स्वप्नको भयावहताः वास्तविक जीवनमा ल्याउने  तर‌ंग
मंसिर ८, २०७६

आमा–छोरा ७० को दशकको चर्चित फिल्म शोले हेर्दैछन । गब्बर सिहंको स्वरमा गुन्जिन्छ, अरे ओ साम्भा कति प्राइजमनी’ राखेको छ सरकारले म माथि ?
 सरदार पुरा पचास हजार ।

अरे ओ कालिया ! थाहा छ, यो पचास हजार किन ? 

चारै तिर पचास– पचास कोस गाउँमा राती जब कुनै बालक रुन्छ उसकी आमाले फकाउदै भन्छे, ‘चुप् लाग छोरा चुप् लाग ! खुरुक्क सुत्, नत्र गब्बर सिहं आईपुग्छ ।’ 

बच्चा नया मेट्रो युगको ‘प्रोडक्शन’ हो । उसलाई कोश र गाउँ दुबैबारे ‘भाँङ धतुरो’ केही थाहा छैन । र, उसलाई यी बारे जान्ने कुनै रुचि त के सामान्य जिज्ञासा पनि छैन । तर उस्को मस्तिष्कमा एउटा कुराले भने प्रश्नघन्टी बज्छ, सुतेपछि गब्बरलाई  आउन के ले छेक्छ ? 

आमा बच्चाको प्रश्न सुनेर हतप्रभ हुन्छिन, तर नारी त उनी पनि एक्काइसौं शताब्दीको इन्टरनेट युगकी हुन् । हाँस्दै भन्छिन, बुझने प्रयास गर छोरा ! गब्बर सिहं भनेको वर्तमानको भयानक पीडादायी वास्तविकता हो र निद्रा भनेको सबै भयानक र पीडादायी सत्य–तथ्यबाट भागेर टाउको जोगाउने सुखद स्वर्गभूिम ।निद्रा साच्चै नै सबै पीडाको परम औषधी हो । 

तर निद्रामा पनि त अर्कौ कुनै अपरिचित आयामको संसार उपस्थित हुन्छ ।  जसलाई सपना भनिन्छ । 

कल्पना गरी हेर्नुस त, दिक्क बनेकी आमाले गब्बर सिंहको डर देखाई बालकलाई सुत्न बाध्य बनाउँछिन । बालकका आखाँ बिस्तारै ‘स्विच अफ’ हुदैं छनु, ऊ विस्तारै निद्रा देवीको आलिंगनमा बेरिदैं गईरहेको छ । तद्रिंत अवस्थामा उसको मस्तिष्कको कुनै कुनामा उब्जेको नयाँ शंकाले उसलाई पूर्णरुपेण निन्द्रामग्न हुन दिईरहेको छैन । शंका पनि फगत शंका होईन, शंका वास्तविकतामा परिणत हुने पुरापुर सम्भावना छ– यदि निद्राको संसार सपनामा नराधम गब्बर सिंह आईदियो भने ? जागृत जगतको वास्तविकता जति असहनीय र भयानक भए पनि स्वप्नको भयावहतासँग त्यसको तुलना गर्न सकिन्न । स्वप्नको भयावहतासँग जोगिने उपाय के ? जागृत अवस्थामा सहायता गर्न आमा, भाई–बहिनी,घर–परिवार मित्र आदि छन । तर निद्रा त यस्तो अवस्थ हो, जहाँ तपाई बाहेक अर्को कोहि हुन्न । सँगै सुतेको संगीसाथी पनि त निद्रामा पचास कोस त के पचास अर्ब प्रकास बर्षसम्म पनि कतै हुन्न । 

निद्राको संसार नितान्त वैयक्तिक जगत र जगत विस्तार हो । यहाँ सामुहिकताको प्रसंग नै छैन, प्र्रत्येक व्यक्तिले फगत एकक्लै यस संसारमा प्रवेश गर्नुपर्छ । आईन्सटिनको फरक समय विचार (टाईम डाईलुसन) भौतिकी पढेर बुझ्न गाह्रो भए पनि सपनाको ‘मल्टिर्भिर्सटी’ बाट यो बुझ्न मात्रै होइन, सविस्तार अनुभव नै गर्न सकिन्छ । 

दुई घण्टाको निद्रा मै १० मिनेटको सपनामा ७० वर्ष बाँचेको अनुभव लिन सकिन्छ । 

अधिकांश निद्रा र निद्रालुहरुका आफ्ना आफ्ना निजी गब्बर सिंह हुन्छन् । जुन पाठकसँग मेरो भनाई अनुसारका स्वप्नमयी गब्बर सिंह छन् अर्थात जसका सपना ‘रौद्रासिक्तm’ छन् उनीहरुलाई मेरो आशय बुझ्न किन्चित पनि न समय लाग्छ, न आकाश । वरन उपरोक्त पंक्ति पढ्नासाथ हिजो रातिको स्वप्न विभीषिका सम्झेर उनीहरुका रौं नब्बे डिग्रीमा फर्के होलान् । 

तर सौभाग्यले जुन पाठकको निद्रा गब्बररुपी विकारहीन छ, उनीहरुका लागि मैले लेख्दै गरेको प्रसंग सम्भवता हास–परिहासकै कथामा सीमित हुन्छ । 

सुखकर निद्राका धनपतिहरुका लागी निद्राको रोगको कुनै अस्तित्व नै छैन । तर जुन व्यक्ति अल्पनिद्रा–अतिनिद्रा अथवा अन्य कुनै किसिमको निद्रा विकारले ग्रस्त छ भने उसका लागी निद्रा भुतिया सिनेमा हेर्नु जस्तै हुन्छ, जहा गब्बर सिंहसंग मात्रै होईन अनेकन ड्राकुला र नर पिचाशसंग जम्का भेट हुनेगर्छ । उसलाई चेतनाको जागृत अवस्थामा स्पष्ट विदित छ, स्वप्नमा भोगेको पीडा, कष्ट, भयावहता यहाँसम्म कि मृत्यु पनि वास्तविक हुन्नन् । सबै स्वपनिल घटना–परिघटना हुन्, जसको म बाचिरहेको त्रि–आयामिक वास्तविकतासंग प्र्र्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध अथवा सरोकार हुन्न ।

तर स्वप्नको अपरिचित–अपरिमित आयाममा निबद्ध रहँदा चेतना र चैतन्य स्मृतिको बोध कहाँ रहन्छ, त्यहाँ त त्यै वास्तविकताले मन र प्राणलाई संन्त्रस्त बनाउँछ । 
के अनुभव गर्नु भएको छ कुनै स्वप्न पश्चात डरले काम्दै उठेको, पसीना पसीना भएको ?

एक थरी मनोवैज्ञानीक भन्छन, तपाई स्वप्नमा स्वयं मरेको देख्न सक्नु हुन्न । तपाईको यस बारेमा आफ्नो अनुभव के छ, प्रतिक्रियामा लेख्नुहोला । मैले भने तीनपटक स्वयं मरेको स्वप्न अनुभव संगालेको छु ।

आधुनिकतम विज्ञानलाई निद्रा र स्वप्नबारे अलिकति पनि थाहा छ भन्नु विज्ञानको महिमामण्डन गर्नु बाहेक केही होईन । त्यै बुज्रुकहरुको गाउँमा हात्ती आउँदा उनीहरुले निकालेको निष्कर्ष सरह नै हो विज्ञानको यस विषयक बुझाई । 

‘बट एनीवे वी क्यान नट इग्नोर साइन्स बिकाज देयर इज नो अदर वे टु ह्याभ एक्सप्लोर द विजडम । साइन्स इज प्रोसेस नट प्रोडक्ट ।’ 

वर्तमानको विज्ञान स्वपनबारे भन्छ ,‘तपाई त्यही स्वप्न हेर्न सक्नुहुन्छ जसबारे तपाईको मस्तिष्कमा जानकारी संग्रहित छ ।’ 

सामान्यजनको त कुरा छाडौं, मलाई साइन्सदानहरुकै बुद्धिमा विस्मात लाग्छ, उनीहरु ‘काउन्टर’ प्रश्न किन गर्न दिदैंनन्, आफ्नो जमातसंग ? त्यसोभए ‘डिएनए’को प्रारुप स्वप्नमा कसरी आयो ? सिलाई–मसिन बनाउने आईडिया सपनामा कसरी आयो ? 

आज जुन हामी दमित्री मेन्देलीभको ‘पेरीयोडिक टेबल’ तत्वहरुको वर्गीकरण पढ्छौं, त्यसको विनिर्माणबारे मेन्देलीभ महाशयले लेखेका छन, ‘ईन अ ड्रीम आई स अ टेबल भ्येअर अल द ईलीमेन्टस फेल ईन टू प्लेस एज रिक्वाएर्ड । अवेकिंग,आइ इमिडिएटली रोट इट डाउन अन अ पिस अफ पेपर ।’

अल्फ्रेड रसेल वालेसलाई ‘थ्योरी अफ इभोलुसन बाई नेचुरल सेलेक्सन,’  अगस्त केकुलेलाई ‘बेन्जिनको स्ट्रक्चर’ र ‘एरोम्याटिक केमेस्ट्री’ को ज्ञान स्वप्नमै भएको हो । 

गणितज्ञ श्रीनिवासा रामानुजन, आधुनिक विज्ञानको ‘फ्रेमवर्क’ तयार पार्ने रेने डेकार्टस र न्युरो साईन्सका जनक अटो लुईवी (इत्त्इ ीइभ्ध्क्ष्०  को खोज, शोध,अनुसन्धानको स्रोतस्थल सपना नै रहेका थिए । 

निद्रा होस वा जागृत अवस्था मानिसको हकमा उनको सारा र समस्त नियमन–सञ्चालन मस्तिष्क कै अभिभारा अन्र्तगत रहेकोछ । मस्तिष्क जसको संरचना १०० अर्ब ‘न्युरोन’ ले भएको हुन्छ । र, प्रत्येक न्युरोनमा दस हजारसम्म न्युरोन सूत्र हुन्छन् । 

यो संख्या ‘मिल्की वे ग्यालेक्सी’ मा रहेको सम्पूर्ण तारा–ग्रह–उपग्रहभन्दा वढी हो ! 

निद्रा र स्वप्नको प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध १२००–१५०० ग्राम तौल भएको मस्तिष्कभित्र अटेर रहेका खर्बौ खर्ब न्युरोन, र न्युरोन सूत्रसँग रहेको  छ ।

( डा.स्कन्द शुक्लकाे सहयाेगमा)


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।