दुखैदु:खको पहाडमा उभिएका कृष्ण धरावासी

दुखैदु:खको पहाडमा उभिएका कृष्ण धरावासी

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  भदौ २२, २०७६

निकै अघिदेखि कुरा गर्न मन थियो उहाँसँग– विशेषगरी उहाँको जीवनयात्राबारे । बीचमा पाँच वर्षजति उहाँ पातालतिर अलमलिनुभयो– सपनाको देश भनिने अमेरिकामा । बीचमा पटक पटक नेपाल आउँदा भेट र कहिले फोनमा कुराकानी त भयो तर मैले सोचेअनुसारको कुराकानी गर्न भने मौका जुरेन । अहिले उहाँ सपरिवार अमेरिका छाडेर स्वदेशमै बस्नेगरी आउनुभएको छ ।

नेपाली साहित्यमा, विशेषगरी पछिल्लो समयको आख्यान लेखनमा अत्यन्तै प्रिय लेखकको परिचय बनाउनुभएका कृष्ण धरावासीसँग एक घण्टाका लागि भनेर समय मागेँ । शनिवार युवा आख्यानकार अमर न्यौपानेको नयाँ उपन्यास ‘गुलाबी उमेर’माथि बोल्नुपर्ने र उक्त पुस्तक पढ्नुपर्ने भएकाले घरमै रहने जानकारी दिनुभयो । ‘तैपनि केही बेर गफिऔँ न त आऊ’ भन्नुभयो । 

चण्डोल उहाँको घरमा बसेर उहाँका बाल्यकालदेखिका सन्दर्भ कोट्याउँदै गफिइरहँदा साढे चार घण्टा बितिसकेछ तर धेरै सन्दर्भ बाँकी नै थिए ।

मलाई पूर्वानुमान थियो– कृष्ण धरावासीको जीवन संघर्ष सुन्ने कान र त्यसलाई महसुस गर्ने मुटु निकै दह्रो हुनुपर्छ । भयो पनि त्यस्तै– साढे चार घण्टा सुनिरहँदा धरावासी स्वयं त आफ्ना दुखद् र कहालीलाग्दा विगतबाट विचलित हुनुहुन्थ्यो नै, म श्रोताका आँखा पनि निकै बेर रसाए । अथवा भनौँ– अनौपचारिक भेट र गफगाफमा त्यति ‘विन्दास’ र ठट्यौला धरावासीभित्र कति धेरै पीडाका पहाड रहेछन्– एउटा छिचोल्यो, अर्को झनै अग्लो पहाड आउँछ, त्यो छिचोल्यो, अर्को उस्तै पहाड !

कुरा गरिरहँदा लाग्यो– मान्छे भन्ने जात अनौठो हुनेरहेछ ! अनि जीवनबोध साँच्चै भयानक भ्रम– ईन्द्रबहादुर राईले भनेझैँ ‘लीलामय’, जसलाई अहिले ‘बोध’ गर्दै स्वयं धरावासी हिँडिरहनुभएको छ ।

कसरी ?

पूर्वी पहाडको दुर्गम (ऊबेला) जिल्ला पाँचथरको अमरपुरमा वि. सं. २०१७ साउन २ गते जन्मिनुभएको हो– कृष्णप्रसाद भट्टराई । जमिन्दार हजुरबुबाका ६ भाइ छोरामध्ये जेठाका सन्तान हुनुहुन्छ उहाँ । ऊबेलाको ३०० मुरी धान फल्ने जग्गा जमिन भएको परिवार सम्पन्न नै मानिन्थ्यो । खान, लाउन कुनै समस्या नहुने अवस्था थियो जमिनका हिसाबले ।

नेपाली समाज, सन्तान हुर्किएपछि, विवाह भएपछि आआफ्नो गरी खाने रहर जाग्छ या त दाजुभाइबाट अलग्गिएर गरी खानुपर्ने अवस्था सिर्जना हुने गर्छ । यो कुनै एउटा परिवारमा मात्र होइन, प्रायःमा देखिन्छ । भनूँ न, यो आमचलन बनिसकेको छ र निरन्तर छ आजसम्म ।

काकाहरूको विवाहसँगै घरपरिवारबाट जेठो छोरो अर्थात् उहाँका बुबाले अलग्गै बस्नुपर्ने (अहिले भन्दा छुट्टिनुपर्ने) परिस्थिति बन्यो । बुबालाई पाखोबारी कमाएर खा भनियो, खेेतजति अरूका भागमा । ४ जना छोराछोरी र २ बाबुआमाको परिवार मकै, कोदो मात्र फल्ने पाखोबारीका भरमा, संभव कसरी हुन्थ्यो र ! त्यसमाथि बुबा शारीरिक रूपले अशक्त हुनुहुन्थ्यो । श्रमका काम गर्नसक्ने अवस्था थिएन । लगातार बच्चा जन्माएर शिथिल बनेकी आमाले सन्तान हुर्काउनु, हेरचाह गर्नु कि कमाइतिर लाग्नु ?

यद्यपि, बुबामा ज्योतिष ज्ञान, वैद्य र धामी सीप भने रहेछ । बुबाले गाउँका मानिसको ज्योतिष हेर्ने, वैद्य उपचार गर्ने र धामी बसेर केही कमाइ गर्नुहुँदोरहेछ । ‘ज्योतिष ज्ञानचाहिँ स्वअध्ययनले राम्रै थियो बुबासँग’, उहाँ भन्नुहुन्छ, ‘वैद्य र धामीचाहिँ ढाँट कला हो भन्ने लाग्छ अहिले ।’

उसो त बुबा स्थानीय विद्यालयमा पनि पढाउनुहुन्थ्यो तर जागिरेका रूपमा होइन । पढाएवापत अलिअलि बेलामौकामा पैसा पाउनुहुन्थ्यो तर त्यो पैसा यता न उता ।

उहाँका बुबालाई लाग्यो– परिवारले मलाई हेप्यो वा हेला गर्‍यो । अब म आफैँ आफ्नो बाटो बनाउँछु ।

आमाको माइती अर्थात् उहाँको मावली थियो इलाममा । बुबा इलाम झर्नुभयो, झापातिर बसाइँ सर्न । इलाममा रहेको ससुरालीमा केही समय बसेपछि छट्पटी सुरु भयो– छ/छ जनाको परिवार सधैँ पाल्नसक्ने अवस्था त बुबाको ससुराली अर्थात् आमाको माइतीको पनि कहाँ थियो र ! वि. सं. २०२४ को पुस महिनामा चार लालाबाला र दुई बुढाबुढी झरे मधेसका लागि । इलामको साङ्रुम्बा अर्थात् मामाघर केही समय बसेपछि बाबु–छोरा झर्नुभयो झापातिर ।

झापामा ऊबेला झोडा फँडानीको क्रम चल्दै थियो । जंगल फँडानी गर्दै बस्ती बस्ने र खेतीपाती गर्ने क्रम बढ्दै थियो । जग्गा प्रशस्त खाली थियो । आफन्तले भने– ‘यहाँ जग्गा लडीलडी छन्, कमाएर खानू ।’ तर, समस्या– एकातिर आफू शारीरिक रूपमा अशक्त, अर्कातिर लालाबाला सानै, कसले गर्ने खेतीपाती ?

ससाना लालाबाला र पोको पुन्टुरो बोकेर कहिले यता, कहिले उता, त्यसमाथि अशक्त श्रीमान्, आफैँ लगातार बच्चा जन्माएर थिलथिलो बनेकी आमा, सम्झँदै हिक्का छुट्लाझैँ भइरहेको थियो धरावासीलाई । बेलाबेला रोकिएझैँ गला अवरुद्ध भएझैँ भइरहेको थियो उहाँको, अतीत सम्झिँदा ।

बुबाको तराई झरेर परिवारलाई केही देखाउने र आफ्ना सन्तान र आफ्नो भविष्य पनि सुन्दर बनाउने जोश र जाँगर विस्तारै मर्दै गयो । ‘म सानै थिएँ तर बुबाको ऊबेलाको मनोविज्ञान र बाध्यता अनि विवशता बुझ्नसक्थेँ’, उहाँ भन्नुहुन्छ, ‘बुबा निकै निराश हुनुहुन्थ्यो त्यसबेला ।’

बुबा फेरि पहाड नै फर्किने मनस्थितिमा पुग्नुभएछ । आमासँग सल्लाह गर्नुभएछ तर आमाले मान्नुभएनछ फर्किन । ‘सायद आमामा एक प्रकारको इगो जाग्यो’, उहाँ भन्नुहुन्छ, ‘बरु जे जेसरी भए पनि मधेसमै रहने अडान लिनुभयो आमाले ।’

त्यही बेला झापाको सुखानीमा जंगल फँडानी हुँदै थियो । आमाले उक्त जंगल फँडानी गर्नुभयो । जग्गा आफ्नो नाममा राख्न नागरिकता चाहिने भयो तर बुबाआमा दुवै जनाको नागरिकता थिएन । ससुराबासँग सल्लाह गर्नुभएछ बुबाले । ससुराबा अर्थात् उहाँका मावली हजुरबुबाले जेठो छोरो अर्थात् बुबाका जेठा सालाको नाममा उक्त जग्गा पास गर्ने सल्लाह दिनुभएछ । तर, बुबाआमालाई लागेछ– ‘अर्काको नाममा राखेर जग्गा आफ्नो हुन्छ र !’ मान्नुभएनछ ।

अब बुबालाई लागेछ– ‘छोरो पढाउन बजार झर्छु ।’ ऊबेला छोरोलाई मात्र पढाउने चलन थियो, छोरीहरू भए पनि उनीहरूलाई पढाउने सोच हुँदैनथ्यो ।

विर्तामोडदेखि केही तल गाह्रामुनिमा बुबाकी साहिँली ठूलीआमा हुनुहुँदोरहेछ । त्यहीँ गएर झण्डै ६ महिना बस्नुभएछ लालाबालासहित । त्यहीँ आमाले चुर (सुर्ती)को व्यापारा थाल्नुभएछ । सुर्ती बेच्ने गाह्रामुनि तर ल्याउनुपर्ने माथि शनिश्चरेबाट । आमालाई लागेछ– ‘आखिर माथिबाट यहाँ ल्याएर बेच्नुपरेपछि किन माथि नै बसेर त्यहीँ व्यापार नगर्ने ?’

ससाना लालाबाला र पोको पुन्टुरो बोकेर कहिले यता, कहिले उता, त्यसमाथि अशक्त श्रीमान्, आफैँ लगातार बच्चा जन्माएर थिलथिलो बनेकी आमा, सम्झँदै हिक्का छुट्लाझैँ भइरहेको थियो धरावासीलाई । बेलाबेला रोकिएझैँ गला अवरुद्ध भएझैँ भइरहेको थियो उहाँको, अतीत सम्झिँदा ।

अनि सुरु भए अझ दुर्दान्त दिनहरू

शनिश्चरे सरेपछि भने साँच्चै दुर्दिन सुरु भए । गाह्रामुनिबाट शनिश्चरे आएर शनिश्चरे चोकमै रहेको एक जना गिरीको घरमा पसलेले सटर बन्द गरिसकेपछि ६ जनाको परिवार पेटीमा सुत्न थाल्यो । ‘पेटीको एउटा कुनामा भएका लत्ताकपडा, ओड्ने ओछ्याउने राखिन्थ्यो दिनभर अनि राती त्यही ओछ्याएर सुतिन्थ्यो’, पचास वर्षअघिको दृश्य सम्झिँदै आँखा चिम्म गर्नुभयो धरावासीले ।

सुत्न त पेटी थियो, पकाउन ? ‘खुला आकाशमुनि चौका ठड्याएर त्यहीँ खाना बनायो खायो’, धरावासीले स्मरण गर्नुभयो, ‘अहिले पनि सडकमा पेटीमा सुतिरहेका मान्छे देख्दा आफ्ना ती दिन सम्झन्छु ।’

एक वर्ष यसरी नै बित्यो उहाँहरूको । हिउँदमा भुइँको चिसोले पखाला र खोकी लगाउने, वर्खामा झरीले भुइँ हिलाम्मे भएर शरीरको कुनै भाग नभिजेको नहुने ।

कुकुर बन्यो साथी

त्यहीँ पेटीकै बास भइरहेका बेला हिउँदको समयमा जताततै शीत जमेको हुन्थ्यो । एउटा भुस्याहा कुकुर सधैँजसो आएर आफूले खाना बनाउने गरेको चौकोमा रहेको तातोमा बस्नेरहेछ । विस्तारै चौको सेलाउँदै गएपछि उक्त कुकुर आएर धरावासीसँगै टाँसिएर सुत्नेरहेछ । ‘सायद उसलाई पनि थोरै न्यानोको आश थियो, हामीलाई जस्तै’, धरावासी भन्नुहुन्छ, ‘कुकुर आएर टाँसिँदा हामीलाई पनि न्यानो भएकाले लखेट्न सक्दैनथ्यौँ ।’

उक्त कुकुर विस्तारै आफूहरूसँगै खेल्न थालेको उहाँ सम्झनुहुन्छ ।

एक वर्षपछि धरावासीकै बालसखा लिलक सिटौलाको छाप्रोमा एकातिर बाँसको टाटी बनाएर बस्न थाल्नुभयो । दुई वर्ष त्यहाँ बसेपछि अर्को ‘अवसर’ आइलाग्यो ।

भएछ के भने, धरावासीका बुबा ज्योतिष विद्या र वैद्यको ज्ञान भएका । त्यहीँ नजिकै एक जना जमिन्दार रहेछन्– हरिविलास वन । उनको मिल पनि रहेछ । बुबा उनीकहाँ गएर गफ गर्नुहुँदोरहेछ । ज्योतिष र वैद्यका गफ गरिहने बुबालाई एक दिन ती मिल मालिकले, पटवारी पनि भन्थे उनलाई, बुबालाई भनेछन्, ‘देवेन्द्र (उनको हिसाब राख्ने)को नाममा ७ विगाह जमिन छ, गएर कमाएर खानू ।’

फेरि उही समस्या– ससाना बच्चा, आफू अशक्त, श्रीमती एक्लैले सात विगाह कमाउन कसरी संभव छ ?

उपाय लगाउनुभएछ बुबाले– इलामबाट सालाहरूलाई बोलाउने र मिलेर कमाउने ।

सोहीअनुसार बुबाले २ जना सालाहरू अर्थात् धरावासीका मामाहरूलाई कमाउने जमिन भेटिएको र आएर मिलेर कमाउन भन्नुभएछ । ७ विगाहमा एक विगाह कसैले कमाइरहेको रहेछ, बाँकी जमिनमा अढाई विगाह आफूले कमाउने रहेको मामाहरूले सालाहरूले भनेर मिलाइएछ तर अधियाँमा ।

दुई वर्ष कमाइ गरेपछि जग्गाधनीले उक्त जग्गा बेच्ने कुरा गरेछन् । जग्गा विगाहको एक हजार ५०० मोल तोकिएछ । यतिन्जेल दुःख गरेर कमाएको जग्गा कसरी अरूलाई बेच्न दिनु भन्ने लागेछ बुबा र मामाहरूलाई । र, आफैँ किन्ने सोच बनाउनुभएछ । तर, उक्त जग्गा किन्न पैसा ?

पहाडबाट केही नलिई, भएका बाख्रापाठा र बस्तुभाउसमेत यसै छाडेर रित्तो हात हिँडेका बुबाआमासँग कति पैसा हुनु ?

तर, बुबालाई पहाडबाट अंश भनेर पटक पटक गरेर दुई हजार ५०० रूपैयाँ पठाएका रहेछन् । एक पटक एक हजार र अर्को पटक एक हजार ५०० रूपैयाँ । बुबा अलिक रउसे, अब आलुको व्यापार गर्छु भनेर ९०० रूपैयाँको आलु किन्नुभएछ । तर दुर्भाग्य ! राखेकै गोदाममा आलु कुहिएर वरिपरि सारा गह्नाएछ । ‘नौ सय रूपैयाँ त्यत्तिकै सकियो’, धरावासी भन्नुहुन्छ, ‘बाँकी रह्यो पन्ध सय, जग्गा किन्न चाहिने भयो सैँतीस सय ।’

सैँतीस सय रूपैयाँ जम्मा गर्ने उपाय त थिएन बुबाआमाको, गरगहना आदि केके बेचेर कसोकसो एक हजार ५०० जम्मा पार्नुभएछ आमाले । र, दुई विगाह जमिन लिने कुरा भएछ । अढाई विगाहमध्ये १० कठ्ठा जमिन मात्र खेतीयोग्य रहेछ– राम्रै धान फल्ने । बाँकी दुई विगाहमा धान नफल्ने, अन्य बाली मात्र लाग्ने । मामाहरूसँग सल्लाह गर्नुभएछ बुबाले– ‘मेरा लालाबाला, तिमीहरूका भान्जाभान्जीलाई खुवाउन धान फल्ने त्यही १० कठ्ठा होली हो, त्योचाहिँ कित्ताकाट गर्दा मेरोमा पारिदिनू है ।’ मामाहरूले सहमति जनाएछन् । पढेलेखेको, शिक्षक सालो पक्कै जान्नेबुझ्ने र इमानी नै होला भन्ने लाग्यो बुबालाई । र, ३ हजार रूपैयाँ बुझाएर जग्गा कमाउन थालेछन् ।

मामाहरूसँग पनि यही कारण मनमुटाव र विवाद भयो । पंच भलाद्मी बसे, भट्टराई बाजेलाई अप्ठ्यारो भयो, मिलाऊ भन्दा पनि मामाहरूले मानेनन् । तर, अब उक्त होलीको जग्गा किन्न भने दिने भए जेठा मामाले । दाम भने बढ्यो– दुई हजार ४०० रूपैयाँ विगाह । पन्ध्र सय रूपैयाँले किनेको जग्गा अब चौबीस सय रूपैयाँ विगाहले हिसाब गर्दा १० कठ्ठाको पर्ने भयो– बाह्र सय ।

आफन्तबाटै ठगिएपछि

पहाडबाट खालि हात तराई झरेको ४ वर्षमै दुई विगाह जमिन जोड्नु चानचुने कुरा थिएन । तीन वर्ष उक्त जग्गा कमाइ गर्नुभयो धरावासीका बाआमाले । चलिरहेकै थियो परिवार । खान अन्न राम्रै हुन्थ्यो ।
अचानक मामाहरूले डोर ल्याएर जग्गा छुट्याउने प्रस्ताव गर्नुभयो । डोर ल्याइयो, जग्गा छुट्याउँदा पो खङ्ग्रङ्ग हुनुभएछ धरावासीका बाआमा । भएछ के भने, मामाहरू चलाख, भान्जाभान्जी सानै, दिदीभिनाजु सोझा सिधा, मामाहरूले धान फल्ने होली, जुन धरावासीका आमाबाले दुःख गरेर त्यतिको बनाउनुभएको थियो, त्यो मामाहरूकै कित्तामा राखेका रहेछन् ।

अब पर्‍यो फसाद ! ‘कतिसम्म पापी हुन्छ मान्छे’, मुखैले नभने पनि ऊबेलाको सन्दर्भ सम्झिएर धरावासीको अनुहारमा पढ्न सकिन्थ्यो– घृणाको भाव । जुन डाँडो भाग मात्र थियो जग्गाको, त्यसले त परिवार पाल्ने उत्पादन नै दिँदैनथ्यो । अब जसको विश्वास र भरमा तराई आइयो, जसलाई सँगै ल्याएर जग्गा किनेर बसियो, जसलाई सबैभन्दा नजिक र आफ्नो ठानियो– आफ्ना बाबुआमा, दाजुभाइलाई टाढा सोचेर, उहीबाट नसोचेको धोका भएपछि विरक्त नहुने कुरै भएन ।

मामाहरूसँग पनि यही कारण मनमुटाव र विवाद भयो । पंच भलाद्मी बसे, भट्टराई बाजेलाई अप्ठ्यारो भयो, मिलाऊ भन्दा पनि मामाहरूले मानेनन् । तर, अब उक्त होलीको जग्गा किन्न भने दिने भए जेठा मामाले । दाम भने बढ्यो– दुई हजार ४०० रूपैयाँ विगाह । पन्ध्र सय रूपैयाँले किनेको जग्गा अब चौबीस सय रूपैयाँ विगाहले हिसाब गर्दा १० कठ्ठाको पर्ने भयो– बाह्र सय ।

कसोकसो खोजखाज गरेर बाह्र सय रूपैयाँ जुटाएर जग्गा पास गर्न जाऔँ भन्दा कान्छो मामा बाउँटिएछन् । जम्मा गरेको पैसा पनि सकियो, जग्गा पनि पाइएन । ‘फेरि धानको भात खान पाइएन’, धरावासी भन्नुहुन्छ, ‘मकै र कोदोकै भर ।’

दुःखमाथि दुःख : डाँका लाग्यो घरमा

२०२८ सालमा दिदीको विवाह भयो । चैते पानी छल्ने चलन थियो ऊबेला । भिनाजुले चैतै पानी छल्न भनेर दिदीलाई माइत ल्याएर छाड्नुभएको थियो । ‘चैत १९ गते बिहीवार थियो’, धरावासी सम्झनुहुन्छ, ‘राती डकैती भयो घरमा ।’ त्यो क्षण सम्झँदा निकै भावुक र संवेदनशील देखिनुभयो धरावासी । ‘दिदीको भर्खर विवाह गरेको, गरगहना लगाएकी, आँखा लागेको थियो सायद मान्छेहरूलाई’, धरावासी अनुमान गर्नुहुन्छ, ‘आमाका पनि मारवाडी, ढुंग्री, बुलाकी थिए, बुबाले भर्खर सोह्र सयमा गोरु बेच्नुभएको थियो, यो सबै थाहा पाउनेहरू आएका थिए सायद डाका गर्न ।’ ११ वर्षको बालख धरावासीले एउटाको मुखमा पट्टी बाँधेको र अन्य केहीले अनुहारमा मोबिल दलेर आएका देख्नुभयो । बुबालाई पाता कसेर बाहिरै लडाएछन्, भित्र दिदीका गहना धेरैजसो लुटिसकेछन्, अन्त्यमा नाकको फुली निकाल्ने प्रयास असफल भइरहेको रहेछ । दिदीको नाकको फ्ली भने विवाहमा समेत अर्को फुली लगाउन खोल्न खोज्दा खोल्न नसकिएको रहेछ ।

दिदीको नाक काट्न ठिक्क परेको रहेछ एउटा डाकु । त्यो देखेर धरावासीले दुई हात जोडेर त्यसो नगर्न भन्नुभएछ । दिदीले नाक जोगाउन खोज्दा दिदीको हातको औँठी देखेछ डाकुले । त्यो औँठी पनि लगेछ । ‘आमाले एउटा तिलहरीचाहिँ कसोकसो लुकाउनुभएछ’, धरावासी भन्नुहुन्छ ।

धरावासीलाई लागेछ– ‘साहिँला काकालाई खबर गर्न पाए खसी काट्ने कट्टीले यी डाकालाई छ्यापछ्याप पार्नुहुन्छ ।’ काकालाई खबर गर्न ढोकाबाट निस्कन लाग्नुभएका धरावासीको टाउकोमा बाँसको भाटाले बजाएछ डाकाले । धरावासी बेहोस ।

‘त्यतिबेलाको ३ हजारजति लगे होला’, धरावासी भन्नुहुन्छ, ‘तर त्यो त हाम्रा लागि लाखौँ बराबर थियो त्यसबेला ।’

भेलिपल्ट प्रहरी आयो । जाँचबुझ गर्‍यो । सोधखोज गर्‍यो । बुबालाई डाका गर्न आउनेहरू को हुन् भन्ने थाहा रहेछ तर भन्नुभएनछ । कारण, यदि हल्ला गरेमा घरमा आगो लगाइदिने र सबैलाई मारिदिने धम्की दिएका रहेछन् । बुबाले ‘अनुहार छोपेका थिए, को हुन्, चिनिएन’ भन्नुभएछ ।

भर्खर विवाह गरेकी दिदी, भिनाजुका तर्फबाट लगाइदिएका गरगहना सबै लुटिए । जानकारी त गराउनुपर्‍यो । भिनाजुलाई खबर गरिएछ । भिनाजु र दिदीकी सासू सँगै आएछन् । फर्कने बेला बाटामा कान्छा मामाले भनेछन्, ‘यिनले डाका लाग्यो भनेर ढाँटेका हुन्, जिउमा अलिअलि चोट लगाएझैँ गरेर गरगहना बेचेर ऋण तिरेका हुन् ।’

‘भिनाजुले त पत्याए होलान्, दिदीकी सासूलाई त डाका लागेको कुरा पत्याइदिन कर थिएन !’, धरावासी आफ्ना मामाका एकपछि अर्का हर्कत र दुव्र्यवहार सम्झिनुहुन्छ, ‘यसपछि भने आमा र मामाको अर्थात् हाम्रा मामा र हामीबीचको सम्बन्ध लगभग टुट्यो ।’

आँगनमै मामाघर भएर पनि मावलीविहीन हुनुभयो धरावासीहरू भने छेउमै दुई दुई जना माइती भएर पनि माइतीविहीन हुनभयो आमा । आमालाई निकै पीर परेछ– तिहारमा माइतीलाई टीको लगाउन नपाएकामा । बुबाले भन्नुभएछ– ‘पख, म ल्याइदिन्छु तेरा माइती ।’

बजारमा जानुभएछ र दुई जना तराई मूलका ‘मामा’हरू ल्याइदिनुभएछ बुबाले । धरावासी सम्झनुहुन्छ– ‘ती दुई मामाहरू पछिसम्म हाम्रा मामा रहनुभयो । एक जना भारततिर जानुभयो, अर्का अझै हुनुहुन्छ ।’

धरावासीलाई त्यसपछि मामाघर गएर टीका लगाएको याद छैन रे !

लुगाका लागि पनि समस्या भएन– संजीवका लुगा थरीथरी हुने, केही समयमै संजीवलाई ती लुगा ठीक नहुने । धरावासी सानो कदका, संजीवका तिनै लुगा धरावासीका लागि उपयुक्त हुने । ‘संजीवका लुगा नयाँ नै हुन्थे, नयाँ लुगा केही समय लगाएपछि नै अर्का किनिदिन्थे अनि उनका ती लुगा म लगाउँथेँ’, धरावासीका आँखा पिल्पिलाउन खोज्दै थिए, टाउको झट्कारेर शान्त हुनुभयो यति भन्दा ।

जग्गा छ २ विगाह, समस्या फिस तिर्न र किताब किन्न

डाका लागेपछि धरावासीको परिवार त्यहाँबाट हिँड्यो । अलिक पर बस्न थाल्यो । शनिश्चरे स्कुलमा पढ्दै हुनुहुन्थ्यो धरावासी । जमिन त थियो २ विगाह तर स्कुलमा फिस तिर्न र किताब किन्न अनि ड्रेस किन्न सधैँ समस्या । महिनाको ६ रूपैयाँ फिस तिर्नुपथ्र्यो ऊबेला ।

धरावासीले निःशुल्क छात्रवृत्तिका लागि निवेदन दिनुहुन्थ्यो तर अन्तर्वार्तामा सधैँ असफल ! हुनेरहेछ के भने, अन्तर्वार्तामा सोध्दारहेछन्– ‘परिवारमा कति जना ? केके गर्ने ? जग्गा जमिन कति ? कोको पढ्ने ?’

नढाँटी भन्नुहुन्थ्यो धरावासी– ‘दिदी, बहिनीहरू, आफू र बाआमा छौँ परिवारमा, २ विगाह जमिन छ, आमा व्यापार गर्नुहुन्छ, म मात्र पढ्छु ।’

‘२ विगाह जग्गा भएको, आमा व्यापार पनि गर्ने अनि एक जना मात्र पढ्ने, आर्थिक समस्या हुने त अनुमान नै भएन’, धरावासी भन्नुहुन्छ, ‘स्वाभाविक थियो, मैले छात्रवृत्ति नपाउने भएँ ।’ तर, कहिलेकाहीँ चाहिँ आमा आफैँ गएर अनुनय विनय गरेपछि आधासम्म छात्रवृत्ति दिन्थे रे !

३ कक्षामा पुगेपछि संजीव उप्रेतीसँग भेट भयो धरावासीको । अब भने धेरै राहत भयो उहाँलाई । संजीव, जो अहिले चर्चित रा लोकप्रिय साहित्यकार, समालोचक हुनुहुन्छ, उहाँ धरावासीका पहिलो र अत्यन्त निकट साथी पनि हुनुहुन्छ ।

संजीवसँगको मित्रताका कारण संजीवको परिवारसँग स्वाभाविक रूपमै निकट हुनुभयो धरावासी । धरावासीको यथार्थ स्थिति थाहा भयो संजीवका बुबा डा. शंकर उप्रेतीलाई । उनै ‘डाक्टर बा’ले धरावासीको किताब किनिदिने र स्कुल फिससमेत तिरिदिने गर्नुभयो । लुगाका लागि पनि समस्या भएन– संजीवका लुगा थरीथरी हुने, केही समयमै संजीवलाई ती लुगा ठीक नहुने । धरावासी सानो कदका, संजीवका तिनै लुगा धरावासीका लागि उपयुक्त हुने । ‘संजीवका लुगा नयाँ नै हुन्थे, नयाँ लुगा केही समय लगाएपछि नै अर्का किनिदिन्थे अनि उनका ती लुगा म लगाउँथेँ’, धरावासीका आँखा पिल्पिलाउन खोज्दै थिए, टाउको झट्कारेर शान्त हुनुभयो यति भन्दा ।

अलिक पछि उनै डाक्टर बा अर्थात् संजीवका बाले स्कुलका प्रधानाध्यापकलाई धरावासीका बारे भन्नुभएछ र कहिले अर्धनिःशुल्क कहिले पूरा निःशुल्क गरिदिएछ स्कुलले ।

बुबा बित्नुभयो : लासमा राख्ने चामल र बुर्का बनाउने धानसमेत थिएन

२०३२ सालमा १४ वर्षकी बहिनीको विवाह गर्नुपर्‍यो । केटो माग्न आएपछि उपयुक्त लागेमा दिने चलन त छँदै थियो त्यसमाथि बिरामी बुबा, धेरै केटाकेटी, आखिर विहे गरेर दिनु नै छ भन्ने लाग्यो सायद, बहिनीको विवाह भयो । ०३१ सालमै भाइ कुमार जन्मिएका थिए । छोरीको विहे त गर्ने तर पैसा फुटेको कौडी छैन साथमा !

हुनेवाला सम्धीले नै आफूले लत्ताकपडा किनेको पसलबाट ५०० रूपैयाँका कपडा बेहुलीका लागि किनिदिएछन् ।

२०३३ साउनमा कान्छी बहिनी जन्मिनुभयो । बुबा बिरामी नै हुनुहुन्थ्यो । आमा सुत्केरी । ‘त्यो वर्षको दशैँ कसरी गयो, थाहा छैन’, धरावासी सम्झनुहुन्छ, ‘त्यस्तो परिस्थितिमा हाम्रो परिवारको मनोदशा कस्तो थियो होला ?’

दशैँ त बित्यो । अब तिहार आउँदै थियो । दुई महिनाकी सुत्केरी आमा एकातिर, अर्कातिर सिकिस्त बिरामी बुबा । अढाई वर्षको सानो भाइ पनि छ उता ।

झनै चर्को दुःख थपियो फेरि । तिहार आउनु ४ दिनअघि बुबा बित्नुभयो ।

अवस्था कस्तो रहेछ भने, तुलसाको मठमा राखिएको छ बुबाको लास । धरावासी शिरतिर बसेर शोकमा हुनुहुन्छ । लासको छातीमा राख्ने एक मानो चामल खोजी गर्दा घरमा चामल रहेनछ ! लासलाई घाटमा लैजाँदा बाटामा छर्ने भुटेको धार (बुर्का)का लागि धानसमेत रहेनछ !

धरावासी सम्झनुहुन्छ, ‘चामल र धान छिमेकीले ल्याइदिए तर शोकमा बुबाको लास रुङेर बसेको म १६ वर्षको बालखलाई ऋणको हिसाब खोज्नेहरू आए ।’ एक जना आफन्तले सोध्नुभएछ, ‘ए किस्ने, बुबाको ऋण कताकता कति छ भन्ने थाहा छ ?’

‘थाहा छ’, भन्नुभएछ धरावासीले ।

‘छिमेकीको पसलबाट एक बोरा चामल ल्याएको दुई सय पचास रूपैयाँ थियो’, धरावासी भन्नुहुन्छ, ‘ती पसले पनि त्यहीँ थिए, उनले पनि भनिहाले– मेरो पनि तिर्नु छ भनेका थिए बुबाले ?’
‘मान्छे’भित्रको अमानवीय चरित्र धरावासीले बालखैमा देख्नुभयो÷भोग्नुभयो । यद्यपि, आफू अमानवीय र कठोर बन्न नसकेको उहाँको बुझाइ छ ।

न मामा आफ्ना, न मावलीबा

बुबा धेरै बिरामी परेपछि ज्योतिषी भनेर कहलिएका आफ्ना बुबालाई चिना हेराउन जानुभएछ आमा । बुबाले भन्नुभएछ, ‘केटाले कपाल काट्ने बेला आएजस्तो छ ।’
आमा घर पुगेपछि बुबाले सोध्नुभएछ आमालाई, ‘केटाहरूले कहिले घीउभात खाने भएछन् त ?’

केही समयमै बुबा बित्नुभयो । करेसाबारी जोडिएका मावलीबा र मामाहरूले थाहा नपाउने कुरै थिएन । मावलीबा झोला बोकेर हिँड्नुभएछ बजारतिर, मामाहरू कोही कता, कोही कता ।
‘त्यसबेलै थाहा भयो मलाई, गरिबका त आफ्ना पनि आफ्ना नहुनेरहेछन्’, धरावासी पूरै पूर्वस्मृतिको दहमा डुब्नुभयो ।

आगोले पनि छाडेन

२०३३ को चैतकै महिना । १९ गते शुक्रबार, सम्झना छ धरावासीलाई ।

साथीभाइ मिलेर हरेक शुक्रबार ‘गुड फ्राइडे’ मनाउने । त्यस दिन पनि रमाइलो गरेर आउनुभएको । साँझ पढ्नुपर्ने । बिजुलीबत्ती थिएन गाउँमा । धिप्री (मट्टीतेल हाल्ने टुकी) बालेर पढ्नुपर्ने । थकित शरीर, केही समय पढ्छु भनेर ओछ्यानमा पल्टिएर नोट कपी लिएर पढ्दापढ्दै झकाएर कपी झरेछ । छेउमै रहेको धिप्रीमा कपी खसेर धिप्री लडेछ, मट्टीतेल पोखिएर घरमा सल्किसकेको रहेछ ।
राती सबै जम्मा भएछन् । अन्नपात, लुगाफाटो सबै डढेछ । आमा भाइ, बहिनी च्यापेर रुँदै हुनुहुँदोरहेछ । (यो दृश्य सम्झिँदा धरावासीले दुवै आँखा चिम्म गर्नुभयो र भननुभयो, ‘धत् ! कस्तो दृश्यमा पुगेँ !’)
उहाँ निकै बेर रोकिएर भन्नुभयो, ‘आमा पेटीकोट र ब्लाउज लगाएर कराउँदै हुनुहुन्थ्यो ।’

कसैले बाँस दिए, कसैले लुगा कपडा । कसैले के दिए, कसैले के । जसोतसो धुस्ने परालले छाएर छाप्रो बनाउनुभयो । तर, पानी छेकेन । प्लाष्टिक टाँगियो भित्रबाट, पानी भरिएर ख्वालल पोखियो । उता जग्गा पूरै बाँझियो । २ विगाह जग्गा भएर पनि दुःखले छाडेन ।

धरावासीले सम्झिने मित्र हुनुहुन्थ्यो, संजीव उप्रेती । संजीवलाई सबै घटनाबारे चिठी लेख्नुभयो धरावासीले । संजीवले लुगाको पोको लिएर आउनुभयो । आमाका लागि गाउँलेले लुगा ल्याइदिए ।

डाक्टर बाले ५०० रूपैयाँ दिएर ‘केके चाहिन्छ, लिएर आउनू’ भनेर पठाए । संजीव र धरावासी बजार जानुभयो । धरावासीले पहिला सिल्भरको गाग्री किन्नुभयो । ‘घर जल्दा भित्र रहेको पानी राखिएको माटोको गाग्रो बहिनीले बाहिर निकाल्दा फुटेछ’, धरावासी भन्नुहुन्छ, ‘मलाई लाग्यो, त्यो तामा वा सिल्भरको गाग्रो भएको भए फुट्दैनथ्यो र घरमा लागेको आगो निभाउन पाइन्थ्यो ।’ यही मनोविज्ञानले उहाँले पहिला सिल्भरको गाग्रो किनेको सम्झनुहुन्छ ।

१० कक्षामा पढ्दै हुनुहुन्थ्यो धरावासी । अब घरबारविहीन बन्यो उहाँको परिवार । एकातिर एसएलसी दिनु छ, पढ्नुपर्ने, अर्कातिर घरको अवस्था यस्तो । अब फेरि मामाघरकै ग्वालीमा बस्नुपर्ने अवस्था आउनेभयो भन्ने चिन्ता भयो उहाँलाई ।

आमा र उहाँ माग्न हिँड्नुभयो ।

कसैले बाँस दिए, कसैले लुगा कपडा । कसैले के दिए, कसैले के । जसोतसो धुस्ने परालले छाएर छाप्रो बनाउनुभयो । तर, पानी छेकेन । प्लाष्टिक टाँगियो भित्रबाट, पानी भरिएर ख्वालल पोखियो ।
उता जग्गा पूरै बाँझियो । २ विगाह जग्गा भएर पनि दुःखले छाडेन ।

एसएलसी सेकेण्ड डिभिजनमा पास गर्नुभयो धरावासीले । साथीभाइ कोही कता, कोही कता लागे पढ्न । घनिष्ठ साथी संजीव पनि काठमाडौंतिर लाग्नुभयो ।

धरावासीसँग कहाँ पढ्ने, के पढ्ने र कसरी पढ्ने स्रोत जुटाउने भन्ने कुनै मेसो थिएन । उहाँ दैनिकजसो आफू पढेकै स्कुलमा जान थाल्नुभयो । कुनैकुनै शिक्षकले आफ्नो कक्षा पढाइदिन भन्न थाले । उहाँले पढाउनुभयो । यसवापत केही पैसा दिन्थे शिक्षकले उहाँलाई । विस्तारै महिनाको प्रति विद्यार्थी १० रूपैयाँका दरले ट्युसन पढाउन थाल्नुभयो । महिनाको २०० रूपैयाँजति कमाइ हुन थाल्यो ।

क्रमश: