रवि लामिछाने नै प्रचण्डपछि इण्डो–अमेरिकी रोजाईमा !

रवि लामिछाने नै प्रचण्डपछि इण्डो–अमेरिकी रोजाईमा !

ऋतु आशिक  |  दृष्टिकोण  |  बैशाख २७, २०८१

इलामको निर्वाचनमा घन्टी पछि पर्‍यो रे ? 
किन पर्दैन ? 
निर्मलालाई न्याय दिन सकेको छ ? 
सुन तस्करीलाई समाउन सकेको छ ? 
मानव तस्करीहरू समाउन सकेको छ ? 
सहकारी ठगहरूले कति विध्वंस मच्चाइ रहेको छ ।
आवाज उठाउन सकेको छ ? 
आफू पदमा हुँदा पनि काम गर्न नसक्नेले 
पार्टी चै चलाउँछ राजनीति गर्छ । ई ? 
                                           २०८१ वैशाख २३ को फेसबुकबाट
०००

ग्यालेक्सी टि.भी.को स्थापना साथै झण्डै–झण्डै सञ्चालनमा आएको, त्यसको हर्ताकर्ता रवि लामिछाने नै थिए । सो टि.भी. सञ्चालक लागि करोडौँ लगानी भएको थियो । टि.भी. सञ्चालनको श्रोत के थियो ? १ वर्ष पनि त्यो टिक्न नसक्ने बन्द भएको थियो ? 
०००

रवि लामिछाने अमेरिकामा पुगेर आएपछि महिनाको लाखौँ डलर कमाउँथे भन्न भ्याएका छन् । उनी अमेरिका जाँदा शैक्षिक योग्यता आइ.ए. मात्र पास हुन् । उनी प्राविधिक पनि होइनन् ? महिनाको म १ लाख अमेरिकी डलर कमाउथे, उनले भिडियो नै सार्वजनिक गरेका छन् – उनको कार्यगत शैली के थियो ? अमेरिकामा १ लाख डलर त्यो पनि महिनै पिच्छे ? 

०००

मैले त पहिले नै भनिदेको छु, जी.वि. राईलाई पक्राउ गर्ने बहानामा इन्काउन्टर नगरियोस् । हामीलाई जी.वी. राई जिउँदै चाहिन्छ । 
– आसीष अर्याल

०००
    जी.वी. राई जिउँदो भए पो पक्रउ गर्नु, जी.वी. राईलाई रवि लामिछानेले मारे । अहिलेका गृहमन्त्रीले मारेर कुन नालीमा फ्याँकी दिएको छ । २४ घण्टामा ल्याउँछु भनेको रवि लामिछानेले । 
– डिल्लीराम खनाल
अभियन्ता
०००

रवि जीले जीबी राईलाई समात्ने होइन, पहिला आफैँले आफैँले हतकडी लगाए हुन्छ । जीबी भन्द रवि  बढी दोषी छन् । किनभने जीबीलाई रविले ल्याएका हुन्।  जागृत रायमाझी 
राजनीतिकर्मी
०००

संसदीय व्यवस्थामा इमान 

 संसदीय व्यवस्थामा पार्टीहरूका आफैँ–आफैँ किसिमका संसदीय मान्यता हुन्छन् । संसदीय व्यवस्थामा ती बन्देजहरूलाई चिर्दै, राष्ट्रप्रति जनताप्रति अहम् जिम्मेवारी निर्वाह गर्नु पार्टीहरूको अहम् कार्यहरू हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले सत्तामा जानको लागि मतदान गरेका होइनन । पार्टीहरूले देशप्रति घातमाथि घात गरिरहेको हुँदा तिनीहरूलाई ठिक ठाउँमा राख्नका लागि खवरदारी गर्नका लागि, पठाएका छन् भन्ने कुरा आफू उम्मेदवारमा विजय भएपछि तुरुन्त गृहमन्त्री पाए भने जान्छु नभए खान्न जस्ता अभिव्यक्ति दिएर सत्ताको चास्नीमा डुबुल्की  लगाउनका लागि रवि र उनको पार्टीको सत्ता स्वार्थबाट कति अभिप्रेरित भएका रहेछन् भन्ने कुराको स्पष्ट सङ्केत आएका छन् । 

सहकारीको रकम डुब्नुमा उनी निर्दोष छन् भन्न मिल्छ र ? उनको सहभागिता जे.वी. राईको गुणगान रविका स्वरहरू अझै मेटिएका छैनन् । प्रस्ट सहभागी हुँदाहुँदै म छैन मैले खाएको छैन भने सहकारी सम्पत्ति माथि उनलाई चोख्याउन मिल्छ ? ग्यालेक्सी टि.भी.द्वारा गरिएको जनताको सम्पत्ति माथि ग्यालेक्सीको प्रारूप मा रवि लामिछाने म निर्दोष छु, मेरो संलग्नता छैन भन्न मिल्छ ? पत्रकारको भेषमा सहकारी सम्पत्तिको दुरूपयोग आदिलाई सत्ताको डण्डा चलाएर मटियामेटमा लागेको, खाइ पचाइका लागि गृहमन्त्रीको आवरण ओढेको प्रस्ट छैन ?


    पूँजीवाद संसद भनेको स्वरूप एउटा भए पनि अर्को स्वरूप अनुसार तिकडम गर्ने थलो हो । यो यस्तो थलो हो जहाँ देशप्रति समर्पण भन्दा पनि आफ्नो स्वार्थको रोटी सेक्नलाई नै पार्टीको कलेवरमा उनीहरू मुछिएका हुन्छन् । 

राष्ट्र हितको सवालमा राष्ट्रियता स्वतन्त्र पार्टीको मौनताको निचोड 

१) लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारद्वारा एकोहोरो मिचेर बनाइएको राजमार्ग युद्धस्तरमा निर्माण गर्दै यो वर्ष भित्रै समापन गर्ने भारत सरकारले जनाएको छ । मुलुकप्रति घात हुँदा यस किसिमको हेपाहा प्रवृत्तिप्रति मौनता ? 

२) तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अस्वीकृत गरिएको नागरिक विधेयकलाई संसदमा त्यसलाई पेश नगरिकन, प्रचण्डद्वारा अवैध तरिकाबाट राष्ट्रपति रामचन्द भण्डारीलाई अस्वीकृत विधेयक माथि सही गराएर प्रचण्ड भारत प्रस्थान गरेको कुरा देशवासीलाई विदितै छ । यी यस्ता देशद्रोही कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीको मौनता रहेको छ । 

  ३) प्रचण्ड भारत भ्रमणको उपलब्धिको स्वरूप ल्याइएका मुर्गा राँगा कोसेली ल्याएर, भारतीय संसदमा नेपालका कतिपय भूभाग भारतीय नक्सामा समावेश गरिदा पनि चुइक्क नगर्नु, उनको प्रवृत्तिलाई लेण्डुपे प्रवृत्ति भन्न सकिन्छ । यो सवालमा पनि राष्ट्रय स्वतन्त्र पार्टी मौन रह्यो । भारतीय शासन व्यवस्था नेपाली जनताको उर्लदो भारतीय विरोधलाई रोक्नका लागि प्रचण्ड पछि रवि लामिछानेको पार्टीलाई जगेडाको रूपमा स्टान्ड वाइ गरेको, राखेको गन्धहरू आएका छन् । 

रवि लामिछानेको देश प्रतिको गद्दारी 

 जनताको बहुमतको बलमा प्रचण्ड प्रधानमन्त्री भएको होइन । आम नेपालीलाई स्पष्ट थाहा छ कि नेपाली काँग्रेसले यस पटकको चुनावी परिणाम क्रमशः नेकपा एमाले तथा तेस्रो वैरियतामा रहेको माओवादी पार्टी अर्थात् प्रचण्डको हाइकमान पार्टी हो । यो पार्टी मुलुक भित्रबाट हैन विशेषत भारतीय शासक तथा एम.सी.सी. घटकद्वारा बनाइएका प्रधानमन्त्री छन् । उनी नेपाली जनताप्रति आस्था र देशप्रति राष्ट्रियताका प्रवल पक्षधर होइन । स्पष्ट भन्ने हो भने यसबेला मुलुकलाई दिल्ली र वासिङ्टनको मिलिभगतमा देशलाई चलाइ रहेका छन् । दिल्ली र वासिङ्टनको स्वार्थको प्रारूपमा मुलुकमाथि सबै किसिमका हस्तक्षेपलाई वैधानिक प्रारूपको खोल ओढाएका छन् । 

 रवि लामिछाने यस्ता पात्र हुन् । यी अमेरिकी र भारतीय स्वार्थको अहम्ता तथा केन्द्रबिन्दुमा रहेर काम गर्ने गरेका छन् । अमेरिकाको तर्फबाट पछि लगाइएको एवम् राष्ट्रिय स्वतन्त्र पार्टीमा काजमा खटिएका स्वर्णीम वाग्ले जहिले पनि एम.सी.सी. को पुट दिएका छन् । रवि लामिछाने अहिले पनि एम.सी.सी. को विरोध तथा प्रचण्डको भारत भ्रमणपछि नेपाल फर्किदा–फर्किदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खारेज गरेको नागरिकता विधेयकलाई संसदमा पेश नगरेर राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चोरबाटोबाट भारतीयहरूलाई नेपाली नागरिकताधारी बनाएका छन् । ढिलो चाँडो यो पवित्र भूमि नेपाललाई सिक्किमीकरणको लागि मार्ग प्रशस्त गरेका छन् । ढिलो चाडो हाम्रो मुलुकलाई स्वतन्त्र राष्ट्रको रूपमा अनन्तकालसम्म चन्द्रसूर्य झण्डालाई स्वतन्त्रतापूर्वक फरफराउन नदिने किसिमका घृणित खेल खेलेर देशप्रति गद्दारी गरेका छन् । 
राष्ट्रप्रति यस्तो किसिमको देशद्रोही कार्यको विरोधमा रवि लामिछाने चुइक्क बोलेको छैन । एम.सी.सी. बारे समेत रवि लामिछाने चुइक्क बोलेको छैन । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइहरू रवि लामिछानेलाई संसदमा विजय भएपछि भेटघाटको पाटो पनि बाहिर आएको छ । रवि लामिछानेद्वारा भारतीय हेपाह प्रवृत्ति, भारतीय संसद नेपालका अति महत्व प्राचीन हैसियत राख्ने भूमिलाई भारतीय संसद नक्सामा अंकित गराएका छन् । यस्ता सम्वेदनशील भारतीय अर्घेल्याइको बारेमा रवि लामिछानेको मौनता स्पष्ट भएको छ । 

रवि लामिछाने गृहमन्त्री भएको यतिका दिन बितिसक्दा पनि उनले बोलेका तथा गृहमन्त्रीले पालना गर्नुपर्ने, राष्ट्रिय अस्तित्वको सवालमा गृहमन्त्री जिम्मेवारी भूमिकामा हुन्छ । राष्ट्रको निम्ति गृहमन्त्री मेरुदण्डको प्रारूप हो । गृहमन्त्री हुनु अघि र पछि बोलेका शब्दहरू भाष्यको प्रारूपमा बदलिएका छन् । कृष्ण बहादुर महरालाई नाटकीय शैलीमा पक्राउ गरेर, अस्पतालमा लगेर खातिरदारी गरियो । उनका बोली र व्यवहारमा फरक देखिएको छ । 

पत्रकारिताको आडमा पत्रकारिताको कारण गृहमन्त्री बन्न पुगेका हुन् । यस किसिमको अवसर सायदै कमैको नाम गिन्तीमा आउँछ । रवि लामिछानेको गृहमन्त्रीको आवरण देखिएपछि– हाम्रो मुलुकको पश्चिमी भूमिहरू लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारद्वारा नेपाल भूमि माथि लुटपाट मच्चाएर, हाम्रो सार्वभौम भूमि माथि सडक निर्माणको अन्तिम पटाक्षेप तर्फ पुर्‍याउँदै छन् । यस किसिमबाट भारतीय सरकारका तर्फबाट हाम्रा भूमि हडपेर हामी माथि नै सांघातिक हमला गराइरहेका छन् ।

रवि लामिछाने गृहमन्त्री हुँदै गर्दा भारतद्वारा माथि उल्लेखित भूमिहरू लुटपाटको शृङ्खला देशीय भूमिमाथि छिनाझपट गरेर राष्ट्रलाई विलोपतर्फ लगाउने यस किसिमका गतिविधिले स्पष्ट गरेको छ । रवि लामिछाने प्रचण्ड अर्थात् भारत र अमेरिकी डिजाइनद्वारा नै गृहमन्त्री बनाइएका छन् । 

रवि लामिछाने अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्तामा साझेदारी भूमिका निर्वाहका लागि जनादेश दिएका छैनन् । खबरदारीका लागि मात्र पठाइएका छन् । रवि लामिछानेको पत्रकारिता गर्दागर्दै उनको व्यक्तिगत शुभ लाभको लागि गरिएका आर्थिक कारोवारको फेहरिस्त तथा सहकारीमा रहेका जनताका सम्पत्ति माथि त्यसैको जग माथि ग्यालेक्सी टेलिभिजन उभिएको थियो । सहकारीको रकम डुब्नुमा उनी निर्दोष छन् भन्न मिल्छ र ? उनको सहभागिता जे.वी. राईको गुणगान रविका स्वरहरू अझै मेटिएका छैनन् । प्रस्ट सहभागी हुँदाहुँदै म छैन मैले खाएको छैन भने सहकारी सम्पत्ति माथि उनलाई चोख्याउन मिल्छ ? ग्यालेक्सी टि.भी.द्वारा गरिएको जनताको सम्पत्ति माथि ग्यालेक्सीको प्रारूप मा रवि लामिछाने म निर्दोष छु, मेरो संलग्नता छैन भन्न मिल्छ ? पत्रकारको भेषमा सहकारी सम्पत्तिको दुरूपयोग आदिलाई सत्ताको डण्डा चलाएर मटियामेटमा लागेको, खाइ पचाइका लागि गृहमन्त्रीको आवरण ओढेको प्रस्ट छैन ?

तरहरा, इटहरी 
२०८१ वैशाख २४, सोमबार