केजिन राई | समाचार | जेठ १९, २०८१
क्यासेल्लो ।किरात राई समुदायको महान् चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भव्य रूपमा सम्पन्न भएको छ ।
किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात ऐले सम्बत् ५०८४ को सुखद अवसरमा किरात पितृ पूजा सहित सामूहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीले गर्नु भएको थियो ।
राजदूत राजभण्डारीले परदेशमा पनि आफ्नो कला-संस्कृति, संस्कार र भेष भूषालाई जीवन्त बनाउँदै विदेशीहरूको सामु पस्कने कार्य नेपालकै लागि गौरवको कुरा रहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि बेल्जियमको प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणले यो ठाउँमा पनि नेपालको राई समुदायको साकेला हेर्न र नाच्न पाउँदा खुसी लागेको बताउनु भयो ।
अर्का अतिथि लुभेन महानगरपालिकाका उपमेयर दिर्क भेन्सिनाले यो महानगर विविधताले भरिएको र एक सय ६० भन्दा बढी राष्ट्रका मानिसहरू बसोबास गरिरहेका लुभेन नगरमा नेपाली राई संस्कृतिमा रमाउन पाउँदा हर्षित रहेको बताउनु भयो ।
साकेला फेस्टिवलमा बेल्जियमको दोस्रो ठुलो राष्ट्रिय राजनैतिक दल सिडीएण्डभीका युवा उपाध्यक्ष रुबेन गेलेन्स, लुभेन महानगरपालिका डाईभरसिटी विशेषज्ञ आन एन्ग्लान , पोलेसी सल्लाहकार यासिन एलात्तर , आईफई डाईरेक्टर मिगायल अन्जेल लगायत विशिष्ट अतिथिको उपस्थिति रहेको र साकेला नृत्य समेत गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अध्यक्ष सिता सापकोटा , नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका कार्यवाहक अध्यक्ष मुना राई , विश्व मगर सङ्घ अध्यक्ष लोक राना , किरात याकथुम चुम्लुङ अध्यक्ष बदन योंगहांग , शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा , तमु समाज अध्यक्ष होम गुरुङ , तामाङ समाज अध्यक्ष राम लामा , थकाली सेवा समिति प्रतिनिधि श्री आनन्द शेरचन , तमुधी अध्यक्ष सङ्गीता गुरुङ , एनआरएन ग्लोबल बेल्जियम अध्यक्ष पद्म गुरुङ ,क्षेत्री समाजका यशोदा थापा, पाशापुच प्रतिनिधि ढेबु श्रेष्ठले साकेलाको शुभकामना भन्नुभयो ।
साकेला २०२४ बेल्जियम कार्यक्रममा एनआरएनए पूर्ब केन्द्रीय उपाधक्ष अर्जुन कुमार श्रेष्ठ, जनसम्पर्क समिति यूरोप महामन्त्री गंगाधर गौतम ,बेल्जियम महामन्त्री गोबिन्द सिह अधिकारी , संघीय समाजबादी बेल्जियम अध्यक्ष नेत्र मगर ,प्रबासी मंच बेल्जियम निबर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशा , उपसचिव जनक सुबेदी , जनप्रगतिशील मंच उपाध्यक्ष मनिष तमु , राप्रपा बेल्जियम अध्यक्ष अनिल थापा , राष्ट्रीय स्वतन्त्र पार्टी बेल्जीयम सल्लाहकार डिल्लीराम भण्डारी हुनुहुन्थ्यो ।
त्यसैगरी एन नेपाल ब्यबशायी सङ्घ बेल्जियम अध्यक्ष चिरन कुमार खवास , नेबाब फुड फेष्टिभल संयोजक तथा युवा समाजसेवी काशी दनाई ,पर्बत समाज अध्यक्ष नन्दा कुमारी गुरुङ , कास्की समाज अध्यक्ष जिबन तमु , एनारएन बेल्जियम , नेपाल टेलिकम सहनिर्देशकद्य नबराज खतिवडा , बरुण घिमिरे , क्याट बेल्जियम अध्यक्ष इश्वरी कंडेल , यूरो नेपाल कलाकार सङ्घ बेल्जियम बरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङ ,एन आर एन बेल्जियम महासचिब रुबिना शर्मा , लुम्बिनी कपिलबस्तु अभियान प्रतिनिधि रश्मि निरौला ,बाग्लुंग समाज अध्यक्ष मोहन गौतम ,सांग्रिला समाज अध्यक्ष नारायण अधिकारी,सिक्लेस पार्च्रे कल्याण कोष अध्यक्ष ओम प्रशाद तमु ,पूर्वेली समाज लुभेन सयोजक तथा एनआरएन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल , मादल इन्टरतेंमेंट सयोजक अजित तुलाचन , नेफिन बेल्जियम सलाहकार अनिता लामा लगायत विभिन्न सङ्घ सस्थाको उपस्थिति रहेको थियो ।
आफ्नो मौलिक पोशाक र गरगहनाले सजिएका किरात राई बाल(बच्चा,युवा(युवती ,बयष्कहरूको साकेला सिली र ढोल झ्याम्टाले क्यासेल्लो पार्क गुन्जायमान भएको थियो भने सम्पूर्ण बिदेशी(नेपाली पाहुनाहरूले सिली टिप्दा झनै साकेला रौनक बनेको थियो ।
तीन सय ५० बढी सहभागी कार्यक्रम समाजका अग्रजहरू धन कुमार बान्तवा, देव राई ,मालती राई , श्रेया राई , भबिन्द्र राई ,मोनी कुलुंङ लगायतले सुम्निमा(पारुहांग पित्रु , भूमि र प्रकृति,पूजा गर्दै बालीनाली चरा चुरुंगी , जलचर स्थलचर जिबजन्तु बारे भाकल गर्दै आशिर्वाद मागेका थिए ।
\
ब्यबस्थापन र अतिथि सत्कार तर्फ सोसाइटी उपाध्यक्ष सरु चाम्लिङ , रेनुका राई ,राजेन राई , गोपाल साम्पांङ,आर्टेन नाछिरिंङ, सोनिया राई ,इकु राई ,दिब्यानी खालिंग , अनिता लामा राई , सुनिल राई , सुबास चाम्लिङ्, रोशन राई ,मयुमा राई , लिना राई , पुनम चाम्लिङ , ड्रिष्ना राई लगायतले गरेका थिए ।
कार्यक्रममा बेल्जियमको प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणसहित विशिष्ट अतिथीहरूले सयुक्त रूपमा देब राई ,सरू राई , धन कुमार बान्तावा,मुना राई , ऋषि धन राई - जर्मनी,पासुंग डिल्ली राई -जर्मनी नेपाल पत्रकार महासङ्घ युरोप अध्यक्ष केजिन राई , एनआरएन जर्मनी अध्यक्ष निन्नामा राईलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
सोसाइटीका महासचिव सबनम राईले डच र नेपालीमा संचालन र साकेलाबारे चर्चा गरेको उद्घाटन कार्यक्रममा अतिथिहरूलाई मुना राईले स्वागत गर्नु भएको थियो भने सोसाईटीका अध्यक्ष इन्दिरा चाम्लिङले सभापतित्वमा गर्नु भएको थियो ।
अध्यक्षले पूजा र चाड भएकाले उपस्थिती खानपिन सबै निश्शुल्क गरिएको र साकेला चाड बारे चर्चा गर्नु भएको थियो ।