सी जिनपिङ थट : ग्लोबल र चिनियाँ सन्दर्भमा दुवैको सन्तुलन

सी जिनपिङ थट : ग्लोबल र चिनियाँ सन्दर्भमा दुवैको सन्तुलन

टंक कार्की  |  दृष्टिकोण  |  आश्विन १०, २०७६

अहिलेको चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र र केही समयभित्रै चीन संसारको पहिलो सबैभन्दा ठूलो अर्थतन्त्र हुँदै छ भन्ने गरिएको छ । यो तथ्यलाई अर्को ढंगले हेर्ने हो भने चीन पहिल्यै पहिलो अर्थतन्त्र बन्ने हो । चीनले अहिलेकै विकासको गतिमा ६.३ प्रति वर्ष आर्थिक वृद्धि गर्न सक्यो भने प्रति वर्ष प्रति व्यक्ति आयमा ५२० डलरले विकास गर्दै जान्छ । चिनियाँहरू धेरै व्यावहारिक छन् । उनीहरू सामाजिक सद्भावको कुरा गर्छन् । समाजभित्र विभिन्न शक्तिपिठ छन्, ती शक्तिपिठहरूलाई सन्तुलनमा कसरी लिएर जाने, चिनियाँहरूको प्राचीन शुद्धि, बुद्धि, जसलाई कन्फ्युसयिसको विचारमा उनीहरूले यो सन्तुलन कायम गरेका छन् ।

सी जिनपिङको अवधारणाको कुरा गर्दाखेरि त्यसका केही शर्तहरू छन् । त्यसलाई सीमाबद्ध गर्ने केही रेखाहरू छन् । ती रेखाहरू भनेका ‘सी जिनपिङ थट अन सोसियलिजम विथ चाइनिज क्यारेक्टरस्टिक्स’मा उल्लेख छन् । सी जिनपिङ थट समाजवादसँग सम्बन्धित छ । त्यो समाजवादचाहिँ चिनियाँ प्रकृतिको, चिनियाँ अर्थतन्त्रसँग गाँसिएको छ । सामाजिक विकासको प्रक्रियामा भित्रै हिस्टोरिकल स्टेज हुन्छन्, त्यो हिस्टोरिकल स्टेजको एउटा खास स्टेजमा सामाजलाई अगाडि बढाउने क्रान्तिको एउटा चिनियाँ सन्दर्भमा बनाइएको एउटा डिजाइन चिनियाँ माओ थट हो ।

सामन्ती समाजबाट समाजवादतिर जानका निम्ति जुन निर्देशन चाहिन्छ, त्यो निर्देशनचाहिँ चिनियाँहरूले परिभाषित गर्दाखेरि नयाँ जनवादमा माओत्सेको उपनाममा परिभाषित गरियो र त्यसलाई अगाडी बढाइयो । अहिले चीन विश्वको दोस्रो अर्थतन्त्र बनेको, समाजवादकै हिसाबमा गइरहेको छ । उनिहरू प्राइमरी लेभलमा सोसलिजम भन्दैनन् । सी जिनपिङ थट अहिलेको ग्लोबल कन्टेक्स्ट, चिनियाँ कन्टेक्स्टमा यो दुइटैको सन्तुलन छ । दोस्रो विश्वयुद्ध पछाडि विकसित भएको विश्व व्यवस्था भनेको सोभियत संघले नेतृत्व गरेको एउटा ध्रुव र अर्को अमेरिकाले नेतृत्व गरेको ध्रुव हो । त्यो सन् १९९० सम्म या सोभियत संघ विघटन नहुन्जेलसम्म रह्यो ।

सोभियत संघ र पूर्वी युरोपको विघटन पछाडि र समाजवादको अवसान पछाडि छोटो अवधिका लागि लगभग यस्तो भयो कि दुनियाँचाहिँ यसरी बढिराखेको छ । संयुक्त राष्ट्र संघको अनुमति नै नलिएर इराकमा, अफगानिस्तानमा, लिबियामा अमेरिका गयो । त्यसमा कसैको अनुमोदन चाहिएन । ऊ एकछत्र सुपर पावर, सुप्रिम पावरको रूपमा छोटो अवधि रह्यो । खास गरेर यो कुरा सन् १९९० देखि लिएर लगभग २००८ सम्म रह्यो । २००८ पछाडि जब विश्व पुँजिवादी व्यवस्था आर्थिक संकटमा पर्न थाल्यो, इराक युद्धमा, अफगानिस्थान युद्धमा यति खर्चिलो भयो कि अब पश्चिममा दुनियाँहरू र त्यसको नायक अमेरिका अन्तरमुखी बन्नुपर्ने भयो ।

अहिले चिनियाँहरू केमा लागिरहेका छन् भने हिजोको यिनीहरूको ग्रोथ मोडल जुन थियो, त्यो ग्रोथ के गरे भने जेजति पैसा तिमी उत्पादनमा इन्भेस्टमेन्ट बढाऊ अनि उत्पादन गरेको वस्तुचाहिँ सबै बाहिर बेच भन्ने नीति बनाए । त्यसो गर्दा गर्दा यिनीहरू १२/१३ मा आइपुग्दा तीन ट्रिलियन डलरभन्दा बढीको अर्थतन्त्र बने ।

अहिले चीनले जुन विकास गरेको छ, हामी नबिर्सौं कि त्यसको कारण त्यसले अवलम्बन गरेको आर्थिक, सामाजिक, राजनीतिक प्रणाली नै हो । त्यसको संगतिको वाई प्रोडक्ट के हो ? यदि त्यस्तो किसिमको राजनीति हुँदैनथ्यो, त्यस्तो किसिमको आर्थिक व्यवस्था हुँदैनथ्यो, त्यस्तो किसिमको सामाजिक व्यवस्था हुँदैनथ्यो भने चीनले त्यो प्रगति गर्न सक्दैनथ्यो । सन् १९५० को सुरुवातमा, जतिखेर भर्खरै भारत स्वतन्त्र भएको थियो– सन् १९४७ मा, सन् १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भएर नयाँ चीन बनेको थियो । सन् १९८० मा पुग्दाखेरि चीन र भारत दुईवटै बराबरीमा आए । चिनियाँ अर्थतन्त्र आज पाँच गुणा ठूलो छ । सन् १९८० मा चीनका नेताको पहिलो अमेरिका भ्रमण गर्ने बेलामा चिनियाँ नेतृत्वसँग फरेन करेन्सी नभएर कोही एउटा व्यापारीसँग मागेर डलर लिएर गएका हुन् । आज त्यो चीनसँग तीन ट्रिलियन डलरभन्दा बढी छ । चीनको यो विकासमा चिनियाँ कम्युनिष्ट पार्टी मात्रै होइन, त्यसको समाज र संस्कृतिसँग पनि गासिएको छ ।

छोटो अवधिमा एउटा तिलस्मी परिवर्तन गरेको छ चीनले । त्यो तिलस्मी परिवर्तन ३० वर्षसम्म निरन्तर दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दुनियाँको कुनै मुलुक छ ? आजसम्म इतिहासमा कहीँ भएको छ यस्तो ? अहिले चिनियाँहरू केमा लागिरहेका छन् भने हिजोको यिनीहरूको ग्रोथ मोडल जुन थियो, त्यो ग्रोथ के गरे भने जेजति पैसा तिमी उत्पादनमा इन्भेस्टमेन्ट बढाऊ अनि उत्पादन गरेको वस्तुचाहिँ सबै बाहिर बेच भन्ने नीति बनाए । त्यसो गर्दा गर्दा यिनीहरू १२/१३ मा आइपुग्दा तीन ट्रिलियन डलरभन्दा बढीको अर्थतन्त्र बने । अब पुँजिवादी बजारमा संकुचित हुन थाले । फाइनान्सियल क्राइसिसहरू आए । वस्तुहरू बिक्री हुन छाडे । त्यसलाई के गर्ने त ? अब आन्तरिक बजारलाई नै बढावा दिने, आन्तरिक उपभोगको आधारलाई बढाउने । त्यो उत्पादित वस्तुचाहिँ बाहिर साप्लाई गर्ने मात्रै होइन कि आन्तरिक उत्पादनलाई खपत गर्ने र जनताको जीवन स्तर पनि बढाउने ।

यस अर्थमा चिनियाँहरू सी जिनपिङको थटमा पिपुल सेन्टर्ड डेभलपमेन्ट जुन छ, नि, त्यो पहिले जनताको क्रय शक्ति, उनीहरूको जीवनस्तर बढाउनेमा केन्द्रित भए । त्यसका निम्ति एक करोडजति मानिसहरू मात्रै बाँकी छन्, त्यो पनि यो वर्षभित्र सम्पन्न गर्ने योजना छ । उनीहरूका प्रत्येक योजनाहरू समयमै पूरा भएका छन् । सन् १९८० को दशकको चीनको जुन जीपीजी छ, त्यसको चार गुणा बढी जीपीजी सन् २००० मा बनाउने भन्ने थियो । त्यो लक्ष्य सन् १९९७ मा पूरा गरे ।

बीआरआई भनेको हिजो दुनियाँले अवलम्बन गरेको आर्थिक विश्व व्यवस्था जुन थियो, अर्थात् एउटा माथि जाने अरू तल, नाफा एकथरीले मात्रै खाने, घाटाजति अर्कोलाई, अल्पविकसित विकास समूहका मुलुकहरूलाई घाटा र लाभजति सबै सेन्टरका मुलुकहरूले लिने । अहिले चिनियाँहरू के कुरा गरिरहेका छन् भने त्यो मोडलले स्थायित्व दिँदैन, त्यसैले अबको नयाँ आर्थिक विश्व व्यवस्था के हुनुपर्छ भने तिमीलाई पनि लाभ होस्, मलाई पनि लाभ होस् ।

(नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, नेपाल प्रदेश ३ ले काठमाडाैंम २०७६ असाेज ४ गते शनिवार आयाेजित 'सी जिनपिङ् विचारधारा र बीआरआईः के विश्व व्यवस्था बदलिँदै छ ?' विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथिकाे टिप्पणी गर्दै राख्नुभएकाे धारणाको सम्पादित अ‌ंश)

याे पनि 

बीआरआईः इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीमा साझा भविष्यको खोजी गर्ने पहल

बीआरआई मर्म र नेपालको पक्षमा स्वतन्त्र निर्णयको सवाल

बीआरआई: विज्ञान प्रविधिकाे ज्ञान हस्तान्तरणमा पार्टनरसीप आवश्यक

'चिनियाँ सीमालाई बुझिराख्नुस्, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन'