युवा विद्यार्थीहरूका टुटेका सपना र राजनीतिक नेतृत्वले नसोचेको हिंसक विद्रोह
बैशाख २६, २०७७

कोरोना भाइरसको महामारीबाट विश्वका प्रायजसो देशहरू आक्रान्त छन् । हालसम्म करिब ४० लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने करिब ३ लाख मानिसहरूको मृत्यु भइसकेको छ । यो तथ्याङ्क परीक्षण गरेकोबाट मात्र प्राप्त भएको हो । वास्तविकता यो भन्दा फरक छ । हालसम्म कुनै पनि औषधि तथा खोप उपलब्ध भइनसेकको हुँदा यसको महामारी कहिलेसम्म हुन्छ र कति धनजनको क्षति गर्ला अनुमान लगाउन सकिएको छैन । 

हाल प्रायजसो देशहरूले सोसियल डिस्ट्यान्सिङ नीति नै अगाडी बढाइरहेका छन् । वास्तवमा भन्नु पर्दा सोसियल डिस्ट्यान्सिङ मात्रै भन्नु भन्दा फिजिकल डिस्ट्यान्सिङ भन्न उचित हुने थियो । जे भए पनि सोसियल डिस्ट्यान्सिङ, लकडाउन, क्वारेन्टाइन जस्ता रणनीति अपनाएर यस भाइरसको महामारी रोक्न कोसिस गरेको पाइन्छ । प्रारम्भिक अवस्थामा केही हदसम्म यो रणनीति केही प्रभावकारी भएता पनि लामो अवधिसम्म अगाडी बढाउन सकिँदैन र यसले सामाजिक तथा आर्थिक क्षेत्रहरूमा पार्ने प्रभाव अति नै कष्ट दाइ हुने छन् । केही समयपछि विश्वले लकडाउन खोल्नै पर्ने हुन्छ । त्यसपछि फेरी आउन सक्ने महामारीलाई कसरी व्यवस्थापन गर्ने त्यो नै ठुलो चुनौती हाम्रा सामु  खडा छ । 

धेरै जसो विज्ञहरू यस कुरामा सहमत छन् कि प्रभावकारी औषधी तथा भ्याक्सिन विना कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सकिँदैन । औषधि तथा भ्याक्सिन बनाउने खोजमा धेरै वैज्ञानिक तथा विज्ञहरू लागि रहेका छन् । तर अहिलेको अवस्थालाई विचार गर्दा कम्तीमा ५ महिनादेखि वर्ष दिन लाग्न सक्छ । यति समयसम्म लकडाउन अवधि बढाउन पनि सकिँदैन । अतः यो कोरोना भाइरस (कोभिड १९) पनि अन्य भाइरस जस्तै हामीसँग लामो अवधिसम्म रहन्छ । र, अहिलेको अवस्थामा हामी भित्र रहेको रोग प्रतिरोधात्मक क्षमताबाट मात्रै पराजित गर्न सक्छौँ । अथवा अन्य उपाय  हालसम्म छैन । 

विश्वभर भाइरसको महामारी यो भन्दा अगाडि धेरै पटक आइसकेको थियो । तर कोभिड १९ को जस्तो  विश्वभर फैलिएको र समग्र जीवन पद्धतिमा असर पारेको महामारी पहिलो चोटि नै हो । यसले आर्थिक क्षेत्रमा पहिलो तथा दोस्रो विश्वयुद्धको भन्दा बढी नै असर गर्ने देखिन्छ । धेरै जसो आर्थिक विज्ञहरू यस कुरामा सहमत छन् कि विश्वमा हाल ठुलो आर्थिक मन्दीमा गइसकेको छ र यसबाट मुक्ति पाउन धेरै समय लाग्न सक्दछ ।

हालको अवस्थामा पनि केही राजनीतिज्ञ तथा पार्टीहरू सत्ताको खेलमा अतास्स रहेका छन् । अब आउने जनताको नैरास्यता तथा रोगलाई लोकतन्त्र तथा स्वतन्त्रताको नाराले पूरा गर्न सक्दैनन् । यसको निम्ति ठोस नीति तथा कार्यान्वयन आवश्यक पर्दछ । यदि हालको  सरकारसँग भविष्यमा आउने समस्याहरूलाई समाधान गर्ने इच्छा शक्ति र सामर्थ्य  छ भने आफ्नो साम दाम तथा भेदको नीति लिएर अगाडी बढ्नु,  यसमा नेपाली जनताले कुनै प्रतिवाद गर्दैनन् । तर यस्तो आफूसँग क्षमता छैन भने तुरुन्तै इच्छित वर्गलाई सत्ता सुम्पनु नै बुद्धिमानी हुन्छ । 

 तर यसको विपरीत विश्वका केही राजनीतिज्ञहरू, यस आर्थिक त्रासलाई उपयोग गरी राजनीतिक लाभ तथा शक्ति आर्जन गर्न तयार भएका छन् । नेपालको अवस्था विचार गर्दा केही समय अगाडि भएको राजनीतिक नाटक पनि चर्चित थियो । यो कुर बुझ्नु पर्दछ कि अहिलेको अवस्थामा ओली, नेपाल, प्रचण्ड तथा देउवा जो सुकै प्रधानमन्त्री भए पनि नेपालले भोग्ने आर्थिक तथा सामाजिक समस्याहरू उही नै हुन  । अतः यसले विषम अवस्था अति नै बहादुर तथा साहसिक व्यक्तिले मात्रै सामना गर्न सक्दछ । यदि कुनै पनि सरकार अहिलेको निमित्त परिस्थितिलाई सम्हाल्न सकेन भने नसोचेको ठुलो विद्रोह हुन सक्छ । हिंसक विद्रोह, जसले अहिलेको सरकार राजनीतिक परिपाटी तथा व्यक्तिगत तथा राजनीतिजलाई किनारामा पुर्‍याउन सक्छ । 

अतः सरकारसँग एउटै मात्र बाटो छ । कसरी मानिसमा आउने आर्थिक तथा सामाजिक सङ्कटलाई व्यवस्थापन गर्ने अहिलेको अवस्थामा कुनै पनि विदेशी परामर्शकर्ता, कुनै वाद, समाजवाद, जनवाद, साम्यवाद कुनै पनि उत्कृष्ट संविधान कुनै पनि शक्तिले समाजमा फैलने भिड र शोक तथा गरिबीको, बेरोजगार समस्यालाई सम्बोधन गर्न सक्दैन । यो त अति नै जटिल समस्या हो । अहिले पनि नेपालका राजनीतिक परिपाटी रुखको हाँगामा झुन्डिएको मानिस जस्तो छ,  जसलाई गोमन साप टोक्न लागि रहेको तर मानिसको ध्यान मौरीको घारबाट चुहुने  मह प्रति छ । 

राजनैतिक पार्टीहरू यो सोची रहेका होलान्, हामीले नेपाली जनतालाई दासत्वबाट स्वतन्त्र गराउने, लोकतन्त्र उपलब्ध गराउने र मानव अधिकार उपलब्ध गराइरहेका छौ, जसले गर्दा समाजमा कुनै विद्रोह भएको छैन । यो यिनीहरूको भ्रम हो, हामी किन शान्त छौँ  कि हामीहरू  सुखी जीवनको सपनामा बाँचिरहेका छौँ । त्यसै सपनाको परिपूर्ति मा हामी सबै ऊर्जा लगाइरहेका छौ । जसले गर्दा अन्य कुरामा ध्यान नै छैन । 

आजका युवा शक्तिहरु विद्यालय स्तरको पढाई सकेपछि स्वर्णिम भविष्यको निम्त डाक्टर तथा इन्जिनियर बन्ने सपनामा सम्पूर्ण ध्यान लगाइरहेका छन् । केही आफ्ना मेहनतको भरमा अथवा आफ्ना पुर्खाले आर्जित धनको भरमा आफ्ना सपना पूरा गरिरहेका छन्  । केही युवा वर्ग अन्य  विषय पढेर सरकारी, निजी तथा गैरसरकारी क्षेत्रहरूमा रोजगारी प्राप्त गर्ने अविलासामा तल्लीन छन् । कोही युवा वर्ग  आफ्नो क्षमता तथा लगानीको भरमा व्यापार उद्योग क्षेत्रहरूमा लागेर भाग्य चम्काउन चाहन्छन् । तर धेरै जसो युवा वर्गहरू विदेशमा गएर, मुख्यतया अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा, जापान जस्ता विकसित देशहरूमा नभएमा मलेसिया, कतार दुवै जस्ता मध्यपूर्वका देशहरूमा गएर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना देखिरहेका छन् । केही युवा वर्ग आफ्नो अधुरो सपनालाई तिलाञ्जली दिएर सहरका असङ्गठित क्षेत्रहरूमा मजदुरी गर्न बाध्य भइरहेका छन् भने ग्रामीण क्षेत्रहरूमा कृषि पेस अपनाइरहेका छन् र केही युवा वर्ग भारतमा गएर मजदुरी गर्न बाध्य भइरहेका छन् । 

अब यी सपनाहरू टुट्दै छन् । नेपाली युवा विद्यार्थीहरूको सपना डाक्टर बन्ने (जो आफ्ना सम्पत्ति बेचेर बन्न चाहेका छन्) त्यो पूरा हुन गाह्रो छ । जुन जग्गाको मूल्य अचाक्ली  रूपमा बढेको थियो । अब जग्गा त्यो रूपमा विक्री नहुन सक्छ । जसले गर्दा अब सम्पत्ति बचेर चाहाना पुरा हुन सक्दैन । घरजग्गा मूल्यमा बढेको कारोबारले गर्दा केही वर्गहरू लाभान्वित भएका थिए । त्यो अब सम्भव छैन  । यस्तै प्रकारले विदेश जाने आसमा टोफेल दिएर तयार भएका र दिने तरखर हुने वर्गहरू, केही वर्ष अब सम्भावना छैन । यसले गर्दा धेरै जसो सहरी युवावर्गहरुमा नैरास्यता आउन सक्छ । विभिन्न सरकारी गैर सरकारी निर्माण क्षेत्रहरूमा रहेका आकर्षक रोजगारी अब केही समयका लागि स्थगित भएका  छन् । जसल गर्दा पनि धेरैजसो युवा वर्गलाई नैरास्यताआउन सक्छ । थोरै मेहनतका साथ कमाइ गर्ने नागरिकहरू जस्तै मनप्वार कम्पनी , घरजग्गा बिक्री एजेन्टहरू र परामशर्कर्ताहरुको व्यवसाय पनि धराशायी हुने निश्चित छ । 

विदेशमा अवसर गुमाएका धेरै नेपालीहरू नेपाल फर्कने छन् । हाल अमेरिकाले लिएको प्रवासी कामदारको नीति, युरोपको गिर्दो आर्थिक अवस्था, मध्यपूर्व राष्ट्रहरुमा तेलको घट्दो मूल्यको कारण विश्वव्यापी मन्दी आउने छ । यस आर्थिक सुनामीमा धेरै जसो राष्ट्रहरूको अवस्था खस्कने छ ।  यसको मार सबे क्षेत्रमा पर्ने छ र नेपाल पनि अपवाद पर्ने छैन । 

हालको अवस्थामा पनि केही राजनीतिज्ञ तथा पार्टीहरू सत्ताको खेलमा अतास्स रहेका छन् । अब आउने जनताको नैरास्यता तथा रोगलाई लोकतन्त्र तथा स्वतन्त्रताको नाराले पूरा गर्न सक्दैनन् । यसको निम्ति ठोस नीति तथा कार्यान्वयन आवश्यक पर्दछ । यदि हालको  सरकारसँग भविष्यमा आउने समस्याहरूलाई समाधान गर्ने इच्छा शक्ति र सामर्थ्य  छ भने आफ्नो साम दाम तथा भेदको नीति लिएर अगाडी बढ्नु,  यसमा नेपाली जनताले कुनै प्रतिवाद गर्दैनन् । तर यस्तो आफूसँग क्षमता छैन भने तुरुन्तै इच्छित वर्गलाई सत्ता सुम्पनु नै बुद्धिमानी हुन्छ । 

इच्छित वर्ग जो समाजको निम्ति लाभान्वित छन्, यदि उनीहरूसँग पनि भविष्यमा आएन समस्यालाई समाधान गर्ने आय तथा नीति छ भने जुनै हतकण्डा लिएर अगाडी बढे हुन्छ । यदि उनीहरू उही पुरानो राजनीति षडयन्त्र मात्रै छ र विदेशी शक्तिको आड मात्रै छ भने भविष्यमा आउने जनताको सोच तथा विद्रोहमा समूह राजनीति र व्यवस्था तथा राजनीतिज्ञहरूको भविष्य सुरक्षित छैन । 

अतः अहिले विश्व परिस्थितिलाई विचार गरौँ । अहिले राजनीतिक पार्टीका पक्ष तथा विपक्ष, सरकार तथ विपक्षी दलहरूका पुरानै शैलीमा राजनैतिक षड्यन्त्रबाट गुट उपगुटको आधारमा सम्झौता तथा सहमतिको आधारमा सहमतिको आधार तथा विदेशी शक्तिको भरोसमा राजनीतिक सत्ता प्राप्त गर्ने कोसिस गर्दछौँ भने यो ठुलो प्रत्युत्पादक हुनेछ । कोरोना भाइरसको महामारीबाट सिर्जित देशको अर्थतन्त्र गिर्दो अवस्थामा राष्ट्रहरूबिच बढेको असमझदारी धर्म जाति तथा समुदाय बिच बढ्दो असमझदारी पुन विश्व दोस्रो शीतयुद्ध तर्फ उन्मुख भइरहेको अवस्था नेपाली जनताहरूको धर्म तथा सहनशीलताको बाध टुट्ने अवस्थामा राजनीतिक सत्ता प्राप्त गर्ने उन्मुख पार्टी तथा गुटहरू एक पटक धैर्यतापूर्वक  बिचार गरौँ । यदि आफूसँग यी समस्याहरू समाधान गर्ने आँट तथा क्षमता छ भने केही भन्न छैन तर पुरानो शैलीमा देशलाई हाँक्न कोसिस गरेमा विनाश अवश्य छ । 

अहिलेको अवस्थामा सरकारले पक्ष विपक्षी नभनी विज्ञव्यक्तिहरुलाई साथ लिएर ठोस नीति कार्यान्वयनका साथ अगाडी बढ्नु पर्दछ । अहिलेको अवस्थामा आफ्नै पार्टी तथा राजनैतिक व्यवस्था पनि बाधा भएमा त्यसलाई तिलान्जित दिएर भविष्यमा आउने विषम परिस्थिति समाधान गर्न उन्मुख हुन जरुरी छ । अन्यथा जनताबाट आउने सोच तथा प्रतिशोधको सामान गर्न तयार भएको हुन्छ । यसले सबैको समूल विनाश गर्नेछ ।