भीम रावलको अभिव्यक्तिः 'सरासर झुट' भएको भन्दै प्रतिवादमा उत्रिए सयभन्दा बढी समकालीनहरू

भीम  रावलको अभिव्यक्तिः  'सरासर झुट' भएको भन्दै प्रतिवादमा उत्रिए सयभन्दा बढी समकालीनहरू

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७६

काठमाडौँ ।  नेकपा  तथा सुदूर पश्चिमका इन्चार्ज  भीमबहादुर रावलले  एक अनलाइनमा दिएको अन्तरवार्ता र त्यहाँ  बाेलिएकाे कुरालाई लिएर सार्वजनिक रूपमा  करिब एक सय जना भन्दा बढी रावलका समकालीन अखिलका नेता तथा  कार्यकर्ताले  बिराेध र असहमति प्रकट गरेका छन् । यो  बिराेधसँगसँगै इतिहासका धेरै वटा पाटा उजागर भएका छन् । 

रावलले एक  अन्तरवार्तामा 'विगतमा अखिलको अध्यक्ष पद साथीको आग्रहले छाडे र दोस्रो कुरा ०४८ सालमा मैले मन्त्री पद छाडेकाले झुलनाथ खनाल मन्त्री हुन पाए'   भन्नु भएको  थियो ।

 सो भनाइलाई  लिएर पहिलो पटक अन्तरवार्ता सच्याउन उहाँका समकालीन  अखिलका नेता कोमल भट्टराईले सच्याउन आग्रह  सामाजिक सञ्जाल फेसबुक मार्फत  आग्रह गरे पछि एक सय जना भन्दा बढी समकालि नेता तथा  कार्यकर्ताले  इतिहासको बारेमा बोलेका कुरालाई असहमति जनाउँदै एकै पटक बिराेध र असहमतिमा उत्रनु भएको हो ।

यसरी पहिलो सार्वजनिक रूपमा  पटक गरिएको  आग्रहलाई लाेकस‌ंवाद  डटकमले भीम रावलले बोलेको कुरा  'सरासर झुट, असहिष्णु कम्युनिस्ट अगुवा, युएन भोलेन्टियर र देशको पोलपोट' भएको आरोप भन्ने  शीर्षकमा समाचार नै प्रकाशन गरेको  थियो । यो समाचारमा  अखिलका नेता कोमल भट्टराईको स्टाटसलाई जस्ताकाे तस्तै राखिएको  थियो । त्यसपछि चर्को   विरोध भएको हो । यसरी पार्टीको शक्तिशाली पदमा रहेर  विगत र इतिहासको बारेमा  'सरासर झुट' बोल्दा समकालीनहरूले कसरी प्रतिवाद गर्दा रहेछन् भन्ने उदाहरणको रुपम  लिन सकिन्छ ।  के थियो वास्तविकता र समकालीनहरूले के के भने त रावलको भनाइमा । 

पहिलो असहमति 

समकालीन  अखिलका नेता कोमल भट्टराईले सच्याउन आग्रह  सामाजिक सञ्जाल फेसबुक कृपया टङ्क कार्कीलाई अध्यक्ष र झलनाथका लागि मन्त्री त्याग गरेँ भन्ने कुरा सच्याउन लगाउनु होला भनेर लामो स्टाटस  लेख्नु  भएको  थियो ।  साथीसङ्गीहरू ! लाई सम्बोधन गरेको  स्टाटसमा   ' ०३५ सालमा अखिलको अध्यक्ष पद साथीको आग्रहले छाडेँ र दोस्रो कुरा ०४८ सालमा मैले मन्त्री पद छाडेकाले झुलनाथ खनाल मन्त्री हुन पाए।'  भन्ने कुरामा असहति जनाउनु भएको थियो  । रावलको भनाइ सरासर झुट भन्दै यस्तो स्टाटस यस्ता  थियो । 

अखिलका नेता कोमल भट्टराईकाे स्टाटसकाे समर्थन गर्दै अनेरास्ववियू २०३८-२०३९ का केन्द्रीय सदस्य तथा धरान उपमहानगरपालिकाका भूपू मेयर हाल समाजवादी पार्टीका केन्द्रीय सदस्य अझ 'थप्न परे म थप्छु है भन्नु भयाे  ।

पछिल्ला असहमहरु 

अनेरास्ववियू २०३८-२०३९ का केन्द्रीय सदस्य भूपू सभासद, हाल नेकपामा एमाओवादी पक्षबाट आमन्त्रित स्थायी समितिमा प्रस्तावित ट‌ंङ्क राई बहसमा भाग  लि‌ंदै 'भन्न परे हामी नि बकाैला  नि ' ।

०३६ सालको विद्यार्थी आन्दोलनमा नेकपा मालेको तर्फबाट अस्कलको मोर्चाका नेता । कालो मोसो तथा ठेलाकाण्डको भीँडलाई डोहोर्याउने मध्ये एक । मालेका एक इमान्दार तर गुमनाम मध्यमस्तरीय कार्यकर्ता दामोदरप्रसाद ढुंगेल यसरी 'साक्षी' बस्नु भयाे । 

प्राकृतिक स्रोतमा यूकेको रिडिङ्ग यूनिभर्सिटीबाट विद्यावारिधी गरेका ०३७ सालमा त्रिचन्द्र कलेज स्ववियू सभापति अच्यूत गाैतम फेसबुकमा लेख्नु हुन्छ । 

लामो समय पत्रकारिता तथा मानवअधिकार क्षेत्रमा संलग्न रहेका ०३५/३६ साल ताकाको छात्र आन्दोलनमा सक्रिय याेगेश कृष्ण सम्झना गर्नुहुन्छ ।

तत्कालिन समयमा अस्कल स्ववियूका सदस्य हाल क्यानडा रहनु भएका अबि शर्मा 'लुटर गाडिएकाे इतिहास'को रुपमा  लिनुभएकाे छ । 

२०३६ सालको पुर्वाञ्चल क्षेत्रका गोर्की नामले चर्चित विद्यार्थी नेता  । मदन भण्डारीबाट कारवाही  गरिएका विद्यार्थी नेता गोविन्द कार्कीले यसाे भन्नु भयाे ।

 भीम रावल केन्द्रीय सदस्य रहेकै कमिटीका एक सदस्य, एमाओवादी केन्द्रीय सदस्य । राष्ट्रपति विद्या भण्डारीका राजनैतिक गुरु तथा मदन भण्डारीसँग मिलन गराउने सूत्रधार मानिने हिमालधन  राईको भनाइ छ ।

२०३५/३६ सालको आन्दोलनको एक अगुवा । समाजशास्त्रमा विद्यावारिधी गरेका तथा पूर्वाञ्चल क्षेत्रको सांस्कृतिक अध्ययनमा संलग्न  मातृका तिमिल्सिनाका ठहर छ ।

वरिष्ठ पत्रकार  तिर्थ कोइराला बहसमा भाग  लिन आइपुग्नु हुन्छ ।

अनेरास्ववियू पाँचौ सम्मेलन तयारी समिति २०३६ साउनमा गठीतका एक सदस्य हाल नेकपा समर्थक चन्द्र चापागाई  निश्कर्ष  निकाल्नु हुन्छ । 

०३६ ताका नेकपा मालेको हेडक्वार्टर भएको कोठाका  कार्यकर्ता ट‌ंक श्रेष्ठ लेख्नु हुन्छ ।

भारतको जेएनयूबाट राजनीतिक अर्थशास्त्र विद्यावारिधी गरेका हाल पोखरामा प्राध्यापक  अति भएकाे भएपछि बोल्नु परेको जनाउन  दिनुहुन्छ

प्राध्यापक तथा ०३६ सालका त्रिविवि किर्तिपुरका एक कार्यकर्ता  रोहबरमा बसेकाे लेख्नु हुन्छ ।

काठमाडौंको विद्यालयका विद्यार्थीलाई संलग्न एक अगुवा तथा  हाल दाङमा र नेकपाको एक बुद्धिजीवी  विकास गाैतम बहसलाई अगाडि बढाउनु हुन्छ । 

०३६ सालमा विरगञ्जका विद्यार्थी नेता तथा ठाकुरराम बहुमुखी क्याम्पस सभापति र  ०३७ का अखिलको केन्द्रीय  सदस्य तथा डेनमार्कका भूपू राजदूत   विजयकान्त कर्णकाे भनाइ छ ।

२०३३ देखि लामो समयका काठमाडौंका मालेका नेता र  हाल नेकपाका केन्द्रीय सदस्य युवराज कार्की बहसलाई अगाडि बढाउँदै भन्नु हुन्छ ।

तत्कालिन ल कलेजका नेता राम पाेखरेल चैते र चाटुकारकाे कुरा गर्नु भएकाे छ । 

०३६ देखि ०३९ सम्म सुपमा भूमिगत कार्यकर्ता,  बाँदरसम्बन्धी विद्यावारिधी र  इमेरिटस प्रोफेसर  मुकेश चालिसेकाे भनाई रहेकाे छ ।  

विराटगर क्याम्पसका एक नेता तथा ०३८ मा मोरङ्ग अखिलका सचिव, भूमिगतकालमा मदन भण्डारीको पुस्तकालयका संरक्षक मध्ये एक  र  हाल नेकपामा संलग्न  जीवन ढकालकाे ठहर छ ।

बाद र प्रतिवादमा करिब १०० भन्दा बढी समकालीन नेताहरु सहभागी भएका छन् ।  उल्लेखित प्रतिनिधिमूलक स्टाटसलाई समावेश गरिएको छ । अन्या केही स्टाटसहरु ।

यो पनि

भीम रावलले बोलेकाे कुरा  'सरासर झूट, असहिष्णु कम्युनिस्ट अगुवा, युएन भोलेन्टियर र देशको पोलपोट' भएको आराेप