सौरभहरू

सौरभहरू

ऋतु आशिक  |  साहित्य  |  जेठ ०५, २०८१

एमाले कम्युनिष्ट नेता कमाउनिष्टको कलेवरमा
नेपाली काँग्रेस भारतीय प्रजातन्त्रको लवेदा लाएर
माओवादी भारतीय जुठोपिरोका खोलमा
कतै सद्भावना
कतै राष्ट्रिय प्रजातन्त्र पार्टी 
कतै रास्वपा छदम् क्रियाकलापमा 
यसबेला छताछुल्ल भएको छ । 
प्रचण्ड ओली देश घातक पर्यायमा फेरिएका छन् । 
देशद्रोही हरकत सँगै 
आयातीत पार्टीमा फेरिएका छन् । 
यी सबै स्वार्थको जगमा 
मुलुकलाई सिक्किमीकरण तर्फ लाग्दैछन् । 
यी सबै सीमा पारिका दाना पानीले पुस्टिएका छन् । 

देश रहने कि नरहने 
अतेश लाग्दो क्षण हुर्कदै छ । 
हामी आफूमा सौरभहरू ओढेर 
सांसदहरूको कान उखेलिने गरि चिच्याऔँ 
चिच्याइ–चिच्याइ देश प्रतिको पीडाबोध स्वीकार्दै उठौँ । 
चिच्याइ–चिच्याइ पुनरावृत्ति स्वरहरू 
संविधान निर्माण भारत परस्त छ ।                                         
मुलुक यसबेला सिक्किमीकरण दिशामा अग्रसरित छ । 
संविधानका पाँच बुँदामा
देश नै नरहने लिपिबद्ध गरिएको छ । 
देश कुनैबेला सिद्धिन सक्छ । 
सरकारले गरेको कुनै कामको प्रश्न नै गर्न पाइँदैन । 
यस्तो पनि संविधान हुन्छ ? 
यो त सिक्किम बनाउने प्रपञ्च हो । 
हो ! यो त सिक्किम बनाउने प्रपञ्च हो । 
 

तरहरा, इटहरी 
२८ शुक्रबार, वैशाख २०८१