उच्च रक्तचापः  के हो ? कसरी थाहा पाउने ?  के के हानी पुर्‍याउँछ ?

उच्च रक्तचापः  के हो ? कसरी थाहा पाउने ?  के के हानी पुर्‍याउँछ ?

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  असार ११, २०७६

स्वस्थ मानिसको मुटुको धड्कन एक मिनेटमा सामान्यतया ६० देखि १०० सम्म हुनुलाई सामान्य मानिन्छ । एक मिनेटमा मानिसको मुटु ८०/९० पल्ट चल्ने गर्छ । यसरी मुटु खुम्चिँदा मुटुभित्रबाट रगत धमनीहरू हुँदै शरीरका सबै अंगमा पुग्ने गर्छ । शरीरका अंगमा रक्तसंचार गर्नका लागि रक्तचाप अति आवश्यक हुन्छ । 

शरीरमा नभई नहुने रक्तचाप सधैं एकै किसिमको भने हुँदैन । सास लिँदा रक्तचाप केही मात्रामा घट्न सक्छ । सुतेकोभन्दा उभिएको अवस्थामा रक्तचाप कम हुने गर्छ । अचानक लाग्ने डर अथवा चिन्ता हुँदा रक्तचाप बढ्न सक्छ । यसर्थ केही मात्रामा रक्तचाप बढ्दा वा घट्दा चिन्ता गरिहाल्नु हुँदैन । रक्तचापमा बाह्य वातावरणको प्रभाव पर्छ, त्यसकारण अस्पताल वा क्लिनिक र घरमा जाँच्दा रक्तचाप फरक हुन सक्छ । २४ घण्टा रक्तचाप जाँच्ने मेसिनले नापेकोमा भने बाह्य प्रभाव कम हुने हुँदा यस किसिमको जाँच उच्च रक्तचापको निदानका लागि प्रयोग गरिन्छ । रक्तचापलाई सजिलैसँग नापेर रेकर्ड गर्न सकिन्छ । 

ब्लड प्रेसर जाँच्ने मेसिन र स्टेथसकोपद्वारा ब्लड प्रेसर बढेको वा घटेको थाहा पाउन सकिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक ‘ब्लड प्रेसर’ भन्ने गरिन्छ ।

Stephen Hales नामक वैज्ञानिकले सर्वप्रथम सन् १९३३ मा घोडाको रक्तचाप नापेका थिए । Stephen को जन्म बेलायतको Kent मा भएको थियो । सन् १८९६ मा Scipione Riva Roccl रगत जाँच्ने मेसिनको पहिलो पटक आविस्कार गरेका हुन् । हिजोआज यिनै मेसिनद्वारा चिकित्सकलाई जचाउन आउने सबै बिरामीको ब्लड प्रेसर हेर्ने गरिन्छ । रोग नभएका पुरुष तथा महिलाको समय–समयमा ब्लड प्रेसर परीक्षण गर्ने सल्लाह दिइन्छ । समयमा नै ब्लड प्रेसर बढेको थाहा पाउँदा यसबाट शरीरमा पर्ने अवान्छनीय प्रभावबाट बच्न र रोकथाम गर्न सकिन्छ ।

अनियन्त्रित रक्तचाप भएका पुरुष तथा महिलालाई हृदयघात हुने सम्भावना बढी नै हुन्छ । मृगौला रोग उच्च रक्तचापको एउटा मुख्य कारणबाट हुने हो भने उच्च रक्तचापले मृगौलालाई काम नै गर्न नसक्ने बनाइदिन सक्छ । उच्च रक्तचाप भएका मानिसको मस्तिष्कमा रक्तस्राब भई पक्षघात हुने सम्भावनालाई पनि हामीले बिर्सनु हुँदैन । अनियन्त्रित उच्च रक्तचापमा आँखाभित्र रक्तस्राब भएर मानिस अन्धो पनि हुन सक्छ । उच्च रक्तचापले मुटु कमजोर बनाएर शरीर सुनिने र सास बढ्ने रोग लाग्ने गर्छ । 

उच्च रक्तचापलाई समयमा नै उपचार गरिएन भने हाम्रा शरीरका विभिन्न अंगमा नराम्रो असर गर्छ । उच्च रक्तचापले खासगरी मुटु, मृगौला, मस्तिष्क र आँखामा असर पुर्‍याउँछ । अनियन्त्रित रक्तचाप भएका पुरुष तथा महिलालाई हृदयघात हुने सम्भावना बढी नै हुन्छ । मृगौला रोग उच्च रक्तचापको एउटा मुख्य कारणबाट हुने हो भने उच्च रक्तचापले मृगौलालाई काम नै गर्न नसक्ने बनाइदिन सक्छ । उच्च रक्तचाप भएका मानिसको मस्तिष्कमा रक्तस्राब भई पक्षघात हुने सम्भावनालाई पनि हामीले बिर्सनु हुँदैन । अनियन्त्रित उच्च रक्तचापमा आँखाभित्र रक्तस्राब भएर मानिस अन्धो पनि हुन सक्छ । उच्च रक्तचापले मुटु कमजोर बनाएर शरीर सुनिने र सास बढ्ने रोग लाग्ने गर्छ । 

कस्तो रक्तचापलाई बढेको भन्ने र कस्तोलाई सामान्य मान्ने भन्ने विषयको जानकारी लिनु मानिसको लागि अति आवश्यक छ । विगतमा सामान्य मानिएको मानिसको रक्तचाप हिजोआज बढेको मान्ने गरिन्छ । सन् १९११ मा अमेरिकन विशेषज्ञले -ACC/AHA_ उच्च रक्तचापको परिभाषा परिवर्तन गरेका छन् । यो परिभाषा वैज्ञानिक अनुसन्धानमा आधारित भएको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन । 

१२०/८० भन्दा मुनिको रक्तचापलाई सामान्य मानिएको छ । १२५/८० र योभन्दा माथिको रक्तचापलाई उच्च रक्तचाप मान्ने गरिएको छ । बढेको रक्तचापलाई  (Stage 1= 130-13/80-89, Stage 2= 140/90) दुई श्रेणीमा विभाजन गरिएको छ । सिस्टोलिक उच्च रक्तचाप भन्नाले सिस्टोलिक ब्लड प्रेसर १३० भन्दा ज्यादा तर डायस्टोलिक ब्लड प्रेसर ८० भन्दा कम भएको सम्झनु पर्छ । 

विभिन्न अवस्थामा नापेको रक्तचाप बेग्लाबेग्लै रिजल्ट पनि आउन सक्छ । चिकित्सकको अफिसमा नापेको रक्तचाप र घरमा नापेको रक्तचाप फरक पर्न सक्छ । २४ घण्टामा मेसिनले आफै नापेका रक्तचापले उच्च रक्तचापको निदानमा धेरै मद्दत गर्न सक्छ ।

अमेरिकन विशेषज्ञको समूह अनुसार २४ घण्टाको सालाखाला रक्तचाप १२५/८०, दिनको समयको १३०/८० र राती सुतेको बेलाको ११०/६५ रक्तचापलाई सामान्य मानिएको छ । त्यहाँ उल्लेखित दिनको रक्तचाप १३०/८० अथवा यो भन्दा धेरै पाइएमा उच्च रक्तचाप भएको मान्नु पर्छ । 

अमेरिकन विशेषज्ञको समूहले १३०/८० र योभन्दा ज्यादा भएको चापलाई उच्च रक्तचाप मानेका छन् भने युरोपियन विशेषज्ञको समूहले अफिसमा नापेको १४०/९० र योभन्दा ज्यादा भएको रक्तचापलाई उच्च रक्तचाप मानेका छन् । उच्च रक्तचापको निदान र उपचार गर्दा चिकित्सकले धेरै कुरालाई ध्यान दिनुपर्छ । समय– समयमा नापेको रक्तचाप फरक पर्न सक्छ । डाक्टरको क्लिनिकमा जाँचेको रक्तचाप सामान्य तर काम गरेका ठाउँमा नापेको रक्तचाप ज्यादा पनि पाउन सकिन्छ । 

उच्च रक्तचाप भएका मानिसलाई उच्च रक्तचापको प्र्रभाव परिसकेको पनि हुनसक्छ । इसिजी र एकोकार्डियोग्राममा मुटु सुनिएको पाउन सकिन्छ । मृगौलामा प्रभाव परेको रक्त र पिसाव जाँचद्वारा थाहा पाउन सकिन्छ । यसरी उच्च रक्तचापको प्रभाव परिसकेका मानिसलाई उच्च रक्तचापको उपचार गराउन ढिलो गर्नु हुँदैन । 

अनियन्त्रित उच्च रक्तचाप भएका व्यक्तिलाई अचानक मस्तिष्कभित्र रक्तस्राब भएर पक्षघात हुने सम्भावना हुन्छ । यसर्थ समय–समयमा रक्तचाप जाँच गराउनु बुद्धिमानी मानिन्छ । उच्च रक्तचाप हुँदा टाउको दुख्ने र रिगंटा लाग्ने गर्छ । उच्च रक्तचाप भएका व्यक्तिलाई कुनै किसिमको लक्षण नदेखिन पनि सक्छ । कुनै किसिमका लक्षण नभएका महिला तथा पुरुषले उच्च रक्तचाप भए नभएको थाहा पाउनु अति आवश्यक छ । बढेको रक्तचाप पाइएमा मुटुमा र मृगौलामा प्रभाव परेको नपरेको जानकारी लिनु अति जरुरी हुन्छ । उच्च रक्तचाप भएका व्यक्तिको आँखामा प्रभाव पर्ने सम्भावना भएकाले समय–समयमा आँखाको परीक्षण गराउनु पर्छ । उच्च रक्तचाप भएकाले आफ्नो तौल सामान्य अवस्थामा राख्नु त्यतिकै जरुरी छ । बढेको तौललाई खाना कम खाएर र नियमित व्यायाम गरेर घटाउन सकिन्छ । 

उच्च रक्तचाप भएका व्यक्तिले चुरोट–बिँडी खानु हुँदैन । सूर्तीजन्य पदार्थको सेवन गर्नेलाई फोक्सोको क्यान्सर र हृदयघात हुने सम्भावना बढी हुन्छ । रगतमा कोलेस्ट्रोल ज्यादा हुँदा र डायबिटिज हुँदा हृदयघात हुने सम्भावना ज्यादा हुन्छ । बढेको कोलेस्ट्रोललाई खानपिन बारेर र औषधि खाएर सामान्य पार्नु पर्छ । डायबिटिज हुनेले पनि खानपिन बारेर र औषधि खाएर रोग नियन्त्रण गर्नुपर्छ । उमेर बढ्दै जाँदा रक्तचाप पनि बढ्दै जान्छ । वृद्धावस्थामा डायस्टोलिकभन्दा सिस्टोलिक रक्तचाप बढ्छ । बढेको सिस्टोलिक ब्लड प्रेसर शरीरका लागि हानिकारक मानिएको छ । यसको समयमा नै उपउचार गराउनु पर्छ । 

विशेषज्ञले १३०/८० र योभन्दा धेरै रक्तचापलाई उच्च रक्तचाप मानेका छन् । यस अनुसार वयस्कको उच्च रक्तचापको घटनाक्रम स्वतः बढ्छ । अमेरिकामा ४६ प्रतिशत, भारतमा ४३ प्रतिशत र चीनमा ५० प्रतिशत उच्च रक्तचापबाट पीडित मानिस रहेको विभिन्न अध्ययनले देखाएका  छन् ।