'एन्जाइटी', 'डिप्रेसन' र पागलपनः उपचारले सयमा सय ठीक हुन्छ, गाँजा, चरेस, जाँड–रक्सी भने नखाने

'एन्जाइटी', 'डिप्रेसन' र पागलपनः उपचारले सयमा सय ठीक हुन्छ, गाँजा, चरेस, जाँड–रक्सी भने नखाने

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  फाल्गुन ३०, २०७६

हामी एउटा मानसिक रोग विशेषज्ञका हेराइमा पहिलाको ‘सिनारियो’ र अहिलेको ‘सिनारियो’मा हेर्ने हो भने मान्छेहरूमा पक्कै पनि चेतनाको स्तर बढेको छ । पहिला त मानिसहरू मानसिक रोग विशेषज्ञका जान नै मान्दैनथे वा हिच्किचाउँथे किनभने मनिसको के बुझाइ थियो भने बहुलाएको मात्र जाने भन्ने कुरा थियो ।  

तर, वास्तविकता त्यस्तो कहिले पनि थिएन र कहिल्यै होइन पनि । मानसिक रोग  समाजमा पहिलादेखि नै धेरै नै छ, अहिले बढेको भन्ने कुरा होइन । अहिले अलिकति ‘अवेयरनेस’ बढी आएको र हामी अहिले मानसिक रोग विशेषज्ञहरू पनि पहिले भन्दा अलिकति धेरै भएका कारणले गर्दा पनि हामीकहाँ मानसिक रोगका बिरामीहरू आउने क्रम बढेको हो । 

म पढेर आउँदा नेपालमा मानसिक रोग विशेषज्ञहरू जम्मा २० जना हुनुहुन्थ्यो ।  अहिले २० वर्षपछिको कुरा गर्ने हो भने अहिले २०० भन्दा धेरै भइसकेको  अवस्था छ । त्यो एकदमै राम्रो पक्ष हो नेपालको । तर, नेपालको जनसंख्या अनुपातको हिसाबले भन्ने हो भने यो संख्या पर्याप्त होइन, यतिले पनि पुग्दैनन् ।

पहिला–पहिला कस्तो हुन्थ्यो भने विशेषज्ञले जाँच गर्ने ठाउँमा नजाने ‘बौलाहा’ भन्छन् भनेर । मानिसहरू जस्तो कि कसैलाई एन्जाइटीको ‘सिम्प्टम्स’ देखापर्ने  कसैलाई ‘रिफर’ गर्‍यो भने मलाई बोलाएर पठाएको हो कि भन्ने जस्ता कुराहरू  सोचेर नजाने चलन थियो । योचाहिँ पक्कै पनि होइन । कसैलाई एन्जाइटीको ‘फिचर’ भनेको अलग्गै किसिमको कुरा हो । 

हामीले बहुलाएर आउने बिरामीहरू हेर्ने भनेको जम्मा एकदेखि दुई प्रतिशतसम्म मात्र हो । एकदमै बौलाहा भएर आउने भनेको त्यही हो । अरू जुन ‘पार्ट’का बिरामीहरू आउने भनेको सबैभन्दा बढी एन्जाइटी र डिप्रेसन भएका बिरामीहरू  नै आउने हुन् । त्यस खालका बिरामी १०–१५ प्रतिशतको हाराहारीमा हुने गर्छन् ।  अर्को ‘समटाइजेसन डिसअर्डर’ भनेको त अझ बढी नै छ । ‘मल्टिपल फिजिकल कम्प्लेन’हरू लिएर आउनेहरू बढी नै हुने गर्छन् ।  

त्यसरी विक्षिप्त भएको मान्छे सम्पूर्ण रूपमा ठीक हुन्छ । यो कुरा जनमानसले बुझ्न सक्नुपर्छ । पागल भयो भन्दैमा उसको जिन्दगी नै खराब भयो भन्ने कुरा पक्कै पनि उनीहरूले सोच्नुपर्दैन । औषधि नियमित खानु भने पर्छ, लागुऔषधहरूमा लैजानुभएन । गाँजा, चरेस, जाँड–रक्सीहरू खानुभएन । यस्ता चिजहरू प्रयोग गर्नुपर्ने हुन्छ ।

ढाड दुख्यो, टाउको दुख्यो, छाती दुख्यो, जोर्नी दुख्यो, घाँटीमा केही कुरा अड्क्यो भनेर आउनेदेखि खोकी लागिराख्नेसम्म बिरामीहरू चिकित्सकहरूकहाँ आउने गर्छन्, जुन कि मनोचिकित्सककहाँ आउनुभन्दा अगाडि अन्य विशेषज्ञकहाँ गइसकेका हुन्छन् । अन्यत्र गएर उनीहरूले आफूले नसकेका मनिसहरूलाई  ‘रिफर’ गरिरहेका हुन्छन् । 

बिरामीलाई लागिरहेको हुन्छ कि मलाई ‘हार्ट अट्याक’ भएको छ । उसलाई पनि औषधिहरू लेखेर दिने गरिएको हुन्छ ।  

तर, वास्तवमा उसलाई त्यस्तो भएको हुँदैन । के भएको हो त ? उसलाई लागेको  रोगका बारेमा सबै कुरा ‘डिटेल’मा बताउन सक्ने क्षमता अन्य विषयका चिकित्सकहरूमा हुँदैन, जति हामी ‘साइकियाट्रिक’कहाँ आउँदा पाइन्छ । हामीले यो यस्तो भएको हो, यो गर्दा यस्तो हुन्छ भनेर त्यसलाई बुझाउने र आफ्नो रोगसम्बन्धी उसले राम्रोसँग बुझ्ने अनि उसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा उसले राम्ररी र सजलोसँग बुझ्न पाउँछ । 

यी सबै कुरा आउने कारण ‘स्ट्रेस’ हो । ‘टेन्सन’ले गर्दा आउने समस्याहरू हुन् । आजकल ‘अर्गनाइजेसन लेवल’मा जाँदाखेरि मानिसहरूमा ‘स्ट्रेस बढी हुने गरेको छ । विद्यार्थीलाई पढाइको, काम गर्ने मान्छेहरूलाई कामको ‘स्ट्रेस’ हुन्छ भने घरमा बस्नेलाई घरको व्यवस्थापन गर्ने ‘स्ट्रेस’, सम्बन्धको ‘स्ट्रेस’, हरेक कुराको ‘स्ट्रेस’ छ । हेरक हिसाबले हेर्ने हो भने सबैमा आफ्नो–आफ्नो किसिमको ‘स्ट्रेस’ हुने गर्छ । 

हामीले एउटा मानिसलाई मात्र ‘स्ट्रेस’ आउँछ भन्ने होइन, ‘स्ट्रेस’ नभएको मान्छे कोही पनि हुँदैन । तर, महत्त्वपूर्ण कुरा ‘स्ट्रेस’लाई कसरी सामना गर्ने भन्ने कुरा हामीले भन्नुपर्ने हुन्छ । समाधान गर्न सक्यौँ भने हामी सफल भयौँ । समाधान गर्न सकेनौँ र ‘स्ट्रेस’ले समात्न थाल्यो भनेचाहिँ अलिक गाह्रो हुन्छ । 

यो ‘स्ट्रेस’ पनि कस्तो भइदिन्छ भने मान्छेले आफूले कतिको त्यसलाई दबाउन सकिन्छ त ? कतिको त्यसलाई समाधान गर्न सकिन्छ ? आफ्नो–आफ्नो क्षमताअनुसारमा फरक हुन्छ । जस्तैः हामीले बाहिर बजारमा गएर कुनै सामान किन्नुपर्‍यो भने हामीसँग कति पैसा छ ? आफूसँग हजार रुपैयाँ छ भने हामीले हजार रुपैयाँकै क्षमताअनुसार किन्छौँ । हामीले १२ सय रुपैयाँ जाने सामान किन्नुपर्‍यो भने सक्दैनौँ । 

‘स्ट्रेस’ भनेको पनि त्यस्तै हो । हाम्रो क्षमता कतिको छ त्यो ‘स्ट्रेसलाई कभर’ गर्न सक्ने ? आफ्नो क्षमताले ‘कभर’ गर्न नसक्नेभन्दा पनि बढी भइदियो भने त्यसलाई ‘कभर’ गर्न सक्दैनौँ । विस्तारै मानिसमा ‘स्ट्रेस’ हावी हुन थाल्छ । त्यो १२ सय रुपैयाँवाला सामान किन्न नसकेपछि त्यही ‘पार्ट’मा उसलाई ‘स्ट्रेस’ आउन थाल्छ । 

स्कुलको कुरा गर्दा ‘टिचर’ले बच्चालाई धेरै ‘होमवर्क’ दियो । उसले रातभरी बसेर पनि गर्न नसक्ने अवस्था आयो भने विद्यार्थीलाई बढी नै ‘स्ट्रेस’ आइदिन्छ । भोलि मैले होमवर्क गर्न सक्दिनँ, अब के गर्ने ? कसो गर्ने ? भन्न थाल्छ । क्षमता कतिको छ, त्योअनुसारको काम वहन गर्न सक्नुपर्ने हुन्छ । त्यति गर्न सकेमा उसलाई राम्रै हुन्छ । 

आजकल के छ भने एउटा जागिर खाने मान्छेले महिनाको ३० हजार रुपैयाँ तलब  पाउने हुन्छ । त्यो हिसाबबाट कहाँकहाँ व्यवस्थापन गर्ने भन्ने कुरा भयो भनेदेखि त्यतिले उसलाई कतिको पुग्छ ? केके चाहिन्छ ? के चाहिँदैन ? भन्ने कुरालाई लिएर तनाव बोकिरहेको हुन्छ ।  

कहाँ खर्च गर्ने भन्ने कुराहरूका लागि केही गर्‍योे भने र त्योभन्दा बढी आयो भने मानिसलाई ‘स्ट्रेस’ हुने गरेको छ । मानिसलाई एउटा गाडी चाहियो वा केही साधन चाहियो । त्यसका लागि ऋण लिनुपर्‍यो । यसका लागि हरेक किसिमको व्यवस्था गर्न सकेन भने मानिसलाई ‘स्ट्रेस’ हुन्छ । सबै व्यवस्थापनको कुरा हो । त्यसलाई पैसा छ, छ्रैन ? भन्ने भन्दा पनि आफूले कसरी ‘म्यानेज’ गर्न सक्छ भन्ने महत्त्वपूर्ण हुन्छ । कति समयमा गर्न सक्छ र कसरी समाधान गर्ने क्षमता राख्छ भन्नेमा फरक पर्छ । 

मानसिक रोग विशेषज्ञकहाँ जानुपर्छ भन्ने धारणा ह्वात्तै बढेको छ । अलिकति बढेको नेपालको परिप्रेक्ष्यमा जाने हो भने भूकम्पपछि हो । २०७२ सालको भूकम्पपछि त्यसको अवेयरनेस पक्कै पनि मान्छेहरूमा आयो । त्यसबेलाको डर र त्रासले, घर छाडेर घर र खेतमा गएर बसेका थिए । अन्योलको स्थिति छ, जमिन हल्लिइरहेको छ । अब के गर्ने ? अब कहाँ जाने ? त्यसका लागि कसलाई ‘एप्रोच’ गर्ने ? 

कार्डियोलोजिस्टलाई एप्रोच गर्ने होइन, न्यूरोलोजिस्टलाई एप्रोच गर्ने होइन, हड्डी विशेषज्ञकहाँ जाने होइन, टाउको विशेषज्ञकहाँ जाने होइन, अब कहाँ जाने ? जाने भनेको आखिरमा मानसिक विशेषज्ञकहाँ रहेछ है भन्ने मान्छेमा त आयो नि कमसेकम । त्यसै कारणले गर्दा हामीले धेरै क्याम्पहरू पनि गरेका छौँ । 

त्यसले गर्दा के भयो भने एउटा 'प्लस प्वाइन्ट' पनि भइदियो । त्यस्तो खालको अवेयरनेस अलिकति कम भएको हो कि भन्ने जस्तो लाग्छ अहिले । विस्तारै अवेयरनेस कम भएको हो कि भन्ने जस्तो लाग्छ अहिले भने । तर, विस्तारै आउँछन् अहिले । के हुँदा कहाँ जाने भन्ने कुरा पक्कै पनि थाहा भएको छ । 

विद्यार्थीहरूमा पनि समस्या हुँदा स्कुलमा क्याम्पेनहरू गरिरहेको छ, त्यसले पनि धेरै नै आएका छन् । कम्युनिटी बेसमा जाँदाखेरि के गर्ने भन्ने कुरा हुन्छ । किनभने एउटा त समस्या आइसकेपछि उपचार गर्ने ठाउँ छँदै छ, योभन्दा अगाडि प्रायः धामीझाँक्रीकहाँ पनि गइरहेको हुन्थे । त्यहाँ गएपछि उसले बिगार गर्‍यो, फलानोले बिगार गर्‍यो भनेको हुन्छ । 

अब त्यस्तोमा समस्या निकाल्ने काम त्यो हो । त्यो हिसाबबाट अवेयरनेसको हिसाबबाट अहिले हेर्ने हो भने, बिरामीको फ्लो काठमाडौंमा मात्र पनि अहिले लगभग ७० जना साइकियाट्रिक छन् । त्यो पनि एकदम कम नै हो । ७० जना मात्र हुनु भनेको कुनै पनि अस्पतालमा बिरामीहरू कम भएका छैनन् जस्तो लाग्छ । 

सबै ठाउँमा डिपार्टमेन्ट आइसकेको छ । हरेक मेडिकल कलेजहरू र हरेक स्कुलहरूका आफ्नाआफ्ना किसिमका अस्पतालहरू छन् । हरेक किसिमका अस्पतालमा हरेक किसिमका बिरामीहरूको अभाव नै छैन । 

अब मान्छेहरू पागल भएपछि मात्र त्यहाँ जान्छन् भन्ने कुरा रहेन । सबैभन्दा बढी हेर्ने भनेको नै 'एन्जाइटी' र 'डिप्रेसन'हो । 'एन्जाइटी' र 'डिप्रेसन' भएका मान्छे आफैँ हिँडेर आउँछन् र देखाएर जान्छन् । कसैले पनि नोटिस नै गर्दैनन् । अब पागल हुने भनेको कम मात्रामा हुन्छ तर ऊ कराएर, चिच्याएर आएको हुन्छ । उसको अटेन्सन सबैलाई भएको हुन्छ । ए, यस्तो पनि हुने रहेछ भन्ने हुन्छ । त्यसले गर्दा उसलाई केके न भएको जस्तो हुन्छ । तर, बढी संख्यामा आउने बिरामीहरू त एन्जाइटी, डिप्रेसन र समड्राइजेसनका कुराहरू नै आउने त हो । त्यसैले गर्दा फरक हुने भन्ने कुरा हो ।

पागलपन र विक्षिप्त अवस्थ  नियन्त्रणकाे  संभावना  सयमा सय नै  हुन्छ । राम्रोसँग ठीक हुन्छ । वास्तवमा भन्ने हो भने, राम्रोसँग उपचार गरेर जति त्यो विचलित भएर आएको हुन्छ, ऊ ठीक भएर गएको हुन्छ । कल्पना नै गर्न सक्दैनन् मान्छेहरू । ओहो ! यस्तो पनि हुने रहेछ है भन्छन् । 

एउटा मेसेज तपाईंले के पठाउनुहोस् भने, त्यसरी विक्षिप्त भएको मान्छे सम्पूर्ण रूपमा ठीक हुन्छ । यो कुरा जनमानसले बुझ्न सक्नुपर्छ । पागल भयो भन्दैमा उसको जिन्दगी नै खराब भयो भन्ने कुरा पक्कै पनि उनीहरूले सोच्नुपर्दैन । औषधि नियमित खानु भने पर्छ, लागुऔषधहरूमा लैजानुभएन । गाँजा, चरेस, जाँड–रक्सीहरू खानुभएन । यस्ता चिजहरू प्रयोग गर्नुपर्ने हुन्छ ।

उनीहरूले राम्रोसँग आफ्नो जीवन बाँचेका छन् । कति जना क्षत विक्षत भएका मान्छेहरू अहिले राम्रोसँग आफ्नो जागिर सम्हालेर, व्यवसाय सम्हालेर आफ्नो घर परिवार चलाएर बसेका छन् । त्यसैले हेर्नेवित्तिकै यस्तो मान्छेको जिन्दगी नै खतम भयो भनेको जस्तो लाग्छ तर त्यस्तो हुँदैन ।