सीताराम नेपालका लघुकथाः ब्यथा आआफ्नै, खाडल र भुइँ छोडेपछि
चैत्र २२, २०७६

ब्यथा आ–आफ्नै

‘यसपाली पनि जाडो लागछाडको ज्वरोजस्तै हुँदा हुँदै फागु पूर्णिमा आयो ।’ मैले उघ्रिएको नीलो आकाशमा छाएको घामतिर आङ्ग फर्काउदै सोच्न थालेँ । ‘फागु पूर्णिमामा हुने फागु पर्व, रङ्ग पर्व, जसलाई होली पर्व पनि भनिन्छ । तर हेर्दाहेर्दै फागुपर्व त टुकुचाको पानी भरिएको लोला हानी माग्ने, सके हान्ने पर्व, अनेक रङ्गहरू दली माग्ने, सके दल्ने, छ्यापी माग्ने, सके छ्याप्ने, अनुहारै विद्रूप पारी ग्रीज दल्ने, दलाइ माग्ने र सडक गल्ली गल्छेडा कुरेर अपरिचित युवती र महिलामाथि खनिने र मज्जा लिने पर्व, अनेक लागुपदार्थ सेवन गरी बैसालु युवा युवतीलाई कुतकुत्याएर मत्याउने उमङ्गको पर्व पो भयो बाबै ।’ दिक्क मान्दै मेरो ध्यान परम्परातिर मोडियो । म गतबर्षको फागुको सुरुवात भएको दिन सम्झन पुगेँ ।

‘फागु पर्वले छोएपछि चीर गाडेर होलीको परम्परागत उद्घाटन गर्ने दिनमा म काठमाडौँको वषन्तपुर पुगे छु । गुठी संस्थानका र सरकारी मान्छेका साथमा मानन्धर समुदायका गुठीयारहरू श्लेषमान्तक वनबाट बडेमानको मयलको रुख काटेर ल्याइ भरखर ताछतुछ पारेर बनाइएको निक्कै लामो गोलो खम्बा ओरिपरि झुम्मिए । फागुमा खेलिने अनेकथरीका रङ्गहरूको प्रतीक नयाँ कपडाका लामा लामा ध्वजापताकाहरूले खम्बाको टुप्पामा तीन तह बनाइ सजाइ झल्लरीलाई आकर्षक तुल्याइदै थियो । ठड्याउनु पूर्व खम्बालाई सर्वसाधारण भक्तालु महिलाहरूले चोखा कपडा चढाए ।

जति भक्तालु बढे त्यति पिपल त मै हु भनेर घमन्ड गर्न थाल्यो र अब ऊ  आकाशतिर हेर्न थाल्यो । धर्तिमा हेर्न छड्यो । दुखको बेलामा तेस्लाई रोप्ने, जोगाड गर्ने, मलजल गर्नेलाई चटक्क बिर्सियो । हुँदाहुँदा परेबालाई बास दिइरहेको पिपलले दक्षिणबाट गिद्दलाई बोलायो । परेबाको उठिबाँस लगायो । गिद्द बसेपछि पिपललाई पुज्न छाडे मानिसहरुले ।

तीन दिनदेखि व्हात्तै पुषकोजस्तो जाडो ओर्लिएकोले काठमाडौँ कक्रिएको थियो । बषन्तपुरका फुटपाथे नाङ्ले पसल्नी र तिनका केटाकेटीहरू स्यु स्यु गर्दै थिए । अर्धनग्न ती बालकहरू जाडोले दाँत कमाउदै बडो ध्यान दिएर राम्रा राम्रा नयाँ कपडाहरूले खम्बा सजिएको अनि आफूले लगाएका जाडो नछेक्ने पुराना र पातला कपडाहरू हेर्दै आपसमा खासखुस कुरा गर्दै थिए । क्षणभरमै तिनीहरुले श्यालले कुखुरा टिपेझैँ गरी खम्बाका कपडाहरू थुतेर भागे । जैसीदेवलको पेटीमा पुगेर रोजी रोजी कपडा दामासाहीले बाँडे । सबैलाई एक एक वटा सर्ट पुग्ने भयो । तिनीहरूका पुरुषार्थ देखेका अरु फुटपाथे पसल्नीका बच्चाहरूले घुटुक्क थुक निले । 

गुठीका मान्छेहरू र गुठियारहरू चाँहि यो बिधर्मीको उक्साहटमा नेपालीको परम्परा मास्न खोलिएका बालअधिकारवादीले उचालेका बालकहरुको करामत भनेर कराइ रहेका थिए । 

खाडल

तलबले कहिल्यै महिना धानेन नासु धनेशको । उ र उसकी श्रीमति नन्दिता नगद र दाल, चामल, तरकारी, नूनतेल, मसला आदि जिन्सीको जतन गर्दथे । डराइ डराइ थोरै खर्च गर्दथे तर पुग्थेन । पाहुनापाछा आउदा त सबै चिजबिज आधा महिनामै सफाचट हुन्थ्यो।

पल्लो घर अधिकृतको । अधिकृत र उसकी श्रीमतीले एउटै अफिसको नासु धनेश र उसकी श्रीमतीलाई फुट्या आँखाले देख्न सक्दैनथे । उनीहरू अधिकृतको रबाफ देखाइ फुक्काफाल खर्च गर्दथे । ब्यापारी- ठेकेदारलाई साथी बनाउन र हाकिम, नेतालाई नजिक राख्न सिपालु थिए । बेलाबेलामा भोज खुवाउदथे । सद्दे लत्ताकपडा, दालभात, तरकारी, मासुका कबाफ, पुलाउ आदि फालेर टोलबासीको हिड्ने बाटोलाई नै रक्षान बनाइन्थ्यो । तर टोलका कोहि मुख खोल्न सक्दैनथे र उता अधिकृतका दम्पतीले त्यो नै आफ्नो बढप्पन ठान्दथे र भोज खाने साथीहरूद्वारा आफ्नो प्रशन्सा गराउदथे ।

अधिकृतकोमा खानपल्केकाहरूले- 'हजुरको त्यो फिस्टे सुब्बो कस्तो चढेको ? किरन्टोके तेस्तै, समयअनुसार चल्न नजान्ने कस्तो लट्ठक र  डरपोक रैछ हगि', भन्दै अधिकृतलाई हजुरजस्तो मनकारी, समयलाई चिन्ने, आँटिलो, बुद्धिजीवी अरू को छ र ?  भनेर प्रशन्साको पुल बाध्दथे ।

अधिकृतको दम्पतीले तेतिकै फजुल खर्च गरेका थिएनन् र खानपल्केकाहरूको उक्साहटमा अधिकृतको बदमासीले सीमा नाघ्यो । अख्तियारमा उजुरी परेछ । छानबिन चलेको थाहा पाएर मिटमार्ट, किराना स्टोर, खाद्य भन्डार, फलफूल र तरकारी बिक्रेता, रेडिमेड कपडा पसलेहरू एवँ छिमेकी रेस्टुरेन्ट एन्ड बारले - 'निज अधिकृतले रबाफ देखाइ धाकधम्की दिई बर्सौंदेखि लिएको उधारो ब्याजसहित तिराइ पाउ' भनी उजुरी दिए । त्यो सबै थाहा पाए पछि नासु धनेशको दम्पति दुखी भए -'जे भएनि हाकिम र छिमेकी हुन् र पेन्सन हुन लागेको जागिरमा घुनपुत्लो नलागे हुन्थ्यो  .......?   

अधिकृत र निजकी श्रीमति भने रीसले मुर्मुरिए- 'हामीले गरिखाएको देखि नसहने त्यही कङ्गाल नासुको छुल्याइ हो यो । पख्लास् ! त्यो तन्नमटाटलाई कसरी बदला लिनुपर्छ हामीलाई थाहा छ ।'

भुइँ छोडेपछि
                                                                                         
धेरै पहिले को कुरा थियो र बिहारतिर जन्मेर हुर्केका नेपाली युवकले पिपलको बिरुवा लेरआएका थिए । उनले दिएको सो बिरुवा रोपियो, मलजल गरि हुर्काइयो । पहिला कसैले नपत्याएकोले स्याहार नपुगेको त्यो पिपललाई जबान भएपछि पुजा गर्नेको लस्कर लाग्यो । तर जति भक्तालु बढे त्यति पिपल त मै हु भनेर घमन्ड गर्न थाल्यो र अब ऊ  आकाशतिर हेर्न थाल्यो । धर्तिमा हेर्न छड्यो । दुखको बेलामा तेस्लाई रोप्ने, जोगाड गर्ने, मलजल गर्नेलाई चटक्क बिर्सियो । हुँदाहुँदा परेबालाई बास दिइरहेको पिपलले दक्षिणबाट गिद्दलाई बोलायो । परेबाको उठिबाँस लगायो । गिद्द बसेपछि पिपललाई पुज्न छाडे मानिसहरुले । यो सबै देखि रहेका भुक्तभोगीहरूले बिगत सम्झन थाले -

- राणाका साढेहरूले कप्लक्क पार्लान भन्ने कत्रो पीर थ्यो हामीलाई / बल्लबल्ल जोगाका थियुं - चारबीस कटेका बृद्दहरू

- पन्चेहात्तीका गास हुनबाट बर्सौं लगार मुस्किलले बचाएका थियुं  बाबै हामीहरुले-अधबैसेहरू

- आफ्नो कुबुद्दिले गर्दा माइला दाजुले दरबारमा सिकार गर्न लागेको यसलाई बचाउन कम्ताको दुख खाएनौ हामीले- युवाबयहरू

सबैले एकै स्वरमा भने- अब कसैले पनि यस बैगुनी कृतघ्नलाई मलजल र गोडमेल नगर्ने । मरोस कि बाचोस ।