भारत पाक युद्धको सँघारमा !

भारत पाक युद्धको सँघारमा !

सरोज ज्ञवाली  |  समाचार  |  फाल्गुन ७, २०७५

केही दिन अघि १४ फेब्रुअरीका दिन काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटले भारत लगायत सम्पूर्ण दक्षिण एसियाली राष्ट्रमा ठुलो तरङग ल्याएको छ । उक्त आक्रमणमा परि ४० जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाउनु पर्‍यो ।  यस नरसंहारको घट्नाले गर्दा भारतमा ठुलो जनआक्रोश सृजना भएको छ । भारत सरकारले यसको मुख्य दोष पाकिस्तान माथि लगाएको छ ।

यस आक्रमणको जिम्मा आतङ्कवादी समूह जैशे मोहम्मदले लिएको र यसको नेता मसूद अजहर पाकिस्तानमा रहेकाले, यस आरोपलाई थप बल पुगेको छ । यो भन्दा अगाडि सन् २०१६ मा जैशे मोहम्मद समूहले काश्मीरको उडी क्षेत्रमा भीषण आक्रमण गरी १९ जना भारतीय सेनाको हत्या गरेको थियो । प्रायः जसो कश्मीरमा आक्रमण गर्ने आतङ्ककारी सङ्गठन पाकिस्तानबाट सञ्चालित भएको र काश्मीरलाई भारतबाट मुक्त गराई पाकिस्तानमा विलय  गराउने उनीहरूको मुख्य माग रहँदै आएको  छ ।  यसले गर्दा काश्मीर भारतको लागि संधैको टाउको दुखाई जस्तै बनेको छ । 

पुलवामा आक्रमण पछि नयाँ दिल्लीमा भएको सुरक्षा सल्लाहकारको बैठकले (मोदी सरकारले) यस आक्रमणको जवाफ दिन भारतीय सुरक्षा निकायलाई पूर्ण स्वतन्त्रता दिएको घोषणा गरेको छ । यस अघि उडी आक्रमणको प्रतिशोध स्वरूप आतङ्कवादी समूहलाई लक्षित गरी भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ गरेको थियो जसमा उसलाई ठुलो सफलता मिलेको थियो । अहिलेको आक्रमणको प्रतिशोध ‘सर्जिकल स्ट्राइक’ भन्दा फरक हुने अनुमान रक्षाविदहरुले गरेका छन् ।

भारत र पाकिस्तान सन् १९४७ मा बेलायती उपनिवेशवाट स्वतन्त्र भए यता दुई देश बिच कश्मीरलाई लिएर तीन वटा युद्ध भइसकेका छन् । र सबै युद्धमा पाकिस्तान पराजित हुँदै आएको छ ।  भारतको सामरिक क्षमता र आर्थिक अवस्थाका कारणले पाकिस्तानले प्रत्यक्ष युद्ध गर्न नसक्ने हुँदा छद्म युद्ध अर्थात् आतङ्कवादको सहारा लिएको कुरा भारतीय पक्षले दाबी गर्दै  आइरहेको छ । हुन त पाकिस्तान र भारत दुवै आणविक हतियार सम्पन्न राष्ट्र भए पनि पाकिस्तानको खस्किँदो आर्थिक अवस्थाले गर्दा पाकिस्तानले पारमाणविक युद्ध गर्न नसक्ने रक्षा विशेषज्ञहरू औँल्याउँछन् । यस्कै फलस्वरूप स्वरूप दिल्लीको संसद् भवनको आक्रमण होस वा मुम्बईको ताज प्यालेस आक्रमण होस वा श्रृखंलाबद्धरुपले काश्मीरमा भएको आक्रमण होस, सबैको सम्बन्ध पाकिस्तान स्थित आतङ्कवादी समूहसँग जोडिँदै आएको छ । पाकिस्तानमा सञ्चालित आतङ्कवादी समूहका क्रियाकलाप भारतदेखि इरानसम्म सक्रिय रहेको छ । 

गत साता नै इरानी रिभोलुशनरी गार्ड माथि भएको आक्रमणमा पाकिस्तानी आतङ्कवादीको हात रहेको आरोप इरानले लगाएको छ । 

पुलवामा  आक्रमण पछि नयाँ दिल्लीमा भएको सुरक्षा सल्लाहकारको बैठकले (मोदी सरकारले) यस आक्रमणको जवाफ दिन भारतीय सुरक्षा निकायलाई पूर्ण स्वतन्त्रता दिएको घोषणा गरेको छ । यस अघि उडी आक्रमणको प्रतिशोध स्वरूप आतङ्कवादी समूहलाई लक्षित गरी भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ गरेको थियो जसमा उसलाई ठुलो सफलता मिलेको थियो । अहिलेको आक्रमणको प्रतिशोध ‘सर्जिकल स्ट्राइक’ भन्दा फरक हुने अनुमान रक्षाविदहरुले गरेका छन् । 

भारतले फेरि कूटनीतिक उपायबाट पाकिस्तानलाई विश्वमञ्चबाट अलग्गयाउने भरमग्दुर प्रयत्न गर्न पनि सक्छ । पाकिस्तानलाई  आर्थिक रूपले कारबाही गर्ने पाइला भारतले चालिसेको छ । । यस पछिल्लो आक्रमणले गर्दा अमेरिकी सरकार पनि भारतप्रति सहानुभूति राख्दै पाकिस्तानमाथि थप दबाब श्रृजना गर्न अगाडी आउने सम्भावना बढेको छ । आर्थिक रूपले कङ्गाल भइसकेको पाकिस्तानलाई चीनबाट सहयोग प्राप्त भइरहेको भएता पनि यस घटनाले चीनलाई पनि अप्ठेरोमा पारेको छ । 

सन १९४७ मा भारत र पाकिस्तानलाई विभाजन गर्ने मुख्य रूपले बेलायती सरकार जिम्मेवार रहेको थियो ।

भारत र पाकिस्तान गठन हुँदा काश्मीरले कतै विलय हुनुको सट्टा आफू स्वतन्त्र बस्ने निर्णय गरेको थियो । तर पाकिस्तानले काश्मीरलाई हडप्ने नीति लिएर काश्मीर माथि आक्रमण ग¥यो । काश्मीरका तत्कालीन महाराजा हरिसिंहले भारतलाई सहयोगको लागि गुहारे र दिल्ली आएर आफ्नो राज्य भारतमा विलय गर्ने सहमति पत्रमा हस्ताक्षर गरे । भारतले काश्मीरमा पसेको पाकिस्तानी सेनालाई रोक्न आफ्नो सेना पठायो । संयुक्त राष्ट्र सङ्घले अघि सरेर युद्ध विराम गरायो । युद्ध विराम हुँदा काश्मीरको एक तिहाइ भागमा पाकिस्तानको कब्जा भयो । बाँकी काश्मीर भारतसँग आयो ।  

यस युद्धले गर्दा काश्मीर दुई भागमा विभाजित हुन पुग्यो । काश्मीरको कारणले भारत र पाकिस्तान बिच तीन पटक युद्ध भइसकेको छ । युद्धमा सधैँ पराजित भएकोले पाकिस्तान काश्मीरी पृथकतावादीलाई सहयोग गर्दै काश्मीरलाई भारतबाट अलग्ग्याउन चाहन्छ । काश्मीरी पृथकतावादीले त्यहाँ बसोबास गर्ने लाखौँ काश्मीरी पण्डित तथा हिन्दुहरूलाई हत्या र  विस्थापित गरेर त्यहाँको जनसङ्ख्याको जातीय समीकरणलाई परिवर्तन गरी सकेका छन् ।

वर्तमानमा भारतसँग रहेको काश्मीरको तीन वटा स्वरूप छन् । जम्मू क्षेत्र, श्रीनगर भ्याली र लद्दाख क्षेत्र । यस मध्ये श्रीनगर भ्यालीमा मुस्लिम बहुसङ्ख्यक आबादी रहेको छ । जम्मू र लद्दाखको अवस्था फरक छ ।
पाकिस्तान लगायत पृथकतावादी समूह कश्मीरमा जनमत सङ्ग्रह हुनुपर्ने माग उठाउँदै आएका छन् । ७० वर्षसम्म नभएको जनमतसंग्रह अब सजिलो हुने छाँट काँट छैन । कथंम काल भयो भने पनि काश्मीरका तीन वटै क्षेत्रमा पृथक् पृथक् (जम्मू, श्रीनगर क्षेत्र र लद्दाख) जनमत सङ्ग्रह हुन्छ । 

भारतमा काँग्रेस समर्थक वा नवउदारवादीहरु काश्मीरमा नरेन्द्र मोदी असफल भएको आरोप लगाइरहेका छन् । तर मोदीले काश्मीर विषयलाई सम्पूर्ण भारतमा एउटै थलोमा ल्याउन सक्नु आतङ्कवादी सङ्गठनलाई अन्तराष्ट्रियकरण गर्न सक्नु र पाकिस्तानलाई आतङ्कवादी सङ्गठनको पृष्ठपोषक देशका रूपमा चित्रण गर्न सक्नु ठुलो कूटनीतिक सफलता मानिएको छ । काश्मीरमा हुने गतिविधिले आगामी ‘मे’ महिनामा हुन गइरहेको लोक सभाको चुनावमा पनि ठुलो प्रभाव पार्नेछ । आतङ्कवादी जुनै भेष एवम् स्वरूपको भए पनि तिनको समर्थन गर्नु भनेको मानवताको लागि ठुलो कलङ्क हो । 

नेपाल सरकारले पनि यस घटनाको निन्दा गरेता पनि काश्मीर मुद्दामा आफ्नो प्रस्ट धारणा राख्नु जरुरी छ ।