आर्टिफिसियल इन्टेलिजेन्सको तीव्रतर विकास: उच्च जनशक्तिको जागिर जाने खतरा !

आर्टिफिसियल इन्टेलिजेन्सको तीव्रतर विकास: उच्च जनशक्तिको जागिर जाने खतरा !

सरोज ज्ञवाली  |  समाचार  |  फाल्गुन १५, २०८०

आजकल सबैतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) चर्चा भइरहेको पाइन्छ । सर्वसाधारणदेखि वैज्ञानिकहरुको चासो तथा चर्चाको विषय समेत हुने गरेको छ ।

साधरण अर्थमा एआई भन्नाले कृतिम तरिकाले मनुष्यले गर्ने बौद्धिक क्षमताको प्रयोग विकास गरी मिसिन वा अन्य माध्यमबाट गरिने कार्य बुझिन्छ । जसरी मानव मष्तिष्क तर्कको आधारमा संचालित हुन्छ । त्यही प्रकारले एआई पनि तर्कको आधारमा निर्णय गर्ने प्रकृया विकास गर्दछ । 

सन् १९५५ मा कम्प्यूटर वैज्ञानिक जाँन र्मेकार्थीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)  धारणा अगाडी सारेका थिए । यसको प्रयोग विभिन्न स्वरुपमा विविध क्षेत्रमा भइरहेको छ । तर एआई चाटजिपिटी(Chatgpt )ले नोभेम्बर ३०, २०२२ मा सोसल मिडिया मार्फत जब सुरुवात भयो, त्यसपछि एआई बारे बहस सबैतर्फ हुन गयो । हुन त चाटजिपिटी भन्दा अगाडिसम्म ओपन एआई संस्था सन् २०१५ डिसेम्बरमा नै स्थापना गरेका थिए र मानवताको विकास एआईको उपयोग गर्ने उद्देश्यले मेसिन  लर्निङ सफ्टवेयर इन्जिनियरिङ र अन्य उन्नत प्रविधिलाई समायोजना गरी अगाडि बढाएका थिए । चाटजिपिट अगाडि GPI-1 जुन २०१८मा, GPI-2  फेब्रररी २०१९, GPI-3 3 जुन २०२० मा नै विकास भइसकेको थियो ।      

चाटजिपिटीले कारोबार क्षेत्रमा उपभोक्ताहरुलाई उचित जानकारी उपलब्ध गराउँदै आएको छ । विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई विविध सुविधा उपलब्ध गराउँदैछ । । चाटजिपिटी हालको अवस्थामा IQ लेभल १५५ मानिएको छ जो हालको १० प्रतिशत मानवको मात्र रहेको छ । 

केही वैज्ञानिकहरुको धारणा अनुसार एआईको IQ  लेभल सन् २०३० सम्म ५०० सम्म पुग्ने अनुमान गरेका छन् । यदि यो अवस्था आयो भने धेरै जस्तो वौद्धिक क्षेत्रमा मानबबाट गरिएका कार्यहरु एआई अर्थात मिसिनबाट हुन थाल्ने छ । सुरुमा अनुमान गरिएको थियो कि श्रमिकहरुको जागिर जोखिममा हुने छ । तर हालको अवस्थाले सन् २०३० सम्म हाइट कलर जागिर जाने खतरा छ । जस्तो शिक्षक,डाक्टर, म्यानेजर आदिको जागिर जोखिममा हुने भएको छ । कति मानिसको अनुमान थियो क्रयारिफ जागिर जस्तो डिजाइनर, कलाकार, साहित्यकारको क्षेत्र भने सुरक्षित छ । तर अहिलेको अवस्थामा सबैभन्दा जोखिम सिजनरी क्षेत्रमा कार्यरत व्यक्तिहरुको जागिर भएको छ । 
यदि सन् २०५० सम्म र एआई को IQ लेभल छण्ण्ण् पुग्यो भने, यसको उत्तर भने कसैसँग छैन । यो संसार कसरी चल्छ, अहिले स्थापित मान्यताहरु कसरी अस्तित्वमा आउँछ, यो कल्पना बाहिरको कुरा हो । तर यो निश्चित छ कि एआईको विकाससँग मानवको अस्तित्व तथा हालको आर्थिक, सामाजिक तथा राजनीतिक परिवेशमा ठुलो परिवर्तन हुने देखिन्छ । यदि एआईको सन् २०३० देखि २०५० सम्म कस्तो रहनेछ । 

सन् २०५० सम्म हाल विश्वको आर्थिक, समाजिक तथा राजनीतिक परिदृश्य आमूल रुपमा परिवर्तन भइसकेको हुनेछ । एआईको विकास तथा सहयोग मार्फत विश्वको सम्पूर्ण व्यवस्थाको नियन्त्रण केही कर्पोरेट घरानामा रहने छ, जसलाई फरच्यून ५०० भन्ने चलन छ, त्यो घटेर फरच्यून ५० मा सिमित हुनेछ । यी ५० कर्पोरेट  घरानाले विश्व व्यवस्थाको निर्देश, नियन्त्रण तथा व्यावस्थापन गर्ने छन्  । यी क्षेत्रमा करिब एक करोड उच्च जनशक्ति कार्यरत हुनेछ । जसले विश्व व्यवस्थापनमा सहयोग पुग्नेछ ।

त्यसपछि करिब १० करोड उच्च जनशक्ति पनि एक करोड उच्च जनशक्तिको निर्देशनमा कार्यरत रहनु पर्ने हुन्छ । यसरी हेर्दा यसरी हेर्दा १०–१२ करोड जनशक्ति मात्र कार्यरत भएको देखियो । तर त्यस समयमा विश्वको जनसंख्या करिब ९ अरब पुगिसकेको हुनेछ । बढी मानिसलाई कसरी व्यावस्थापन गर्ने भन्ने रहेको छ । 

एआईको विकास तथा प्रयोग कसरी हुन्छ, अझै पनि अनुमान गर्न सकिएको छैन् । तर के निश्चित के छ भने मनुष्यले गर्ने धेरै बौद्धिक कार्यमा एआई प्रयोग हुने निश्चित छ। एआई मानवको निम्ती सहयोगी हुन्छ वा दुश्मन ? अहिले नै भन्ने अवस्था सक्ने अवस्था छैन । तर सबैजना तयार हुनु पर्दछ, अब संसारमा ठुलो परिवर्तनको सन्निकट  छ ।

मूलतः धेरै कार्यहरु मेसिनको मार्फत नै भइरहेको हुनेछ । जस्तो कृषि क्षेत्रमा मेसिन मार्फत उब्जनी तथा वितरण प्रणाली रहने छ । उद्योग तथा कलकारखानामा रोबोट तथा एआईका सहयोग मार्फत उत्पादन, वितरण तथा व्यावस्थापन हुनेछ ।  शिक्षा क्षेत्रमा पनि एआई मार्फत अध्ययन तथा अध्यापन हुने छ तथा स्वास्थ्य क्षेत्रमा पनि एआई मार्फत नै अथवा मेसिन मार्फत नै कार्य हुनेछ । 

अब आउने धेरै क्षेत्रमा नोकरी कटौती  हुनेछ । स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने साधरण चिकित्सक, रेडियोलोजी, प्याथोलोजी तथा फार्मेसी जस्ता क्षेत्रहरुमा एआई अर्थात मेसिन मार्फत कार्य हुनेछ । यी क्षेत्रहरुमा मानवको बौद्धिकता तथा क्षमताको जरुरी नपर्न सक्छ । तर सर्जरी क्षेत्रमा मानवको आवश्यकता पर्दछ । चिकित्सक क्षेत्रमा कार्यरत व्यक्तिहरु रोबोटिक सर्जरीमा विशेषज्ञहरु ठुलो माग हुनेछ । प्रत्यक्ष मानवको उपस्थिति हुने सेवाहरु, मनोचिकित्सक तथा नर्सहरुको ठुलो भूमिका रहनेछ । अतः चिकित्सक क्षेत्रमा कार्यरत सर्जन, मनोचिकित्सक तथा नर्सहरुको भविश्यको लागि आवश्यक जनशक्ति हुन् ।

शिक्षा क्षेत्रमा पनि शिक्षक तथा प्राध्यापकको नोकरी पनि खतरामा छ ।  सम्भवतः यी क्षेत्रहरुलाई एआई तथा रोबटिक विज्ञानले विस्थापन गर्ने छ । यदि शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरु आफूलाई प्राविधिक क्षेत्रमा समायोजन गर्न सकेमा केही हदसम्म स्थापित गर्न सक्छन् । भविश्यमा एआईसँग सम्पर्क हुने विज्ञान भनेको गणित विज्ञान हो । यदि उच्चस्तरीय गणितज्ञ नै भविश्यमा एआई को सहयोगी तथा मित्र हुने छन् । 

हाल केही व्यक्तिहरु आइटी क्षेत्र भविश्यको जागिरको निम्ती सुरक्षित हुने छन् ।  यो आंशिक सत्य मात्र हो । बिना गणित तथा तथ्यांकको ज्ञान ज्ञान विनाको यो क्षेत्रमा कुनै भूमिका रहने छैन । साधरण डिजाइन, कोडिङ जस्ता कार्यहरु एआई मार्फत नै हुनेछ । हाल धेरै जसो व्यक्तिहरु व्यवस्थापन, बैंकिङ तथा व्यावसायीक कार्यमा संलग्न छन् । यी क्षेत्रहरुमा  पनि ठुलो कटौती हुने छ । अबको प्रश्न भनेको कुन क्षेत्रमा जागीर सुरक्षित छ । 
साधरणतया मनुष्य र एआई बिच तुलना गरेर हेर्नुपर्ने हुन्छ । 

पहिलो क्षेत्र: जसमा मनुष्यले मात्र काम गर्न सक्छ ।
दोस्रो क्षेत्र :जसमा एआईले मात्र कार्य गर्न सक्छ ।
तेस्रो क्षेत्र: जसमा मनुष्यले र एआई भन्दा राम्रो काम गर्न सक्छ । 
चौथो क्षेत्र :  जसमा एआई ले मुनुष्य भन्दा राम्रो काम गर्न सक्छ । 

पहिलो क्षेत्र जसमा  मनुष्यले मात्र कार्य गर्न सक्छ । उदाहरणका लागि पूजापाठ, धार्मिक कार्यहरु जसम एआईको प्रयोग गर्न कुनै आवश्यकता छैन । यी क्षेत्रहरुमा कार्य गर्ने व्यक्तिहरु भविश्यको ठुलो आम्दानी तथा व्यवस्थित क्षेत्र हुन् । दोस्रो क्षेत्र जसमा एआईले मात्र कार्य गर्न सक्छ । जस्तो टेक्नोलोजीको जटिल विश्लेषण कार्य आदि । यी क्षेत्रमा मनुष्यको आवश्यकता नै पर्दैन । तेस्रो क्षेत्र जहाँ मनुष्यले एआई भन्दा राम्रो कार्य गर्न सक्छ । जस्तो मनोचिकित्सक तथा सेफको जागिर । यी क्षेत्रहरु भविश्यका लागि सुरक्षित क्षेत्र हुन् ।  चौथो क्षेत्र जहाँ एआईले मनुष्य भन्दा राम्रो कार्य गर्न सक्छ । जस्तै विभिन्न खालको शारिरिक सम्बन्धी कार्यहरु । 

मूलभूत प्रश्न के छ भने भविश्यमा ९ अरब जनसंख्या भएको अवस्थामा कसरी विश्व व्यवस्थान कसरी गर्ने भन्ने नै हो । सम्भवतः त्यो बेला बौद्धिकता कम प्रयोग हुने क्षेत्रहरु जस्तै बगैँचाको कार्य, रेष्टुरेण्ट तथा होटलका कार्यहरु, खेलकुदका क्षेत्रहरु, कलाकारिताका क्षेत्रहरु मनुष्यका लागि उपयोगी हुनेछ । ठुलो बौद्धिकता लाग्ने क्षेत्रहरु एआईद्वारा काम हुने छ ।

हालको अवस्थामा ठुलो बौद्धिकता लाग्ने क्षेत्रहरुमा मनुष्य कार्यरत छन् भने कम बौद्धिकता लाग्ने क्षेत्रहरुमा मेसिन कार्यरत हुनेछन् । अव आउने भविश्य उच्च वौद्धिक क्षेत्रहरुमा एआई अथवा मिसिन हुने छ र कम बौद्धिक क्षेत्रमा मनुष्य कार्यरत रहने छ । जसले गर्दा त्यस समयको आर्थिक, सामाजिक तथा राजनीतिक  व्यावस्थापन हुनेछ । एआईको विकास तथा प्रयोग कसरी हुन्छ, अझै पनि अनुमान गर्न सकिएको छैन् । तर के निश्चित के छ भने मनुष्यले गर्ने धेरै बौद्धिक कार्यमा एआई प्रयोग हुने निश्चित छ। एआई मानवको निम्ती सहयोगी हुन्छ वा दुश्मन ? अहिले नै भन्ने अवस्था सक्ने अवस्था छैन । तर सबैजना तयार हुनु पर्दछ, अब संसारमा ठुलो परिवर्तनको सन्निकट  छ । 

अन्तमा, नेपालको सन्दर्भमा भन्ने हो भने विश्व ठुलो परिवर्तनको अवस्थामा पुगिसकेको छ । तर नेपाली अझै पनि जात, धर्म, तथा अधिकारको निम्ती अल्झी रहेका छौँ । सबैभन्दा ठुलो विडम्बना शिक्षा क्षेत्र त्यही पुरानो सोच र मान्यतामा चलिरहेको छ । यही अवस्थामा रहने हो भने हाम्रो नेपालको पहिचान नै मेटिने अवस्था छ । त्यसै कारणले विश्व कुन धरातलमा अगाडि बढीरहेको छ । त्यस अनुरुप आफूलाई ढाल्नु जरुरी छ । अन्यथा हाम्रो विनाशलाई कसैले रोक्न सक्दैन ।