आवश्यकता कि चाहनाः तपाईँ केलाई बढी महत्व  दिनुहुन्छ ?

आवश्यकता कि चाहनाः तपाईँ केलाई बढी महत्व  दिनुहुन्छ ?

प्रेम रावत  |  जीवनशैली  |  चैत्र २०, २०७६

 मानिसको जीवनमा बुझ्नुपर्ने कुराहरू धेरै छन् । तथापि, यो जीवनलाई नै बुझ्नु अत्यावश्यक छ । तपाईँको जीवनको सबैभन्दा पहिलो कुरा के हो ? ‘तपाईँ भित्रबाटै खुसी हुन चाहनुहुन्छ । तपाईँ आफ्नो जीवनमा सन्तुष्ट हुन चाहनुहुन्छ ।’ यस्तो इच्छा हरेक व्यक्तिको जीवनमा हुने गर्दछ । तर, आज मानिस लोभ–लालचको दलदलमा फसेको छ । उसले आफ्नो मनमा, आफ्नो दिमागमा लालसा र इच्छाहरूको बोझलाई बोकेको छ । मलाई यो पनि चाहिएको छ, मलाई त्यो पनि चाहिएको छ ! यिनै चाहना, यिनै लोभलाई पूरा गर्छु भन्दाभन्दै हामी आफ्नो पुरै जीवनलाई बिताइदिन्छौँ । तर, आफ्नो वास्तविक आकाङ्क्षालाई बुझ्नै सक्दैनौँ । हाम्रो वास्तविक चाहना हो– शान्तिको चाहना । यदि जीवनमा शान्तिको अनुभव गर्न सकिएन भने जहाँ गए पनि दुःखी नै भइरहिन्छ । 

यसै सन्दर्भमा एउटा कथा छ । एक जना लोभी प्रवृत्तिका राजा थिए । उनलाई थरिथरिका स्वादिष्ट भोजन खाने इच्छा भइरहन्थ्यो । उनले आफ्ना भान्सेलाई भने– ‘एकदम मीठा–मीठा खानाका परिकार तयार पार !’ त्यसैले भान्सेले के सोच्यो भने यस पटक त म यस्तो मीठो परिकार बनाउँछु जसले गर्दा राजा पनि खुसी भएर मलाई पुरस्कार दिऊन् ।
    अनि, उनले निकै मीठामीठा मिठाई तयार पारे । त्यसको वासना पुरै राज महलमा फैलियो । राजाले पनि त्यो बास्नाको सुगन्ध लिएपछि उनलाई पनि असाध्यै मन परेछ। उनले यो सोचे, ‘मलाई लाग्छ, पक्कै पनि भान्सेले नै यस्तो स्वादिष्ट भोजन तयार पारेको हुनुपर्छ ।’

 बिस्तारै–बिस्तारै राज महलका कुनाकानीमा भएका मुसाहरूसम्म पनि त्यो मिठाईको बास्ना फैलँदै थियो । हुँदाहँदा टाढा–टाढाबाट मुसाहरू त्यो बास्नालाई पछ्याउँदै दरबारमा आउन लागे । पुरै महल मुसैमुसाले भरिभराउ हुन लाग्यो । कहिले पर्दामाथि मुसा चढिरहेका छन्, कहिले खानामा पसिरहेका छन् । राजालाई यो सबै घटनाले सही नसक्नु भयो । 

तपाईँभित्र यो जुन श्वास आइरहेको अनि गइरहेको छ यसका लागि लोभ गर्नुहोस् । यसलाई खेर जान नदिनुहोस् । लोभ र चाहनाले हामीलाई दुःख दिन थालेपछि हामीले के कुरामा ध्यान दिन आवश्यक हुन्छ भने ‘हाम्रो वास्तविक चाहना के हो ?’ वास्तवमा हरेक व्यक्तिको हृदय आनन्दमा रहन चाहन्छ । अनि, जबसम्म आनन्द प्राप्त हुँदैन तबसम्म तपाईँको जीवन सफल हुँदैन ।

राजाले आफ्ना मन्त्रीहरूको सभा बोलाएर भने– ‘यी सबैलाई हटाउने कुनै उपाय खोजौँ !’

मन्त्रीहरूले भने, ‘महाराज ! एउटा तरिका छ । बिरालाहरूलाई बटुलौँ । बिरालालाई ल्याउनासाथ मुसा भाग्छन् ।’

  राजाले आदेश दिए, ‘जानुहोस् ! राज्यका सबै ठाउँमा जति पनि बिरालाहरू छन्, सबैलाई समातेर ल्याउनुहोस् ।’

अब राज महलका हरेक क्षेत्र बिरालाहरूले ढाकिएको छ । सबै मुसाहरू त भागे तर अब जता हेर्‍यो– बिरालै–बिराला छन् । बिरालाहरू कहिले आफ्ना नङ्ग्राले पर्दा च्यातिरहेका छन् त कहिले गलैँचालाई । राजालाई फेरि अर्को चिन्ताले दुखित तुल्यायो ।

 राजाले फेरि सभा बोलाएर भने– ‘मुसा त भागे, अब बिरालाहरूलाई कसरी भगाउने !’ 

 मन्त्रीहरूले भने, ‘महाराज ! कुकुरका डरले बिरालाहरू भाग्छन् ।’

राजाले सिपाहीहरूलाई आदेश दिए, ‘जानुहोस् ! जति पनि कुकुरहरू छन्, सबैलाई यहाँ ल्याउनुहोस् ।’

  सिपाहीहरूले कुकुरहरू लिएर आए । अब त जता हेरे पनि कुकुरै–कुकुर । कुकुरले पुरै राजमहललाई फोहोर बनाउन थाले । 

अब कुकुरबाट हैरान भएका राजा सोच्न लागे । अब के गर्ने ! कुकुरबाट बच्नका लागि हात्तीलाई झिकाइयो । 

 त्यसपछि सबैतिर हात्ती नै हात्तीले ढाकेको छ । महलभरि तिनीहरूले भत्काउन–बिगार्न थाले । फेरि राजाले मन्त्रीहरूलाई मुसा ल्याउनका लागि आदेश दिए किनकि हात्ती मुसासँग डराउँछ । 

अब फेरि मुसालाई ल्याइयो । सबै हात्ती त्यहाँबाट छोडेर अन्तै गए । पहिला जसरी नै सबैतिर मुसैमुसाको भीड देखिन थाल्यो । अनि, बल्ल राजालाई महसुस भयो– त्यही मिठाईको बास्नाका कारण यी सबै घटना घटिरहेका छन् । मुसालाई भगाउन उनले भान्सेलाई बोलाएर भने ‘यो मिठाईलाई कतै टाढा लगेर फ्याँकेर आऊ ।  अबदेखि यस्तो मीठो खानेकुरा कहिल्यै नबनाउनु ।’ अनि, मिठाईको सुगन्ध हटेपछि मुसाहरू त्यस राज महललाई छोडेर अन्तै गए । 

सारा संसारको हालत यस्तै छ । लोभका कारणले हामी कुनै समस्यालाई उब्जाउँछौँ । त्यसपछि त्यसको समाधान खोज्छौँ । त्यो समाधानलाई खोज्दा–खोज्दा फेरि अर्को समस्या उत्पन्न हुन्छ । फेरि त्यो समस्याको हल खोज्न थाल्छौँ अनि अरू समस्याहरू उत्पन्न हुँदै जान्छन् । यही क्रमअनुसार हामी ती समस्याहरूलाई समाधान गर्नतिर तल्लीन हुन्छौँ । तर, इच्छा र लोभ–लालचको बोझले हामीलाई यति थिचेको छ कि त्यसले गर्दा हामी आफ्नै मूल स्वभावलाई बिर्सन पुग्छौँ । यदि लोभ नै गर्नु छ भने यो श्वासका लागि लोभ गर्नुहोस् ।

तपाईँभित्र यो जुन श्वास आइरहेको अनि गइरहेको छ यसका लागि लोभ गर्नुहोस् । यसलाई खेर जान नदिनुहोस् । लोभ र चाहनाले हामीलाई दुःख दिन थालेपछि हामीले के कुरामा ध्यान दिन आवश्यक हुन्छ भने ‘हाम्रो वास्तविक चाहना के हो ?’ वास्तवमा हरेक व्यक्तिको हृदय आनन्दमा रहन चाहन्छ । अनि, जबसम्म आनन्द प्राप्त हुँदैन तबसम्म तपाईँको जीवन सफल हुँदैन । त्यस कारण यो संसारको इच्छारूपी बोझलाई बिसाउनुहोस् । अनि, त्यो चीजको दर्शन गर्नुहोस्, जुन हरेक समय तपाईँको श्वाससँगै तपाईँकै हृदयमा अवस्थित छ । 

www.premrawat.comagps@mos.com.np