केही हाइकु

केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  फाल्गुन २६, २०८०

रक्तकणमा
कुसंस्कार बोकी
समाजवादी ?

गाउँ आएको
सिंहदरबार हेर्ने
निराश भए ।

माफ नहुने
चौडा छाती नहुने
राजनीतिमा ।

जीवन मेल
नदिको किनाराभैँ
सधैँ वेमेल ।

मुखाले दामी
बोल्दैछ जथाभावी
धोती खुस्के नि !

नक्कली जोगी
नयाँ भावभङ्गीमा
भिक्षा माग्दै गो ।

ईच्छा छ मेरो
राष्ट्रको पति हुने
गिट्टी कुटेर ।

बाचा बन्धन
फटाहाको राजमा
मूल्य नहुने ।

जित्ने जनता
हार्ने जनविरोधी
उल्टोपाल्टो भो ।

भोगटे चश्मा
दिशाहीन सोचमा
बुद्धि बिलास ।
 

काठमाडौँ १४, कलङ्की