क्यान्सर: खानपान र जीवनशैलीकाे दुश्परिणाम

क्यान्सर: खानपान र जीवनशैलीकाे दुश्परिणाम

बम बानियाँ  |  दृष्टिकोण  |  मंसिर १८, २०७६

हामी बजारमा गएर पैसा खर्च गरेर खाद्यान्न होइन, बिष किनिरहेका हुन्छौँ । क्यान्सर मानव निर्मित कृत्रिम उपभोग्य वस्तुबाट लाग्छ । प्राकृतिक उपभोग्य वस्तुले निको हुन्छ ।

कुनै पनि रोग लाग्नुभन्दा अगाडि रोग लाग्न नदिनु वा विभिन्न सावधानीहरू अपनाउनु अधिकतम उचित हुन्छ तर हामी जबसम्म रोगको लक्षण देखिँदैन, तबसम्म केही वास्ता गर्दैनौँ । हामी कुनै स्वास्थ्य परीक्षण गर्दैनौँ तर भनिरहेका हुन्छौँ, ‘केही रोग छैन, म स्वस्थ छु ।’

खास मानिस स्वस्थ हुन शारीरिक, मानसिक तथा सामाजिक रूपले नै स्वस्थ हुनुपर्छ । तीमध्ये पनि मानसिक रूपमा सधैँ सकारात्मक सोच राख्ने, चिन्ता नगर्ने, अरूको सधैँ राम्रो सोच्ने र जीवनमा राम्रो काम गर्ने मानिस सबैभन्दा बढी बाँचेको जापानमा गरिएको एक अध्ययनले देखाएको छ । आफ्नो दैनिकी जस्तो छ, त्यसअनुसारको व्यायाम गर्ने, बिहानै दैनिक पानी पिउने, योगा र ध्यान गर्ने तर कुनै धर्मसँग जोडेर गर्नुपर्छ भन्ने जरुरी छैन, विज्ञानसंगत शारीरिक, मानसिक तथा सामाजिक स्वाथ्यसँग जोडेर गर्ने ।

जीवन र व्यवहारलाई मिलाएर जिउने कला सिक्ने । जीवनलाई हामी कलात्मक रूपमा जिउन सक्छौँ तर पहिलो कुरा आफ्नो शरीरको ज्ञान हुन जरुरी छ । प्राकृतिक स्वास्थ्य बुझ्नुपर्छ । यदि यो कुरा सबै मानिसले बुझ्ने हो भने खास केही उपचारभन्दा अन्य विषयमा अस्पताल नै धाइराख्नुपर्दैन ।

सामाजिक जीवनको यात्रामा हिँड्दा हिँड्दै कयौँ बिरामीहरूलाई सहयोग माग्न सहयोगदाताहरूसँग जानुपर्ने, आफैँले पनि टिकट काटेर सहयोग गर्नुपर्ने, यी यस्तै मानवीय सहयोग गर्दै जाँदा आफ्नै गाउँकी एक जना बहिनी सरिता राई (पाथेका खोटाङ) उपचार गराउन काठमाडौं आइन् ।

भक्तपुर क्यान्सर अस्पतालको रिपोर्टले उनको तेस्रो अवस्थाको क्यान्सर भएको देखायो । उनको उमेर २५ वर्ष मात्र थियो । उनका साना बच्चाहरू थिए र श्रीमान् विदेशमा थिए । आर्थिक अवस्था ज्यादै न्यून भएका कारण त्यो उमेरको मान्छेलाई भएको यस्तो रोगले हामी गाउँवासीलाई निकै चिन्ता भयो । हामी गाउँवासीहरू सबै मिलेर सहयोग उठाउन थाल्यौँ । देश, विदेशका सबैसँग सहयोग मागेर अपरेसन गर्ने पैसा उठाउन थाल्यौँ ।

हामीले पाथेका समाज नेपाल नामक एक फेसबुक समूह खोलेर स्वदेश तथा विदेशमा रहेका आफ्नै गाउँवासीहरूबाट करिव पाँच लाख रुपैयाँ उठायौँ । क्यान्सरको शल्यक्रिया गरे पनि त्यसपछिको किमोथेरापी निकै महँगो हुँदोरहेछ । अब कसरी यो उमेरको मान्छेलाई बचाउने होला ? भनेर हामी समाजका केही मानिसहरू खोज, अनुसन्धानमा लाग्यौँ ।

विभिन्न मानिसहरूले विभिन्न सल्लाह दिए । कसैले शल्यक्रिया नै नगरी आयुर्वेदिक अस्पताल लैजाने सल्लाह दिए । कसैले क्यान्सर अस्पतालमै राख्ने सल्लाह दिए । यही अवस्थाको खोजी गर्दै जाँदा नेपाली चलचित्रका नायक तथा चलचित्र निर्माता विश्व बस्नेतसँग मेरो भेट भयो । उहाँको पनि छोरालाई क्यान्सर भएर अत्यधिक पीडा भएपछि उहाँ आफैँ यो रोगको निदानको अनुसन्धानमा लाग्नुभएको रहेछ । उहाँले सबै कहानी फिल्मझैँ करिव तीन घण्टा मलाई सुनाउनुभयो । म एक किसिमले निकै छर्लङ्ग भएँ ।

उहाँले करिव सात वर्ष क्यान्सरको वैकल्पिक उपचारका बारेमा गहिरो अध्ययन गर्नुभएछ । उहाँ दाबीका साथ भन्नुहुन्छ, ‘नेपालमा क्यान्सरको बारेमा सबैभन्दा बढी वैकल्पिक उपचार विधि म दिन सक्छु ।’

उहाँले आफैँले छोरालाई बचाउनुभएछ । र, अहिले ‘रिभाइभ हेल्थ एण्ड वेलनेस’ नामको उपचार केन्द्र नै स्थापना गरेर क्यान्सरको भरपर्दो उपचार गरिरहनुभएको छ ।

उहाँकै संगत, अन्तर्वार्ता र अनुभवका बारेमा मैले यहाँ एउटा आमक्यान्सर रोगीहरूका लागि अचुक जीवनदान नै हुने प्राकृतिक खुराकबारे केही विषय उल्लेख गर्दै छु ।

यसको मतलब धनले र शक्तिले मात्रै पनि यो रोग लागेको मानिस बाँच्न सक्दैन । क्यान्सरबाट मानिस धनको भन्दा पनि ज्ञानको अभावले बढी मर्छन् । क्यान्सरविरुद्धको सबैभन्दा ठूलो हतियार नै ज्ञान हो ।

क्यान्सर के हो ?

मनिसका शरीरमा खर्बौं कोष (सेल)हरू हुन्छन् । ती उत्पत्ति हुन्छन् र सेलको काम पूरा भएपछि मर्छन् । त्यसको ठाउँमा नयाँ सेलहरू आइरहन्छन् । क्यान्सरको सेलचाहिँ उत्पत्ति हुन्छ, त्यसमा केही विकार आउँछ । क्यान्सर सेललाई एक किमिमको माइक्रोभ नामक सूक्ष्म जीवाणुहरू प्रवेश गर्छन् । त्यसपछि ती सेलहरू मर्न बिर्सन्छन् ।

सेलहरूमा अक्सिजनको प्रभाव हुन्छ तर ती सेलहरूमा अक्सिजन प्रवेश बन्द हुन्छ । ती विकार सेलहरू एसिडिक रूपमा हुर्किन्छन् । ती सेलहरूले सुगर फर्मेन्टेसन गर्छन्, जसले गर्दा सेलहरू अनियन्त्रित रूपमा फैलिन्छन् । त्यसैले क्यान्सर रोगीले चिनी खानु भनेको आगोमा तेल हाल्नु जस्तै हो ।

यसरी मानिसको शरीरमा भएका सेलहरू अनियन्त्रित भएर बढ्नुलाई समान्यतः क्यान्सर भनिन्छ । ती सेलहरू बढ्दै गएर एक ठाउँमा जम्मा भएपछि ट्युमरको रूप लिन्छ । उपचारको क्रममा डक्टरले त्यही ट्युमर काटेर फालिदिन्छ तर ती साना सेल रगतबाट फैलिएर क्यान्सर फेरि कतै देखापर्न थाल्छ ।

क्यान्सर लागेपछि अधिकांश मानिसको मृत्यु हुन्छ । मानिसहरू आशा र भरोसाले अस्पताल धाउँछन् । यस क्रममा धेरै मानिसहरूको धन सम्पत्ति पनि सकिन्छ । अन्त्यमा मानिसको मृत्यु पनि हुन्छ ।

वैज्ञानिक तथ्यांकअनुसार परंपरागत पद्धतिको उपचारले दुईदेखि तीन प्रतिशत बिरामीहरू मात्रै ठीक हुन्छन् । अन्य ९७ प्रतिशतको अकालमा मृत्यु हुन्छ तर यो तथ्यांकलाई लुकाएर झूटो तथ्यांक देखाइन्छ । जस्तो कि उपचार गराएर कोही बिरामी पाँच वर्षसम्म बाँच्यो भने क्यान्सर व्यावसायले त्यसलाई निको पारेको भन्छ । चाहे पाँच वर्ष पुगेर एक महिना नपुग्दै क्यान्सरकै कारणले किन त्यो बिरामी नमरोस् । किनकि क्यान्सर रोगले यी क्यान्सर व्यवसायी अस्पतालबाट मर्ने बिरामीको वास्तवित तथ्यांक थाहा हुने हो भने कसैले पनि उनीहरूबाट उपचार गराउन चाहँदैनन् ।

अर्को गजबको कुरा त झन् के छ भने क्यान्सरका डाक्टर आफैँ क्यान्सर लागेको खण्डमा आफू र आफ्ना परिवारलाई परंपरागत उपचार (किमोथेरापी, रेडिएसन र सर्जरी) गराउन रुचाउँदैनन् । अमेरिकामा डाक्टर र भीआईपीलाई क्यान्सर लाग्यो भने अन्य देशमा गएर वैकल्पिक उपचार गराउँछन् ।  तर, आफ्ने देशका जनतालाई भने त्यही अस्पताको उपचार गर्न बाध्य बनाउँछन् ।

यही स्थिति अर्थात् मेडिकल माफियातन्त्र प्रायः सबै देशहरूमा हुन्छ । यो खर्बौं डलर बराबरको उद्योग हो, जुन उनीहरू सहजै गुमाउन चाहँदैनन् । हामी जनता या क्यान्सरपीडित तथा उनीहरूका आफन्तहरू यस कुराप्रति सचेत नरहनाले बारम्बार धन र ज्यान दुवै गुमाउन बाध्य भइरहेका छौँ ।

क्यान्सर रोगको बड्दो जोखिम

हिजोको समयभन्दा आजको समयमा क्यान्सर रोग बढ्दो छ । क्यान्सर विभिन्न कारणले हुने गर्छ । आजको हाम्रो खानपान, वातावरण तथा प्रविधिको दास बनिरहेको मानिसलाई हिजोको तुलनामा आज क्यान्सर बढिरहेको छ । हाम्रो खानपान शहरदेखि गाउँसम्मको प्रायः सबै बिषादीयुक्त छन् । नेपालमा खास गरेर भारतको प्रदूषित हावाबाट समेत विभिन्न प्रकारका रोगहरू भित्रिइरहेका छन् ।

अमेरिकाको तथ्यांकमा अहिले प्रत्येक दुई पुरुषमा एकलाई अनि प्रत्येक तीन महिलामा एकलाई उसको जीवनकालमा क्यान्सर लाग्ने संभावना छ भन्ने देखिएको छ । हामीकहाँ पनि यो रोग बढ्दो छ । हामी अरूलाई क्यान्सर लागेको देख्छाैँ, सुन्छौँ तर आफैँलाई लाग्दै छ भन्ने कल्पना पनि गर्न सक्दैनौँ ।

क्यान्सर कसलाई कुनबेला लाग्छ भन्ने पत्तै हुँदैन । त्यसैले हामी पूर्वतयारीका साथ बस्नुमा नै बुद्धिमानी हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा खानपान र व्यवहारमा सन्तुलन ल्याउन सकियो भने क्यान्सरको प्राकृतिक रोकथाम नै हुन्छ ।

यो रोग लाग्न नदिन यी बजारमा आएका अप्राकृतिक खाद्यान्नहरू, जस्तै : जंक फुड, रसायनिक मल र कीटनाशक प्रयोग गरेका उत्पादनहरू, प्याकिङ र रेडिमेड तयार गरेका महिनौँ अगाडिका खानेकुरा पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

क्यान्सर रोगले मानिस किन मर्छन् ?

अत्यधिक धनी, प्रख्यात तथा शक्तिशाली मानिस पनि क्यान्सर रोगले मरेका छन् । यसको मतलब धनले र शक्तिले मात्रै पनि यो रोग लागेको मानिस बाँच्न सक्दैन । क्यान्सरबाट मानिस धनको भन्दा पनि ज्ञानको अभावले बढी मर्छन् । क्यान्सरविरुद्धको सबैभन्दा ठूलो हतियार नै ज्ञान हो ।

यो ज्ञानका लागि अहिले डाक्टर र अस्पतालको भरोसा गर्नु वास्तवमा सही निर्णय होइन । वैकल्पिक उपाय तथा ज्ञान र निदानका उपायहरू इच्छुक सबैका लागि उपलब्ध छन् तर यसलाई ग्रहण गर्ने क्षमता र चाहना हुनु अत्यन्त जरुरी छ ।

चलचित्रकर्मी तथा प्राकृति क्यान्सर रोगका विज्ञ विश्व बस्नेत

संसारमा नयाँनयाँ ज्ञानका स्रोतहरू छन् । विकल्पहरू छन् तर हामी अनुसन्धान गर्न त परै जाओस्, अरूले अनुसन्धान गरेर प्रमाणित गरेका कुरालाईसम्म विश्वास गर्दैनौँ र निकै चिज गुमाउँछौँ ।

विश्व बस्नेत भन्नुहुन्छ, ‘अधिकांश क्यान्सर रोगीहरूलाई उचित सरसल्लाह, सुझावको अभाव खड्किएको हुनछ । कहाँ जाऊँ, कसलाइ सोधौँ, के गरौँ, कसो गरौँ हुन्छ । यो अवस्थामा म  निस्वार्थ रूपमा आफ्नो ज्ञान सार्न चाहन्छु । संस्थागत उत्कृष्ट उपचारसमेत गराउने प्रतिबद्धता गर्छु । हामी मानव सेवा र कल्याणका लागि तयार छौँ ।’

गोदवारी टौखेलमा द ब्रिट होटलमा बस्दै आएका बस्नेत अहिले ७३ वर्षमा हिँडिरहनुभएको छ तर उहाँको खानपान र जीवन व्यवहार हेर्ने हो भनै निकै उदाहरणीय छ । जीवन र व्यवहार मिलेको व्यक्तित्व हुनुहुन्छ उहाँ । क्यान्सर रोग कसरी के कारणले लाग्छ ? के खाने, के नखाने सबै जानकारी मात्रै राख्ने हो भने पनि क्यान्सरबाट मुक्त हुन सकिन्छ भन्नुहुन्छ उहाँ ।

निष्कर्ष

क्यान्सरका रोगीहरू नेपालमा पछिल्लो समय निकै बढ्दो गतिमा देखा पर्न थालेका छन् । यस्ता बिरामी बढ्नुको मुख्य कारण भनेकै हाम्रो दैनिक खानपान अप्राकृतिक हुनु हो । यो रोग लाग्न नदिन यी बजारमा आएका अप्राकृतिक खाद्यान्नहरू, जस्तै : जंक फुड, रसायनिक मल र कीटनाशक प्रयोग गरेका उत्पादनहरू, प्याकिङ र रेडिमेड तयार गरेका महिनौँ अगाडिका खानेकुरा पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

रोग लाग्न नदिन बढीभन्दा बढी जैविक उत्पादनहरू खाने, शारीरिक व्यायाम गर्ने, मानसिक सोच स्वच्छ राख्ने, चिन्तन, ध्यानले निकै सहयोग गर्छ भने रोग लागिसकेपछि पनि प्राकृतिक उपचार पद्धतिमा लाग्ने हो भने मेडिकल माफियाको भन्दा दीर्घ जीवन हुनेमा कुनै द्विविधा छैन । हिजोआज डिपार्टमेन्ट स्टोरमा गएर ठूलाबडा र पैसावाला आफूले के के न ठूलो काम गरेँ भन्दै बकेटमा झिक्दै सामानहरू राखेर गुडाउँदै हिँडेका हुन्छन् तर उनीहरूले बिष झिकिरहेका हुन्छन् ।

कुन समयमा ती सामानले भयानक रोगहरू लाग्छन्, थाहै हुँदैन । त्यसैले रोग लाग्नुपूर्वका सावधानीहरू अपनाउने गर्नुपर्छ । अनुसन्धानले संसारमा क्यान्सर रोगीहरू प्राकृतिक विधिबाट उपचार गरी पूर्ण रूपमा निको भएका यथेष्ट प्रमाणहरू पनि छन् ।