सिक्किमको नियति र नेपाली संसदको मौनताको अर्थ

सिक्किमको नियति र नेपाली संसदको मौनताको अर्थ

ऋतु आशिक  |  दृष्टिकोण  |  बैशाख १६, २०८१

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नामञ्जुर गरेको नागरिक विधेयकलाई प्रचण्डले भारतीय प्रभुहरूलाई रिझाउनका लागि संसदमा त्यसलाई पेश नगरिकन जसरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्ताक्षर गर्न लगाए  । अर्थात् ती नामञ्जुर गरेको विधेयकलाई सांसदमा समेत पेश गरिएन । चोर बाटोबाट विधेयकको गमन भएको दृश्य देशभक्त नेपालीले टुलुटुलु हेर्नु परेको थियो । प्रचण्डद्वारा भारतीय उपहारमा मुर्रा भैँसी १५ थान ल्याएर भारत भ्रमण सफल भएको कुरा चिच्याइ–चिच्याइ बोलेका थिए । जबकी प्रचण्ड भारतबाट फर्केको भोलिपल्टदेखि दक्षिणी सिमानाबाट (डमी नेपाली) अर्थात् भारतीय नागरिकहरूलाई देशका दक्षिणी सिमानाबाट छिराएर नेपाली डमी तयार गरेर नेपालको वर्तमान राजनीति अहम् असर गर्ने किसिमका देशद्रोही हरकत  दृश्यहरू, भारतीहरूलाई नेपाली नागरिकता युद्धस्तरमा वितरण गरियो । 

संसदको मौनता 

नेपालका सिमाना पारिबाट भारतीय नागरिकहरूलाई लाखौँको तादातमा यस किसिमका देशद्रोही कार्य गर्दा नेपाल स्थित पार्टीहरू एमाले, राप्रपा, नेपाली काँगेस, माओवादी (प्रचण्ड) सद्भावना स्वतन्त्र पार्टी (घण्टी) आदि जे जति नेपालका पार्टीहरूले संसदमा चुइक्क समेत बोलेको देखिएन । भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दोहोरो प्रारूप मा बनाउदा पनि भारतीय नागरिकहरूको लाखौँको सङ्ख्यामा दोहोरो नागरिकता लिनुको अर्थ भारतीय शासकको नियत प्रस्ट छ ।

जसरी पनि पाकिस्तानलाई टुक्राएर बंगलादेशको अभ्यूदयका साथ स्वतन्त्र राष्ट्र अनादिकालदेखि आफ्नै सम्प्रभुसत्तामा रहेको सिक्किमलाई डमी भारतीयहरूलाई सिक्किमको चुनावी मैदानमा नाटक रिहलसलको लागि पठाइएको थियो । डमी भारतीयहरूको जोड बलमा सिक्किम एउटा सम्प्रभुसत्ता सम्पन्न सिक्किम, एउटा स्वतन्त्र देशको – संसारको नक्सामा स्वतन्त्र अस्तित्व भएको देशलाई भारतको २२औँ राज्यमा परिणत गरिएको थियो । यी सबै भारतीय सरकारको विस्तारवादी नीतिका कारण हामीले एउटा स्वतन्त्र छिमेकी देश सिक्किमलाई गुमाउन बाध्य भएका  थियौँ । 

एम.सी.सी. पास हुनुको रहस्य

मुस्ताङमा रहेको हाम्रो नेपालको युरेनियम विशेषज्ञले भनेका छन्, 'नेपालमा पाइने युरेनियमको वैशिष्ठता गहन र यो ओजिलो हुनुका साथै अन्य युरेनियमका दाँजोका प्रखर उच्चस्तरीय धातु हो ।'

इतिहासमा हामीले पढ्दै आएका छौँ । अमेरिका यस्तो देश हो संसारका कुनै पनि देशका रहेका बहुमूल्य खनिजको खोजको लागि त्यसलाई प्राप्तिको लागि रंगभेद, मसल क्रय, बिक्रय आदिको व्यवस्थापन, देशद्रोही नेताहरूलाई क्रय गरेर लोभ लालचको भूमरीमा त्यसलाई जालमा पारेर आफ्नो वशमा पार्नु अमेरिकाका आफ्नै किसिमको हतकण्डा हो । 

 नेपालमा एम.सी.सी. जसरी युद्धस्तरमा मुस्ताङमा देखा पर्नु, ती अमेरिकी सैनिकहरूको आवरणमा ती सबै भूगर्व इन्जिनियरको तथ्य हो । ती सैनिकहरूलाई पनि अमेरिकी राष्ट्रको लागि प्रयोग गरिएका विशेषज्ञहरू नै हुन् ।

मुलुक भित्र विभिन्न व्राण्डमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, अहिले नयाँ देखिएका रवि लामिछाने प्रदत्त घण्टी पार्टी यी सबै एम.सी.सी.द्वारा मुलुकमा अमेरिकाद्वारा चलाउन सुरु गरिएका लुट खसौट बारे एम.सी.सी.को भेषमा नेपालका रहेको अपार सम्पत्तिलाई आफ्नो वशमा पारेर ती सम्पत्तिलाई अमेरिका पुर्‍याउनका लागि, नेपाल भित्र रहेका सबै पार्टीहरूलाई दानापानी छर्किएको छ । ती दानापानी छर्काइको कारण यसबेला यी अक्षर लेखुन्जेल साथ संसदमा यसको संरक्षण तथा यसको परिवर्तित रूपको लागि आवश्यक यसको निर्माण नेपालमै यसको शुद्धिकरण गरेर विश्व बजारमा हामीले नै यसलाई विक्री वितरणका लागि मार्ग प्रशस्त किन नगर्ने ? 

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, सद्भावना पार्टी, नयाँ आएका विभिन्न ब्रण्डका पार्टीहरूको सम्पत्तिको लेखाजोखा नेपाली जनता समक्ष पेश गर्नुपर्ने समय–ढिलो चाँडो आएको छ । राष्ट्रका सम्पत्तिलाई जस जसले आफ्नो वर्चश्व मा अधिनस्थ गरेका छन् ती सम्पत्तिहरूको हस्तक्षेपकारी नीति सरकारले लिदै तिनीहरूलाई राज्यकोषमा जम्मा गर्ने परिपाटीको श्रीगणेश गरिनु जरुरी छ  । 

नेपाल स्थित सबै पार्टीका नेताहरूले नेपाल भित्राउन (एम.सी.सी.) युरेनियमलाई सहजै अमेरिका पुर्‍याउनु, अमेरिकी जहाज आउँदा जाँदा सम्म त्यसको जाँच सोधपुछ नहुनु आफैँमा देशप्रति गरिएका गद्दारी होइन ? यस किसिमको घृणित कार्य सुपुर्दगीमा भागिदारहरूलाई देशद्रोहीको मुद्दा किन नचलाउने ?

संसददेखि उच्च पदस्थ पदाधिकारीप्रति निगरानी 

मुलुकमा वहालवाला संसददेखि उच्च पदस्थमा पुगेका कर्मचारी एवम् प्रधानमन्त्रीसम्मका आर्थिक निगरानी हुनुपर्छ । तिमीहरूद्वारा भ्रष्ट तरिकाबाट कमाइएका सम्पत्तिको हरण गरेर राष्ट्र कोषमा जम्मा गर्नका लागि जन दवाव दिइनुपर्छ । जन दवावका कारण लंकामा रहेका सत्तापक्ष तथा अन्यको जसरी अकुत सम्पत्ति कुम्ल्याएका थिए ती सबैलाई श्रीलंकाली जनताले सम्पत्ति हड्पेर राज्यकोषमा जम्मा गरेका कुरा हामीले सञ्चार माध्यमद्वारा सुन्न र पढ्न पाएका थियौँ । 

श्रीलंकाली जनताद्वारा भ्रष्टाचारीहरू प्रति प्रकट रोष कुनै न कुनै रूपमा नेपालमा प्रकट भएको खण्डमा त्यसलाई अन्यथा सम्झिनु हुँदैन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, सद्भावना पार्टी, नयाँ आएका विभिन्न ब्रण्डका पार्टीहरूको सम्पत्तिको लेखाजोखा नेपाली जनता समक्ष पेश गर्नुपर्ने समय–ढिलो चाँडो आएको छ । राष्ट्रका सम्पत्तिलाई जस जसले आफ्नो वर्चश्व मा अधिनस्थ गरेका छन् ती सम्पत्तिहरूको हस्तक्षेपकारी नीति सरकारले लिदै तिनीहरूलाई राज्यकोषमा जम्मा गर्ने परिपाटीको श्रीगणेश गरिनु जरुरी छ  । 

मुलुक भित्रका उच्च पदस्थ कर्मचारीहरूसँग पनि आफूले आर्जन गरेको सम्पत्तिभन्दा अथक सम्पत्ति आफ्नो अधिनस्थ पारेका छन् । ती सम्पत्तिको स्रोतहरूको चित्र बुझ्दो नभएको खण्डमा जफत गरेर राष्ट्रिय ढुकुटीमा सङ्ग्रहित गरिनुपर्छ । यस किसिमबाट अवैध र अकुत सम्पत्तिका मालिक भएर पल्टेकाहरूको अबैध सम्पत्तिलाई राष्ट्रियकरण गरेर राज्यकोषमा फिर्काउने या विभिन्न मुलुकबाट आएका ऋणको भुक्तानी ती खोसिएका सम्पत्तिबाट फिर्ता गरिनुपर्छ । सरकारी स्तरमा ल्याइएको ऋण हाकिम कर्मचारी आदि दोहनका लागि ल्याइएको ऋण फिर्ता गरिनुपर्छ । देशलाई ऋणको बोझबाट मुक्त गरिनुपर्छ । 

नेपालका पार्टीहरू नै भारत र अमेरिकी परस्त 

छिमेकी भारतीय सरकारको गतिविधि जब जब राजा वीरेन्द्र परिवारको हत्या भयो । मुलुक त्यसबेलादेखि नै ओरालो लागेको थियो । राजा वीरेन्द्रसम्म आइपुग्दा देश आत्मनिर्भरको बाटोतर्फ अग्रसरको छलाङ एक पछि अर्को लगाउँदै थियो । देश स्वतन्त्र र निर्भीक एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अहम् भूमिका निर्वाह गर्दै विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले आफूलाई शान्ति क्षेत्रको प्रस्तावद्वारा अभिषेक गर्दै एउटा स्वतन्त्र र सवल राष्ट्रको रूपमा आफूलाई सतिसाल जस्तै उभ्याउँदै आएको थियो । राजा महेन्द्र हुँदै वीरेन्द्रसम्म आइपुग्दा देश सार्वभौमसत्ता सम्पन्न हुँदै विश्वका कुनै क्षेत्रमा नेपालले आफूलाई शान्ति क्षेत्र घोषणा गर्दै विश्व सामु बुद्धको देश अहमता सन्देशलाई झन्–झन् व्यापक बनाउँदै लाँदै गरेको अवस्था थियो । 

 मुलुक भित्र विभिन्न जिल्लाहरू राष्ट्रलाई टेवा दिने किसिमका उद्योग धन्दाहरूको जरो गाउँदै गरेको अवस्था थियो । अझ भन्नुपर्दा नेपाल आत्मनिर्भर तर्फ अग्रगामी छलाङ लगाउँदै गरेको थियो । 

राजा वीरेन्द्र वंशको हत्या प्रकरणपछि छिमेकी भारतलाई दिन दुना रात चौगुना रूपमा उसको मनोकांक्षीहरू बढ्दै चुलिँदै मुलुकको धरासयीका लागि शेरबहादुर, के.पी. ओली हुँदै प्रचण्डको सरकारसम्म आइपुग्दा प्रचण्डले भारतीय डमीहरू समुद्र नै खडा गरेर यो ऐतिहासिक भूमि नेपालको अस्तित्व नै नामेट पार्ने र देशलाई सिक्किमीकरण गर्ने देश तर्फ मुलुक गइरहेको छ । मुलुक बचाउन देशभक्ति शक्तिहरू एक गठ नहोउन्जेल देशको अस्तित्व झन्–झन् नउठ्ने गरी सधैँको लागि सिक्किमले भोगेको अवस्था नहोस् । देशभक्त नेपालीलाई चेतना भया ।

इटहरी
२०८१ वैशाख १५ शनिबार