भारतका पूर्व वित्त तथा गृहमन्त्री चिदम्बरम गिरफ्तार

भारतका पूर्व  वित्त तथा गृहमन्त्री चिदम्बरम गिरफ्तार

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ५, २०७६

भारतका पूर्व वित्त तथा गृहमन्त्री एवम् कांग्रेसका दिग्गज नेता पी. चिदम्बरम  २०७६ भाद्र ४ गते बुधबार बेलुका ९ बजेर ४६ मिनेटमा गिरफ्तारीमा  परेका छन् ।

७३ वर्षीय  चिदम्बरमलाई  केन्द्रिय अनुसन्धान ब्यूरो सिबिआईले  भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार  गरेको हो ।

सिबिआईले  अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन्२००८मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सकृय रहेको आरोप  लगाइएको छ।

 दिल्लीको जोरबागस्थित निवासबाट गिरफ्तार गरेको  थियाे ।

पी. चिदम्बरमलाई गिरफ्तार गर्नका निवास पुगेका सिबिआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको जानाकारी भरतीय संचार माध्यमले  दिएका छन् ।   निवासको मूलढोका नखोलिएपछि अधिकारीहरु पछाडि तर्फबाट  पर्खाल नाघेर समेत भित्र पसेका थिए।

याे पनि

पूर्व भारतीय वित्त तथा गृहमन्त्री चिदम्बरम फरार