वाल्मीकि रत्नाकर भएको देख्दा शिर निहुरिन्छ ! सम्मानले होइन लज्जाले !!

वाल्मीकि रत्नाकर भएको देख्दा शिर निहुरिन्छ ! सम्मानले होइन लज्जाले !!

असिम भूसाल  |  दृष्टिकोण  |  बैशाख १४, २०७७

वाल्मीकिको कथा हामीले सानो हुँदा नेपाली कक्षामा पढेका थियौँ । पारिवारिक परिस्थितिले डाँकु भएका रत्नाकर महर्षि नारदसँग भएको संवाद र सत्सङ्गले गर्दा ऋषि वाल्मीकि हुन पुगेका थिए । 

महर्षि नारदले रत्नाकरलाई‘मरा’ शब्द उच्चारण गर्दै तपस्या गर्न सुझाव दिए र रत्नाकरले त्यो सुझावको पालना गरेका थिए । कालान्तरमा‘मरा’ राम भएका थिए । रामको तपस्या गरेर वाल्मीकिलाई सिद्धि प्राप्त भएको थियो । उनै पहिलेका कुख्यात डाँकु रत्नाकर पछि वाल्मीकिमा रूपान्तरित मात्र भएनन्, भगवान् रामको कथा वा जीवनी लेख्ने पहिलो व्यक्ति समेत भएका थिए । वाल्मीकिको उदाहरण दिएर हामीले अहिले पनि कतिपय सन्दर्भमा  कुराकानी वा  छलफल गरिरहेका पाउँछौ । 

कुनै सानोमा चकचके बच्चा अल्लि ठुलो भएर बुझ्ने, समझदार भयो भने हामी यो रूपान्तरणलाई ‘केटो रत्नाकरबाट वाल्मीकि भएछ’ भएछ भनेर भन्ने गरेका छौँ ।  

अब त्रेता युगका आदिकवि वाल्मीकिबाट कलियुगको नेपालमा  प्रसङ्ग मोडौँ । बि.सं.१९९७मा सहिदहरूलाई झुन्डाएर मारेपछि देशले धेरै आन्दोलन, परिवर्तन देख्यो । सत्ताको सिंहासनले धेरै व्यक्तिको नितम्ब धान्यो । केही अपवाद बाहेक सबै ‘जनताका सेवक’ हरुको अनुहार फरक तर चरित्र उस्तै उस्तै देखिँदै छ । राणा शासनमा राणाजीहरूले आफ्नो भन्दा फरक मत भएकाको जिब्रो थुत्ने, झुन्डाउने कार्य गरिन्थ्यो । पञ्चायत कालमा पनि त्यो शासनले फरक मतलाई आफ्नो विरोधीको रूपमा लिने कार्यले निरन्तरता पायो । आफूले गरेका राम्रा कुरालाई, आफ्नो यति व्यवस्थित लंकालाई जलाउन आएको हनुमान जसरी काँग्रेस र कम्युनिस्टलाई व्यवहार मात्र गरेन  दमनै गर्‍र्यो । 

 अहिलेका प्रधानमन्त्रीज्यू पनि पञ्चायती व्यवस्थाको विरुद्ध ज्ञद्ध वर्ष जेल–नेल भोगेर बस्नु भयो । काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा पनि पञ्चायतको विरुद्धमा सङ्घर्ष गरेर जेलमा बडो कष्ट र यातना भोगेर लड्नु भयो । ०४७ साल पछि पञ्चायती व्यवस्था हटाएर बहुदल व्यवस्था आया ।  जनताले लेखेको संविधान जारी भयो । एक हिसाबले राजा दरबारमा थन्किए । राज्यको बागडोर जनताबाट चुनिएर आएका मान्छेले सम्हाल्ने भयो । यस ऐतिहासिक उपलब्धिबाट पनि अझै सन्तुष्ट नभएर जनताको अधिनायकत्व स्थापित गर्छु भनेर माओवादी विचारधारा मान्ने कम्युनिस्ट नेताहरू भूमिगत सशस्त्र आन्दोलन सुरु गर्नु भयो । त्यस पार्छिका अध्यक्ष अहिलेको सत्तासीन दल नेकपाका अध्यक्षको अंशियार पुष्पकमल दाहाल (प्रचण्ड) हुनुहुन्छ । 

सरकारी जग्गा गैर कानुनी रूपमा हडप्ने अनि खैला बैला मच्चिएपछि जग्गा फिर्ता गरेपछि त्यो सबै कसुरबाट माफी पनि पाइने ! करोडौँ घुसका रूपमा माग्ने, त्यो खबर फैलिएपछि राजीनामा दिए अरू केही मुद्दा नलाग्ने ! सभासद्को तलब पनि आउने ! बलात्कारी भनेर पक्राउ पर्ने, अनि पीडितले सेवन गर्ने कुनै एक औषधिलाई देखाएर निर्दोष साबित गर्ने ! नजिर कस्तो बस्छ विचार गरौँ त ? यो सबलाई पचाउने न्यायालय, अख्तियार र सत्तालाई कसरी राम्रो भन्ने ? कुनै कर्मचारी भ्रष्ट्राचारमा समातिए त्यो पैसा फिर्ता गरे निर्दोष हुने कि नहुने ? अदालतमा त नजिर बस्छ कमरेडहरू ! बलात्कृत वा हिंसामा परेकी युवतीलाई निजले प्रयोग गर्ने औषधि देखाएर पिडकलाई उन्मुक्ति दिन मिल्छ ?

अहिले नेपाली राजनीतिको केन्द्रमा भएका यी मुख्य ३ व्यक्तिहरू जनताको हक–अधिकारको निम्ति ज्यानकै बाजी लगाएर तपस्या गरेर बसेका वाल्मीकि जस्ता थिए । तर पछि कालान्तरमा कसले के मन्त्र सुनाइदिए आज हेर्दा रत्नाकर जस्तो देखिन थालेका छन् । २१ वर्षे युवा खड्ग ओलीले अहिलेका केपी ओली प्रवृत्तिको विरोधमा १४ वर्षे जेल बसेका हुन् । युवा शेरबहादुर देउवाले अहिलेको शेरबहादुर देउवा प्रवृत्तिको विरुद्ध सङ्घर्ष गर्दै, यातना सहेका थिए । झन् ५२ सालका प्रचण्डले अहिलेका पुष्पकमल विरुद्ध हतियार उठाएर जङ्गल पसेका थिए । 

देउवाजी र काँग्रेसका कुरा अहिले धेरै नगरौँ । राम्रो काम नगरेर नै आज काँग्रेस एक लाचार प्रतिपक्ष भई बस्नु परिरहेको छ । त्यसैले कुरा आउँछ नेपाली इतिहासको सबै भन्दा शक्तिशाली सरकार र त्यो सरकार सञ्चालन गर्ने पार्टीको । छोराले राम्रो गर्दा मेरो छोरो तर नराम्रो गर्दा ससुराको नाति भन्न पाइँदैन । सरकार र सरकारको नेतृत्व गरेको पार्टीले सरकारले गरेको राम्रो कामको जस पनि लिन पर्छ र कमी–कमजोरीको गाली र आलोचना पनि सहन सक्नुपर्छ ।  यो सरकारले विकासको काम पनि गरेको छ । नीति–निर्माणका क्षेत्रमा सुधार गर्दैछ । राम्रो कुरालाई राम्रो भन्न सक्नु पर्छ । तर यी जस्ता राम्रो कामको कमल वरिपरि ठुलो क्षेत्रमा भ्रष्ट्राचार र काण्डहरूको हिलो फैलिएको छ । सरकारका राम्रा कामको सुगन्ध भन्दा नराम्रा कामको दुर्गन्ध धेरै फैलिरहेको छ ।  अब हेर्दा त त्यो दुर्गन्ध र ढलले अलि–अलि फुलेका कमल पनि ओइलाउन लागे जस्तो लाग्छ । 

पुगनपुग दुई तिहाइको सरकार, यसका प्रमुख, उनका सल्लाहकार र त्यो सिंहासनको वरपरका व्यक्तिहरूको बोली र कर्म देखेर सबैको नेपालीको शिर निहुरिएको छ । शिर ठाडो त उनीहरूको मात्र भइरहेको छ ।  स्वस्थ आलोचना पनि सरकारलाई बदनाम गराउने ठुलो षड्यन्त्रको रूपमा देख्ने राणाकालीन र पञ्चायतकालीन रोगबाट हाम्रो अहिलेको सरकार पनि ग्रस्त हुन थालेको छ । भए जतिका सम्पदा, जग्गा र डाँडा विना प्रतिस्पर्धा एक अमुक व्यापारिक समूहलाई दिने अनि प्रश्न गर्दा सरकार विरोधी भइने ! सरकारी जग्गा गैर कानुनी रूपमा हडप्ने अनि खैला बैला मच्चिएपछि जग्गा फिर्ता गरेपछि त्यो सबै कसुरबाट माफी पनि पाइने ! करोडौँ घुसका रूपमा माग्ने, त्यो खबर फैलिएपछि राजीनामा दिए अरू केही मुद्दा नलाग्ने ! सभासद्को तलब पनि आउने ! बलात्कारी भनेर पक्राउ पर्ने, अनि पीडितले सेवन गर्ने कुनै एक औषधिलाई देखाएर निर्दोष साबित गर्ने !
नजिर कस्तो बस्छ विचार गरौँ त ? यो सबलाई पचाउने न्यायालय, अख्तियार र सत्तालाई कसरी राम्रो भन्ने ? कुनै कर्मचारी भ्रष्ट्राचारमा समातिए त्यो पैसा फिर्ता गरे निर्दोष हुने कि नहुने ? अदालतमा त नजिर बस्छ कमरेडहरू ! बलात्कृत वा हिंसामा परेकी युवतीलाई निजले प्रयोग गर्ने औषधि देखाएर पिडकलाई उन्मुक्ति दिन मिल्छ ? सामन्त र सामन्ती प्रथा विरुद्ध लड्ने धर्म बोकेको कम्युनिस्टले सानालाई ऐन, ठुलालाई चैन गर्न मिल्छ ? सरकारका ३ करोड जनता छन् तर जनताको त एउटा सरकार छ । जनताले हेर्ने र प्रश्न गर्ने सरकारलाई हो कि प्रतिपक्षलाई ? 

पञ्चायत र राणा कालमा जनताले आफ्नो क्षमताको हिसाबले काम पाएनन्, सत्तामा बस्नेले आफ्ना भाइ–भारदार र आफन्तलाई मात्र सुविधा र अवसर दिए भनेर सङ्घर्ष गरेको होइन ? त्यही व्यवस्था परिवर्तन गर्ने अग्रपङ्क्तिमा हिड्नेहरुले आज आफ्ना आफन्त र आसे–पासेलाई राजदूत देखि, विभिन्न सङ्घमा टिका लगाएर बसाएका छन् । अनि न ज्ञान, न क्षमता भएको व्यक्तिले  त्यस क्षेत्रमा उल्लेख्य योगदान कसरी दिन्छ ? त्यही भएर हेरौँ हाम्रा खेलकुद सङ्घको हविगत कस्तो छ ? खेलकुद पनि नेपालमा धनीका छोराछोरीले मात्र खेल्न सक्ने भएको छ । सामान्य खेलाडीले खेलकुदबाट जीवन यापन गर्न नसक्ने भएपछि किन आफ्नो सारा मिहिनेत खेल्न लगाउँछ ? 

अहिले लकडाउनमा भूतपूर्व र सायद भविष्यका पनि प्रधानमन्त्री प्रचण्डको एउटा अन्तरवार्ता चर्चित छ । उहाँको  बिहान मांसहार भोजन र साँझ शाकाहर भोजन गर्ने तालिका रहेछ । प्रधानमन्त्री भइसकेको मानिसले एक छाक मासु खाने भन्नु केही ठुलो कुरो होइन । 

 तर जुन श्रमिक वर्गका लागि र समाजको जुन निम्न तप्काले उहाँलाई अहिले हरेक दिन एक छाक मासु खाने बनायो, त्यो तप्का दिन र रात नभनी, भोक प्यास नभनी सोलुखुम्बु देखि कैलाली, जुम्ला जान पैदल हिँडिरहेको थियो । उनीहरूलाई घर जान दिने भए गाडी व्यवस्था गर्ने वा स्वास्थ्य–सुरक्षाको हिसाबले त्यसो गर्न खतरा भए उनीहरूलाई सम्झाई, परिस्थितिको गम्भीरता बुझाई बस्न, खान उचित व्यवस्था गर्नु पर्ने थियो ।  सरुवा रोग विशेषज्ञलाई स्पष्टीकरणमा बोलाएर  प्रधानमन्त्रीले तातोपानीले हात धोए भाइरस मर्छ भन्नु अल्लि अशोभनीय भएन कि ?

् चीनबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्ट्राचार भयो भनेर विपक्षीले प्रश्न उठाउँदा, अहिले महामारीको बेलामा सरकारलाई असहज गर्न हुँदैन, गल्ती भए पछि दोषी भेटिन्छ भन्ने सरकारले यही महामारीको विरुद्धमा अग्रपङ्क्तिमा उभिएका डाक्टरलाई हतोत्शाही गर्ने काम गरेको छ । यदि  डाक्टरबाट केही गल्ती भए महामारी सकिएपछि स्पष्टीकरण लिएको भए हुन्थ्यो नै होला ! तर यो विषम परिस्थितिमा सबै स्वास्थ्य सम्बन्धित व्यक्तिहरूलाई झन् जनता र बिरामीको सेवामा लाग्न उत्प्रेरणा दिनुको सट्टा मानसिक तनाव दिएको छ ।  युद्धमा गोली जर्नेलले होइन सिपाहीले खान्छ । महामारीमा रोग सर्ने सम्भावना सैनिकको सुरक्षित घेरामा बस्ने अधिकारीहरूलाई होइन बिरामी उपचार–हेरचाह गर्ने स्वास्थ्यकर्मीहरुलाई हुन्छ ।  

त्यत्रो त्याग गरेर आएका नेताहरूबाट यो किसिमको असक्षमता देखेर हामी सारा नेपालीहरू लज्जित हुनुपर्ने दिन आएको छ । समाजका रत्नाकरहरूलाई वाल्मीकि बनाउन पर्नेमा हाम्रा वाल्मीकिहरू आफैँ रत्नाकर कसरी  भए होलान् ? उनीहरू सधैँ रत्नाकर थिए, वाल्मीकिको नकाब मात्र लाएका हुन्  भनौँ भने उनीहरूको सङ्घर्ष र त्यागले त्यसो भन्न दिनै तर अहिलेको भोग देख्दा शिर निहुरिन्छ ! सम्मानले होइन लज्जाले !  हुन त प्रकृतिले या सृष्टिको विधाताले बनाएको सूर्य पनि बिहानीको जवानीमा चर्को हुन्छ, तर साँझ पर्दै गएपछि उसको तेज पनि हराउँदै जान्छ । यो औँसी रात धेरै लामो भयो ।