ग्रन्थलाई ग्रन्थी नबनाऔं

ग्रन्थलाई ग्रन्थी नबनाऔं

ज्ञानमित्र  |  समाज  |  माघ ८, २०७५

अधिकांश प्राचीन शास्त्रहरूमा इमानदारीपूर्वक लेखिएको छ, ‘न यो सत्य, न त्यो सत्य । बरु सत्य त सनातन छ, सत्य अपार छ कुनै सीमामा यसलाई वाँध्न सकिन्न’ । छातीमा हात राखेर भन्नुस् तपार्इँले त्यो शास्त्रलाई सत्य मान्नुभयो कि शास्त्रले निरूपण गरेको सत्यलाई कहिल्यै बुझ्ने प्रयास गर्नुभयो ? तपार्इँ आफ्नो शास्त्रलाई नै सत्य मानेर आफैं जस्तो अर्को मूढसँग तर्क, शास्त्रार्थ, वाकयुद्ध वा युद्धमा नै होमिनु भएन कि ? हाम्रो धर्मको इतिहास यही होइन र ?

यदि तपाईँहरूसँग एउटा प्रश्न गर्ने हो भने मलाई कौतुहल छ, जवाफ के आउँछ होला ? ल प्रश्न गरी नै दिऊ शास्त्र र सत्यमध्ये तपाईँ कुन रोज्नुहुन्छ ? मलाई थाहा थियो– तपाईँहरूले सत्य नै रोज्नुहुन्छ । अब तपाईँ सोध्न सक्नुहुन्छ, जब मलाई तपाईँहरूको जवाफ थाहा थियो भने मैले कौतुहल केका लागि बोकिरहेको थिएँ । 
मेरो कौतुहुल तपाईँको रोजाईबारे प्रष्ट भएकाले उत्पन्न भएको हो, कौतुहल मात्र होइन एक किसिमको पीडा, छटपटाहट नै छ मभित्र तपाईँहरूको उत्तरले, सत्यको रोजाइले । तपार्इँहरूले शास्त्र रोज्नुभएको भए (वा जसले शास्त्र रोज्नुभएको छ उहाँहरूसँग विनम्रतापूर्वक नपढ्न अनुरोध गर्छु) मेरो मस्तिष्क किचिंत पनि सल्बलाउने थिएन । तपाईँको रोजाइमा मेरो आपत्ति गर्ने कुनै हक रहन्न थियो । तर, ज–जसले सत्यलाई रोज्नुभएको छ उहाँहरूसँग संवाद गर्ने मेरो लेखकीय अधिकारको उपयोग गर्दैछु । 
अधिकांश प्राचीन शास्त्रहरूमा इमानदारीपूर्वक लेखिएको छ, ‘न यो सत्य, न त्यो सत्य । बरु सत्य त सनातन छ, सत्य अपार छ कुनै सीमामा यसलाई वाँध्न सकिन्न’ । छातीमा हात राखेर भन्नुस् तपार्इँले त्यो शास्त्रलाई सत्य मान्नुभयो कि शास्त्रले निरूपण गरेको सत्यलाई कहिल्यै बुझ्ने प्रयास गर्नुभयो ? तपार्इँ आफ्नो शास्त्रलाई नै सत्य मानेर आफैं जस्तो अर्को मूढसँग तर्क, शास्त्रार्थ, वाकयुद्ध वा युद्धमा नै होमिनु भएन कि ? हाम्रो धर्मको इतिहास यही होइन र ?
त्यसपछिका शास्त्रमा पनि ‘यस्कै र यस्तै’ चर्चा भयो, त्यही चर्चामाथि अनवरत परिचर्चा गर्दै पुस्तकालय भरिँदै गए र जति जति शास्त्र रचिँदै गए हामी उति उति नै सत्यबाट टाढा हुँदै गयो । किनकि हामीले सधैँ शास्त्रलाई नै सत्य मान्यौं । शास्त्रले इंगित गरेको सत्य खोज्न परिश्रम आवश्यक हुन्थ्यो त्यो झन्झटयुक्त बाटो किन रोज्ने ? फेरि के ग्यारेण्टी शास्त्रले इंगित गरेको सत्य पाइन्छ नै । बरु सर्टकट बाटो रोज्यौं, शास्त्रलाई नै सत्य मानेर हामीले उसकै पूजा ग¥यौं– आरती श्री रामायणजी की, कीर्ति कलित ललित सिय पियकी ।
कतै आइन्सटाइन पूर्वमा जन्मेको भए हामीले उनको खोज भ्.ःऋद्द लाई स्वर्णाक्षरले लेखेर, शानदार फ्रेम बनाई नित्य पूजा तथा आरती गरी प्रसाद वितरण गर्ने थियांै कि ?
नयाँ नयाँ ग्रन्थको रचनाक्रममा ग्रन्थकारले ‘अपडेटेड’ सत्य हामीलाई हस्तान्तरित गर्दै गए, यस दूरभिचेष्टामा मूल सत्य सुप्त हुँदै गयो, लुप्त हुँदै गयो । ‘सनातन सत्य’ ‘एनिमेटेड भर्सनमा’ नयाँ–नयाँ अवतारमा प्रकट हुँदै गयो र यसै नूतन ‘भर्सनको’ सत्यले सनातन सत्यलाई ‘प्रिजर्भ’ गर्ने ठेकेदारी पायो । हामी शास्त्रलाई समातेर सगर्व घोषणा गर्दै हिँड्न थाल्यौं, यही नै हो त्यो सत्य, यसै ग्रन्थमा÷शास्त्रमा निहित छ जीवनको रहस्य । वास्तविक जीवनबाट विमुख हुँदै गएर हामी शास्त्रमा जीवन खोज्न थाल्यौं, शास्त्रकै लागि बाँच्न, मर्न थाल्यौं । 
शास्त्रले स्पष्ट गरेकै थियो, मलाई पढेर तिमी जानकार त हुन सक्छौ, तथाकथित ज्ञानी हुन सक्छौ तर आफ्नो जीवनमा मेरो प्रयोग गरेनौ भने यो जानकारीले तिमी आफ्नो वास्तविक जीवनबाट वञ्चित हुनेछौ ।
यहाँसम्म आइपुग्दा पनि तपार्इँलाई लाग्छ, तपाई शास्त्र र सत्यमा सत्य नै रोज्नुहुन्छ ? फर्केर आफ्नो जीवनलाई आफ्ना विगतका गतिविधिलाई नियाल्नुस् । हिजो मात्रै कति पटक सत्यलाई अवहेलना गरेर तपाईँले शास्त्र समाउनुभएको थियो । गीता, उपनिषद, वेद लगायत आदि ग्रन्थका एउटा दुइटा महावाणी त तपाईँलाई कण्ठागै्र (मुखाग्रै) होलान् । मलामी बनेर आर्यघाट पुग्नुभयो, मृतकका परिवारजनलाई, ‘आत्मा अजर अमर छ, शरीररूपी वस्त्र मात्रै फेरिएको हो, सबैको परिणती यही हो’ उपदेश दिँदै सामाजिकता निर्वाह गर्नुभयो, त्यहाँ रहुन्जेल बडो दार्शनिक हुनुभयो, यस्तै हो जीवन केही सार छैन, मरेर केही लानु छैन, खाली हात आयांै खाली नै जान्छौं आदि आदि । तर फर्केपछि कहिल्यै
तपाईँ आफैंले त्यो आत्माबारे चिन्तन गर्नुभयो ? लानु केही छैन मरेर बुझ्दा बुझ्दै (खै कस्तो बुझाई हो) आफूसँग आएको ‘फाइल’ अगाडि बढाउन ‘उपरको इन्कम’ नलिई मान्नु भएन । 
शास्त्र सत्य भएको भए वेदपछि अरु रमिता किन आवश्यक पथ्र्यो ? स्वयं भगवानको मुखबाट प्रकट भएको अपौरुषेय सत्य ग्रहण नगरी ऋषिहरू किन लागे उपनिषद्को यात्रामा ? र, यसरी सुरु भयो सत्यको आ–आफ्नो व्याख्या । उपनिषद् नै एक अर्काको सत्यसँग मतैक्य राख्दैनन् ।
वेद अथवा उपनिषदमा सत्य वर्णित भएको होला, यसमा संशय राख्ने न मेरो साहस छ न अधिकार नै । तर, षडदर्शनका जनकहरूले उपरोक्त ग्रन्थहरूको वर्णित सत्यसँग यदि साक्षात्कार गर्ने सुगमता अथवा सुलभता हुन्थ्यो भने कपिल मुनिले सांख्यको, (जसको लागि कृष्ण गीतामा भन्छन्, सिद्धानां कपिलो मुनिः) प्रादुर्भाव किन गर्नुपथ्र्याे ? त्यसपछि कणाद र कश्यपले वैशेषिक दर्शन, जैमिनीले मीमांशा, गौतमले न्याय दर्शन, पतंजलीले योग दर्शन र वादरायण (यिनलाई व्यास पनि मान्छन् कोही कोहीले) बाट सुरु भएको वेदान्त दर्शन आदि शंकराचार्य(अद्वैत), रामानुजाचार्य(विशिष्ट अद्वैत), माधवाचार्य( द्वैत), निम्वार्क( द्वैताद्वैत), वल्लभाचार्य(शुद्ध अद्वैत) र चैतन्य महाप्रभु(अचिन्तय भेद अभेद) सम्म पुग्यो । सबै वेदमै आधारित छन् । सबै दर्शनले एक अर्कालाई टेकेकै छन्, विमति पनि राखेकै छन् । सत्यलाई जस्ले हेरे, एक–अर्कोभन्दा भिन्न नै देखे । आत्मा, पुरुष, प्रकृतिबारे यिनीहरूमा मतभिन्नता छ । आत्मा, आदि पुरुष, मूल प्रकृतिबारे नै हाम्रा ऋषि–मुनि एक मत छैनन् भने यिनको विश्वसनियता कसरी पत्याउने एक हिसाबले भनौं भने यी षडदर्शन वेदकै विस्तारित रूप हुन्, तपाईँलाई पढ्न अप्ठेरो भए पनि के यसो भन्दा फरक पर्ला, सबै वेदकै ज्ञानका दोकान हुन् । 
अब भन्नुस्, तपाईँले पत्याएको ग्रन्थ कुन हो जसलाई ग्रन्थी बनाएर तपाई सारा संसारसँग भिड्न तत्पर हुनुहुन्छ ! सत्य ग्रन्थमा भएको भए सत्य निरूपण गर्ने यो अनवरत चेष्टा किन भइरहन्थ्यो ? अथवा सत्य यति बहुरूपिया यति छद्मभेषी छ, ज–जसले साक्षात्कार गरे, जे साक्षात्कार गरे त्यसकै प्रतिपादन गरे । यसलाई मानेर हिँड्ने हो भने पनि उनीहरूको सत्यानूभुति तथा सत्यवर्णित शास्त्रको उपादेयता उनीहरूपछि नै समाप्त हुनुपर्ने हो ! तपार्इँका लागि त्यो आधार भूमि हुनसक्छ, गन्तव्य होइन । सत्यरूपी गन्तव्यको यात्रा तपाईँले आफ्नै वुद्धि विवेकबाट गर्नुपर्ने हुन्छ ।