सौर्यमण्डलका अन्य साथीहरु

सबैभन्दा टाढाको सेडना रहेको छ भने खोज अझै जारी छ

सौर्यमण्डलका अन्य साथीहरु

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन १५, २०७५

सौर्यमण्डल भन्ने बित्तिकै तपाई सूर्य र यसका आठ वटा ग्रह सम्झिनु हुन्छ र ग्रहको परिक्रमारत रहेका तिन्का चन्द्रमाहरु सम्झिनु हुन्छ । सूर्य देखी सबैभन्दा टाढा को ग्रह हो वरुण अर्थात नेप्चुन । 
पृथ्वी र सूर्यको दूरी चौध करोड छियानब्बे लाख किमि छ । खगोलिय भाषामा यस दूरीलाई एक ‘एस्ट्रोनोमिल यूनिट’ (1 A.U) भनिन्छ । 

सूर्यबाट नेप्चुनको औसत दूरी तीस एस्ट्रोनोमिकल यूनिट छ । अर्थात पृथ्वी र सूर्यको दूरी भन्दा सूर्य र नेप्चुनको दूरी तीस गुना बढी छ । एक एस्ट्रोनोमिकल दूरी पार गर्न प्रकाशलाई पाँच सय सेकेण्डको समय लाग्छ । अर्थात सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न पाँच सय सेकेण्डको समय लाग्छ । प्रकाश गतिबाट मापन गर्दा हामी भन्न सक्छौ पृथ्वी र सूर्यको दूरी पाँच सय सेकेण्ड छ । 

दुई लाख उन्नानसय हजार सात सय बयानब्बे किमि प्रति सेकेण्डले गति गर्ने प्रकाशलाई नेप्चुन ग्रहमा पुग्न झण्डै पन्ध्र हजार सेकेण्डको समय लाग्छ । 

सौर्यमण्डलका ग्रहहरुमा सबैभन्दा टाढाको ग्रह नेप्चुन भए पनि नेप्चुन पारिको आकाशमा अन्य धेरै खगोलिय पिण्डहरु विद्यमान रहेका छन् । ती सबैलाई वरुण पारिका वस्तु (ट्रांस नेप्चुन अब्जेक्टस) भनिन्छ । 
पहिला ग्रहमा गनिएको यम ग्रह अर्थात प्लुटोलाई पनि अब वरुण पारिको पिण्ड भनिन्छ । १८ फेब्रुअरी १९३० देखि १३ सेप्टेम्बर सन् २००६ सम्म प्लुटोलाई ग्रह मानिए पनि अब यसलाई क्षुद्र ग्रह (DRAWF PLANET) भनिन्छ । 

प्लुटो सूर्य देखि ३९–४९ ऐ.यू.युनिट टाढा छ । यसलाई सूर्यको एउटा परिक्रमा गर्न नै २ सय ४८ वर्षको समय लाग्छ । 

प्लुटो पछि पनि थुप्रै खगोलिय पिण्ड रहेका छन् । खगोलिविद्हरुको अनुमान अनुसार त्यहाँ झण्डै एक लाख पिण्ड हुन सक्छन् । 

प्लुटोको व्यास जम्मा २ हजार ३ सय ७६ किमि छ । पृथ्वीको उपग्रह चन्द्रमा भन्दा पनि सानो । चन्द्रमाको व्यास ३ हजार ४ सय ७५ किमी छ । प्लुटोलाई ग्रहको दर्जाबाट हटाउँदा खगोल विद्हरुले ग्रह हुनका लागि कुनै पनि पिण्डले कमतीमा बुध ग्रह (MERCURY) जतिको आकार हुनुपर्ने नियम अघि सारेका थिए । 

प्लुटो बाहेक वरुण पारिका प्रमुख खगोलिय पिण्डहरुमा एरिस, सेडना, माकेमाके, हउमेया, क्वाओर आदि रहेका छन् । यी सबैलाई क्षुद्धग्रहको दर्जा प्राप्त छ । अहिले सम्म तीन सय भन्दा बढी क्षुद्रग्रह बारे खगोलविदले अनुसन्धान गरी सकेका छन् । यिनको व्यास प्लुटोको व्यास देखि (२३७६ कि.मी.) तीन सय दुई कि.मी. सम्मको रहेकोछ ।

वरुण पारिको आकाशमा बुध ग्रह जतिको कुनै संरचना अहिले सम्म फेला पर्न सकेको छैन । 

एक पटक पुनः माथिको चित्र हेर्नुस । चित्रमा वरुण पारिका केही पिण्डहरु देखाइएका छन् । यी सबै पिण्ड हाम्रो सौर्यमण्डलका सदस्य हुन् । यी सबैले आफ्नो कक्षामा रहेर सूर्यको परिक्रमा गर्छन् ।

प्लुटो बाहेक वरुण पारिका प्रमुख खगोलिय पिण्डहरुमा एरिस, सेडना, माकेमाके, हउमेया, क्वाओर आदि रहेका छन् । यी सबैलाई क्षुद्र ग्रहको दर्जा प्राप्त छ । अहिले सम्म तीन सय भन्दा बढी क्षुद्र ग्रह बारे खगोलविदले अनुसन्धान गरी सकेका छन् । यिनको व्यास प्लुटोको व्यास देखि (२३७६ कि.मी.) तीन सय दुई कि.मी. सम्मको रहेकोछ  । 

१) एरिस क्षुद्र ग्रहः सूर्य देखि सरदर झण्डै ६७ ऐ.यू. टाढा रहेको एरिस परिक्रमा क्रममा सूर्य देखि ९७ ऐ.यू. सम्म टाढा पुग्ने गर्छ । यसले सूर्यको एक परिक्रमा पूरा गर्न ५ सय ५८ वर्षको समय लगाउँछ । यसको व्यास प्लुटो भन्दा अलिकति कम्ति २ हजार ३ सय २६ कि.मी. छ । डायस्नोमिया एरिसको एक मात्र चन्द्रमा हो । 

२) माके माके: सूर्य देखि अधिकतम ५२ ऐ.यू. टाढा सम्म पुग्ने माकेमाकेले सूर्यको एक परिक्रमा ३ सय ९ बर्षमा पुरा गर्छ । यसको व्यास १ हजार ४ सय ३४ किमि छ । अप्रिल २०१५ मा यसको एउटा उपग्रह पत्ता लाग्यो । अहिले सम्म यसको नाम यस/ २०१५ (१३६४७२) १ रहेको छ । 

३) हउमेया क्षुद्रग्रहः १ हजार ६ सय ३२ किमि व्यास भएको हउमेया सूर्यको एक परिक्रमा २ सय ८४ वर्षमा पूरा गर्छ । यसको सूर्यसँग दूरी ५१ ऐ.यू. सम्म पुग्ने गर्छ । यस सँग २ वटा चन्द्रमा छन् हाइका र नमाका । 
४) क्वाओर: ४५ ऐ.यू. टाढाबाट सूर्यको परिक्रमा गर्ने यस क्षुद्रग्रहले एक परिक्रमा पुरा गर्न २ सय ८८ वर्ष समय लिन्छ । यसको व्यास १ हजार १ सय ८ किमी. रहेको छ । यो सँग पनि एउटा चन्द्रमा बेबोट रहेको छ । 
५) सेडना: सूर्यको परिक्रमा गर्दै सूर्यबाट सबैभन्दा टाढा पुग्ने ज्ञात पिण्डका रुपमा सेडना क्षुद्र ग्रह रहेको छ । परिक्रमा गर्दा सूर्यको नजीक आउँदा यो ७६ ऐ.यू. टाढा हुन्छ भने परिक्रमा पथमा टाढा हुँदा सेडना सूर्य देखि ९ सय ३६ ऐ.यू. सम्म टाडिन्छ । यसलाई सूर्यको एक परिक्रमा पूरा गर्न ११ हजार ४ सय वर्षको समय लाग्छ । 

सूर्यदेखि टाढा हुँदाको स्थितिमा यहाँ सम्म सूर्यको प्रकाश पुग्न चार लाख अड्सठ्ठी हजार सेकेण्ड अर्थात सात हजार आठ सय मिनेट अथवा एक सय तीस घण्टा अर्थात पाँच दिन दश घण्टाको समय लाग्छ ।