सिक्किम बनाउँदैछन् पार्टीहरू

सिक्किम बनाउँदैछन् पार्टीहरू

ऋतु आशिक  |  साहित्य  |  बैशाख १, २०८१

पञ्चायती व्यवस्था थियो यो देशमा
राजा थियो यो देशमा 
सयकडौं कलकारखाना थियो यो देशमा 
काम र मामको दुःख थिएन । 
देश खुशहाल थियो
मान्छे–मान्छेमा भेद थिएन ।
बाँच्दाको जन्ती ।
मर्दाको मलामी 
देशप्रति गौरव गर्थे ।
राजतन्त्रप्रति गौरव गर्थे । 
माओले भन्थे अरे 
'नेपालमा किन चाहियो कम्युनिष्ट शासन
महेन्द्र आफैँ कम्युनिष्ट हुन् रे'

लिम्पियाधुरा, लिपुलेक, कालापानी
हाम्रो पैतृक विरासत हो ।
भारत हाम्रो भूमिलाई
दिनदहाडै लुटिरहेका छ । 
यो लुट खसौटमा 
एमाले बोल्दैन ।
काङ्ग्रेस बोल्दैन ।
सद्भावना बोल्दैन । 
राप्रपा बोल्दैन ।
अमेरिकी र भारतीय संयोजन पार्टी
रास्वपा बोल्दैन ।
एमाले, काङ्ग्रेस, माओवादी भएर
एम.सी.सी. र भारुको संयोजनमा
मेरो देशमाथि घात माथि घात गरेका छन् । 
मुस्ताङ माथि 
अमेरिकी सेना तैनाथ भएका छन् 
युरेनियम माथि लुटपाट भइरहेको छ ।
पार्टीहरू बोल्दैन 
मनचिन्ते चाहना पूरा भएका छन् ।
देश माथि झन्–झन् घात हुँदो छ ।
पार्टीहरू देश विक्रीको काट्टो खाएर 
देश माथि गद्दारी गरिरहेका छन् । 

नेपालको राजतन्त्र कवच थियो । 
घाम हुरी बतासलाई छेक्ने गथ्र्यो । 
घर–घरमा कोही भोको छ ?
चुल्हो बलेको छ कि छैन ?
चियो गर्न अठपरिया पठाइन्थ्यो । 
रैतीले खाइसकेपछि 
राजाले ज्यूनार गरि बक्सिन्थ्यो । 
यो भूमिमा यस्तो राजा थियो 
ऊ प्रजावत्सल थियो । 
ऊ देश र जनताप्रति समर्पित थियो । 
रैती र राजा बिचको सम्बन्ध
नङ र मासु जस्तै थियो । 
हाम्रा पुर्खाले भन्थे अरे 
यी सदाबहार सत्यता
देशभक्तिको गाथा 
एक पि‌ढी पछि अर्को पिढी 
वेमिसालहरू हस्तान्तरण गरिदै थियो । 

जब–जब ५/५ वर्षमा चुनाव हुन्छ । 
दक्षिणी भेगबाट
भारतीय नागरिकहरूको भेल आउँछ । 
भारतीयहरुको उलाउ आउँछ 
ती भारतीयहरु नेपालीमा परिणत हुन्छन् । 
एमालेको शासन होस् 
नेपाली काङ्ग्रेसको शासन होस् 
माओवादीको शासन होस् 
ती सबै भारतीय शासकका तावेदारी हुन् ।

यो बुद्धको पावन भूमि
यो पृथ्वीनारायणले आर्ज्याको देश
हाम्रा पुर्खाहरूको बलिदानले उभिएको देश
यो राष्ट्र बचाउन
देशभक्त नेपाली नै उठ्नुपर्छ ।
दक्षिणी सिमानाबाट भारतीय नागरिकको भेल
अब थामिनुपर्छ । 
नागरिकता छानविन अभियान युद्धस्तरमा गरिनुपर्छ । 
मुलुक भित्रका पार्टीहरूलाई निस्तेज गरौँ 
देशद्रोही पार्टीहरू हरकत बन्द गरौँ 
भाडामा नेपाली नागरिक बनाउने खेल बन्द गरौँ 
सिमानाबाट ओइरिने भारतीय शासकका करतुत रोकौँ । 
भारतीय शासकका अठपरिया पार्टीहरू 
देशद्रोही घृणित पार्टीहरूका बिरुद्ध
आऊ देशभक्तहरू उठौँ ।
स्वतन्त्र सार्वभौम राष्ट्रको अहम्ता उठाऊँ । 

इटहरी, तरहरा
२०८० चैत्र २८ गते बुधबार