नाङ्गेझार

नाङ्गेझार

ऋतु आशिक  |  साहित्य  |  फाल्गुन ५, २०८०

चुनाव त एउटा नाट्य प्रदर्शन हो 
नेपाली काँग्रेस पहिलो पार्टी 
नेकपा एमाले दोस्रो पार्टी 
नेकपा माओवादी तेस्रो पार्टी 
संसारमा कतै नभएको प्रजातन्त्र
छिमेकीको स्वार्थीयतामा 
गठवन्धनको वाली लगाईएको छ । 
माओवादी कलेवरमा
छिमेकीले रिमोट चलाउँदो छ । 
एमाले काँग्रेसलाई 
कट्टु मै सु–सु गराएर 
गठवन्धनको ललीपप चुसाइ रहेको छ । 

गठवन्धनको ललीपपमा
महाकाली माथि घात प्रतिघातको वरालो 
झन्–झन् खस्किदै छ । 
देशभक्त राजाद्वारा प्रदत्त कलकारखाना 
चीनको सौजन्य उपहारहरू 
कवाडीमा रुपान्तरण गराइएको छ । 
प्रचण्ड सरकार यसबेला 
लाखौँको तादातमा मुङलान भसाएर 
एमाले, काँग्रेस, माओवादी भाइ पार्टीहरू 
भूतो न भविष्यको पसल थापेर 
जग हसाइ देशद्रोही हरकत गरिरहेको छ । 

राष्ट्रपति विद्या भण्डारीद्वारा
रोकिएको नागरिकता विधेयक लत्याउँदै 
लछार–पछार पार्दै 
प्रचण्डद्वारा मुर्रा राँगा भित्राएर 
जिल्ला–जिल्लामा 
माइलका माइल लाइन लगाएर 
भारतीयहरूले युद्धस्तरमा 
नेपाली नागरिकता बाँडिरहेको छ । 
नेपालीहरूलाई युद्धस्तरमा
देश बाहिर निर्यात गरिरहेको छ । 
ढिलो चाडो देश सिक्किम बनाइरहेको छ । 

नेपाली काँग्रेस 
नेकपा एमाले 
नेकपा माओवादी 
यी सबै भारतीय कलेवर ओढेर 
मोदीको सह्यार सुसारेमा परिणत भएका छन् । 
संसारलाई चकित पार्दै 
गठवन्धनको पासोमा बल्झिएर 
देशप्रति घात प्रतिघातको ऐठनमा रमाइरहेका छन् । 

म गर्व गर्छु मेरो देशप्रति 
म गर्व गर्छु राजा महेन्द्रप्रति 
म गर्व गर्छु राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति 
म गर्व गर्छु 
शान्ति क्षेत्रका प्रवर्तक राजा वीरेन्द्र 
विश्व प्रतिनिधिहरू सामु 
देशलाई शान्ति   क्षेत्र घोषणा गर्दै थिए ।
यो ऐतिहासिक विरासतप्रति गर्व गर्छु । 

मैले सुनेको छु पटक–पटक
बाबै मनमोहन अधिकारीबाट
माओले भन्थे रे 
राजा महेन्द्र आफैँ कम्युनिष्ट रे !
राजा महेन्द्रको देशभक्ति 
उनी देशको आधुनिकरण गर्दै थिए 
एउटा सवल सक्षम देश दिँदै थिए । 
मुलुकलाई वैभवताको रोपाइ रोप्दै थिए । 
ती वैभवहरू 
छताछुल्ल भएका छन् । 

यसबेला देशद्रोही कलेवरमा 
ती पार्टीको थाङ्ना ओढाएर 
कतै एमाले 
कतै नेपाली काँग्रेस 
कतै प्रचण्डको कलेवरमा
कतै जातीय पार्टीहरूमा 
माओवादलाई गिजोल्नेहरू 
देश सिक्किमको बाटोमा पछारेका पछारै छन् । 

देशभक्तहरू हो !
यी गठवन्धनधारी देशद्रोहीहरू 
नाङ्गेझार पारौं 
देशको राष्ट्रियता धेरै बगिसकेको छ । 
पलायनलाई रोकौं 
भारतीय नागरिकको अवैध वाढ रोकौं 
देश वचाउन जो–जोसँग जे छ 
आऊ देश निर्माणमा सीमा पारिको भेल रोकौं 
देश हाम्रो हो 
आऊ सबै मिलेर देश बचाऊँ । 

३ फाल्गुण २०८०
तरहरा, इटहरी