्था केहि सुध्रिन सक्छ । त्यसपछि मात्र कृषि क्रान्तिसँगै आर्थिक क्रान्तिको थालनी हुनेछ या गर्नैपर्छ । सबै युवाहरुलाई स्वदेशमा रोकेर राख्ने बृहत योजना पनि शिघ्र संचालन गर्न र भविष्यको आर्थिक योजना सहितको परिवर्तित शासकीय सरकारको योजना पनि दुर्गा प्रसाइँको टिमले शिघ्र प्रकाशन गोरस

त्यसैले देश लुट्ने अहिलेका सत्ता धारीलाई हटाएर संबिधानमा आमूल परिवर्तन हुनैपर्छ । अहिलेका सबैखाले भ्रष्टहरूलाई जेलमा कोचे पछि मात्र देशमा परिवर्तन आउन सक्छ नत्र असम्भव छ । देश पुरा परनिर्भर भएको छ । आत्मनिर्भर भएका खाद्यान्न लगायतका सबै सामान सबै आज विदेशीको भरमा पर्नु परेको छ । त्यहि खाद्यान्न लगायतका सामान खरिद गर्न पनि बिदेशबाट युवाहरुले पठाएका रेमिट्यान्सको पैसाको भरमा चलेको छ ।

सबै जोशिला युवाहरु लाई बिदेश पठाएर अहिलेका सत्ता धारीहरु हाइसन्चोमा बसेका छन् । यी दलाल नेतालाई भुइँ मान्छेको कुनै मतलब छैन । यीनै भुइँ मान्छे लाई मर्न बाध्य पार्ने लघुवित्त र सहकारीमा पैसा हाल्ने गरिब जनता आत्महत्या गर्न बाध्य पार्ने यी लुटाहा ब्यापारीको पार्टनर भएका छन दलका नेताहरु । यिनको चाकडीमा ब्यस्त छन् दलका झोले कार्यकर्ताहरु ।  

अहिलेका ठुला ब्यापारी भनिएका प्राय सबै मारबाडीले नेपालका सबै महत्वपूर्ण जमिनहरू कब्जा गरिसकेका छन् ।  जसका नामहरु दुर्गा प्रसाइँले सबैका सामुन्ने छर्लङग पारिदिएका छन् । शायद यसको परिणाम चाँडै बाहिर आउने छ । तस्कर तथा दलाल ब्यापारी  नेपालबाट भागेर आफ्ना बिदेशी महलमा सर्ने छन् । या जनताबाट सडक मै कुटाइ खाने छन् । किनकि दुर्गा प्रसाइँको भृकुटी मण्डपको सत्यतथ्य भनाइले जनता निकै तातिएका छन् ।

यो जनताको आक्रोस पोखिनु भन्दा पहिले नै  प्रचण्ड लगायतको टिमले जनताको आवाजको कदर गर्न दुर्गा प्रसाइँको टिमलाई शिघ्र बार्तामा बोलाएर सम्बोधन गर्नु जरुरी छ  । तर त्यो बार्ता निर्क्याैलमा  पुर्‍याएर कार्यन्वयन नभइञ्जेल यो आन्दोलन टुङ्गिने वाला देखिदैन  । त्यसो भयो भने  मात्र जनता अलिक नियन्त्रित हुन सक्छन् । 

अहिले लघुवित्त र सहकारी पीडित मात्र होइन सबै किसान, बेरोजगार युवा, शिक्षित बर्ग, इमान्दार कर्मचारी, सुरक्षा निकाय, इमान्दार ब्यापारी, तालिम प्राप्त भूतपूर्व सुरक्षा निकाय तथा कर्मचारी, जेष्ठ नागरिक सबै आक्रोसित छन् । त्यहि भएर यी सबैको समर्थन र सहयोग दुर्गा प्रसाइँको टिमलाई छ । शायद दलमा सुख सुविधामा रुमलिने केहि नेता र भातृ संगठन बाहेकका नेता कार्यकर्ता पनि दुर्गा प्रसाइँका साथमा रहेको कुरा भृकुटी मण्डपको कार्यक्रममा सहभागिता भएका पनि देखियो । 

यी पीडित जनता संगै राजसंस्था समर्थनको निकै ठुलो समूह  दुर्गा प्रसाइँको साथमा लागेको देखिएको छ ।  त्यसैले यी सबैको सहयोग र सहमतिले देशमा संबैधानिक राजसंस्था सहित सुशासन कायम गर्न पनि सबभन्दा पहिला संबिधान संसोधन हुनैपर्छ । जसबाट अहिलेको सेता हात्ती जस्तो संघियता हटाउनै पर्छ ।

कमसेकम प्रदेश सरकारलाई अबिलम्ब हटाउनै पर्छ । त्यस्तै गरेर धर्म निरपेक्षता र गणतन्त्र हटेपछि मात्र देशको आर्थिक र सामाजिक अबस्था केहि सुध्रिन सक्छ । त्यसपछि मात्र कृषि क्रान्तिसँगै आर्थिक क्रान्तिको थालनी हुनेछ या गर्नैपर्छ । सबै युवाहरुलाई स्वदेशमा रोकेर राख्ने बृहत योजना पनि शिघ्र संचालन गर्न र भविष्यको आर्थिक योजना सहितको परिवर्तित शासकीय सरकारको योजना पनि दुर्गा प्रसाइँको टिमले शिघ्र प्रकाशन गोरस  । यसबाट १२ बुँदेवाला दलाल शासक र तिनका मतियार र बाँकि जनताको कित्ता प्रष्टरुपमा छुटिने छ । 

हाल- अष्ट्रेलिया 
२०८० फाल्गुण २