सम्पतिको स्रोत, वितरण र समृद्धिको अन्तरसम्बन्ध

सम्पतिको स्रोत, वितरण र समृद्धिको अन्तरसम्बन्ध

लेखनाथ ढकाल  |  दृष्टिकोण  |  फाल्गुन ६, २०७५

सम्पत्तिको नाममा आफ्नो कुनै जग्गाजमिन, घरघडेरी, सुन–चाँदी नभएका परिवारहरू धेरै छन् । प्रशस्तै भएका परिवारको संख्या पनि समाजमा धेरै छ । सम्पत्तिका अरु रूपहरूमा पशुपंक्षी, निजी वन, धातुका भाँडाकुँडा, हातहतियार आदि समेतलाई ठानिँदै आएको छ । समाज विकास क्रमसँगै धनसम्पत्ति हुने र नहुने बीचको सुसुप्त द्वन्द्वका बीचमा समाज चल्दै आएको छ । 

सम्पन्न र विकसित समाजमा मेसिन, औजार,  कलकारखाना, मोटर, हवाइजहाज, उपभोग्य वस्तु तथा यसको भण्डारण आदि पनि सम्पत्तिका रूप लिन थालियो । र, त्यसलाई थप सम्पत्ति आर्जनको माध्यम समेत बनाइँदै आइएको छ । आजको समयमा नगद, बैंक ब्यालेन्स, सेयर, ऋणपत्र, बिमा, पेन्सन आदि नयाँ–नयाँ सम्पत्तिको प्रतिनिधित्व गर्ने औजार बनिरहेका छन् । पुरानो जमानामा जग्गाजमिन, सुन, चाँदी हीरा, प्लाटिनम आदि बहुमूल्य धातुको संग्रह प्रचलनमा थियो भने आधुनिक समयमा तत्काल उपयोग गर्न सकिने र विनिमयका लागि सरल मानिने बैंक ब्यालेन्स, क्रेडिट कार्ड, बचतपत्र, ऋणपत्र आदिको प्रचलन छ ।

समयक्रमसँगै भौतिक सम्पत्ति रूपैयाँको कारोवारभन्दा सहज हुने इलेक्ट्रोनिक मुद्राको अवधारणाको विकास भएको र चलनचल्तीमा आइसकेको छ । बिटक्वाइन एक प्रकारको काल्पनिक मुद्राको प्रचलन सुरु भएको दशक पुग्न लागिसकेको छ । सामान्यतयाः सम्पत्तिलाई रूपैयाँको मूल्यमा गणना गर्न र सो मूल्यमा बिक्री गर्ने अभ्यास लामो समयदेखि हुँदै आएको छ । कारोबार र व्यावहारिक रूपमा सजिलोका लागि रूपैयाँलाई नै सम्पत्तिको मापन गरिँदै आएको छ । रूपैयाँले चाहेको वस्तु वा सेवा प्राप्त गर्न सकिन्छ । यसरी सजिलै वस्तु र सेवा किन्ने वा बिक्री गर्ने कुरालाई बजारका रूपमा लिइँदै आइएको छ । मानिसले पहिले–पहिले वस्तु वा सेवाकै विनिमय गर्थे । अभ्यास क्रममा सरलीकरण हुँदै आज आमरूपमा रुपैयाँको माध्यमले यो हुने गरेको छ  । दैनिक अभ्यासमा प्रत्येक मानिसलाई उसको चाहनाको वस्तु वा सेवा प्राप्त गर्ने सजिलो माध्यम  रूपैयाँ हुँदै आएको छ । आफ्नो बिक्री हुने भौतिक सम्पत्ति, श्रम, बौद्धिक क्षमता बेचेर आर्जित रकम आफ्ना आवश्यकताका वस्तु र सेवा प्राप्त गर्ने माध्यम बनिरहेको छ । रूपैयाँ मानिसका असंख्य चाहना र आवश्यकता पूरा गर्ने साधन पनि भइरहेको छ । आजको दुनियाँमा पैसा नहुने मानिसले आफ्ना सबै चाहनाका वस्तु र सेवाको उपभोग गर्न नसक्ने अवस्थामा छ । 

मानिसलाई बाँच्नका लागि नभई नहुने अर्थात् आधारभूत आवश्यकता पनि पूरा गर्ने आयस्रोत नभएका मानिसलाई गरीबका रूपमा परिभाषित गर्दै आएको छ । हाल सरकारले नेपालीलाई समृद्धितर्फ लैजाने परिकल्पना अगाडि सारेको छ, त्यो असाध्यै राम्रो पनि छ । यसलाई अझ विशिष्ट ढंगले परिभाषित गरी लक्ष्य स्पष्ट गर्नु अति जरुरीे छ । सायद समृद्धि भनेको सबै नेपालीसँग आधारभूत आवश्यकताका वस्तु र सेवाको उपभोग गर्ने क्षमता  विकास गराउनु नै हो भन्ने देखिन्छ । 

समृद्धि भनेको मिठो भाषण गर्ने विषय मात्र बन्ने छ । मुलुकको युवा श्रमशक्तिलाई बेचेर आउने रेमिट्यान्स, कच्चा वस्तुका रूपमा नै निर्यात गर्नुपर्ने जडीबुटी र वन पैदावर आदिबाट वैदेशिक व्यापारको सन्तुलन सम्भव छैन । यसले आर्थिक संकटको दिशातिर पो उन्मुख हुने अवस्था नआउला भन्न सकिन्न । वास्तविकरूपमा समृद्धि हासिल गर्ने हो भने समुदाय, नागरिकहरूको पहल खुल्ने र स्रोत साधनको न्यायोचित वितरणमुखी आर्थिक नीति अवलम्बन गर्नु टड्कारो आवश्यकता हो । 

समृद्धि मानिसको खर्च गर्ने चेतना र सम्पत्ति÷स्रोत दुवै कुरासँग अन्तरसम्बन्धित विषय हो । तुलनात्मकरूपमा धेरै सम्पत्ति÷स्रोत भएका मानिसहरू समेत पनि निम्नस्तरको जीवन बाँचिरहेको  देखिन्छ । अर्थशास्त्री अमत्र्य सेनका अनुसार गरिबी र भोकमरी उत्पादन नभएरभन्दा राजनीतिक कारणले हुने कुरा स्मरणीय छ । बस्तीमा मानिस खान नपाएर मरिरहेका हुन्छन् व्यापारीका गोदाममा अनाज कुहिरहेको हुन्छ । राज्यको आर्थिक नीति र वितरण प्रणालीमा आम नागरिकको पहुँच समृद्धिको कारक हो । 

समाजवाद उन्मुख अर्थतन्त्र अपनाइने भनेर संविधानले नै भनेको हाम्रो देशमा राज्यले लिने आर्थिक नीति, वितरण प्रणाली र स्रोतमाथिको स्वामित्वको कुरा नै समृद्धितर्फको यात्राको दिशा तय गर्ने विषय हुन् । आधारभूतरूपमा अर्थशास्त्रले नै देश, समाज, समुदाय, परिवार र व्यक्तिका गतिविधि निर्धारित गर्छ । भनिन्छ– आर्थिक गतिविधि प्रविधिको उपयोग र संस्कृतिसँग अन्योन्याश्रित सम्बन्ध हुने गर्छ । समृद्धि केबल आर्थिक भौतिक कुरा मात्र नभएर सांस्कृतिक विषय पनि हो । समृद्धि र संस्कृति भनेका आर्थिक क्रियाकलाप तथा प्रविधि उपयोगको परिणाम पनि हुन् । अतः आर्थिक विकास, पूँजी र रोजगारीका सिद्धान्तहरूको आकलनका लागि अर्थशास्त्रका आधारभूत कुराहरूको छोटो चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

मानवीय उपभोगका लागि आविष्कार भएका वस्तु र सेवाको उत्पादन तथा यी वस्तु र सेवा उपभोक्तासम्म पुर्याउने बजार प्रणालीले मानव सभ्यतालाई निकै प्रभाभित पर्दै आएको देखिन्छ । उपभोग्य वस्तु र सेवाको उत्पादनका लागि मूलतः आवश्यक चार विषयलाई मुख्यतया लिने गरिन्छ ।

१. प्राकृतिक स्रोत (जल, जमिन, जंगल, खनिज, पेट्रोलियम, वायु, सौर्य आदि) सामान्यतया वस्तु र सेवा उत्पादनका सबै प्रकारका कच्चा पदार्थहरू । 

२. मानवीय  शक्ति (सबै प्रकारको मानवीय शक्ति श्रम, बुद्धि, खोज, अनुसन्धान आदि)

३. पुँजी (मानवद्वारा निर्माण गरिएका सबै प्रकारका स्रोतहरू)

४. उद्यमशीलता (माथिका तीन प्रकारका स्रोतहरूलाई उत्पादनका लागि उचित समायोजन गर्ने काम)

मानव विकासक्रम अर्थात् सभ्यताको विकासमा यी माथिका कुराहरूको प्रभावित गर्ने मात्र होइन,  आपसी सम्बन्धको परिणामले सबै मानवीय पक्षलाई निर्धारण गरेको हुन्छ । सम्पूर्ण अर्थशास्त्र र यसका सिद्धान्त यसैमा आधारित छन् । अर्थशास्त्रका ज्ञातहरू मानिने आदम स्मिथ, कार्ल माक्र्स र आजको विश्वको अर्थतन्त्रका सिद्धान्तकार जोन मेनार्ड किन्स आदि सबैको सिद्धान्त यी नै माथिका चार कुराहरू र तिनीहरूबीचको अन्तरसम्बन्धमा केन्द्रित छन् । यति मात्र होइन, समग्र मानिसको जीवनपद्धति अर्थात् मानिसको संस्कृति समेत यसैमा आधारित हुने गर्छ । 

उत्पादनका स्रोत र त्यसमाथिको स्वामित्वको विषयलाई लिएर राजनीतिक प्रणालीको सिद्धान्तका रूपमा विकास हुँदै आएका छन् । राज्यसत्ता र यसको चरित्र यसैमा आधारित हुने गर्छ । उत्पादन, वितरण, लगानी, ब्याज, नाफा, रोजगारी, राजस्व आदि प्रक्रियाहरू नै विकास र समृद्धिको मार्ग पनि हुन् । विकास र समृद्धि सबै नागरिकका लागि हुने कि केही समूहका लागि मात्रै हुने भन्ने अर्को महत्वपूर्ण सवाल हो । आर्थिक र मानवीय विकासका लागि स्रोत साधनको विकास र वितरणमा केन्द्रित अर्थत्रास्त्रका सिद्धान्तका आधारमा विकास योजना, आर्थिक नीति, नियम, कानुन आदि बनाइने गरिन्छ । राज्यले आर्थिक तथा मानवीय विकासमा असल अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लोक  कल्याणकारी राज्य सबै प्रकारका आर्थिक विचार÷सिद्धान्तको साझा कुरा पनि हो । राज्यको बारेमा भन्ने गरिएको छ, ‘बिरालो कालो होस कि सेतो तर मुसा मार्नुपर्छ ।’ लोककल्याणकारी राज्य हुने कि नहुने भन्ने कुरा आर्थिक, सामाजिक विकास हुनुका साथै यसको उपभोग आम नागरिकले गर्न पाउँछन् वा पाउँदैनन् भन्ने नै प्रमुख विषय हो । 

मानिसले आर्जन गरेको मुनाफा, सीप, हैसियत, ज्ञान, प्रविधि, कलाकौशलका माध्यमबाट आफ्नो हैकम कायम गर्नु स्वभाविक छ । तर, प्रकृतिले दिएका स्रोत साधनमाथि कुनै व्यक्ति वा समूहको मात्र हैकम कायम हुर्नु पूर्णतः न्यायोचित छैन । वितरण, उपयोग, स्वामित्व, मूल्य र गुणस्तरका  विषयहरू आर्थिक तथा मानवीय विकाससँग अन्तरसम्बन्धित छन् । त्यसकारण समृद्धिका लागि एउटा आर्थिक, सामाजिक सोच र संस्कारको वातावरण निर्माण हुन त्यति नै आवश्यक छ । सहकारी पद्धतिको आर्थिक क्रियाकलाप विविध आयामबाट सामाजिक विकास सहितको आर्थिक क्रियाकलाप हुने भएकाले असल अभ्यासको सहकारी पद्धति समृद्धिको पर्याय हुन सक्छ । विद्यमान अवस्थाको सहकारीलाई नै धरोहर मान्ने, स्रोत साधनमाथिको स्वामित्व केही समूहको हातमा रहने र राज्यले कुनै प्रभावकारी आर्थिक नीति अवलम्बन नगर्ने हो भने नाम मात्रको सामाजिक विकास हुनेछ । समृद्धि भनेको मिठो भाषण गर्ने विषय मात्र बन्ने छ । मुलुकको युवा श्रमशक्तिलाई बेचेर आउने रेमिट्यान्स, कच्चा वस्तुका रूपमा नै निर्यात गर्नुपर्ने जडीबुटी र वन पैदावर आदिबाट वैदेशिक व्यापारको सन्तुलन सम्भव छैन । यसले आर्थिक संकटको दिशातिर पो उन्मुख हुने अवस्था नआउला भन्न सकिन्न । वास्तविकरूपमा समृद्धि हासिल गर्ने हो भने समुदाय, नागरिकहरूको पहल खुल्ने र स्रोत साधनको न्यायोचित वितरणमुखी आर्थिक नीति अवलम्बन गर्नु टड्कारो आवश्यकता हो ।