उर्दू लोकसाहित्यमा लोककथा : प्रकार, पात्र र परिवेश

उर्दू लोकसाहित्यमा लोककथा : प्रकार, पात्र र परिवेश

इद्रिस सायल  |  दृष्टिकोण  |  कार्तिक १५, २०७६

नेपालको उर्दू लोकसाहित्यमा लोककथाचाहिँ लोकसाहित्यको एउटा महत्त्वपूर्ण विधा मानिन्छ । लोककथालाई नेपालको उर्दू भाषामा किस्सा भनिन्छ । किस्सा, कहानी र अफसाना सबै पर्यायवाची शब्द भए पनि किस्सा लोककथाका लागि तथा अफसाना र कहानी आधुनिक कथाका लागि प्रयोग भएको पाइन्छ । यद्यपि, ग्रामीण क्षेत्रहरूमा लोककथालाई मसला र कहानी पनि भनिएको पाइन्छ । नेपालमा प्रचलित उर्दू लोककथाहरूलाई विभिन्न आधारमा वर्गीकरण पनि गर्न सकिन्छ ।

४.३. सैयदा बिबी की कहानीको चरित्र

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथामा विविध चरित्रहरू रहेका पाइन्छ । तिनीहरूमा केही मुख्य भूमिकायुक्त, केही सहायक भूमिकायुक्त र केही गौण भूमिकायुक्त चरित्रहरू रहेका छन् ।

क) बिबी सैयदा

बिबी सैयदा पैगम्बर मोहम्मदकी छोरी फात्माकै एउटा नाम हो । उनीचाहिँ सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथामा मुख्य चरित्रको रूपमा रहेकी पाइन्छ । उनले महिला अधिकारका लागि सङ्घर्ष गर्नाका साथै करबलाको जनयुद्धमा समेत सहभागी भएकी थिइन् । उनले त्यस जनयुद्धमा सहभागी हुन अन्य थुप्रै महिलाहरूलाई पनि प्रेरित गरेकी थिइन् । उनीसँग भूमिका जोडिएर आउने अन्य गौण चरित्रहरू यस्ता छन् :

पैगम्बर मोहम्मद

पैगम्बर मोहम्मदचाहिँ बिबी सैयदाका पिता हुन् । अल्लाहबाट पैगम्बर (सन्देशदूत)को उपाधि पाएका पैगम्बर मोहम्मदकै निर्देशनमा करबलाको जनयुद्ध भएको थियो । त्यो जनयुद्ध इस्लाम धर्म, देश र जनताका लागि भएको पाइन्छ ।

अली

अलीचाहिँ बिबी सैयदाका श्रीमानको नाम हो । उनले करबलाको जनयुद्धमा मुख्य भूमिका निभाएकाले उनलाई सेरे खुदा (अल्लाहको सेर) पनि भनेको पाइन्छ ।

हुसेन

हुसेनचाहिँ बिबी सैयदाको छोराको नाम हो । उनी पनि करबलाको जनयुद्धको मुख्य जनयोद्धाको रूपमा चिनिन्छन् ।

हसन

हसनचाहिँ बिबी सैयदाको अर्को छोराको नाम हो । उनी पनि करबलाको जनयुद्धको मुख्य जनयोद्धाको रूपमा चिनिन्छन् ।

ख) सुनार्नी

एउटी सुनार्नी पनि यस लोककथाको सहायक चरित्रको रूपमा रहेकी पाइन्छ । ऊसँग जोडिएर आउने गौण चरित्रहरूमा उसको श्रीमान्, उसको छोरा र एउटा कुमाले रहेका छन् ।

ग) यहुदी

एउटा यहुदी पनि यस लोककथाको सहायक चरित्रको रूपमा रहेको पाइन्छ । ऊसँग जोडिएर आउने गौण चरित्रहरूमा उसकी छोरी र यहुदी महिलाहरू हुन् ।

घ) बादशाह– १

बादशाह– १ पनि यस लोककथाको एउटा सहायक चरित्रको रूपमा रहेको पाइन्छ । ऊसँग जोडिएर आउने गौण चरित्रहरूमा उसकी छोरी, वजिर र वजिरकी छोरी हुन् ।

ङ) बादशाह– २

बादशाह– २ पनि यस लोककथाको सहायक चरित्रको रूपमा रहेको पाइन्छ । ऊसँग जोडिएर आउने गौण चरित्रहरूमा वजिर (मन्त्री) र सिपाही हुन् ।

४.४. सैयदा बिबी की कहानीको परिवेश

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने उर्दू लोककथा सैयदा बिबी की कहानीको मुख्य परिवेशको रूपमा अरबी परिवेश नै देखिए पनि सहायक र गौण परिवेशको रूपमा क्रमशः भारतीय र नेपाली परिवेश पनि देखिन्छ ।

क) अरबी परिवेश

बिबी सैयदा, पैगम्बर मोहम्मद र अली तथा एउटा यहुदी सबै अरबकै चरित्र भएकाले सैयदा बिबी की कहानी नामक यस लोककथाको मुख्य परिवेश अरब नै रहेको पाइन्छ । त्यसैगरी यस लोककथामा बादशाहको रूपमा आएका चरित्रहरूको परिवेश स्पष्ट नभए पनि तिनीहरूलाई अरबी परिवेशकै बादशाहको रूपमा पनि हेर्ने गरेको पाइन्छ ।

त्यसैगरी यस लोककथाका सुनार र कुमाल जस्ता चरित्रहरूको परिवेश पनि स्पष्ट नभएको अवस्थामा उनीहरूलाई पनि अरबी परिवेशकै चरित्रको रूपमा हेर्ने गरेको पाइन्छ ।

ख) भारतीय परिवेश

यस उर्दू लोककथामा बादशाहको रूपमा आएका चरित्रहरूको परिवेश स्पष्ट नभएकाले उनीहरूलाई भारतीय परिवेशको चरित्र अर्थात् भारतीय बादशाहको रूपमा पनि हेर्ने गरेको पाइन्छ । यसै लोककथामा आएका सुनार र कुमाल जस्ता चरित्रहरूको परिवेश पनि स्पष्ट नभएकाले तिनीहरूलाई भारतीय परिवेशको चरित्रका रूपमा पनि हेर्ने गरेको पाइन्छ । यस लोककथामा सहायक परिवेशको रूपमा भारतीय परिवेश पनि आएको पाइन्छ ।

ग) नेपाली परिवेश

यस लोककथामा आएका सुनार र कुमाल जस्ता चरित्रहरूको परिवेश स्पष्ट नभएकाले उनीहरूलाई नेपाली परिवेश (तराई)कै चरित्रको रूपमा पनि हेर्ने गरेको पाइन्छ । यस लोककथामा गौण परिवेशको रूपमा नेपाली परिवेश पनि आएको पाइन्छ ।

४.५. सैयदा बिबी की कहानीको भाषा

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने सैयदा बिबी की कहानी नामक यस लोककथामा प्रयुक्त भाषा उर्दू लोकभाषाको रूपमा रहेको देखिन्छ । यस उर्दू लोकभाषामा नेपाली परिवेशका उर्दू शब्दहरूको बाहुल्य रहेको पाइन्छ ।

४.६. दश बिबी की कहानी

दश बिबी की कहानी पनि नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गर्ने एउटा उर्दू लोककथा हो । यो लोककथाको नाम बिबी सैयदा, बिबी सायरा, बिबी आसिया, बिबी हाजरा, बिबी मरियम, बिबी जैनब, बिबी सोगरा, बिबी कुबरा, बिबी सकिना र बिबी उम कलसुम जस्ता दश जना महान् महिलाहरूको नामबाट ‘दश बिबी की कहानी’ रहेको पाइन्छ । यसको नेपाली अर्थ ‘दश नारीको कथा’ हुन्छ ।

प्रस्तुत लोककथालाई तिनै दश महान् महिलाहरूको कथा भनिए पनि यसमा धनी दाजु र गरिब भाइको कथा पनि रहेको पाइन्छ । त्यसैगरी पैगम्बर मोहम्मद र उनका ज्वाइँ अली (जो बिबी सैयदाका श्रीमान् पनि हुन्)को कथा पनि आएको पाइन्छ । तापनि यो लोककथा तिनै दश महान् महिलाहरूलाई समाज, देश र जनताका लागि पु¥याएको योगदान स्वरूप स्मरण गर्ने माध्यम बनेको पाइन्छ ।

आज ‘दश बिबी की कहानी’ नामक यही लोककथाको वाचनको आयोजना गरेर ती महान् महिलाहरूलाई स्मरण गर्ने प्रचलन नेपालको मुस्लिम समुदायमा पनि रहेको पाइन्छ ।

बिबी हाजरा पैगम्बर इबराहिमकी श्रीमती र पैगम्बर इस्माइलकी आमा हुन् । पैगम्बर इबराहिमद्वारा निर्माण गरिएको काबा (हजस्थल)मा आज विश्वभरका मुस्लिमहरू बकर इद (इदुलअजहा)को उपलक्ष्यमा हज (तीर्थाटन) गर्न जान्छन् र पैगम्बर इबराहिमो स्मरण गर्छन् । पैगम्बर इस्माइलको स्मृतिमा प्रत्येक वर्ष बकर इदकै उपलक्ष्यमा कुरवानी (पशु बलि) गर्ने परम्परा पनि रहेको छ । समग्रमा बिबी हाजरा, पैगम्बर इस्माइल र पैगम्बर इबराहिमको स्मृतिमा यो समग्र चाड मनाइन्छ ।

५.१. दश बिबी की कहानीको विषयवस्तु

दश बिबी की कहानी नामक यो उर्दू लोककथा नेपालको मुस्लिम समुदायमा  महिलाहरूद्वारा वाचन गरिने लोककथा हो । यस लोककथामा बिबी सैयदा, बिबी सायरा, बिबी आसिया, बिबी मरियम, बिबी हाजरा, बिबी जैनब, बिबी सकिना, बिबी सोगरा, बिबी कुबरा र बिबी उम कलसुम जस्ता दश महान् महिलाहरूको प्रसंग कथा र अन्य २ वटा कथांश रहेका पाइन्छ ।

क) अली र पैगम्बर मोहम्मदको कथा

दश बिबी की कहानी नामक यस उर्दू लोककथामा अलीको कथा पनि रहेको पाइन्छ । उनीचाहिँ बिबी सैयदाका श्रीमान् र पैगम्बर मोहम्मदका ज्वाइँ हुन् । एक दिन अलीले आफ्ना ससुरा पैगम्बर मोहम्मदलाई भोजनका लागि निम्तो दिए । तर, त्यतिबेला उनको घरमा अन्नचाहिँ पटक्कै भिएन । त्यस्तो अवस्थामा उनले कर्जा ल्याएर भोजनको व्यवस्था गरेका थिए ।

ख) दश महिलाहरूको कथा

यो ‘दश बिबी की कहानी’ नामक उर्दू लोककथा बिबी सैयदालगायत दस महान् महिलाहरू बिबी सायरा, बिबी आसिया, बिबी मरियम, बिबी हाजरा, बिबी जैनब, बिबी सकिना, बिबी सोगरा, बिबी कुबरा र बिबी उम कलसुमको कथाको रूपमा नै रहेको पाइन्छ । यस लोककथामा बिबी सैयदाले एउटा गरिब दम्पतीलाई संकटबाट मुक्ति पाउन मार्गनिर्देश गरेको पाइन्छ ।

ग) धनी दाजु र गरिब भाइको कथा

यस लोककथाको सुरुदेखि अन्त्यसम्म तिनै दाजुभाइको कथा आएको पाइन्छ । दाजु एकदमै धनी र भाइ एकदमै गरिब थियो । एक दिन भाइ कमाउन गएपछि उसकी श्रीमतीले आफ्ना जेठाजुको घरमा नोकर्नी जस्तो भएर रुँदै जीवन गुजार्नुपरेको थियो । एक दिन सपनामा बिबी सैयदाले दिएको सल्लाहअनुसार महिलाले भाकल गरी– ‘मेरो श्रीमान् कमाएर सकुशल आउनुभयो भने म दश बिबीहरूको नाममा फात्हा (पूजा) गराउँछु ।’

उसको श्रीमान् कमाएर सकुशल फर्केपछि उसले दश बीबीहरूको नाममा फात्हा गराई र केही सिरिनी (प्रसाद) आफ्नी जेठानीलाई पनि दिन गई तर उसले त्यो प्रसाद लिइन । त्यसपछि उसमाथि यस्तो संकट आयो कि श्रीमान् श्रीमती जहाँ गए पनि संकटले पछ्याउन छाडेन । आखिर त्यस महिलाले आफ्नो गल्ती स्वीकारी र माफी मागी अनि तिनै दश बिबीको नाममा फात्हा (पूजा) गरी । त्यसपछि उनीहरूको दशा सुध्रियो ।

५.२. दश बिबी की कहानीको सन्देश

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने दश बिबी की कहानी नामक यस उर्दू लोककथामा पनि विविध सन्देश निहित रहेको पाइन्छ । यस लोककथाका सन्देशहरू पनि प्रायः मुस्लिम संस्कृति, महिलाअधिकार तथा प्रगतिशीलताकै सेरोफेरोमा केन्द्रित रहेका पाइन्छ ।

क) धर्म र संस्कृतिको जगेर्ना

दश बिबी की कहानी नामक यो उर्दू लोककथाले पनि मुस्लिम समुदायको धर्म र संस्कृतिको जगेर्ना हुनुपर्ने सन्देश दिएको पाइन्छ । यो लोककथा पनि मुस्लिम भाषा, संस्कृति र इतिहाससित नै सम्बद्ध रहेको छ ।

ख) महिलाअधिकारको वकालत

यस लोककथाले इस्लामका दश महान् महिलाहरूको प्रसंग कथा समेटेर महिला अधिकारको वकालत गर्नुपर्ने सन्देश दिएको पाइन्छ । यस लोककथाको आयोजना, वाचन र श्रवण पनि महिलाहरूद्वारा नै भएको पाइन्छ ।

ग) महान् व्यक्तित्वको कदर

यस लोककथाले बिबी सैयदा, बिबी सायरा, बिबी आसिया, बिबी मरियम, बिबी जैनब, बिबी सोगरा, बिबी सकिना, बिबी कुबरा, बिबी उम कलसुम र बिबी हाजरा जस्ता १० महान् महिला व्यक्तित्वको कदर गर्नुपर्ने सन्देश दिएको पाइन्छ । यस लोककथाले समाज, देश र जनताका लागि अनुकरणीय योगदान गर्ने महान् व्यक्तित्वहरूको कदर र सम्मान सदासर्वदा हुनुपर्ने सन्देश पनि दिएको पाइन्छ ।

घ) गरिबप्रति सहानुभूति

प्रस्तुत लोककथाले गरिबहरूको उत्थान र उद्धार हुनुपर्ने भन्दै गरिबप्रति सहानुभूति राख्नुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस लोककथामा एउटा गरिब दम्पतीको प्रसंग आएको र त्यसले अवश्य पनि गरिबप्रति सहानुभूति राखेको पाइन्छ । त्यसैगरी पैगम्बर मोहम्मदका ज्वाइँ तथा बिबी सैयदाका श्रीमान् अलीको गरिबीको प्रसंगद्वारा पनि यस लोककथाले गरिबप्रति सहानुभूति राख्नुपर्ने सन्देश दिएको छ । यस लोककथाले गरिबहरूको उत्थान र उद्धार हुन सकेमा मात्र समाज र देशको विकास हुनसक्ने अर्को सन्देश पनि दिएको पाइन्छ ।

ङ) घमण्डी प्रवृत्तिप्रति असहमति

यस लोककथाले घमण्डी एवम् अहंकारी व्यक्तिहरूको घमण्ड एवम् अहंकारीप्रति असहमति राख्नुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस्तो सन्देश दिनार्थ यस लोककथाले एउटा घमण्डी प्रवृत्तिका दम्पतीका दुर्दशाका दिनहरूलाई समेटेको पाइन्छ ।

च) ईशभय

यस लोककथाले पनि मान्छेमा ईशभय हुनुपर्ने सन्देश दिएको पाइन्छ । यस लोककथाले ईशभय राख्नाले मान्छेलाई चरित्रिक शुद्धता प्राप्त हुनाका साथै समाजमा शान्ति र सद्भाव स्थापना हुने सन्देश पनि दिएको पाइन्छ ।

५.३. दश बिबी की कहानीको चरित्र

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गर्ने दश बिबी की कहानी नामक यस उर्दू लोककथामा पनि मुख्य, सहायक र गौण भूमिका भएका चरित्रहरू रहेका पाइन्छ ।

क) बिबी सैयदा

दश बिबी की कहानी नामक यस लोककथामा पनि बीबी सैयदा मुख्य चरित्रकै रूपमा रहेको पाइन्छ । उनका बारेमा थप चर्चा ‘सैयदा बिबी की कहानी’ उपशीर्षकमा अघिल्ला पृष्ठमा भइसकेको छ ।

ख) बिबी सायरा

बिबी सायराको बारेमा अन्य जानकारी उपलब्ध हुनसकेको पाइँदैन ।

ग) बिबी आसिया

बिबी आसिया पनि यस लोककथामा मुख्य चरित्रकै रूपमा रहेको पाइन्छ । उनको जन्म पैगम्बर इसराइलको परिवारमा तथा विवाह तानाशाह फिरऔनसँग भएको थियो । बिबी आसियाले इस्लाम धर्म, समाज, देश र जनताका लागि गरेको योगदानबाट चिढिएर तानाशाह फिरऔनले बिबी आसियालाई अनेकौँ शारीरिक र मानसिक सजाय दिन्थ्यो तैपनि बिबी आसियाले आफूले रोजेको सद्मार्गबाट पछि हट्ने साहस कहिल्यै गरिनन् ।

घ) बिबी मरियम

बिबी मरियमचाहिँ पैगम्बर इसाकी आमाको नाम थियो । बिबी मरियमले इसा जस्ता सुपुत्र जन्माएकी थिइन्, जसले अल्लाहबाट पैगम्बरको उपाधि पाउनुका साथै मुर्दा जिउँदो पारिदिने शक्ति पनि पाएका थिए ।

ङ) बिबी हाजरा

बिबी हाजरा पैगम्बर इबराहिमकी श्रीमती र पैगम्बर इस्माइलकी आमा हुन् । पैगम्बर इबराहिमद्वारा निर्माण गरिएको काबा (हजस्थल)मा आज विश्वभरका मुस्लिमहरू बकर इद (इदुलअजहा)को उपलक्ष्यमा हज (तीर्थाटन) गर्न जान्छन् र पैगम्बर इबराहिमो स्मरण गर्छन् । पैगम्बर इस्माइलको स्मृतिमा प्रत्येक वर्ष बकर इदकै उपलक्ष्यमा कुरवानी (पशु बलि) गर्ने परम्परा पनि रहेको छ । समग्रमा बिबी हाजरा, पैगम्बर इस्माइल र पैगम्बर इबराहिमको स्मृतिमा यो समग्र चाड मनाइन्छ ।

च) बिबी जैनब

बिबी जैनबचाहिँ करबलाको जनयुद्धमा सरिक भएकी साहसी माहिला थिइन् ।

छ) बिबी सकिना

बिबी सकिना पनि करबलाको जनयुद्धमा सरिक भएकी साहसी महिला थिइन् ।

ज) बिबी सोगरा

बिबी सोगरा पनि करबलाको जनयुद्धमा सरिक भएकी साहसी महिला थिइन् ।

झ) बिबी कुबरा

बिबी कुबरा पनि करबलाको जनयुद्धमा सरिक भएकी साहसी महिला थिइन् । 

ञ) बिबी उमकलसुम

बिबी उमकलसुम पनि करबलाको जनयुद्धमा सरिक भएकी साहसी महिला थिइन् ।   

ट) अली

अलीचाहिँ बिबी सैयदाका श्रीमान् र पैगम्बर मोहम्मदका ज्वाइँ हुन् । उनका बारेमा पनि अघिल्ला पृष्ठहरूमा चर्चा भइसकेको छ ।

ठ) पैगम्बर मोहम्मद

पैगम्बर मोहम्मदचाहिँ बिबी सैयदाका पिता हुन् । पैगम्बर मोहम्मदका बारेमा पनि अघिल्ला पृष्ठहरूमा चर्चा भइसकेको छ ।

ड) धनी दम्पती

यस लोककथामा धनी सम्पति जस्ता चरित्र पनि छन्, जसमा घमण्डी प्रवृत्तिको बोलबाला रहेको पाइन्छ ।

ढ) गरिब दम्पती

यस लोककथामा गरिब दम्पती जस्ता चरित्र पनि छन्, जसमा निश्छल र निरीह प्रवृत्तिको बोलबाला रहेको पाइन्छ ।

५.४. दश बिबी की कहानीको परिवेश

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने यस दश बिबी की कहानी नामक उर्दू लोककथामा पनि मुख्य रूपमा अरबी परिवेश, सहायक रूपमा भारतीय परिवेश र गौण रूपमा नेपाली परिवेश आएको देखिन्छ ।

५.५. दश बिबी की कहानीको भाषा

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने दश बिबी की कहानी नामक यस उर्दू लोककथामा पनि उर्दू लोकभाषाको प्रयोग भएको पाइन्छ । यसमा पनि नेपाली परिवेशका उर्दू शब्दहरूको बाहुल्य रहेको पाइन्छ ।

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने यी लोककथाहरूको प्रचलन र परंपरालाई निरन्तरता दिँदै जानुपर्छ । नेपालको मुस्लिम समुदायमा प्रचलित यस्तो विशेष संस्कृतिलाई संरक्षण गर्नु पनि आजको आवश्यकता हो ।

६. कथावाचनको आयोजना प्रक्रिया

नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने सैयदा बिबी की कहानी र दश बिबी की कहानी जस्ता लोककथाको वाचनको आयोजना गर्ने आफ्नै प्रक्रिया रहेको पायन्छ ।

क) समय निर्धारण

महिलाहरूद्वारा वाचन गरिने यी लोककथाहरूको वाचनको आयोजना गर्न सर्वप्रथम समयको निर्धारण गर्ने गरिन्छ । समय निर्धारण गर्दा हिज्री सम्वत्को तारिखअनुसार साँझपखको समय निर्धारण गर्ने गरेको पाइन्छ ।

ख) स्थान निर्धारण

महिलाहरूद्वारा वाचन गरिने यी लोककथाहरूको वाचनको आयोजना घरमै गर्ने गरेको पाइन्छ । त्यसका लागि घर पाक (पवित्र) अर्थात् लिपपोत गरेको हुनुपर्छ ।

ग) सिरिनीको व्यवस्था

महिलाहरूद्वारा वाचन गरिने यी लोककथाहरूको वाचनको आयोजना गर्दा सिरिनी (प्रसाद)को व्यवस्था पनि अनिवार्य रूपले गर्ने गरेको पाइन्छ ।

घ) अगरबत्तीको व्यवस्था

यी लोककथाको वाचनको आयोजना गर्दा अगरबत्तीको व्यवस्था पनि अनिवार्य रूपले गर्ने गरेको पाइन्छ ।

ङ) मैनबत्तीको व्यवस्था

यी लोककथाको वाचनको आयोजना गर्दा साँझपख गर्नुपर्ने भएकाले कम्तीमा पनि मैनबत्तीको व्यवस्था गर्ने गरेको पाइन्छ ।

च) कथावाचनलाई निम्तो

यी लोककथाको वाचनको आयोजना गर्दा कथावाचकको रूपमा महिला कथावाचकलाई केही समय अगावै निम्तो गर्ने गरेको पाइन्छ ।

छ) श्रोताहरूलाई निम्तो

यी लोककथाको वाचनको आयोजना गर्नार्थ सबै तयारी पूरा भइसकेपछि श्रोताहरूलाई पनि निम्तो गर्ने गरेको पाइन्छ । श्रोताका रूपमा प्रायः महिलाहरूलाई निम्तो गर्ने प्रचलन रहे पनि हाल पुरुषहरूलाई पनि निम्तो गर्न थालेको पाइन्छ ।

७) वाचन प्रक्रिया

नेपालको मुस्लिम समु्दायमा महिलाहरूद्वारा वाचन गरिने सैयदा बिबी की कहानी र दश बिबी की कहानी जस्ता उर्दू लोककथाहरूको वाचन प्रक्रिया पनि आफ्नै प्रकारको रहेको पाइन्छ ।

क) गुस्ल

यी लोककथाहरूका वाचनका लागि महिला कथावाचकले सर्वप्रथम गुस्ल अर्थात् स्नान गरेर नयाँ वा सफा वस्त्र लगाउनुपर्छ । त्यसपछि वजु (हात, मुख र खुट्टा धने काम) गर्नुपर्छ ।

ख) नमाज

यी लोककथाहरूको वाचनका लागि महिला कथावाचकले सुरुमा नफिल नामक नमाज (प्रार्थना) पढ्नुपर्छ ।

ग) बिस्मिल्ला

यी लोककथाहरूको कथावाचन गर्न लाग्दा महिला कथावाचकले बिस्मिल्ला गर्नुपर्छ अर्थात् कुरआनको यो मन्त्र पढ्नुपर्छ ‘बिस्मिल्लाहिर्रहमानिर्रहीम’ अर्थात् ‘अल्लाहको नामबाट सुरु गर्दै छु, जो एकदमै दयालु र महान् छन्) ।’

घ) तिलावत्

यी लोककथाहरूको तिलावत् (वाचन) बिस्मिल्ला गरेपछि मात्र गरेको पाइन्छ ।

ङ) फात्हा

यी लोककथाहरूको वाचन सकिएसँगै फात्हा (पूजा) गर्ने गरेको पाइन्छ ।

च) सिरिनी तकसिम

यी लोककथाहरूको वाचन र फात्हा सकिएपछि (सिरिनी तकसिम) प्रसाद वितरण गर्ने गरेको पाइन्छ ।

८. कथावाचकमा हुनुपर्ने योग्यता

महिलाहरूद्वारा वाचन गरिने यी लोककथाका वाचकमा केही योग्यता पनि हुनुपर्छ ।

क) कथावाचक यी लोकथाहरूको विज्ञ हुनुपर्छ ।
ख) कथावाचक शिक्षित हुनुपर्छ ।
ग) कथावाचकले यी लोककथाहरूको सङ्कलन गरेको हुनुपर्छ ।
घ) कथावाचक मुस्लिम धर्म र संस्कृतिको विज्ञ हुनुपर्छ ।
ङ) कथावाचकमा कथावाचन गर्ने आफ्नै शैली हुनुपर्छ ।
च) कथावाचक मुस्लिम समाजले मनपराएको व्यक्ति हुनुपर्छ ।
छ) कथावाचक कुनै पनि आरोप, प्रत्यारोपबाट मुक्त हुनुपर्छ  ।

९. निष्कर्ष

नेपालको मुस्लिम समुदायमा प्रचलित उर्दू लोकसाहित्यको लामो परंपरा रहेको पाइन्छ । उर्दू लोकसाहित्यका धेरैजसो विधाहरू महिलासँग बढी सम्बन्धित रहेका पाइन्छ । त्यस्तो विधामा लोकगीत पछि लोककथा आउने गर्छ ।

नेपालको उर्दू लोकसाहित्यमा महिलाहरूले वाचन गर्ने लोककथा पनि रहेका पाइन्छ । उर्दू लोककथाअन्तर्गत सैयदा बिबी की कहानी र दश बिबी की कहानीलाई महिलाहरूले वाचन गर्ने मुख्य लोककथाका रूपमा लिइएको पाइन्छ । यी उर्दू लोककथाको अध्ययनबाट मुस्लिम धर्म र संस्कृतिमा पहिलेदेखि नै महिलाहरूलाई पुरुष सरह हेर्न दृष्टिकोण कायम रहेको कुरा ज्ञात हुन्छ । यसअघिसम्म नेपालको मुस्लिम समुदायमा प्रचलित उर्दू लोकसाहित्यमा पुरुषहरूले वाचन गर्ने लोककथा मात्र रहेको भ्रम थियो । तर, अब त्यो भ्रमको निवारण हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।

साथै, महिलाहरूले वाचन गर्ने यी लोककथाहरूको प्रचलनले मुस्लिम समुदायलाई महिलाहरूप्रति अझै सकारात्मक बन्न सघाउन पुग्ने विश्वास पनि लिन सकिन्छ । अतः नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने यी लोककथाहरूको प्रचलन र परंपरालाई निरन्तरता दिँदै जानुपर्छ । नेपालको मुस्लिम समुदायमा प्रचलित यस्तो विशेष संस्कृतिलाई संरक्षण गर्नु पनि आजको आवश्यकता हो ।

यो पनि :

नेपालको मुस्लिम समुदायका महिलाहरूले वाचन गर्ने लोककथा
नेपालमा प्रचलित उर्दू लोककथाहरू : संस्कृति जगेर्नादेखि तानाशाहीको विरोधसम्म