सन् २०१९ का प्रमुख विश्व घटनाक्रम : अमेजनको आगलागीदेखि ट्रम्पलाई महाअभियोगसम्म

सन् २०१९ का प्रमुख विश्व घटनाक्रम : अमेजनको आगलागीदेखि ट्रम्पलाई महाअभियोगसम्म

यमबहादुर दुरा  |  दृष्टिकोण  |  पुष १३, २०७६

सन् २०१९ बिदा हुने क्रममा छ । यसका बितेका भागतिर फर्किएर हेर्दा असंख्य घटनाक्रमका लामो सूची देखिन्छन् । त्यस सूचीबाट कपड्छान गरिएका केही घटनाक्रमहरू यस प्रकार छन् ।

भेनजुएला एउटा लामो र कहालीलाग्दो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । वर्षौंको आर्थिक सङ्कट थामिने कुनै संकेत देखिन्न । यसैबीच त्यहाँका राष्ट्रपति निकोलस मदुरोले जनवरी १० तारिखमा दोस्रो कार्यकालको शपथ लिए ।

धेरैले उनको विजयको वैधतामाथि प्रश्न उठाएका छन् । अर्थनीति र राजनीति दुवै बिग्रँदै जाँदा त्यहाँका नागरिक नियमित रूपमा सडकमा उत्रिएका छन् । कतिले चरम अव्यवस्था र गरिबी सहन नसकेर देश छाडेर गएका छन् । नयाँ वर्ष २०२० को नयाँ पलले पनि त्यहाँका निराश नागरिकको ओठमा खुसीको मुस्कान फक्राउन सकेन । त्यहाँको बिग्रँदो आर्थिक अवस्था कसरी सुध्रिएला ? यसको कुनै सहज उत्तर छैन ।

यस पटक ब्राजिलको अमेजन जंगलमा भयानक आगलागी भयो । आगलागीबाट असंख्य वन्यजन्तुका साथै ९ लाख ६ हजार हेक्टर वन क्षेत्र खाग भए । यद्यपि, त्यहाँको जंगलमा आगलागीका घटना सामान्य नै मानिन्छ ।

यस पटक भने ज्यादै ठूलो स्केलमा लामो समयसम्म आगलागी भइरह्यो । यो असामान्य घटना हो । दक्षिण अमेरिकाका नौवटा देशमा २० लाख वर्गमाइलभन्दा बढी क्षेत्रफलमा पैmलिएको यस जंगललाई ‘पृथ्वीको फोक्सो’ उपमा पनि दिइन्छ । यसले पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्छ ।

खोरिया फँडानी गरी खेतीपाती गर्ने परंपरागत कृषि प्रणाली र प्राकृतिक कारण दुवै यसका लागि जिम्मेवार मानिएको छ । जनवरीदेखि सुरु भएको आगलागी अहिलेसम्म पनि रोकिएको छैन ।

हाम्रा छिमेकी मुलुक भारत र पाकिस्तानबीच सल्किएको दशकौँको वैरभावको आगो निभ्ने कुनै संभावना देखिँदैन । सन् १९४७ मा एउटै भूगोल टुक्रिएर दुई मुलुक बनेका यी  छिमेकीले एकआपसमा धेरै पटक युद्ध खेपिसकेका छन् । भनाबैरीको अनन्त शृङ्खला जारी छ । यस्तैमा सन् २०१९ को फेब्रुअरीमा यी दुई देश झण्डैझण्डै युद्धको अवस्थामा पुगिसकेका थिए ।

दुवैले एकअर्काको आक्रमणकारी विमान खसालेको दाबी गरे । भारतीय सेनाको एउटा विमान पाकिस्तानी भूमिमा खसाइएपछि त्यसका पाइलट भाग्यले बाँचे । उनलाई भारत फर्काइएको दृश्य टेलिभिजनका स्क्रिनहरूमा देखिएका थिए ।

लामो वादविवाद र राजनीतिक खिचातानीका बीच मार्च २९ तारिखमा बेलायत य्रोपियन युनियनबाट बाहिरियो । यससँगै बेलायत र युरोपियन युनियनबीचको चार दशक लामो भाइचाराको नाता टुटेको छ । युरोपियन युनियन त्याग्नेमा पहिलो सदस्यको राष्ट्रको रूपमा बेलायतको नाम इतिहासमा अंकित भएको छ ।

बेलायतले युरोपियन युनियनबाट बाहिरिन सुरु गरेको लम्बेतान प्रक्रियाबाट शब्दकोशमा एउटा एउटा शब्द नै थपिएको छ । त्यो हो, ‘ब्रेक्जिट ।’ ‘ब्रेक्जिट’ले बेलायतको राजनीतिक जीवनमा हलचल नै ल्याएको छ, जुन अझै शान्त भइसकेको छैन । त्यो हलचल त्यति सजिलै शान्त हुने अवस्था पनि देखिँदैन ।

मार्च महिनामा न्यूजिल्याण्डमा रौँ ठाडो पार्ने लोमहर्षक घटना घट्यो । एउटा क्रिस्चियन चर्चमा एक जना व्यक्तिले गोली चलाउँदा ५१ जनाले ज्यान गुमाए भने ४९ जना घाइते भए । यस आपराधिक घटनाको सोसल मिडियामा ‘लाइभ स्ट्रिमिङ’समेत भयोे ।

यसले मानिसको आपराधिक मानसिकताको दायरा कति फराकिलो छ भन्ने त संकेत गर्छ नै, त्यसमा पनि सोसल मिडियाको कुन हदसम्म दुरूपयोग हुनसक्छ भन्ने तथ्य यस घटनाले अघि सारेको छ ।

सन् २०१९ मा हङकङ अधिकतम् चर्चामा रह्यो । नागरिक अधिकार बहाल नभएको मानिने कम्युनिस्ट मुलुक चीनको अभिन्न अंग भएर पनि स्वतन्त्रता उपभोग गरिरहेको छ । ‘एक देश, दुई नीति’अनुरूप हङकङले सापेक्षित रूपमा बढी स्वतन्त्रता उपभोग गरिरहेको छ । तर, स्वतन्त्रताप्रेमी हङकङवासीले यतिमै चित्त बुझाएका छैनन् ।

हङकङवासी मार्च १५ देखि तरंगित हुन थाले । चिनियाँ सरकारले ल्याएको सुपुर्दगी कानुनप्रति असहमति जनाउँदै हङकङवासी सरकारविरुद्ध सडकमा उत्रिए । उनीहरूको असन्तुष्टि र सडक प्रदर्शन थामिने छाँटकाँट देखिँदैन । सरकारविरुद्ध निरन्तरको प्रदर्शनमा अहिलेसम्म २ हजार ६ भन्दा बढी घाइते भएका तथा ६ हजारभन्दा बढी पक्राउ परेका तथ्यांक सार्वजनिक भएका छन् ।

अप्रिल १५ तारिखमा फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो नोटे«डाम क्याथेड्रल (चर्च)को छत आगलागी भई नष्ट भयो । आगलागीको कारण खुलेको छैन । ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको त्यस क्याथेड्रलमा कसैले जानाजान आगलागी गराएको भन्ने प्रमाण अहिलेसम्मको अनुसन्धानमा भेटिएको छैन ।

डिसेम्बर १८ तारिखमा भएको मतदानमा पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । मतदानअघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स्’मा प्रस्तावको पक्ष र विपक्षमा गर्मागर्मी बहस भएको थियो । अमेरिकी सिनेटले उनीमाथिको महाअभियोग प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेमा उनी पदमुक्त हुनेछन् ।

फ्रान्सका राष्ट्रपति इमान्युल म्याक्रनले पाँच वर्षभित्र क्याथेड्रलको पुनर्निर्माण गर्न आदेश दिएका थिए । तर, विज्ञहरूले यसको निर्माण गर्न दशकौँ लाग्ने बताएका छन् ।

अप्रिलमै जापानी सम्राट अकिहितोले राजगद्दी त्यागे । उनी ३० वर्ष राजगद्दीमा रहेका थिए । बितेको २०० वर्षको इतिहासमा राजगद्दी त्याग्नेमा उनी पहिलो जापानी सम्राट हुन् । अकिहितोले राजगद्दी त्यागेपछि उनका छोरा नरुहितो सम्राट भएका छन् । सन् २०१६ मा दुर्लभ सार्वजनिक भाषणमार्फत् अकिहितोले आफूलाई राजगद्दी त्याग्न सजिलो हुने गरी कानुन बनाइदिन आग्रह गरेका थिए । सोहीअनुरूप त्यहाँको संसदले कानुन बनाइदिएको थियो ।

भारतमा अप्रिल–मे महिनामा सम्पन्न चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) प्रबल बहुमतका साथ पुनः सत्तासीन भएको छ । भाजपा कट्टर हिन्दुवादी–दक्षिणपन्थी दल मानिन्छ । गुजरातको मुख्यमन्त्रीसमेत भइसकेका भाजपा नेता नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतका प्रधानमन्त्री बनेका थिए । यस पटकको चुनावपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् ।

देशको सांस्कृतिक विविधताप्रति असहिष्णु बनेको आरोप भाजपा र मोदीमाथि लाग्दै आएको छ । लेखक, पत्रकार, बुद्धिजीवीलगायतको एउटा तप्का मोदी सरकारप्रति आलोचक रहँदै आएको छ ।

मार्क जुकरबर्गले सुरु गरेको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पछिल्लो समय थुप्रै कानुनी झमेला व्यहोर्दै आएको छ । सन् २०१९ मा पनि यो क्रम जारी रह्यो । अमेरिकाको संघीय वित्त आयोगले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको निजी सूचना दुरूपयोग गरेको आरोप लगायो । यही मामिलालाई मिलाउन जुलाईमा फेसबुकले ५ बिलियन अमेरिकी डलरको ठूलो रकम जरिवाना स्वरूप तिर्नुप¥यो । यो घटनाक्रमले प्रयोगकर्ताहरूको निजी सूचनाको गोपनीयताको मामिला पेचिलो बन्दै गएको संकेत गर्छ ।

समय समयमा चर्चामा आइरहने बेलायती राजसंस्थाले सन् २०१९ मा पनि सानोतिनो चर्चा बटुल्यो । राजकुमार ह्यारी र उनकी जीवनसंगिनी मेघन मर्कललाई सन्तानलाभ भयो । उनीहरूको पहिलो सन्तानले मे ६ तारिखमा यस धर्तीमा पाइला टेके ।

उनको नाम आर्ची ह्यारिसन राखिएको छ । बेलायती राजगद्दीको उत्तराधिकारीका रूपमा आर्ची अहिले सातौँ पंक्तिमा छन् । सन् २०१८ मे १८ तारिखमा राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कल एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिएका थिए ।

सन् २०१९ मा विश्वसाहित्य जगतले एउटा मूर्धन्य व्यक्तित्व गुमायो । अगस्ट ५ मा अमेरिकाकी ख्यातिप्राप्त लेखिका टोनी मोरिसन (सन् १९३१-२०१९) को ८८ वर्षको उमेरमा निधन भयो । अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन पेसामा रहेर ज्ञान र विचार बाँड्दै आएकी मोरिसनका ‘द ब्जुवेष्ट आई’ (सन् १९७०), बिलभ्ड (सन् १९८७) लगायत ११ वटा उपन्यास प्रकाशित छन् ।

जदूमयी लेखनकलाका लागि चर्चित मानिने उनले सन् १९९३ मा ‘बिलभ्ड’ नामक उपन्यासका लागि नोबेल पुरस्कार हात पार्न सफल भएकी थिइन् । यसबाट साहित्यिक समुदाय जति खुसी थिए, त्यसभन्दा बढी अश्वेत समुदाय खुसी थियो । यसको दरिलो कारण छ, यस प्रकारको पुरस्कार हात पार्नेमा उनी पहिलो अश्वेत महिला थिइन् ।

दुनियाँमा भयानक मावनीय विपत्ति ल्याउने दोस्रो विश्वयुद्ध पोल्याण्डबाट सुरु भएको मानिन्छ । विष्मयकारी दोस्रो विश्वयुद्ध सुरु भएको सन् २०१९ को सेप्टेम्बरमा ८० वर्ष लागेको छ । यही दुःखद् प्रसंगको पृष्ठभूमिमा पोल्याण्डमा विशेष कार्यक्रमसहित दोस्रो विश्वयुद्धको ८०औँ वर्षगाँठ मनाइएको छ ।

दोस्रो विश्वयुद्धमा पोल्याण्डले व्यापक क्षति भोग्नुपरेको थियो । चेतनशील प्राणी मानिसकै कारण मानवतामाथि नै प्रश्न उठेको त्यो भयानक घटनाबाट पोल्याण्डले आफ्नो कुल जनसंख्याको पाँच भागमा एक भाग गुमाउनुपरेको थियो ।

सन् २०१९ निख्रिँदै गर्दा विश्वको ‘सुपरपावर’ मानिने अमेरिका घरेलु राजनीतिका कारण चर्चामा आयो । अनेकन विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगको प्रस्ताव अघि सारियो । उनको कार्यशैलीबाट लोकतन्त्र र राष्ट्रिय सुरक्षामा चुनौती थपिएको अमेरिकीहरूको बुझाइ छ ।

उनीमाथि शक्ति दुरूपयोग गरेको आरोपमा महाअभियोगको प्रस्ताव अघि सारिएको हो, जुन एउटा सदनबाट बहुमतले पारित भयो । डिसेम्बर १८ तारिखमा भएको मतदानमा पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । मतदानअघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स्’मा प्रस्तावको पक्ष र विपक्षमा गर्मागर्मी बहस भएको थियो । अमेरिकी सिनेटले उनीमाथिको महाअभियोग प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेमा उनी पदमुक्त हुनेछन् ।

यता, छिमेकी मुलुक भारतमा नागरिकतासम्बन्धी कानुनका कारण डिसेम्बरको चिसोमा पनि राजनीतिक तापक्रम उच्च विन्दुमा पुग्यो । भारतका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भए । नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ ।

यसअघि सन् १९५५ मा जारी भएको नागरिकतासम्बन्धी ऐनले कानुनले गैरकानुनी भनिएका आप्रवासीहरूलाई भारतीय नागरिक हुन बाटो खोलेको थिएन । नयाँ कानुनले अघि सारेको प्रावधानलाई अन्यायपूर्ण र विभाजनकारी भएको भन्दै जनआक्रोश बढेको हो ।

(स्रोत : सामाचार ऐजेन्सीहरू)