जन्मोत्सव प्रचलनः अतिक्रमणको शिकार नेपाली संस्कार र संस्कृति
भदौ ९, २०७६

ऐतिहासिक पृष्ठभूमि 

जन्म दिन (ह्याप्पी बर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर जन्मददिनको गीत अंग्रेजी भाषामा ‘ह्याप्पीी बर्थडे टु यु’  रचना भयो । यो गीत संसारमा यति चर्चित बन्यो  कि सन् १९९८ को  गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम गर्‍यो । संसारका विभिन्न दुई दर्जनभन्दा बढी भाषामा अनुवाद पनि भयो । आज पनि हरेक जन्म दिनको अवसरमा संसारैभर यहीी गीत गाइन्छ ।

सन् १८९३ मा पहिलो पटक गााइएको यो गीतको रचना र संगीत दुई जना दिदीबहिनी मिल्ड्रिड जे. हिल र पाटी स्मिथ हिलले गरेका थिए । ‘गुड मर्निङ टु अल’ बोलको स्कुलको गीतबाट परिमार्जन  गरी ‘ह्याप्पी बर्थडे टु यु’ बोलका यो गीत बनेको हो ।

जन्म दिन खासमा जीवनका कार्यहरूलाइ सफल, मनोरञ्जनपूर्ण र स्मरणयोग्य बनाउन वार्षिक रूपमा मनाउने प्रचलन रहेको छ । संसारका महान् व्यक्तिहरूू, सेलिब्रेटी कलाकारहरूको जन्म दिन मनाइन्छ ।

क्रिश्चियन धर्मावलम्बीले क्रिसमस निकै भव्य रूपमा मनाउने गर्छन् । नेपालमा पनि विभिन्न भगवानका जन्मजयन्तीहरू मनाइने गरिन्छ । सामाजिक, राजनीतिक, साँस्कृतिक, साहित्यिक आदि  महान् व्यक्तिको जन्म दिन मनाउने पुरानै  संस्कार र  संस्कृति हो । पछिल्लो समय यो संस्कृति निकै बढेर आएको देखिन्छ । नेपालमा सुरुमा राजामहाराजाहरुको मात्रै जन्मोत्सव मनाइन्थ्यो ।  सञ्चार र प्रविधिको विकास र विस्तार अनि मानव स्वतन्त्रताको युग सुरु भएसँगै सबैले जन्म दिन मनाउन थालेको देखिन्छ ।

जंगबहादुर राणाले बेलायत भ्रमणमा गएर आएपछि नेपालमा अंग्रेजी स्कुल र जन्म दिन मनाउने संस्कृति भित्र्याएको मानिन्छ । उनले पनि बेलायत घुमेर आएपछि निकै ठूलो जन्म दिन मनाएका थिए । 

बाह्य संस्कृतिको प्रवेश र प्रभाव 

हिन्दुशास्त्रीय मान्यताअनुसार नेपालमा पनि सनातनदेखि जन्मोत्सव मनाउने चलन हुँदै नभएको होइन । जन्म तिथिका दिन सर्वप्रथम बिहानै तिलको तेलसहित चिसो पानीले स्नान गर्ने नयाँँ वा सफा कपडा, जनै लगाउनेहरूले नयाँ जनै धारण गरेर पूर्व दिशातर्फ फर्केर बसी सकेसम्म पूजा कोठामा वा अन्य कोठामा बसेर पूजा गर्ने प्रचलन छ ।

यसरी विधिपूर्वक दियो, कलश, गणेश स्थापना गरी पूजा गर्ने, ‘ॐ अद्येः सकलारिष्ट निवृत्तये श्री विष्णुप्रितये आयुरारोग्याऽभिवृद्धये वर्धापनकर्म करिष्ये’ भन्ने मन्त्र उच्चारण गर्दै संक्षिप्त संकल्प गरेर पूजा गर्ने परिपाटी रहिआएको थियो । कम्तीमा १०८ पटकदेखि बढीमा ५ हजार पटकसम्म यथासक्य संख्यामा आआफ्नो नक्षत्रको मन्त्र जप गर्ने र आफ्नो जन्म नक्षत्रको स्वामीको पूजा गर्ने चलन रहिआएको थियो । 

जन्मोत्सवका दिन पितृलाई स्मरण गरेर पूजा गर्ने, पुराणमा वर्णित अष्ट चिरञ्जीवीहरूको पूजा गर्नुपर्छ भन्ने मान्यता रहेको छ । अष्ट चिरञ्जीवीहरू बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुरामको पूजा गर्ने र मार्कण्डेय ऋषिको प्रार्थना अष्ट चिरञ्जीवीको प्रार्थना गरेर जन्मोत्सव मनाइने खास नेपाली संस्कार, संस्कृति र चलन हो ।  

जन्मोत्सवका दिन साँझमा आफू जति वर्ष पुगेको हो, त्यति नै जोर बत्तीले घरको सबै भागमा दीपावली गर्ने र जति वर्षमा प्रवेश गर्ने हो, त्यो वर्षको प्रतीक स्वरूप एउटा ठूलो दियो पूजा कोठामा बालेर जन्मोत्सव मनाउने नेपाली शास्त्रीय चलन हो । तर त्यसको ठीक उल्टो हिजोआज आयतीत संस्कृतिको प्रभावमा परेर मैन बत्ती बाल्ने  अनि निभएर जन्मोत्सव मनाउन थालिएको छ । यी विधि र बत्ती बालेर (जगाएर) जन्मोत्सव यो नेपाली संस्कार, संस्कृति र चलनको बारेमा कमैलाई मात्र थाहा होला  । 

जन्मोत्सवका दिन सीमित हवनादिसमेत गर्ने इच्छा भएमा सबै आमन्त्रित देवी देवतालाई २८/२८ पटक हवन गर्ने (तर हवन अनिवार्य छैन), कालो तिल र सख्खर मिलाइएको दूध सेवन गर्ने, विधिपूर्वक पूजा सकेपछि देवदेवी, पिता, माता, कन्या र मान्यजनलाई ढोग्नुपर्छ भन्ने मान्यता रहेको छ । 

जन्मोत्सवका दिन साँझमा आफू जति वर्ष पुगेको हो, त्यति नै जोर बत्तीले घरको सबै भागमा दीपावली गर्ने र जति वर्षमा प्रवेश गर्ने हो, त्यो वर्षको प्रतीक स्वरूप एउटा ठूलो दियो पूजा कोठामा बालेर जन्मोत्सव मनाउने नेपाली शास्त्रीय चलन हो । तर त्यसको ठीक उल्टो हिजोआज आयतीत संस्कृतिको प्रभावमा परेर मैन बत्ती बाल्ने  अनि निभएर जन्मोत्सव मनाउन थालिएको छ । यी विधि र बत्ती बालेर (जगाएर) जन्मोत्सव यो नेपाली संस्कार, संस्कृति र चलनको बारेमा कमैलाई मात्र थाहा होला  । 

अझ नेपाली संस्कार, संस्कृति र चलनअनुसार जीवनकालमा एक पटक मात्र हो जन्मदिन मनाउने- त्यो पनि जन्मबार, तिथि, मिति सबै मिल्यो भने मात्र । सायद चौरासी वर्षमा चौरासी गर्ने संस्कार जीवनमा एक पटक मनाइने जन्म दिनमध्येको जन्मोत्सव यही हो सायद । जे होस्, ठूलामान्छे, राजा, मन्त्री, महान् लेखक, कवि, साहित्यकार हुँदै अब यो सर्वसाधारणको पनि संस्कृति बनिसकेको छ । यसरी हेर्दा यो पनि आयतीत कुरा नै  हो , संस्कार, संस्कृति र चलन हो भनेर बुझ्ने गरेको देखिन्छ ।

सबै वर्ग र लिङ्गलाई यसले पहिले पनि निकै मनोवैज्ञानिक असर पारेको र अहिले त झन् भयंकर रूप लिइसकेको अवस्था छ । पुँजीवादी व्यवस्थामा यो संस्कृति फस्टाउने नै भयो । जीवित र मृत दुवैको जन्म दिन र स्मृतिसभाको रूपमा मनाउने चलन रहिआएको छ । हिन्दुहरूले पनि आफ्ना मातापिताको स्मरणमा वार्षिक तिथिमा श्रद्धा (सराद) गर्छन् भने शहीदहरूको नाममा स्मृतिसभा । बाँचुन्जेल जन्म दिन र मृत्युपछि वार्षिक संस्मरण गर्ने चलन रहिआएको छ ।

विभिन्न धर्म, जातजाति, संस्कार, संकृति, भूगोल र परिवेशअनुसार जन्म दिन मनाउने आआफ्नै  तौर तरिका छन् । पारिवारिक भेटघाट, वर्षभरीका राम्रा र गल्ती कमजोरीहरूको समीक्षा, नयाँ काम र सफल जीवनको शुभकामना आदानप्रदान र समीक्षा गर्नु जन्म दिनको खास अर्थ हो । तर नेपालमा यो संस्कृतिको प्रभाव नेपाली समाजको सामाजिक-आर्थिक जीवनलाई नै प्रभाव पार्ने प्रकृतिले आकार ग्रहण गर्दै गइरहेको छ । 

संचार, सञ्जाल अर्थात् सूचना प्रविधिले संसारलाई हत्केलामा राखेर नचाइरहेको युगका उपभोक्ता हौँ हामी । नेपाल पनि भोक्तावादी मुलुकको अग्रसूचीमा नै पर्छ । संसारका सबै गतिविधिहरू अहिले हामी घरै बसीबसी हेर्नसक्छौँ । हामी आफ्नो पहिचान, कला, र संस्कृतिहरू भुलेर आयातीत संस्कृतिमा रमाउन अगाडि रहका छौँ । 

अहिले यहाँ सामाजिक सञ्जाल फेसबुकले वर्षमा एक पटक आफैँ जन्म दिन मनाइदिन्छ । फेसबुकमा जन्म मिति राखेअनुसार सबैको जन्म दिन ‘नोटिफिकेसन’मा आउँछ र जन्म दिनलाई खास महत्त्व नदिने, आफ्नो जन्म दिन भनेर ख्याल नगर्ने, थाहा नपाउनेहरूले पनि सञ्जालमार्फत् जब भटाभट जन्म दिनको शुभकामना आउन थाल्छ, अनि ‘ए आज त मेरो जन्म दिन पो रहेछ...’ भन्दै धन्यवाद दिन अग्रसरता देखाउन थाल्छौँ ।

अहिले घरका बच्चादेखि बुढाबुढीसम्म सबै जनाको जन्म दिन केक काटेर, पार्टी, भोज गरी कति भव्य गर्न सकिन्छ भन्ने होडबाजीमा, सञ्जालहरूमा लाइभ हाल्दै वार्षिक रूपमा गर्ने चलन झाङ्गिँदै गएको छ । यसले के देखिन्छ भने कतिपय ठूलो परिवार भएको घरमा महिनैपिच्छे एउटा जन्म दिन मनाउनुपर्ने बाध्यात छ र मनाइरहेको  पनि देखिन्छ । यो पहिले रहर थियो, अब बाध्यता बन्दै गएको छ ।

हरेक मान्छे जन्मन्छन्, जन्मनु स्वाभाविक प्रक्रिया हो तर जन्मददिनलाई देखासिखीको रूपमा नक्कल गरेर आफ्नो आर्थिक हैसियतभन्दा बढी खर्च गर्ने वा हुनेले देखाउने, नहुनेले हेर्ने गर्दा यसले भयंकर सामाजिक विभेद जन्माइरहेको छ । यसले हाम्रो संस्कृतिमा समेत गम्भीर प्रश्न पनि खडा गरिदिएको छ । 

लक्षित समूहमा प्रभाव 

विशेषगरी बच्चाहरूको जन्म दिन तथा यसले समाज र अभिभावकमा पार्ने प्रभावको बारेमा केन्द्रित रहेर केही विषयमा बहस केन्द्रित गर्नु जरुरी छ । बच्चा जन्मेदेखि नर्सरीसम्म र विद्यालय उमेर समूहका बालबालिकाहरूमा जन्म दिनको प्रभावको बारेमा जानकारी दिनु जरुरी छ । हामी आफ्नो वच्चाको खुसीका लागि, अरूकोे बच्चाले जन्म दिन मनाएको कारण, बच्चाले जन्म दिन आउनुभन्दा एक महिना अगावैदेखि बाआमालाई गनगन सुरु गरेको तथा हुनेखानेले पार्टी प्यालेसमा समेत लगेर आफ्ना बच्चाहरूको जन्म दिन मनाएको  जस्ता कारणले आज प्राय: सबै आमाबाबुहरूको खर्च जन्म दिनमा निकै मज्जाले बढाइदिएकोे छ। 

जन्म दिनको अवसरमा मनपरेको उपहार, कपडा, नातानालालाई बोलाएर भोज, केकदेखि लिएर पाहुनाले ल्याउने कोसेलीसम्मको सामान्य हिसाब हेर्दा एउटा बच्चाको एउटा जन्म दिन मनाउँँदा सामान्य घरमा दश हजारदेखि खर्च सुरु हुन्छ र घरमा वर्षमा चार-पाँच जनाको खर्च यही गतिमा गर्दा कति खर्च हुन्छ प्रति एक घरमा ? सामान्यत यो हिसाबले नेपालमा जन्म दिनको खर्च कति हुन्छ ? हामी सहज अनुमान गर्नसक्कछौंँ ।

जन्म दिनमा हामीले उपभोग गर्ने, प्रयोग गर्ने सामानहरू, उपहारहरू कहाँबाट आयातीत छन् या हाम्रै उत्पादन हुन् ? के हामीले कहिल्यै यसबारेमा सोचेका छौँ ? अनि भव्य जन्म दिनको शुभकामना दिएर प्राप्त हुने उपलब्धिचाहिँ केके हुन् ? समाजमा र जन्म दिन मनाउने पात्रको जीवनमा कति परिवर्तन आयो अर्थात् पोहोर जन्म दिन मनाएको प्रभाव यो वर्ष कति परेको छ ? कतै यी विषयहरू सुनेका बुझेका छौँँ ? कि भारत, चीनले नेपालीहरूले यति धेरै जन्म दिन मनाउन थालेपछि कति जन्म दिन सम्बन्धित सामानहरूको व्यापार गरेर कति कमाउँछन् ? यसबारेमा कसैले सोचेका छौँँ ?

सक्नेले छोराछोरीको जन्म दिन पार्टी प्यालेस र घरमै पनि धुमधामसँँग मनाउँदा अर्को सँगैको छिमेकी, जन्म दिन मनाउनै सक्दैन भने उसलाई र उसको बच्चालाई कति मनोवैज्ञानिक असर पर्ला, सोचेका छौँँ ?यी प्रश्नहरूले अरू प्रश्नहरू जन्माउँँछन् । के हामी जन्म दिन मनाउनै परे यीभन्दा फरक तरिकाले जन्म दिन मनाउन सक्दैनौँ ? हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा वास्तवमा भन्दा जन्म दिन मनाउने आजको तरिकाले प्राहार गरिरहेको छ । हामी मानिरहेका छौँँ, नक्कल गरिरहेेेका छौँ । शुभकामना र आशीर्वादले जीवन परिवर्तन हुँदैन । हामीलाई यिनै कुरामा भुलाएर छिमेकी मुलुकले आफ्नो व्यापार गरिरहेकाा छन् । पश्चिमा मुलुकले उनीहरूको संस्कृति हाम्रोमा जबर्जस्त लादिरहेका छन् । हामी आफ्नो आम्दानीभन्दा खर्च बढीी गरेर, ऋण काढेर जन्म दिन मनाइरहेका छौँ ।

जन्म दिनको त एउटा विषय मात्रै हो, हाम्राा अन्य चाडपर्वहरूमा पनि हाम्रो समाजको उस्तै लत (एडिक्सन) बसिसकेको छ । हामी चर्को व्याजमा ऋण काढेर खर्च गरिरहेका छौँ । जस्तै : तीजमा गहना, सारी किनेर । दशैँँ तिहारमा अनावश्यक खर्च गरेर । विहेमा दाइजो र ठूलाठूला पार्टीमा आडम्बरी खर्च गरेर ।  हुनेले खर्च गर्छ, नहुनेले देखाउनका लागि उत्रै खर्च गरेर हामी वास्तविक रूपमा आर्थिक रूपमा टाट पल्टने बाटोमा हिँडिरहेका छौँँ । 

विदेशी रेमिट्यान्सबाट आएको आम्दानीले देश र गाउँ, शहर र अधिकांश परिवार धानिरहेको अवस्था छ । हामी भने विस्तारै उत्पादन छाडेर उपभोगमा अभ्यस्त हुँदै छौँँ । हामी दिनानुदिन परनिर्भर बन्दै छौँँ । हाम्रो सोचको ढोका खुल्न जरुरी छ ।

हाम्रा जमिनहरू दिनानुदिन बाँझा हुँदै छन् । हामी शहरी सभ्यताको नाउँमा किनी खाने बन्दै छौँ । हामीले किनेर खाने ९५ प्रतिशत खाद्यवस्तु विषादीयुक्त छन् । मतलव, अर्गानिक र हामीले खेतबारीमा उत्पादन गरेजस्ता छैनन् । हामी हरेक पाटी भोजमा मीठो र मोजमस्तीको नाउँमा यी यस्तै खाद्यपदार्थहरू खान बाध्य छौँ । हामी अहिले हाम्रो भान्सादेखि भोजपाटीमा समेत विषादी खाइरहेका छौँ । जन्म दिनलागायत सबै चाडपर्व भोजसँँग सम्बन्धित हुँदै गएका छन् । खानपान, संस्कृति पनि हाम्रो उत्सव, कार्यक्रमको महत्त्वपूर्ण पक्ष हो ।

 निष्कर्ष 

हामीले सबैभन्दा प्रभावित बच्चा र विद्यालयस्तरका बालबालिकाका लागि जन्म दिन मनाउनै पर्दा विभिन्न विकल्प रोज्नसक्छौँँ । हामी जन्म दिनमा केही उल्लेखनीय काम गर्नसक्छौँ । विद्यालयहरूले बच्चाहरूको जन्म दिनमा सर र मिसलाई चकलेट वितरण गर्न नलगाई उक्त रकमले दुर्गम ठाउँमा पढ्न नपाएका विद्यार्थीहरूकाा लागि छात्रवृृत्ति कोष खडा गरेर वितरण गर्न सकिन्छ । हरेक विद्यार्थीको जन्म दिनबाट उठेको पचास, सय रकमले वर्ष दिनमै एउटा राम्रो जन्म दिन कोष बन्नसक्छ । जन्म दिनको दिन ह्याप्पी बर्थडेकै गीत गाउनुपर्छ भन्ने छैन । बच्चाको जन्म दिनको शुभकामना स्वरूप हाम्रो नेपालको राष्ट्रिय गान स्कुलको प्रार्थनासभामा जन्म दिन परेको विद्यार्थीलाई अगाडि राखेर सम्मान स्वरूप गाइदिए भइहाल्छ । यसले देशको असल मान्छे बन्ने  प्रेरणा पनि मिल्छ ।

प्रत्येक दिन हामी राष्ट्रिय गान त गाउँछौँँ, त्यही समयमा जन्म दिन परेकाहरूको कामना पनि गर्न सकिन्छ। भक्तपुरको एभरेष्ट स्कुलले (यो स्कुल बोर्ड टप गर्न सफल पनि हो) यसलाई अभ्यासमा ल्याएको कुरा यसअघि समाचारमा आएको विषय हो । सबै विद्यालयहरूले जन्म दिन कोष खडा गरेर सामाजिक, शैक्षिक तथा सांस्कृतिक रूपान्तरणको क्षेत्रमा काम गर्न सकिन्छ । 

जन्म दिनको फोटो फेसबुकमा लाउनु पनि जरुरी छैन ।यसले लाइक र कमेन्ट गर्दागर्दा समयको बर्बादी मात्रै भइरहेको छ। आजका हाम्रा फेसबुक वालहरू जन्म दिन, चाडपर्वका शुभकामना, मृत्युका श्रद्धाञ्जलि, पदका शुभकामनाले भरिएका हुन्छन् । यी सबैको अनुत्पादक काममा हामीले समय खर्च गरिरहेका छौँ । यसले हाम्रो समयको बर्बादीभन्दा केही गरेको देखिँँदैन

जन्म दिनका दिन केक नै काट्नुपर्दैन  बिदेशी कस्मेटिक उपहार दिनुपर्दैन । उपहार दिनै परे पढाइमा थप सहयोग गर्ने पुस्तक, कपी, कलम, पेन्सिल आदि पनि दिन सकिन्छ । खाना र भोज गर्नै परे हामी नेपालीको खानाका परिकार केके थिए ? तीमध्ये कुनै परिकार गुन्द्रुक-ढिँडो या जे सम्भावना हुन्छ, त्यो पकाउने र सधैँ विषादी खानेले खोजेर भए पनि बच्चाको जन्म दिनमा नेपाली परिकारसँग परिचित बनाउने अवसरको रूपमा उपयोग गर्न सकिन्छ । यसले दुईवटा फाइदा हुन्छ- एक, हाम्रा बच्चाहरूले हाम्रो खानाको परिकार चिन्दै जान्छन् र खर्च पनि कम हुन्छ।

बच्चाले वर्षभरिमा के कस्तो राम्रो गरेको छ र अब उसले के गर्नसक्छ ? समीक्षा गर्ने र योजना बनाउने कार्यमा अभ्यस्त गराउन जरुरी छ । नेपाली संस्कृतियुक्त जन्म दिन हामी कम खर्चमा धेरै महत्त्वपूर्ण रूपमा आमाबा वा हजुरबाआमाको भने मनाउनसक्छौँँ, जसले उहाँहरूको बुढेसकालको जीवनमा भने आफ्ना सन्तानहरू भेला भएर मनाउँदा निकै राम्रो पारिवारिक संस्कारको संस्कृति पनि निर्माण गर्न सकिन्छ ।

तर बालबालिकाको हकमा भने हामी सानैदेखि बच्चााको इच्छा, चाहना, बालमनोविज्ञान र हाम्रो आर्थिक अवस्थाअनुसारको लक्ष्य निर्धारण गर्दै जान सकियोस्,  जसले गर्दा एसईई दिएर के पढ्ने भन्ने चिन्ता लिनु नपरोस् । विदेशी संस्कृतिले गर्दा अहिलेको पुस्तता लक्ष्य र गन्तव्य नै विदेश सोचिरहेका हुन्छन् । हामीले बालमस्तिष्कदेखि नै नेपाल र नेपाली संभावनाको संस्कृति सिकाउन सकियो भने उनीहरूको जन्म सार्थक र उपलब्धिमूलक हुन्छ ।

हामीले कामना गरेका सन्तततिहरू आज कहाँकहाँ छन् ? सोचौँँ त ! यी सबै सांस्कृतिक प्रभाव हुन् । मुख्य त हामीले जन्म दिनमा आशीर्वाद दिने भन्दा पनि कर्म गर्न सिकाउने अवसरका रूपम लिनु उपयुक्त हुन्छ ।