मानसिक स्वास्थ्य र रक्सीः शराबखाना खोल दो !
बैशाख २२, २०७७

जर्ज अर्वेलको उपन्यास बर्मिज डेजमा बर्मामा ब्रिटिस साम्राज्यको उपस्थिति र ब्रिटिसहरूको त्यहाँका स्थानीयहरूसँगको सम्बन्ध राम्ररी देखाइएको छ । त्यहाँ फ्लोरी नामक एउटा ब्रिटिस पात्र मुख्य छ, उसको वेरास्वामी नामको बर्मेली डाक्टरसँग मित्रता छ । यिनीहरूको विचार फरक छ, स्थानीय बर्मेली वेरास्वामी ब्रिटिस प्रगति र उनीहरूको जीवनशैलीको तारिफ गर्छ तर फ्लोरी ब्रिटिसहरूको झुठमा टिकेको जिन्दगी देखि वाक्क भएको छ । ऊ भन्छ- 'म हामीलाई बर्मेलीहरूले यो मुलुकबाट खेदाउन् भन्ने चाहन्न । तर हे भगवान ! म पनि यहाँ अरू जस्तै पैसा कमाउन आएको हुँ । मलाई बस यो च्यांग्लो ‘ह्वाइट मेन्स बर्डन’, गोराको दायित्व भन्ने बकबास मन पर्दैन, मलाई पुक्कार गोरा साहेबको कठपुतली पोज मन पर्दैन । यो बहुत बोरिंग छ ।'

गफकै क्रममा फ्लोरीले वेरास्वामीलाई बर्माको तात्कालिन ब्रिटिस र बर्मेलीको अवस्था र रक्सीको भूमिका बारे बताउँदै भन्छ-'हामी भित्रभित्रै एक अर्काको घृणाको विषले भरिएका भए तापनि सँगै बसेर रक्सी पिउनु, खाना साटासाट गरेर खानु र एक अर्काको साथी भएको बहाना गर्नु परम्परा हो । हाम्रो भाषामा यसलाई ह्यांगिंग टुगेदर वा एक अर्कासँग समय बिताउनु भनिन्छ । यो एउटा राजनैतिक आवश्यकता हो । हो, यो रक्सीले नै हाम्रो मेशीनलाई सुचारू रूपमा चलाएको छ । यदि यो चीज थिएन भने हामी सबै बहुलाउने थियौं र एक साता भित्रै एक अर्काको हत्या गरिसक्ने थियौं । तिम्रो राम्रो निबन्धकार मित्रको लागि यो निबन्धको एउटा विषय बन्न सक्छ डाक्टर ! रक्सी नै यो साम्राज्यको सिमेन्ट हो ।' 

रक्सी राजनैतिक तात्कालिन ब्रिटिसहरूको लागि राजनैतिक आवश्यकता तथा मानसिक स्वास्थ्यको आवश्यकता थियो भन्ने कुरा यहाँ प्रष्ट भएको छ । साम्राज्य प्रतिको घृणा मत्थर पारेर त्यसलाई एक ढिका पारेर जोडेर राख्न सक्ने रक्सीले जस्तासुकै शत्रुतापूर्ण परिस्थितिहरूलाई पनि मत्थर र सहज पार्ने गरेको पाइन्छ । मान्छेलाई आफ्नो बनाउन मात्र होइन, त्यसको ठिक विपरित मान्छेलाई उत्तेजित पार्न भड्काउन पनि रक्सीको प्रयोग नगरिने होइन, रक्सी खुवाएर हौस्याएर युद्धमा पठाउने, युद्ध सैनिकहरूलाई नियमित रक्सी सेवन गर्न दिने आदि कार्य पनि यत्रतत्र गरिएका देखिन्छन्  । यी सब कुराहरू मान्छेको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनसँगै जोडिएका छन् ।

रक्सीले कोरोना निको पार्ने, लाग्न नदिने अन्धविश्वासहरू बढेको कारण कच्चा अल्कोहलजन्य पदार्थ सेवन गरेर थुप्रो इरानीहरूले ज्यान गुमाएका छन् । अर्कोतर्फ रक्सी मिसाएर बनाईएका स्यानिटाईजरहरूले मान्छेलाई कोरोनाबाट जोगिन पनि उत्तिकै सहयोग गरेका छन् । हरेक कुराको पक्ष तथा विपक्षमा कुरा गर्न सकिन्छ तर समाजको मानसिक स्वास्थ्य र मान्छे मान्छे बीचको बढ्दो दुरीलाई ध्यानमा राख्ने हो भने हामीले पनि भन्नुपर्ने हुन्छ – 'शराबखाना खोल दो, सभी लोग चाय नहीं पिते ।'

लकडाउन बढ्दै जाँदा मान्छेको गरिबी, बेरोजगारी, भोकमरी जस्ता समस्या बढ्दै गएका छन्, यसले मानसिक अवस्थालाई रुग्ण पार्दै लगेको देखिन्छ । यही लकडाउनले आमजनता अत्यधिक मारमा परेको परिस्थितिमा केही दिन अघि एउटा फोटो सामाजिक सञ्जालमा धेरै चर्चामा रह्यो । फोटोमा एउटा भारतीय सरकारी मदिरा डिस्ट्रिब्यूटरको सटर बन्द गरिएको थियो, त्यसको सटरमा कसैले लेखिदिएको थियो – ‘खोल दो मोदी, सभी लोग चाय नहीं पिते ।‘ सामान्यतया उक्त फोटोलाई जोकको रूपमा लिईयो र मान्छे हाँसे तर त्यहाँ भएका केही कुरा सामान्य बुझाई भन्दा गहिरा छन् ।

१. मानसिक समस्याले ल्याउने जटिलताको चित्रण

रक्सीले जस्तोसुकै कठिनाईको बेला पनि समस्यालाई मानसिक रूपले सामना गर्न सक्ने बनाउँछ, रक्सी मान्छेको सुख दुखको साथी हो, लकडाउनले मानसिक पीडा दिएको बेला रक्सीका डिलर बन्द गर्नु तल्लो वर्गका मान्छेप्रति निर्मम बन्नु हो, यसले समाजमा विभिन्न मानसिक तथा सामाजिक रोगरविकृति थप बढाउने निश्चित छ ।

२. राजनैतिक नेतृत्वको अबुझपन माथि व्यंग्य

 फूलको आँखामा फूलै संसार भनेजस्तै चिया व्यापारीको आँखामा सबै मान्छे चियाका ग्राहक हुन्छन् । चायवालका बेटा नामले परिचित मोदीले आफ्नै एंगलबाट आम मान्छेले चिया नै पिउँछन भनेर हेर्नु सामान्य हो, नेताले आफू सहज रहेसम्म आम जनता पनि सहज हुन्छन् भन्ने दृष्टिकोणले हेर्छ र आफ्ना निर्णय जनतामा लाद्छ, जुन आम मानिसका लागि सही जहिले सही हुँदैनन् । यसर्थ, उक्त चित्रले सिङ्गो राष्ट्र, राजनीति, नेतृत्व र समाज सबैको चित्रण गरेको देखिन्छ ।

नेपालका नेवार समुदायको रक्सी प्रतिको निर्भरताको बारेमा सन् १८३५ मा ए. क्याम्पबेलले लेखेका छन्-'हरेक आर्थिक अवस्था ठिकै भएको नेवारले आफ्नै घरमा रक्सी (चामलबाट बनाइने स्पिरिट) बनाउँछ र यो जातीका तल्लो वर्गका र निकै सम्मानित मान्छेहरूसम्मका व्यक्तिहरू उक्त स्पिरिटका धेरै अम्मली छन् । उनीहरूलाई आदतको रूपमा पिएर हिंड्न दिईन्न तर उनीहरू आफ्नो सुस्वास्थ्यको लागि नियमित र ठिक्क मात्रामा नियमित रक्सी पिउँछन् । खेतमा काम गर्दा, चिसो वा झरीको समयमा यस किसिमको रक्सीको बोतलले ठूलो र नियमित राहत दिन्छस धार्मिक भेला, जन्म तथा विवाह उत्सवहरूमा यो रक्सी खुशीसाथ सबैतिर बाँडिन्छ – पुरूष, महिला ठूला, साना सबैले उस्तै उत्साहका साथ यसको प्रयोग गरेर सामाजिक खुशी मनाउँछन्, आनन्द बाँड्ने गर्छन् ।'

 आजभन्दा ८५ बर्ष अघिको यो चित्रणले नेपाली समाजमा लामो समय देखि मान्छेलाई सामाजिक, साँस्कृतिक रूपमा जोड्न रक्सीले महत्वपूर्ण भूमिका खेल्दै आएको देखाउँछ । घरेलु मदिरा पोख्ने र लकडाउनको नाममा ब्रान्डेड मदिराको बिक्री वितरण रोक लगाउने हो भने समाज छिटै मानसिक रूपमा विक्षिप्त भएर मास हिस्टेरिया तर्फ जानसक्ने कुरालाई पनि सोच्नुपर्ने देखिन्छ । समाजलाई सङ्कटको बेला त्यसको सामना गर्ने कुनै पनि औजार बाँकी नराख्ने हो भने त्यसले थप सामाजिक जटिलता निम्त्याउने पक्का छ, त्यस्तै किसिमको औजारको रूपमा रक्सीले मानव समाजमा ठूलो काम गरिरहेको छ । यसको अर्थ रक्सी अत्यन्त राम्रो चीज हो भनेर भनिएको पनि होइन, तर समाजमा हरेक कुराका आफ्नै किसिमका भूमिका छन्, ती भूमिकाहरूलाई बुझ्नु जरूरी छ, त्यसो नगरिए समाज धान्न नसकिने गरेर विकृति र विनाश उन्मुख हुने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

समाचारहरू हेर्ने हो भने इरानले रक्सीको कारण भयङ्कर ठूलो क्षति बेहोरिसकेको छ, रक्सीले कोरोना निको पार्ने, लाग्न नदिने अन्धविश्वासहरू बढेको कारण कच्चा अल्कोहलजन्य पदार्थ सेवन गरेर थुप्रो इरानीहरूले ज्यान गुमाएका छन् । अर्कोतर्फ रक्सी मिसाएर बनाईएका स्यानिटाईजरहरूले मान्छेलाई कोरोनाबाट जोगिन पनि उत्तिकै सहयोग गरेका छन् । हरेक कुराको पक्ष तथा विपक्षमा कुरा गर्न सकिन्छ तर समाजको मानसिक स्वास्थ्य र मान्छे मान्छे बीचको बढ्दो दुरीलाई ध्यानमा राख्ने हो भने हामीले पनि भन्नुपर्ने हुन्छ – 'शराबखाना खोल दो, सभी लोग चाय नहीं पिते ।'


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।