आरोप प्रत्यारोपमा चीन र अमेरीकाः के ‘कोभिड १९’ ल्याबमा निर्मित हो त ?

आरोप प्रत्यारोपमा चीन र अमेरीकाः के ‘कोभिड १९’ ल्याबमा निर्मित हो त ?

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र १६, २०७६

हाल सम्पूर्ण विश्व कोरोना भाइरस ‘कोभिड १९’ सँग जुध्न एकजुट भइरहेको अवस्था छ । हालै सम्पन्न भएको सार्क राष्ट्र र जी २० का राष्ट्रहरूबिच भएको भिडियो कन्फ्रेन्समा सम्पूर्ण राष्ट्रहरू एकजुट भई कोरोना भाइरसको महामारीलाई निर्मूल पार्न प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

तर, दुई शक्तिशाली राष्ट्रहरू चीन र अमेरिका कोरोना भाइरसको उत्पत्ति तथा विस्तार प्रति एक अर्काप्रति आरोप प्रत्यारोमा जुटेका छन् । यो आरोप प्रत्यारोप राजनीतिक तवरले मात्रै नभई कूटनैतिक तथा वैज्ञानिक मार्फत पनि भइरहेको छ । 

अमेरिकाले त कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर नामकरण गरिदिएको छ । कोरोना भाइरस चीनको वुहान सहरबाट फैलिएर १७८ देशहरू फैलिसकेको छ । अमेरिका पनि सबैभन्दा बढी सङ्क्रमित व्यक्तिहरू रहेको  सूचीमा अग्रपंतिमा पुगेको छ । यसले गर्दा अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई पनि यसको महामारीलाई नियन्त्रण गर्न धौधौ परिरहेको छ । 

यसै वर्ष अमेरिकामा राष्ट्रपतिको चुनाव हुन गइरहेको र यसपालिको चुनावमा डोनाल्ड ट्रम्प, अमेरिकाको आर्थिक प्रगति आतांकवादको नियन्त्रण तथा ट्रेड–वारमा चाइनाले पराजित गरेको मुद्दा लिएर अगाडि बढ्न चाहिरहेका थिए । तर यसको विपरीत कोरोना भाइरसको महामारीले गर्दा अमेरिकाको अर्थतन्त्रमा आएको ह्रास तथा बेरोजगारीको समस्याले राष्ट्रपतिलाई ठुलो सङ्कट ल्याइदिएको छ । यो मुद्दाहरूलाई मोड्नको निम्ति पनि प्रोपोडाण्डको सिद्धान्त अनुसार चीनलाई भिलेनको रूपमा प्रस्तुत गर्नु पर्ने बाध्यता ट्रम्पलाई आइपरेको छ । यसै सिलसिलामा कोरोना भाइरसको उत्पत्ति चीनबाट भएको र चीनले सम्पूर्ण विश्वमा फैलाएको भनेर आरोप पनि लगाइरहेको  छ ।

त्यस्तै प्रकारले पश्चिमी मिडियाले चीनलाई आरोप लगाएका छन् कि चीनले जैविक हतियारका निम्ति ल्याबमा निर्मित भाइरस हो दुर्घटनावस् वा जानीजानी चीनबाट फैलाइरहेका छ । 

 

त्यसकारण यो निष्कर्षमा पुग्न सकिन्छ कि, सबै खाले कोरोना भाइरस अन्य स्तनधारी प्राणीबाट मनुष्यमा सरिरहेको छ । अतः प्राकृत रूपमा नै निर्मित भाइरस हो । ल्याबबाट निर्माण भएको भन्ने कुनै प्रमाण हालसम्म कसैले दिन सकिरहेका छैनन्  ।  

चीन सन् २०२० मा आर्थिक प्रगति गरेर विश्व अर्थतन्त्रमा आफ्नो प्रभुत्व बढाउन चाहेको थियो । तर, दुर्भाग्य कोरोना भाइरसको प्रकोपले चीनको अर्थतन्त्रमा पनि ठुलो ह्रास आउने सम्भावना छ । आगामी समयमा आउने ठुलो आर्थिक समस्याको मुद्दालाई पन्छ्याउन चीनले पनि प्रोपोगाण्डको हतियार प्रयोग गर्न सुरु गरेको छ ।यस्तै प्रकारले राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पाम्पियो पनि यो एउटा चिनिया भाइरस हो र यो भाइरसको जानकारी रुस, चीन र इरानले समयमा विश्वलाई जानकारी नगराई पश्चिमी राष्ट्रहरूमा फैलाइ रहेको छ । केही पश्चिमी बुद्धिजीवी पनि चीनले ढिलासुस्ती गरेर पश्चिमी तथा अमेरिकी अर्थतन्त्रलाई ध्वस्त पार्नको निम्ति चालेको कदम मान्दछन् ।

यसै सिलसिलामा चीनका वैज्ञानिकहरू यो भन्न थालिसकेका छन्, कोरोना भाइरसको अध्ययन गर्दा यो चीनबाट नभएर यसको उत्पत्ति कुनै अन्य युरोपियन देशबाट भएको हो । यो भाइरस जैविक युद्धको निम्ति पश्चिमी राष्ट्र र अमेरिकाको संलग्नतामा निर्माण गरी अमेरिकन सैनिक मार्फत चीनमा फैलाएको आरोप लगाउँछन् ।

चीनकाे मिडिया साउथ मर्निङ पोस्टको भनाई अनुसार अक्टुवर २०१९ मा वुहान सहरमा आयोजना गरिएको विश्व सैन्य खेल प्रतियोगितामा भाग लिन आएका अमेरिकी सैनिकहरूले वुहान स्थित स्थानीय सी फुड मार्केटमा प्लान्ट गरेर स्थानीयवासीहरुमा फैलाएको आरोप लगाउँछन् ।  

यसै प्रकारले इरानका सैनिक कमान्ड पनि अमेरिकाको षड्यन्त्रको कारण चीन र इरानले कोरोना भाइरसको कारण ठुलो क्षति बेहोर्नु परेको आरोप लगाउँछन् । तर वास्तविक के हो त ? के कोरोना भाइरस जैविक हतियारको निम्ति ल्याबमा बनाइएको भाइरस हो त ?

तर टेक्सस विश्वविद्यालयको केलबेशन नेशनल ल्याबको वैज्ञानिक जिम .ले .ड्युग. ले.र बोस्टन विश्वविद्यालयका वैज्ञानिक जेराड क्यूसद्वारा गरिएको ‘कोभिड १९’ को जिनोमको अध्ययनबाट यो पुष्टि गरिन्छ कि ‘कोभिड १९’ प्राकृतिक रूपमा उब्जिएको भाइरस हो । चमेराको माध्यमबाट मनुष्यमा सङ्क्रमण भएको हो  ।

अर्को कुरा यो बिर्सनु हुँदैन कि जैविक युद्धका निम्ति बनाइएको भाइरसको एन्टी डोड वा भ्याक्सिन पनि निर्माण गरेपछि मात्र हतियारको रुपमा प्रयोग गरिन्छ । हालसम्म चीन र अमेरिकासँग कुनै यस्को विरुद्ध भ्याक्सिन पनि छैन र दुबै देश यसबाट आक्रान्त छन् । यसकारण पनि यसमा कुनै तथ्य छैन कि ‘कोभिड १९’ ल्याबमा बनाइएको बारे ।

अझै यो भ्रमलाई चिर्नका लागि कोरोना भाइरसको प्रकृतिबारे पनि बुझ्नु पर्दछ । यो भाइस प्रायजसो स्तनधारी प्राणी तथा पंक्षीहरुमा असर गर्दछ । सबै कोरोना भाइरस प्राण घातक नहुन पनि सक्दछ । सन् २००२ नोभेम्बरदेखि २००३ जुलाईसम्म विश्वभर महामारीको रूपमा सार्स  फलैएको थियो । त्यस समयमा करिब २६ वटा राष्ट्रमा  सार्स फैलिएको थियो ।  

मुख्यत  चीन, ताइवान, हङकङ, सिंगापुर, तथा क्यानडाको टोरोन्टो सहरमा महामारीको रूपमा फैलिएको थियो करिब ८ महिना फैलिएका सार्स भाइरसले करिब ८ हजार जनालाई सङ्क्रमित भई करिब ८ सय जनाको ज्यान लिएको  थियो । यस्तै प्रकारले मर्स भाइरस सन् २०१२ मा साउदी अरबबाट फैलिएर २७ वटा राष्ट्रमा पुगी करिब २५ सय मान्छेमा सङ्क्रमित भएर करिब ८ सय ५० जनाको मृत्यु भएको थियो । 

यस्तै प्रकारले इन्फ्लइन्जा भइरसा सन् २००९ मा विश्वभर फैलिएर थियो र छ लाख ७५ हजार मानिसमा सङ्क्रमण भएको थियो । हुन त  इन्फ्लइन्जाले धेरैजसो व्यक्तिहरूमा सङ्क्रमण गरे पनि यसको मृत्युदर अति कम o.०२ प्रतिशत, जसले गर्दा त्यस बेलाको विश्व यति आतङ्कित भएको थिएन । तर सार्सको मृत्युदर करिब १० प्रतिशत र मर्सको मृत्युदर करिब ३४ प्रतिशत भएता पनि यसको लक्षणहरू चााडैनै पहिचान भएकोले तुरुन्तै नियन्त्रण गरिएको हुँदा ‘कोभिड १९’ जस्तो व्यापक फैलिन पाएन । प्राकृतिक रूपमा सार्स र कोभिड १९ बिच ८६ प्रतिशत जेनेरिक गुण मिल्दो जुल्दो रहेको पाइएको छ । दुवै भाइरस मनुष्यबाट मनुष्यमा सर्ने र श्वासप्रश्वास  प्रणालीमा असर गर्ने खालको रहेको   छ । 

त्यसकारण यो निष्कर्षमा पुग्न सकिन्छ कि, सबै खाले कोरोना भाइरस अन्य स्तनधारी प्राणीबाट मनुष्यमा सरिरहेको छ । अतः प्राकृत रूपमा नै निर्मित भाइरस हो । ल्याबबाट निर्माण भएको भन्ने कुनै प्रमाण हालसम्म कसैले दिन सकिरहेका छैनन्  ।  

अतः इतिहासलाई केलाउँदा पनि भाइरसको महामारी एक ठाउँबाट उत्पत्ति भएर मनुष्यको चहलपहलको कारण महामारीको रूपमा अन्य स्थानमा फैलन्छ । अहिलेको यातायातको सुविधा र पहुँचको कारण सहजै विश्वव्यापी रूपमा फैलिएको हो । 

हामीले अनावश्यक भ्रमका कुराहरूको पछि नलागी सार्स तथा मर्स भाइरसको महामारीलाई रोकथाम गरेको विधि जस्तै धर्य र स्वयम्ता साथ अगाडी बढ्नु पर्दछ । एउटा राम्रो पक्ष यो छ कि  सार्स र मर्स जस्तो ‘कोभिड १९’ त्यति प्राण घातक चाहिँ होइन र त्यही पनि सावधानी हुनु बुद्धिमानी हुन जान्छ ।